अष्ट्रेलियामा भिसाका नयाँ मापदण्डहरु, धेरैले पिआर नपाउने सम्भावना!

<p>अष्ट्रेलिया। आप्रवासीको अध्यागमन सम्बन्धी अष्ट्रेलियन सरकारले ल्याएको नयाँ भिसा नियम छिट्टै नै देशभर प्रभावकारी रुपमा लागु हुने भएको छ। अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री स्कोट मोरिसनले आप्रवासी अध्यागम्न भिसा आगामी ४ बर्षको लागि १ लाख ९० हजारबाट घटाएर १ लाख ६० हजार बनाईने घोषणा गरेका छन्। २०१७/२०१८ मै अप्रावासीको अध्यागमन घटेर १ लाख ६२ हजार भएकोले यसले खासै फरक मोरिसन [&hellip;]</p>

अष्ट्रेलिया। आप्रवासीको अध्यागमन सम्बन्धी अष्ट्रेलियन सरकारले ल्याएको नयाँ भिसा नियम छिट्टै नै देशभर प्रभावकारी रुपमा लागु हुने भएको छ।

अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री स्कोट मोरिसनले आप्रवासी अध्यागम्न भिसा आगामी ४ बर्षको लागि १ लाख ९० हजारबाट घटाएर १ लाख ६० हजार बनाईने घोषणा गरेका छन्। २०१७/२०१८ मै अप्रावासीको अध्यागमन घटेर १ लाख ६२ हजार भएकोले यसले खासै फरक मोरिसन बताउँछन्।

– आप्रवासीलाई २ नयाँ क्षेत्रीय केन्द्रित भिसा
– अविकसित क्षेत्रमा बस्ने आप्रवासीलाई थप पिईन्टस
– अभिभावकको लागि ५ बर्ष भिसाको लागि आवेदन दिन पाउने

यसले अष्ट्रेलियाले दिने Skilled Manpower Visa मा ४३ हजारबाट १८ हजार पुगेको छ। साथै अब धेरैले स्थाई बासिन्दा हुन नपाउने पनि बताईएको छ।

अभिभावकलाई ५ बर्ष भिसा

यस्तै अष्ट्रेलियाले स्थाई बासिन्दाको अभिभावकको लागि ५ बर्ष अस्थाई भिसाको लागि आवेदनहरु खुला गरेको छ।

यदी अभिभावकलाई उनिहरु ५ बर्षको लागि ल्याउन चाहन्छन् भने भिसाको लागि अवेदन दिन सक्छन्। त्यस्तै उक्त समय अवधी सिद्दीईसकेपछी फेरी आवेदन दिन सक्छन्।

प्रत्येक बर्ष १५ हजार भन्दा धेरैले यस भिसाको लागि आवेदन दिने गरेका छन्।

क्षेत्रीय अष्ट्रेलियाको लागी भिसा परिवर्तन

सिडनी र मेलबोर्न जस्ता अष्ट्रेलियाका प्रमुख शहरहरूमा ठुलो संख्यामा रहेका आप्रवासीको जनसंख्यालाई सबै ठाउँमा उचित रुपमा ब्यवस्थापन गर्नको लागि अष्ट्रेलियाको सरकारले यस्तो नयाँ योजना बनाएको हो। अष्ट्रेलियामा हाल प्रमुख शहरमा हजारौंको संख्यामा बेरोजगार रहेका छन् भने अवकिसित क्षेत्रहरु भने काम गर्नहरु पाउन नै मुस्किल रहेको छ।

त्यसैले यदि तपाई अष्ट्रेलियाको स्थायी नागरिक बन्न चाहानुहुन्छ भने तपाईले कम्तिमा ३ बर्ष अष्ट्रेलियाको अबिकसित क्षेत्रमा बिताउनु पर्नेछ। अबिकसित क्षेत्रमा ३ बर्ष बसे बापत क्षेत्रीय स्थायी भिसा २०२२ मा उपलब्ध हुने सरकारले घोषणा गरेको छ।

अन्तराष्ट्रिय विद्यार्थीको हकमा

यदी तपाई अष्ट्रेलियामा अध्ययन गरिरहेको अन्तरराष्ट्रिय विद्यार्थी हुनुहुन्छ र तपाईले सिड्नी, मेलबर्न, साउथ ईस्ट क्विन्सल्याण्ड र पर्थ बाहेक अन्य क्षेत्रमा पढिरहनु भएको छ भने तपाईले दिक्षान्त पछि पनि थप समय अष्ट्रेलियामा बस्न पाउनुहुनेछ।

थप पोईन्टस पाउनुहोस्

यदी तपाई अष्ट्रेलिया एक्लै अथवा दक्ष पार्टनरसँग आउँदै हुनुहुन्छ भने तपाईले थप पोईन्टस पाउनुहुनेछ। यस्तै विज्ञान, प्रविधी, ईन्जिनियरिङ्ग तथा गणित बिषयलाई पनि छुट्टै पोइन्टसको व्यवस्ता रहेको छ।

(एसबिएसबाट नेपालीमा उल्था गरिएको )

Share News