विकासन्युज

अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनका लागि रातो बङ्गला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत आयोजना गरिएको तीन दिने सम्मेलन सोमबार समापन भएको छ । उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षकशिक्षिकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए । सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षकशिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो । शिक्षा क्षेत्रको विकासकालागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेलको यस सहकार्यको उदेश्य रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षाक्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ । सम्मेलन शनिवार शुरु भएको थियो । ‘२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीयशिक्षामा समानपहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्यबालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षाप्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,’ उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले भने । सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीको उपस्थिति रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागी शिक्षक शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाक ाविकासका लागि कक्षाकोठा लगेर बाँड्न सुझाइन् । ‘एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं’– एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुने जनाइएको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाई

काठमाडौँ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माण कार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माण कार्य एक वर्षपछि धकेलिएको हो । बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका छन् । चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्ट्रक्सन÷नेपाल जेभीले पेश गरेको बोलपत्रको मूल्याङ्कन गर्ने काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक रमेशमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिनेछ । “प्राविधिक बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी सहमतिका लागि एडिबीमा पठाउने अन्तिम तयारी गरेका छौँँ”, उनले भने, “एडिबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौँ ।” आगामी कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने तयारी थालेको छ । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । आयोजनाका प्रबन्धक श्रेष्ठका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति १६.१७ र आर्थिक प्रगति १२.३३ प्रतिशत रहेको छ । सिएमसीसँग ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा निर्माणको काम एक वर्ष ढिलाइ भएको श्रेष्ठले बताए । आयोजनाको २०० मिटर टेष्ट टनेल खनिसकिएको छ भने एक हजार २०० मिटरको मुख्य टनेल खन्न बाँकी छ । “ठेक्का रद्द नभएको भए अहिलेसम्म केही कामहरु शुरु भइसक्थे”, उनले भने, “पुनः बोलपत्र आह्वान गर्दा काम प्रभावित भएको छ, यसले आयोजनाको निर्माणकार्यलाई पछाडि धकेलेको छ ।” निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक ९एडिबी० र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए । सिनो हाइड्रोले आयोजनाको पहुँचमार्गसम्म पुग्न एक हजार १०० मिटर ट्र्याक खोलिसकेको छ भने ४०० मिटर ट्र्याक खोल्न बाँकी छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्भे गरिरहेको अवस्था छ । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण तथा उक्त कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र (सन् २०२४ जुन) सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस

घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालयका लेखापाल पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुलाई रु २५ हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ गरेको छ । उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेवापत सेवाग्राहीसँग पटकपटक घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको हेटौँडाबाट गएको टोलीले लेखापाल थारुलाई पक्राउ गरेको हो । आयोगको टोलीले उनलाई कलैया भान्छाघरबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यसैगरी आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनका लागि ठाकुरले सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ । आयोगले रु पाँच हजार बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको जनाएको छ । यस्तै आयोगले बाँसगढी सवडिभिजन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले सहायक वन अधिकृत गुप्तालाई पक्राउ गरेको हो । आयोगको टोलीले उहाँलाई बाँसगढी नगरपालिका–७ देउडाकला बर्दियाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

सवारी कर्जाकाे ब्याज साढे ९ प्रतिशत, ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडाैं । निजी सवारी किन्न चाहानेहरूकाे लागि खुशीकाे खबर छ । नाडा अटाे शाे र दशैंतिहारकाे अवसरमा बैंकहरूले सवारी कर्जा (अटाे लाेन) काे ब्याज घटाएका छन् । साथै, सवारी किन्दा मूल्यकाे ८० प्रतिशतसम्म कर्जा दिने र माग गरेकाे एक दिनमा नै उपलब्ध गराउने बैंकहरूले जनाएका छन् । एनएमबी बैंकले ९.९ प्रतिशत ब्याजमा गाडी मूल्यकाे ८० प्रतिशतसम्म कर्जा सुविधा दिने जनाएकाे छ । यस्ताे सुविधा विद्युतीय गाडीमा मात्र दिइने बैंकले जनाएकाे छ । कर्जा माग भएकाे एक दिनमा नै कर्जा स्वीकृत गरिने र कर्जा भुक्तानी गर्ने अवधि ताेकिएकाे भन्दा अगाडि नै भुक्तानी गर्न चाहेमा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ । यस्ताे कर्जा लिने ग्राहकलाई बैंकले एनएमबी भिजा प्लाटिनम क्रेडिट कार्ड निःशुल्क दिने भएकाे छ । सिभिल बैंकले बेसरेटमा नै अटाे कर्जा दिने भएकाे छ । उसले पनि ग्राहकलाई ५० देखि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिएकाे छ । त्यति मात्र हाेइन, यस बैंकले अटाेलाेन लिने ग्राहकले चाहेमा २ लाख रूपैयाँसम्मकाे ओभरड्राफ्ट सुविधा दिने भएकाे छ । बैंकले  उपभाेक्तालाई अतिरिक्त सुविधा त दिएकाे छ, तर राष्ट बैंककाे नियमकीय दृष्टिमा यस्ताे कर्जा गलत हुन सक्छ । एभरेष्ट बैंकले ९ दशमलव ६६ प्रतिशतमा अटाेलाेन दिने भएकाे छ । यस बैंकले जुनसुकै सवारी  किने पनि ७ वर्ष अवधिकाे कर्जा दिने र ब्याज ६.६६ प्रतिशत मात्र लिने जनाएकाे छ । वाणिज्य बैंकलाई पछ्याउदै विकास बैंकहरूले पनि सवारी कर्जालाई प्राथिमकता दिएका छन् । गण्डकी विकास बैंकले ११.४८ प्रतिशतमा र  साग्रिला डेभलपमेन्ट बैंकले ११.६६ प्रतिशतमा सवारी कर्जा दिने जनाएका छन् ।

बानेश्वरमा सनराइज बैंकको १२१ औं शाखा संचालन

काठमाडौँ । सनराइज बैंकले बानेश्वरमा १२१औँ शाखा संचालनमाल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।

महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले मंगलबारदेखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप प्रदर्शन गर्ने भएको छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्धहुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९,७५,०००/– र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६,५०,०००/– त्यस्तैगरी डिजेलमा डब्लु ४वर्गका लागि रु ४१,२५,०००/–, डब्लु ६वर्गका लागि रु ४५,००,०००/–, डब्लु ८वर्गका लागि रु ५१,५०,०००/– र डब्लु ८ (अफ्सनल)वर्गका लागि रु ५७,२५,०००/– तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरी रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ । यो एसयूभी६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज,पर्ल ह्वाइट, नपोलीब्लाक, डी–स्याट सिल्भर माउपलब्ध छभने एक्वा मरिनर तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधाप्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्चगति र जोशकालागितपाईको आवश्यकता पूरा गर्छ । यस पटकको नाडा अटो शोमा महिन्द्राको सबफोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । मराजोएम ६ को मूल्य रु ५८,२०,०००/– र एम ८ को मूल्यरु ६४,३०,०००/– तोकिएको छ ।

मंगलबारदेखि भृकुटी मण्डपमा १४ औं नाडा अटो शो (फोटो फिचर)

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा १४ औं नाडा अटो शो शुरु हुँदैछ । उक्त नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टल रहने छ । भदौ १० गतेदेखि १५ गतेसम्म संचालन हुने गाडीहरूको उक्त कुम्भ मेला ७० हजारले अवलोकन गर्ने आयोजक नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले जानकारी दिएको छ । नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?  हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो, पुग्नै लाग्यो २ खर्ब सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा  

बजाजको ‘इन्ट्रासीटी दिमाग डामाडोल’ योजना

काठमाडौँ । बजाज थ्री ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशैँ, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ । बजाज आरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ । यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रिमा ३२ इन्च सामसङ्ग टिभी पाउनुका साथै ४० हजार किमीसम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निःशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि एएमसी पाउने छन् । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बीमा र ५ लाखको स्वास्थ्य बीमा पाउने छन् ।