विकासन्युज

धनुषा र बाँकेमा खुल्यो सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक सातौँ वर्षमा, रंग वैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई सहयोग

काठमाडौँ । वाग्लुङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहने गरी २०७० सालमा स्थापना भएकोे ग्रीन डेभलपमेन्ट बैंक सातौं वर्षमा प्रवेश गरेको छ । बैंकले सातौं वार्षिकोत्सवको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी वाग्लुङ्ग जिल्लामा निर्माणाधीन रहेको रंग वैंकटेश्वर मुक्तिनारायण मन्दिर कुडुले, वाग्लुङ्गलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । कार्यक्रममा वोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरी स्थानीय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बताए । बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथि तथा उक्त मन्दिरका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्य, वैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठ लगायतले बोलेका थिए । वैंकले हाल कास्की, बाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ९ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोबाईल वैंकिङ्ग, निःशुल्क एटीएम सेवा, आईपीएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गर्दै आएको जनाएको छ ।

जगदम्बा मोटर्सले ल्यायो ‘टिभिएस दशैंको दौड’ योजना

काठमाडौँ । टिभिएस टू-ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने अवसरहरु प्राप्त गर्नेछन् । टिभिएस शोरुममा नगई वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सकिन्छ । यस योजनामा सहभागीबन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट जततउकस्ररतखकलभउब।िअयmरमबकजबष्ल मा लग अन गर्नु पर्नेछ र त्यहाँदिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइकन किन्दा नै रु.५,०००/- देखि रु.१,००,०००/-सम्म नगद राशी जित्न सक्नेछ । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ । यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ । जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरिद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टममा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्मित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, । हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरण गरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गर्नेछन् । प्रवद्र्धन योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले केही नवीनतम विचारका साथ प्रस्तुत भएको बताए ।

युनियनका कारण टेलिकम धरापमा पर्दैछः मन्त्री बाँस्कोटा

भैरहवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताएका छन् । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुगेका मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको जानकारी गराए । दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिँदै उनले यसको कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । “नेपाल टेलिकमले आफ्ना सबै कर्मचारीलाई तलबभत्ता दिएकाले यसको विकासमा सहयोग नपुर्याउने र व्यक्तिगत कमाइमा लाग्ने कर्मचारीलाई सरकारले कार्वाही गर्छ ”, मन्त्री बाँस्कोटाले भने । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलका १६ जिल्लाको क्षेत्रीय कार्यालय रहेको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा उपस्थित भएका मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई मन्त्री बाँस्कोटाले जनमुखी भएर काम गर्न निर्देशन दिएका छन् । रासस

एनसेल माथि सरकारले निर्धारण गरेको कर खारेज, प्रक्रियामा आपत्ति

काठमाडौं । सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेललाई लगाएको लाभकर खारेज गरेकोे छ । सर्वोच्च अदालतको पूर्ण इजलासले सोमबार एनसेलको कर निर्धारण प्रक्रिया खारेज गरेको हो । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीसहित पाँच जना न्यायाधीशको पूर्ण इजलासले एनसेलको कर निर्धारण प्रक्रियामा आपत्ती जनाउँदै उक्त आदेश दिएको हो । एनसेल कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षण नहुँने फैसला सुनाएको छ । सर्वोच्च अदालतले ठूला करदातालाई ऐनको दफा १२०(क) बमोजिम शुल्क लगाउने अधिकार सुरक्षित रहेको छ । ठूला करदाता कार्यालयको गत वैशाख को कर निर्धारण आदेश आजको उत्प्रेषण आदेशद्वारा वदर भएको छ । अदालतको आदेशसँगै करिब ४० अर्ब रुपैयाँको कर दायित्व भएको एनसेललाई लाभकर भुक्तानीमा राहत मिलेको छ । ठूला करदाता कार्यालयले २०७४ असार १३ गते २०७२ चैत २९ गतेबाट करको दायित्व सिर्जना भएको र सोही बमोजिमको कर तिर्न एनसेललाई ताकेता गरेको थियो । ठूला करदाता कार्यालयले वैशाख पहिलो साता एनसेल माथि ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यो अवधिमा एनसेलले सरकारलाई २३ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको छ । ३९ अर्ब रुपैयाँ भुक्तान गर्न वाँकी छ ।

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं। पर्यटन मन्त्री योगेश भट्टराईले ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । मन्त्री भट्टराईले सोमबार पर्यटन मन्त्रालयको १ बर्ष कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन्। यो निर्णय ३ महिना भित्रमा सबै हवाईजहाज कम्पनीहरुमा लागु हुने मन्त्री भट्टराइले प्रतिबद्दता जनाए।

कर्पोरेट क्रिकेट च्याम्पियन बन्न सफल सेञ्चुरी बैंक

काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा पनि सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा पुनस्र्थापना

काठमाडौँ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुनस्र्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बैंक संचालक समितीका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैंकिङ अभ्याससहित अघि बढिरहेको वताए । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले आफनो गाउँपालिकामा बैंक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताए । यसैगरी नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं.५का प्रमुख पाशाङ दोर्जे शेर्पाले केही समयमै गुल्मीको तम्घास, अर्र्घाखाँचीको सन्धिखर्क लगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै एटीएम सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ती सुरक्षाका कारण अन्यत्र गाभिएको थियो ।