केएल टावरमा ‘बिग सेल कार्भिनल‘ सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था

<p>काठमाडौं । राजधानीको चाबहिलचुच्चेपाटीमा स्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । यहि साउन २४ गतेदेखि भाद्र २१ गतेसम्म करिब एक महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन [&hellip;]</p>

काठमाडौं । राजधानीको चाबहिलचुच्चेपाटीमा स्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । यहि साउन २४ गतेदेखि भाद्र २१ गतेसम्म करिब एक महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन बढी पसलहरुको सहभागिता रहनेछ ।

मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौनालगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् । शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।

ती उपहारमा १ हजार रुपैयाँ बराबरको फ्रि सपिङ भौचर, मुभी टिकट लगायत छन् । खरिदकर्ताले हरेक साता ५ हजार रुपैयाँ बराबरको सपिङं भौचर, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ४० हजार रुपैयाँ बराबरको स्मार्ट फोन जित्नेछन् ।

चाबहिलस्थित केएल टावरमा ४० वटा भन्दा बढी पसल, भीआईपी लाउञ्ज, कफि बार, तीनवटा सिनेमा हल, पार्टी प्यालेस, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हब लगायत रहेका छन् । मेला अवधिभर केएल टावरमा आउने ग्राहकको लागि मनोरञ्जनात्मकम कार्यक्रम पनि राखिएको छ ।

Share News