नाडा अटो शोमा टाटाका गाडी किन्दा यस्ता छन् अफर
काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ । सिप्रदीका अनुसार नाडा अटो शोमाटाटा एच फाइभ, टाटा एनआरजी, टाटाटिगोर, टाटाटियागो र टाटा नेक्सन बिक्रीमा राखिदैँ छन् । नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन्तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन् । नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइ वर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।
बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न
काठमाडौँ । बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट सम्पन्न गरेको छ । डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ रसमर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो । उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको थियो ।
होस्टल एसोसिएसनले पायो नयाँ नेतृत्व
काठमाडौँ । नेपाल होस्टल एसोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक समूह निर्वाचित भएको छ । काठमाडौँमा सम्पन्न सातौं बार्षिक साधारणसभामा भएको निर्वाचनमा पाठक समूहको पुरै टिम निर्वाचित भएको हो । एसोसिएसनको नयाँ नेतृत्वको लागे पाठक समुहको प्रतिद्वन्दीका रुपमा गोबिन्द गिरि चुनावी मैदानमा थिए । निवर्तमान कार्यसमितिमा महासचिव रहेका गिरि जम्मा ३ मतको मात्र अन्तरले पराजित भएका हुन् । एसोसिएसन निर्वाचन समितिका संयोजक सुबास कोइरालाका अनुसार कुल ६९२ जना मतदाता मध्ये ५४१ जनाले मतदान गरेका थिए । जसमा भक्ति पाठकले २६३ मत प्राप्त गरे भने गोबिन्द गिरीले २६० मत प्राप्त गरेका थिए । त्यसैगरी, वरिष्ट उपाध्यक्षमा अरुण पराजुली मतका साथ बिजयी भएका छन् । उनले केदार चम्लागाईलाई ४९ मत अन्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा सर्वा्धिक मत प्राप्त गर्दै ७३ मतान्तरका साथ निवर्तमान कोषध्यक्ष उर्मिला भट्टराई (बराल) ले ज्ञानु जोशीलाई पराजित गरेकी छिन् । महासचिवमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष रुपाली गुरागाईं(पौडेल)ले ६४ मतान्तरका साथ निवर्तमान ललितपुर जिल्ला अध्यक्ष सुनिता बटाजुलाई पराजित गरेकी छन् । सचिवमा डण्डीप्रसाद गौतमले भिम भण्डारीलाई ५२ मत अन्तरले हराएका छन् भने कोषाध्यक्षमा पूजा जोशीले ६८ मतको अन्तरले बिभय पौडेललाई पराजित गरेकी छिन् । एसोसिएसनको बिधान बमोजिम निर्वा्चित ६ जना केन्द्रीय सदस्यहरुमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरि प्रसाद भेटवाल रहेका छन् । नेपाल होस्टल एसोसिएसनमा नेपालभरका लगभग ७ सय होस्टल सदस्य रहेका छन् । यसका काठमाडौँ, ललितपुर, काभ्रे, चितवन र मोरंग जिल्ला समितिहरु समेत बिस्तार भईसकेको छ । सातौं अधिवेशनले केन्द्रिय कार्य समितिमा जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेगरी बिधान संसोधन प्रस्ताब समेत पास गरेको छ । नव निर्वाचित अध्यक्ष पाठकका अनुसार होस्टल व्यवसायमा देखिएका विविध समस्याहरुको पहिचान र निराकरण अबको कार्यसमितिको प्राथमिक काम हुनेछ । त्यो बाहेक एसोसिएसनको संस्थागत गरिमा र व्यवसायिक मर्यादालाई केन्द्रमा राखेर आगामी दिनका लागी कार्यक्रमहरु तय गरिने पनि उनले जानकारी दिए । आजको आवश्यकता र सामुहिक नेतृत्वको परिपाटीलाई संस्थागत गर्दै व्यवसायिको हित रक्षार्थ आफ्नो समूह संधै सकृय रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे । अब भक्ति पाठक समुहले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका कुराहरु पुरा गर्नुपर्ने होस्टल व्यवसायी तथा निर्वाचन समितिका संयोजक सुबास कोइरालाको जोड छ । पाठक समुहले आफ्नो चुनावी घोषणा पत्रमा सेवाग्राही (बिधार्थी) भर्ना फारम, बिदा फारम, आचार संहिता फ्लेक्स बोर्ड निशुल्क रुपमा वितरण गर्ने, होस्टलमा कामदारको सहज आपूर्ति व्यवस्था गर्ने र व्यवसायी, कामदार र सेवाग्राहीको समेत सामुहिक बीमाको व्यवस्था गर्ने कुरा उल्लेख गरेको थियो । त्यसैगरी होस्टल संचालन मापदण्डको संसोधन, जिल्ला समितिहरुलाई सहज रुपमा केन्द्रसंगको समन्वयको व्यवस्था लगायतका बिषयहरु पनि प्रतिवद्धता पत्रमा उल्लेख छन् । व्यवसायीहरुलाई सुलभ स्वास्थ्य सुबिधा लगायत धेरै तालिम र प्रशिक्षणहरुको आयोजना गर्ने लगायतका आकर्षक नाराका कारण पनि पाठक समुहले बिजय प्राप्त गरेको हुनाले त्यो पुरा गर्नुपर्ने कुरामा व्यवसायी दिनेश महर्जनले जोड दिएका छन् । बि.स. २०६९ सालमा स्थापना भएको एसोसिएसनको यो पाँचौं केन्द्रीय नेतृत्व हो । निवर्तमान अध्यक्ष सहित १३ सदस्यीय कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
‘रेनो शुभ दिन छ’ अफर घोषणा
काठमाडौँ । रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले दशैँ तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यो स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् । यो स्किम दशैँ तथा तिहारलाई मुख्य लक्ष्य बनाएर ‘अब रेनो सँग हरेक दिन शुभ दिन’ भन्ने नारा सहित सार्वजनिक गरिएको हो । ‘रेनो शुभ दिन छ’ लाई शुभ र दिनबाट लिइएको हो, जसले रेनो गाडी भएमा हरेक दिन शुभ हुन्छ भन्ने बुिझन्छ । हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पउन सक्नेछन् । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको छ । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने छ ।
मन्त्री भट्टराईका एक वर्षिय कार्ययोजना : हवाई सेवा विस्तारदेखि साँंस्कृतिक सम्पदा सुधारसम्म
काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगश कुमार भट्टराईले आफ्नो एक वर्षभित्र प्राथमिकतामा परेका कार्ययोजनाहरुको सूचि प्रस्तुुत गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्राथमिकतामा परेका र एक वर्षभित्र सम्पन्न गर्न सकिने कार्ययोजनाहरु प्रस्तुत गरेका हुन् । उनले आफु मन्त्री भएको यो अवधि सम्म मन्त्रालय अन्तर्गतका विविध विषयहरुमा समय लगाएको बताउँदै अब काम गरेर देखाउने समय रहेको उल्ल्लेख गरे । उनले अब देखि आफ्नो विशेष प्राथमिकतामा परेका विषयहरुलाई अघि सारेर सक्रिय भूमिका खेलेर एक वर्षलाई परिणाममूखि बनाउने प्रतिबद्धता जनाए । उनले आफ्ना प्राथमिकतामा परेका विषयहरु सार्वजनिक गर्दै सबैभन्दा पहिले कानुनी तथा नीतिगत सुधार गरेर अघि बढ्ने बताए । कानुनी तथा नीतिगत सुधार मन्त्री भट्टराईले आफ्नो प्रमुख प्राथमिकता कानुनी तथा नीतिगत सुधार रहेको बताउँदै नागरिक उड्डयन क्षेत्रमा नियमक र सेवाप्रदायक निकायकाे अलगअलग व्यवस्था हुनेगरी नयाँ कानुनहरू तर्जुमका लागि विध्येकके मर्स्याै नेपाल सरकरकाे मन्त्री परिषदमा पेश गर्ने, नेपाल वायुसेवा निगमलाइ सार्वजनिक कम्पनीका रूपमा सञ्चालन गर्नको लागि अावश्यक कानुन संसोधनकाे मर्स्यैदा नेपाल सरकार मन्त्री परिषदमा पेश गर्ने, होटल रेष्टुरेन्ट लगायत पर्यटकिय सेवाको गुणस्तरीयता गर्ने गरी मापदण्ड जारी गर्ने रहेका छन् । यस्तै नेपालमा नागरिक उडड्यनको विश्वसनियता वृद्धि गर्न केप टाउन कन्भेन्सन सम्मेलन गर्न मन्त्री परिषदमा पेश गर्ने, नागरिक उडड्यन क्षेत्रलाई युरोपियन युनियन सिग्नीफिकेन्स सेफ्टी कन्सर्नबाट हटाउन आवश्यक पूर्व शर्तहरु पुरा गर्ने, संघियताको अवधारणा अनुरुप तोकिएको पर्यटन सेवाहरु प्रदेश सरकार अन्तर्गतबाट सञ्चालन गर्ने गरी हस्तातरण गर्ने रहेका छन् । पर्यटन क्षेत्रको विकास र भ्रमण वर्ष २०२० पर्यटन क्षेत्रको विकास र भ्रमण वर्ष २०२० लाइ सफल पार्न सात वटै प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को भव्य सुभारम्भ गर्ने, नेपाल भ्रमण वर्षको लागोलाई प्रिमियम लिगहरुको क्लवसँग सम्झौता गरी अन्तराष्ट्रिय फुटवल मार्फत प्रवद्र्धन गर्ने प्रयास गर्ने , मास्टर अफ एडभेन्चर टुरिजम स्टडीज अध्ययन शरु गर्ने, अन्तराष्टिय चेन होटल र विमान कम्पनी सँग सयुक्त रुपमा प्रवद्र्धन र प्याकेज सञ्चालन गर्ने लगायतका योजनाहरु एक वर्षभित्र सम्पन्न गर्ने बताए । यस्तै नागरिक उडड्यन क्षेत्र तर्फ प्रयोगमा नआएका विमानस्थललाई एअर स्पोर्ट एक्टीभिटी सेन्टरको रुपमा विकास गर्ने, त्रिभुवन विमानस्थलको एअर ट्राफिक व्यवस्थापन गर्न काठौमाडौं नजिकको रामेछाप विमानस्थलको स्तरोन्नती गर्ने, दुर्गम स्थलका विमानस्थललाई प्रोत्साहन गर्ने लगायतका रहेका छन् । ७० वर्षको जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत भाडा छुट व्यवस्था गर्ने प्रमुख प्राथमिकता रहेको बताए । संस्कृति तथा पुरातत्व उनले वार्षिक कार्ययोजना पत्र प्रस्तुत गर्दै भुकम्पले क्षतिग्रस्त संस्कति सम्पदाको पुर्ननिर्माण गर्ने,काठमाडौ भित्रका राष्टिय सम्पदाहरुमा युनेस्कोको चासो सम्बोधन हुने गरी कार्ययोजना बनाई कार्यान्वयन गर्ने लगायतका कामहरु एक वर्षभित्र सम्पन्न गर्ने बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारका लागि अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्राम स्थल लगायतका महत्वपुर्ण क्षेत्रमा सिसि क्यामेराबाट प्रत्यक्ष लगानी गर्ने बताइएकाे छ । यस्तै भौतिक पूर्वाधारको विकास गर्ने, आन्तरिक उडान तर्फ सम्माननियलाई मात्र विमानस्थल नजिक गाडी लिएर जान पाइने व्यवस्था गर्ने, विमानस्थल भित्रमा पाईने फुडको मूल्य निर्धारण गर्ने, विमानस्थल भित्रको भद्दा विज्ञापन हटाई आधुनिक विज्ञापनको व्यवस्था मिलाउने , अध्यागमन विभाग सँगको समन्वयामा वायुमेट्रीक सेवा यात्रु जाँच प्रविधी र अनलाईन भिषा र इ–पेमेन्टको व्यवस्था गर्ने कार्ययोजना रहेको उनले उल्लेख गरे । नेपाल वायुसेवा निगम सुधार उनले नेपाल वायुसेवा निगम सुधारको लागि निगमको वाइवडी रियाद र गोन्जाउ उडान गर्ने, निगमका सबै विमान सञ्चालनमा ल्याइने, निगमका टिकटलाई अनलाईन विक्रीमा लैजाने, उडान रद्ध र यात्रु जानकारी उडान भन्दा २ घण्टा अगाडी जानकारी गराउने बताएका छन् । पशुपति क्षेत्र विकास उनले साँस्कृतिक सम्पदा पशुपति क्षेत्रको विकास गर्न अशक्त बृद्धलाई पशुपतिको चारै ढोका नजिक पुग्नको लागि आर्थिक भौतिक पूर्वाधारको व्यवस्था गरिने, मन्दिरमा इ–पुजा सञ्चालन गर्ने बलगायतका कार्ययोजना रहेको बताए । यस्तै लुम्बीनी क्षेत्रको विकास तर्फ गौतम बुद्ध र मायादेविको ऐतिहाकि डकुमेन्ट्री बनाइने, त्यस क्षेत्रमा सुविधा सम्पन्न अष्पताल बनाई, तेस्रो वल्र्ड बुदिस्ट सम्मेलन गर्ने बताएका छन् । जनकपुर क्षेत्र विकासको लागि पनि आधुनिक विबाह मण्डप तयार गर्ने, रामजानकीको डकुमेन्ट्री तयार गर्ने लगायतका कार्यहरु गरिने उनले बताए । मन्त्री भट्टराईले वार्षिक कार्ययोजनामा उल्लेख गरेका कार्ययोजना मात्र आफ्नो प्राथमिकतामा पर्ने नभई समग्र विषयमा आफ्नो ध्यान आकर्षित भएको उल्लेख गरे ।
सिटिजन्स बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
काठमाडौँ । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरी आव २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु. १,००,४५,२७,७७३/- नगद लाभांश र ३ प्रतिशतले हुने रु. २५,११,३१,९४३/- बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ ।
अष्ट्रेलियामा भिसाका नयाँ मापदण्डहरु, धेरैले पिआर नपाउने सम्भावना!
अष्ट्रेलिया। आप्रवासीको अध्यागमन सम्बन्धी अष्ट्रेलियन सरकारले ल्याएको नयाँ भिसा नियम छिट्टै नै देशभर प्रभावकारी रुपमा लागु हुने भएको छ। अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री स्कोट मोरिसनले आप्रवासी अध्यागम्न भिसा आगामी ४ बर्षको लागि १ लाख ९० हजारबाट घटाएर १ लाख ६० हजार बनाईने घोषणा गरेका छन्। २०१७/२०१८ मै अप्रावासीको अध्यागमन घटेर १ लाख ६२ हजार भएकोले यसले खासै फरक मोरिसन बताउँछन्। – आप्रवासीलाई २ नयाँ क्षेत्रीय केन्द्रित भिसा – अविकसित क्षेत्रमा बस्ने आप्रवासीलाई थप पिईन्टस – अभिभावकको लागि ५ बर्ष भिसाको लागि आवेदन दिन पाउने यसले अष्ट्रेलियाले दिने Skilled Manpower Visa मा ४३ हजारबाट १८ हजार पुगेको छ। साथै अब धेरैले स्थाई बासिन्दा हुन नपाउने पनि बताईएको छ। अभिभावकलाई ५ बर्ष भिसा यस्तै अष्ट्रेलियाले स्थाई बासिन्दाको अभिभावकको लागि ५ बर्ष अस्थाई भिसाको लागि आवेदनहरु खुला गरेको छ। यदी अभिभावकलाई उनिहरु ५ बर्षको लागि ल्याउन चाहन्छन् भने भिसाको लागि अवेदन दिन सक्छन्। त्यस्तै उक्त समय अवधी सिद्दीईसकेपछी फेरी आवेदन दिन सक्छन्। प्रत्येक बर्ष १५ हजार भन्दा धेरैले यस भिसाको लागि आवेदन दिने गरेका छन्। क्षेत्रीय अष्ट्रेलियाको लागी भिसा परिवर्तन सिडनी र मेलबोर्न जस्ता अष्ट्रेलियाका प्रमुख शहरहरूमा ठुलो संख्यामा रहेका आप्रवासीको जनसंख्यालाई सबै ठाउँमा उचित रुपमा ब्यवस्थापन गर्नको लागि अष्ट्रेलियाको सरकारले यस्तो नयाँ योजना बनाएको हो। अष्ट्रेलियामा हाल प्रमुख शहरमा हजारौंको संख्यामा बेरोजगार रहेका छन् भने अवकिसित क्षेत्रहरु भने काम गर्नहरु पाउन नै मुस्किल रहेको छ। त्यसैले यदि तपाई अष्ट्रेलियाको स्थायी नागरिक बन्न चाहानुहुन्छ भने तपाईले कम्तिमा ३ बर्ष अष्ट्रेलियाको अबिकसित क्षेत्रमा बिताउनु पर्नेछ। अबिकसित क्षेत्रमा ३ बर्ष बसे बापत क्षेत्रीय स्थायी भिसा २०२२ मा उपलब्ध हुने सरकारले घोषणा गरेको छ। अन्तराष्ट्रिय विद्यार्थीको हकमा यदी तपाई अष्ट्रेलियामा अध्ययन गरिरहेको अन्तरराष्ट्रिय विद्यार्थी हुनुहुन्छ र तपाईले सिड्नी, मेलबर्न, साउथ ईस्ट क्विन्सल्याण्ड र पर्थ बाहेक अन्य क्षेत्रमा पढिरहनु भएको छ भने तपाईले दिक्षान्त पछि पनि थप समय अष्ट्रेलियामा बस्न पाउनुहुनेछ। थप पोईन्टस पाउनुहोस् यदी तपाई अष्ट्रेलिया एक्लै अथवा दक्ष पार्टनरसँग आउँदै हुनुहुन्छ भने तपाईले थप पोईन्टस पाउनुहुनेछ। यस्तै विज्ञान, प्रविधी, ईन्जिनियरिङ्ग तथा गणित बिषयलाई पनि छुट्टै पोइन्टसको व्यवस्ता रहेको छ। (एसबिएसबाट नेपालीमा उल्था गरिएको )
बालुवाटारमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा बिस्तार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले काठमाडौं–४, बालुवाटारमा ८२ औं शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शाखा उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीच शाखाको उद्घाटन गरिएको हो । काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित रहेको छ ।