महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ बैंकले गर्याे हरित गार्डेन हस्तान्तरण

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिकशाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथाप केट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं महानगरपालिका वडा नं १ का अध्यक्ष [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिकशाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन हस्तान्तरण गरेको छ ।
उक्त गार्डेन तथाप केट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

यस हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथाप्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो ।

मुक्तिनाथविकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा एटिएम. र करिब सातलाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।

Share News