लाईसेन्स दर्ता गर्न बन्चित गरेको भन्दै माइक्रोबायोलोजिस्ट विद्यार्थी आन्दोलनमा
काठमाडौं। माइक्रोबायोलोजीस् विद्यार्थीहरुले लाइसेन्स प्राप्तबाट बन्चित भएको भन्दै प्रदर्शन गरेका छन्। माइक्रोबायोलोजी अध्ययन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद एनएचपिसी द्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने एनएचपिसीको लाइसेन्स प्राप्त गर्न वन्चित गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। त्रिभुवन विश्वविद्यालयमा अन्तर्गत आईओएम् र आईओएस्टीमा पढाई हुने मेडिकल र पब्लिक माइक्रोबायोलोजीमा आईओएमले मात्र एनएचपिसीबाट दर्ता पाउने गरेका छन। टि.यु.एमएससी मेडिकल माइक्रोबायोलोजीसँग इकुभ्यालेन्ट लिएर भारत र अन्य मुलुकबाट अध्ययन गरेर आएकालाई भने लाइसेन्स दर्ता दिइएको विद्यार्थीहरुको गुनासो छ । एनएचपिसीले केहि माइक्रोबायोलोजिका विद्यार्थीका विद्यार्थीहरुले अस्थाई दर्ता जारी गरेको तर स्थाइ र सम्पुर्ण प्रक्रिया रोकेर राखेको अवस्था छ। माइक्रोबायोलोजी संघर्श समितीका अध्यक्ष सन्जिव धिताल भन्छन्,’देशमा नै बसेर आफुसँग भएको ज्ञान र क्षमताले देशको सेवा गर्न चाहन्छौं। देशमा नयाँ सरकार बनेको, एनएचपिसीको नेतृत्व फेरिएको अहिलेको परिस्थितिमा हामीले भेटघाट, समन्वय मार्फत समस्या समाधानको अनवरत प्रयास गर्यौं। एनएचपिसीले अन्तिम पटक मागेको एक महिना समयसिमा सकिदा समेत कुनै प्रक्रिया अगाडी नबढाए पछि हाम्रो सामु आन्दोलनको अर्को विकल्प देखेनौं।’ संघले हरेक दिन माईतीघर मण्डलामा आवश्यकता अनुरुप थप आन्दोलनको कार्यक्रम घोषणा गरि अगाडि बढ्ने, सम्पुर्ण बिद्यार्थी संगठनसंग समन्वय गरि आन्दोलनलाई प्रभावकारी बनाउने जानकारी दिएको छ।
केएल टावरमा ‘बिग सेल कार्भिनल‘ सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था
काठमाडौं । राजधानीको चाबहिलचुच्चेपाटीमा स्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । यहि साउन २४ गतेदेखि भाद्र २१ गतेसम्म करिब एक महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन बढी पसलहरुको सहभागिता रहनेछ । मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौनालगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् । शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् । ती उपहारमा १ हजार रुपैयाँ बराबरको फ्रि सपिङ भौचर, मुभी टिकट लगायत छन् । खरिदकर्ताले हरेक साता ५ हजार रुपैयाँ बराबरको सपिङं भौचर, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ४० हजार रुपैयाँ बराबरको स्मार्ट फोन जित्नेछन् । चाबहिलस्थित केएल टावरमा ४० वटा भन्दा बढी पसल, भीआईपी लाउञ्ज, कफि बार, तीनवटा सिनेमा हल, पार्टी प्यालेस, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हब लगायत रहेका छन् । मेला अवधिभर केएल टावरमा आउने ग्राहकको लागि मनोरञ्जनात्मकम कार्यक्रम पनि राखिएको छ ।
मासु र दूध उत्पादन बढ्यो, चितवनमा मासु र काभ्रेमा दूध बढी उत्पादन
काठमाडौँ । प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं ३ मा करीब साढे पाँच लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्याङ्क छ । निर्देशनालयका अनुसार आव २०७४÷७५ को तुलनामा दूध उत्पादनमा ५१ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । आव २०७४/७५ मा तीन लाख ५७ हजार ९३८ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७५/७६ मा उत्पादन बढेर पाँच लाख ४१ हजार ५३२ मेट्रिक टन पुगेको थियो । प्रदेशका १३ जिल्लामध्ये काभ्रेपलान्चोकमा सबैभन्दा बढी दूध उत्पादन भएको सो तथ्याङ्कले देखाएको छ । काभ्रेमा एक वर्षमा करीब एक लाख २५ हजार मेट्रिक टन दूध उत्पादन भएको छ । काभ्रेपछि सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन रहेको छ । चितवनमा पनि करीब ९५ हजार मेट्रिक टन वार्षिक दूध उत्पादन भएको निर्देशनालयका निमित्त निर्देशक समगोपाल आचार्यले जानकारी दिए । काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक र मकवानपुरमा पनि दूध उत्पादनको अवस्था सन्तोषजनक रहेको आचार्यको भनाइ छ । त्यसैगरी प्रदेशमा मासु उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ । आव २०७५/७६ मा प्रदेशमा मासु उत्पादन ३५ दशमलव १६५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । प्रदेशका १३ जिल्लामा गतवर्ष एक लाख एक हजार ३८२ मेट्रिक टन मासु उत्पादन भएको थियो । आव २०७४/७५ मा ७५ हजार मेट्रिक टन मात्र मासु उत्पादन भएको थियो । सबैभन्दा बढी मासु उत्पादन गर्ने जिल्ला चितवन हो । चितवनमा वार्षिक करीब २० हजार मेट्रिक टन मासु उत्पादन भएको थियो । त्यस्तै मकवानपुर, नुवाकोट र काठमाडौँमा करीब १५-१५ हजार मेट्रिक टन मासु उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । काभ्रे, धादिङ, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका जिल्लाको मासु उत्पादनको वृद्धिदर पनि सन्तोषजनक रहेको छ । प्रदेशमा अण्डा उत्पादनमा भने गिरावट आएको निर्देशनालयका निमित्त निर्देशक आचार्यले बताए । आव २०७४÷७५ मा प्रदेशमा सात लाख २२ हजार अण्डा उत्पादन भएकामा एक वर्षपछि आव २०७५÷७६ मा २६ दशमलव ३३ प्रतिशतले घटेर चार लाख ५९ हजारमा झरेको छ । अण्डा उत्पादनको करीब ७० प्रतिशत हिस्सा चितवनले ओगटेको छ । चितवनमा गत वर्ष दुई लाख ८२ हजार अण्डा उत्पादन भएका थिए । काठमाडौँ, भक्तपुर र मकवानपुर पनि अण्डा उत्पादनमा अन्य जिल्लाभन्दा अगाडि नै छ । प्रदेश सरकारले आगामी तीन वर्षभित्र फलफूल, तरकारी, पुष्प, मह, च्याउ, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भरहुने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच वर्र्षिभत्र खाद्यान्नमा पनि आत्मनिर्भर हुने उल्लेख गरिएको छ । प्रदेश सरकारले चालू आवमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई रु चार अर्ब ९२ करोड ८८ लाख ४४ हजार अर्थात दश दशमलव ३५ प्रतिशत बजेट छुट्याइएको छ । भूमिको चक्लाबन्दी गरी विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गर्न भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एकवटा नमूना कृषि फार्म बनाउने योजना अघि सारिएको छ । प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा नमूना कृषि फार्म बनाउन रु २० करोड छु्ट्याइएको छ । दूध उत्पादनलाई बढवा दिन प्रतिलिटर दूधमा रु एकका दरले प्रदेश सरकारले अनुदान दिने घोषणा गरेको छ । कुनै सहकारी वा निजी दुग्ध संस्थामा दूध बिक्री गरेबापत किसानले प्रतिलिटर रु एकका दरले किसानले अनुदान पाउनेछन् । दूधमा अनुदानका लागि मात्र सरकारले रु १२ करोड छुट्याएको छ । रासस
कृषि मन्त्री खनालले भने-‘दूध अपुग छैन, धुलो दूधको आयात प्रतिबन्ध हट्दैन’
काठमाडौँ । सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पारे । बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उनले केही समयलाई दूध अपुग भए आन्तरिक रुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताए । उनले भने, “गाउँमा दूध पर्याप्त छ । त्यसलाई शहरसम्म ल्याइपु¥याउने विधि खोजौँ । बरु सूचना जारी गरौँ । गाडी नपुगेका ठाउँमा गाडी लैजाऔँ ।” छलफलमा निजी डेरी उद्योगीले पाउडर दूध आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए । भदौ, असोज र कात्तिकमा नेपालीका ठूला चाडबाड पर्ने तथा दूध उत्पादन कम हुने भन्दै उनीहरुले एक पटकका लागि कम्तीमा तीन महिना आयातमा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए । निजी डेरीले भारतलगायत तेस्रो मुलुकबाट धुलो दूध आयात गर्दै आएका छन् । “एउटा मात्र संस्था तोकेर आयात गर्न दिऊँ, त्यो संस्था हामी नै किटान गरेर दिन्छौँ । कम्तीमा पाँच हजार मेट्रिकटनका लागि भए पनि एक पटक मात्र अनुज्ञापत्र जारी गरिदिनुस्”, नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने । अन्य व्यवसायीले भने तीन महिनाका लागि खोल्दा दुई वर्षलाई पुग्ने गरी धुलो दूध मौज्दात राख्ने भएकाले कुनै पनि हालतमा आयात खुला गर्न नहुने बताएका थिए । केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, “दूध पर्याप्त उत्पादन भएको छ । यति हुँदाहुँदै पनि दूध नपुग्नुको कारण के हो त्यो खोजिनुपर्छ ।” केन्द्रीय दुग्ध सहकारी संस्थाका महासचिव रामकृष्ण आचार्यले किसानको दूध किन्नुभन्दा पाउडर बेच्न सस्तो र सजिलो हुने भएकाले पाउडर आयात गर्न खोजिएको आरोप लगाए । “आयात खुला उपयुक्त विकल्प होइन । तीन महिनालाई खोल्दा दुई वर्षलाई पुग्ने पाउडर भित्रन्छ”, उनले भने । मन्त्रालयका सचिव प्रकाश माथेमाले केही समयका लागि देखिएको अभावको समाधान देशभित्रै खोजिनुपर्ने बताए । उनले भने, “सामान्य अभाव भएर वा अभाव सिर्जना गराएर पाउडर दूध आयात गर्नु समस्याको समाधान होइन ।” सहसचिव डा विमलकुमार निर्मालले अहिले दूधको उत्पादन पर्याप्त भए पनि किसानबाट भन्दा भारतबाट पाउडर ल्याउँदा सहज हुने भएर व्यवसायीले आयात खोल्नुपर्छ भन्दै हिँडेको बताए ।
प्रदेश ३ का १० सामुदायिक विद्यालयमा ‘स्कूल बस’, प्रदेश सरकारले छुट्यायो २ करोड ५० लाख
घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० सामुदायिक विद्यालयका लागि बस उपलब्ध गराउने र आवश्यकतानुसार क्रमशः त्यसको सङ्ख्या वृद्धि गर्दै जाने उनको भनाइ छ । सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउन लागिएको मन्त्री दुलालले बताए । हाललाई प्राथमिकताका आधारमा दश विद्यालयलाई एक÷एक बस उपलब्ध गराउन लागिएको छ । विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका कारण त्यस्ता विद्यालयलाई प्राथमिकता दिइएको हो ।
विद्युतीय सवारी साधनका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै, प्राधिकरणले शुरु गर्यो प्रक्रिया
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको प्रयोगलाई देशवयापी बनाउन प्रर्याप्त मात्रामा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यक्रम समावेश छ । सरकारले केही दिन पहिले मात्रै साझा यातायातलाई ३०० विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेट उपलब्ध गराइसकेको छ । यस्तै प्रदेश नं ३ सरकारले पनि साझा यातायातसँगको सहकार्यमा नै विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरेको छ । चार्जिङ स्टेशनका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । त्यस्ता स्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बोलपत्रको कामसमेत शुरु भएको छ । प्राधिकरणका अनुसार हाल १३ वटा चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकता दिन लागिएको हो । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको आर्कषणसमेत बढ्दै गएको छ । निजी क्षेत्रको सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारी साधनको दैनिक सञ्चालन खर्चसमेत निक्कै कम हुने भएकाले पनि आर्कषण बढेको हो । मन्त्री पुनले विद्युतीय सवारी साधनका लागि मन्त्रालयका तर्फबाट आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । चालु आवको अन्त्यसम्म राष्ट्रिय प्रसारण प्रणालीमा थप एक हजार २०० मेगावाट भन्दा बढी विद्युत् जोडिने भएकाले पनि विद्युत् खपत बढाउनुपर्ने आवश्यकता देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणका तर्फबाट काम शुरु भइसकेको छ । त्यसो त प्राधिकरणमा यसअघि नै चार्जिङ स्टेशन निर्माण भई सञ्चालनमा आइसकेको छ । यस्तै प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीले पनि विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालन गरिसकेको छ । तर चार्ज गर्दा तिर्नुपर्ने महशुलको विषयमा भने हालसम्म निर्णय हुन सकेको छैन । प्राधिकरणले सो विषयमा समेत छिट्टै निर्णय हुने जनाएको छ । रासस
नेपाल इन्जिनियरिङ कलेजमा पढ्न ५०० विद्यार्थीले दिए प्रवेश परीक्षा
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा इन्जिनियरिंग पढन चाहने विद्यार्थीको राम्राे चाप देखिएकाे छ । शनिबारको प्रवेश परीक्षामा उलेख्य विद्यार्थी सहभागी भएका थिए । कुल चार सय ८० विद्यार्थीका लागि भएको प्रवेश परीक्षामा पाँंच सय भन्दा वढी विद्यार्थी परीक्षार्थी रहेका थिए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नेपालकै उत्कृष्ट इन्जिनियरिंगको पढाई हुने कलेज भएकाले आफूहरुको कलेजमा विद्यार्थीको आकर्षण रहने गरेको सुनाए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभबमा यसपछि प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहको इन्जिनियरिंगमा भर्ना हुन चाहने विद्यार्थी अत्याधिक छन् । साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन् । स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् । कलेजमा सिभिलमा एक सय ४४, सिभिल एण्ड रुरलमा ४८, आर्किटेक्चरमा ४८, इलेक्टिकल एण्ड इलेक्टोनिक्समा ४८, कम्प्युटरमा ९६, र इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा ९६ गरी कुल चार सय ८० कोटा रहेका छन् । नेपाल इन्जिनियरिंग काउन्सिलले राखेको तथ्यांक अनुसार त्रिभुबन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिंग विषयको पठनपाठन गराइरहेका छन् । तथ्यांक अनुसार देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तगर्त १४, काठमाडौं विश्वविद्यालय अन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिंगका पढाईहरु भइरहेका छन् । यस हिवासले देशभरबाट वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांक छ ।
एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, अन्तर्राष्ट्रिय स्तरका टिभीमा तीन वर्षको वारेन्टी
काठमाडौं । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ ।कम्पनीले गत शुक्रबार होटल सोल्टीमा आयोजित एक कार्यक्रमबीच एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ई.थ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टिभीहरू नेपाली बजारमा भित्रिएको घोषणा गरेको छ । भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ । एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन्, जसको स्क्रिन रिजोल्यूशन १३६६ह७६८ पिक्सेल छ । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् । कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । जसमा १३६६x७६८ पिक्सेलको रिजोल्यूशन छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् । एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी ५० इन्चमा उपलब्ध हुनेछ जसको स्क्रीन रिजोल्यूशन १९२०x१०८० पिक्सेल छ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् । त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा अल्ट्रा एचडी ३८४०x२१६० पिक्सेल स्क्रीन रिजोल्यूशन रहेको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् । एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।