कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन
पर्शुरामधाम । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ । अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि बिक्री गरिरहेका छन् । दक्ष प्राविधिक कर्मचारीले मात्रै फार्मेसीबाट औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि यहाँका कर्मचारीको लापर्वाहीले फार्मेसीमा कार्यालय सहयोगीले औषधि दिइरहेका छन् । मानवको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई नबुझी अस्पतालले कार्यालय सहयोगीको भरमा फार्मेसीबाट औषधि बिक्री वितरण गर्नु गैरजिम्मेवारी भएको स्थानीय रामदत्त जोशीले बताएका छन् । नेपाल सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउने भए पनि यहाँको अस्पतालमा भने सेवाग्राहीले निःशुल्क पाउने औषधिसमेत नपाएको गुनासो गरेका छन् । औषधि निःशुल्क पाइने आशले सेवाग्राही आउने गरेका र अस्पतालमा पुगेपछि निःशुल्क औषधि नपाएर अन्य फार्मेसीबाट किन्नुपर्ने भएपछि सेवाग्राही मर्कामा पर्ने गरेको जोशीले जानकारी दिए । अस्पतालले निःशुल्क औषधि दिनुपर्नेमा अहिलेसम्म उपलब्ध नगराएको र अस्पतालकै फार्मेसीबाट किनेको औषधिको बिलसमेत नदिने गरेको सेवाग्राही बताउँछन् । अस्पतालको फार्मेसीबाट औषधि किन्ने कसैलाई पनि बिल नदिइने र फार्मेसीमा राखिएको रजिस्टरमा टिप्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालले आकस्मिक सेवाका लागि रु ५० को टिकट दिने गरेको भए पनि फार्मेसीले भने औषधि किनेको बिल नदिएको अर्का सेवाग्राही मोहन भाट बताउँछन् । यसरी दैनिक रूपमा औषधिको बिल नदिई बिक्री गर्नुले फार्मेसीको आर्थिक अपारदर्शिता झल्किएकोसमेत सेवाग्राहीको आरोप छ । जोगबुडा अस्पतालमा पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन् । नेपाल सरकारले जोगबुडा अस्पताललाई १५ श्ययाको अनुमति दिएको भए पनि यसैअनुरुप सेवासुविधा प्रदान गर्न नसकेको आम सर्वसाधारणको गुनासो छ । अस्पतालमा कर्मचारी अभावसँगै आवश्यक उपकरणसमेत नहुँदा समस्या हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । जोगबुडा अस्पतालका मेडिकल अधिकृत डा. करुणा बज्राचार्यले फार्मेसीमा कार्यरत कर्मचारी बिदामा गएकाले कर्मचारी अभावका कारण कार्यालय सहयोगीलाई नै सहयोग गर्न भनेको बताए । समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी सुधारका लागि प्रयास भइरहेको अस्पतालका मेडिकल अधिकृत डा. बज्राचार्यले जानकारी दिएका छन् । रासस
मुक्तिनाथ विकास बैंकद्धारा कमलादी गणेश विकास समितिलाई आर्थिक सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादी, स्थित श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरेका हुन् । यस बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा एटिएम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । साथै, बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।
यती एअरलाइन्समा विद्युतीय भ्यानको प्रयोग सुरु
काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रवार एक समारोह बिच विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गरेका हुन् । वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षामा यती एयरलाइन्सले विद्युतीय सवारी साधन प्रयोगमा ल्याएको हो । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ । यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयरलाइन्सको रहेको छ । यती एअरलाइन्सले ‘’कार्बन क्रेडिट” खरिद गरेर आफ्नो “हरितगृह ग्याँस” उत्सर्जनको भर्पाइ गर्दै आएको छ । यो जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धी (युएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्युनिकरणको उपाय हो । विगतमा पनि यती एअरलाइन्सले “हरियो सुदूर पश्चिम परियोजना” र “सगरमाथा सफाइ अभियान” जस्ता महत्वपूर्ण वातावरणीय र सामाजिक अभियानहरु संचालन गर्दै आएको थियो । ‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर हो । वास्तवमा कार्बन न्युट्रलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यवहारिक प्रयत्न हो । एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ, यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशिल कदम चाल्न उत्प्रेरणा दिनेछ,,’’ यति एअरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पाले भनिन् । त्यसैगरी, युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले यती एअरलाइन्सको यस कार्यका लागि बधाई दिँदै भने, ‘आज यतीले कार्बन न्युट्रलिटी यात्रामा एक पाइला अघि बढाएको छ । हामी निकै खुसी छौं । दीर्घकालीन विकासमा अघि बढ्ने यो यात्रामा हामी तपाईंहरुको साथमा छौं । हामीलाई विश्वास छ, यो कार्यले प्रदुषण न्युनीकरण र पृथ्वीको संरक्षणमा सामुहिक कार्य गर्न अरु धेरैलाई पनि प्रेरणा दिनेछ ।’
नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?(सूची सहित)
काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ हुँदैछ । भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा हुने उक्त अटो शोमा चार पाङ्ग्रे र २ पाङ्ग्रे २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने भएको छ । १३ प्रकारका कार, ६ प्रकारका बाईक र २ प्रकारका स्कुटर सार्वजनिक गर्ने अटो कम्पनीहरुले जनाएका छन् । नाडा अटो शोमा नयाँ कार फोर्डले १५ सय सीसीको इको स्पट फन्डबर कार सार्वजनिक गर्दैछ । उक्त कारको मूल्य भने मंगलबार नै सर्वजनिक हुने भएको छ । जीपले अफरोड फोकस्ड एसयूभी सार्वजनिक गर्नेछ । जीपको मूल्य भने सर्वजनिक गरिएको छैन । निसान कम्पनीको १५ सय सीसीको किक्सस फुल अप्सनको कार सार्वजनिक हुँदैछ भने सो कारको मूल्य ६५ लाख २५ हजार तोकिएको छ । यता, टाटाले एच फाइभ कार सार्वजनिक गर्ने भएको छ । २ हजार सीसीको सो कारको मूल्य ६० लाख ८५ हजार निर्धारण गरिएको छ । महिन्द्राले यसवर्षको नाडा अटो शोमा एक्सयूभी ३०० र एमपीभी मराजो सार्वजनिक गर्दैछ, उक्त कारको मूल्य भने शोमा नै सर्वाजनिक हुने छ । रेनल्टले पनि १ हजार सीसीको टाइभर कार सार्वजनिक गर्ने भएको छ । मूल्य भने शोमा नै सार्वजनिक गरिने छ । टोयोटाले क्याम्ब्री र र्याभ फोर हाइब्रिड कार सार्वजनिक गर्ने भएको छ । क्याम्ब्रीको १ करोड ३० लाख र र्याभ फोर हाइब्रिड कारको १ करोड ३४ लाख मूल्य तोकेको छ । फक्सवागेनले पनि २ हजार सीसीको टेक्वान अलस्पेस कार शोमा सार्वजनिक गर्ने भएको छ । सुजुकीले एर्टिगा, सियाज र स्क्रस हाइब्रिड कार शोमा सार्वजनिक गर्ने भएको छ । नयाँ बाइक कुन-कुन सार्वजनिक होलान ? बेनेलीले बेनेली लिएन सिनो २५० सीसी र टीआरके २५१ सीसीको बाइक सार्जजनिक गर्ने छ । हिरोले २०० टी बाइक ल्याउने भएको छ । केटीएमको १२५ सीसीको ड्युक बाइक सार्वजनिक हुँदैछ भने मूल्य अटो शोमा नै सर्वाजनिक हुने छ । टिभिएसले ११० सीसीको रिडियन र १६० टुभी आपाजी सार्वजनिक गर्ने भएको छ । मूल्य क्रमशः १ लाख ८९ हजार ९ सय र २ लाख ६४ हजार ९०० तोकिएको छ । कस्ता स्कुटर सार्वजनिक हुन्छन् ? एनआयूको एनजीटी इलेक्ट्रोनिक स्कुटर सार्वजनिक हुने भएको भएको छ । सो स्कुटरको मूल्य ४ लाख २५ हजार तोकिएको छ । हिरोले प्लेजार प्लस स्कुटर सार्वजनिक गर्ने जनाएको छ । यी कम्पनी सहभागी हुँदैछन् यसवर्षको नाडा अटो शोमा चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होण्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान, बीवाईडी र दाय कम्पनी सहभागी हुने भएका छन् । दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली भेस्पाको सहभागिता रहने छ । फाइल फोटो सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा
हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो, पुग्नै लाग्यो २ खर्ब
काठमाडौं । हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको छ । गएको आवको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाले हायर पर्चेजमा लगानी बढाएर एक खर्ब ८० अर्ब ९५ करोड पुर्याएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९० करोडले लगानी बढाएका छन् । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्ब ७१ अर्ब ५ करोड लगानी भएको थियो । नेपालीको क्रयशक्तिमा भएको वृद्धि तथा गाडीको किन्ने सौखिनको संख्या थपिंदा कर्जा प्रवाह बढी भएको हो । ‘बढ्दो रेमिटेन्स र उपभोक्ताको सौखिन बानीले आएको परिवर्तन र बैंकले सहजै कर्जा उपलब्ध गराउने भएपछि गाडी किन्ने थपिएका हुुन् । पछिल्लो समय मध्यम र निम्न मध्यम वर्गीय परिवारमा सवारी साधनमा आकर्षण बढ्दो छ । अधिक तरलताको चापमा रहेका बैंक तथा वित्तीय संस्थाहरूले छोटो सयम र बजारमा प्रचलित ब्याजअनुसार अटो कर्जा उपलब्ध गराउने भएकाले पनि यो क्षेत्रमा कर्जा बढेको हो । ठूला औद्योगिक घरानाको प्रवेशसँगै अटोमोबाइल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी उल्लेख्य रूपमा बढेको छ । कम जोखिम, थोरै लगानी र कम मेहनतमै बढी मुनाफा आर्जन गर्न सकिने र उद्योगको तुुलनामा व्यापारमा बढी फाइदा हुँदा सवारी व्यापारमा ठूला औद्योगिक घराना आकर्षित भएका छन् । एक दर्जनभन्दा बढी औद्योगिक घरानाले यस क्षेत्रमा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट गाडी किन्नका लागि ५० प्रतिशतसम्म कर्जा लिन पाउँछन् । बढ्दो औद्योगिक घरानाको लगानी र सहज किस्ता भुक्तानीका कारण अन्य व्यवसायको तुलनामा अटो व्यवसाय फस्टाउँदै गएको हो । दुई वर्ष अघिसम्म गाडी खरिद गर्दा बैंक तथा वित्तीय संस्थाले कुुल मूल्यमा ६५ प्रतिशतसम्म लगानी गरिदिने भएपछि गाडीमा आम उपभोक्ताको आकर्षण बढेको हो । कुुनै पनि व्यक्तिले गाडी किन्न चाहे कूल मूल्यको ३५ प्रतिशत लिएर बाँकी रकम बैंक तथा वित्तीय संस्थाले फाइनान्स गरिदिने व्यवस्था थियो । आव २०७४/७५ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले हायर पर्चेजमा खरिद गर्दा बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था भएपछि खरिदकर्ता नै आधाभन्दा बढीले घटेको थियो । अहिले पनि सो व्यवस्था यथावत नै छ अर्थात गाडी खरिदकर्ताले ५० प्रतिशतसम्म आफैले पैसा तिर्नु गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले सामान्यतया पाँच वर्षदेखि अधिकतम ७ वर्षका लागि हायर पर्चेज कर्जा उपलब्ध गराउने गरेको सानिमा बैंकका प्रमुुख कार्यकारी अधिकृत भुुवन दाहालले बताए । ‘उपभोक्ताको इच्छाअनुुसार मासिक तथा वार्षिक रकम भुुक्तान गर्ने गरी अटोमोबाइल्स क्षेत्रमा लगानी गर्ने गरेको छ’, उनले भने । अटोलोनमा अंकुुश लगाएपछि खुुम्चिएको अटोको व्यापार केही फस्टाउने देखिएको छ । एकै पटक ठूलो रकम तिर्नुु नपर्ने भएकाले पनि गाडी चढ्ने इच्छा भएका उपभोक्ताको सपना पूरा भएको छ । कर्जा लिने सीमा बढाएको भए अझ राम्रो हुने व्यवसायीको भनाइ छ । नाडाका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठका अनुुसार ८० देखि ८५ प्रतिशतसम्म ग्राहकले बैंकबाट लोन लिएर गाडी खरिद गर्ने गरेका छन् । ‘ब्याजदर माथि छ, सहज ढंगबाट लोन पाइँदैन’, त्यसको असर गाडी खरिदमा परेको उनी बताउँछन् । बैंकमा तरलता सहज हुुँदा ६-७ प्रतिशत ब्याजदरमा ८० देखि ९० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध हुुँदै आएको थियो । अहिले ब्याज बढेर १५ प्रतिशतभन्दा माथि पुुगेको छ । ब्याजदरका कारणले पनि गाडी किन्ने आकर्षण घटेको छ । नत्र बजार अझ माथि जान्थ्यो र कर्जा समेत बढ्ने थियो । बैंक तथा वित्तीय संस्थाबाट ५ वर्षमा हायर पर्चेजमा भएको लगानी :
किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबीच सहकार्यको सम्झौता
काठमाडौं । किताब यात्रा प्राइभेट लिमिटेड र केसिएल अस्ट्युट क्यापिटल लिमिटेडका बिच सम्झौता भएको छ । आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त समारोहमा किताब यात्राका प्रमुख कार्यकारी अधिकृत ऋषिराम अधिकारी, वित्त तथा कानून सल्लाहकार सन्तोस ज्ञवाली र केसिएल अस्ट्युट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदीले हस्ताक्षर गरेका थिए। उक्त सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटलले किताब यात्राका ग्राहक, शेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्कमा ३३ प्रतिशत छुट प्रदान गर्ने छ भने किताब यात्राले केसिएल अस्ट्युट क्यापिटलका ग्राहक, शेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५ प्रतिसत छुट प्रदान गर्नेछ । अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनामा लागेको किताब यात्राले अनलाइबाटै स्वदेश तथा विदेशमा सोझै खरिद गर्ने सकिने प्ल्याटफर्म निमार्ण गरेको हो । अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको छ । केसिएल अस्ट्युट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो । यस संस्थाले नेपालको पूजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूजी बजारबारे जानकारी नभएका साथै नेपालको पूजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन दिँदै आइरहेको छ ।
छ अर्ब बेरुजु फछ्र्योट गर्न सफल भयाे नेपाली सेना
काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५र७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । आव २०७५र७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उनले बताए । नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फछ्र्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ । सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु रु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा रु ४४ करोड २० लाख ६० हजार फछ्र्योट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ । पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फछ्र्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताएका छन् । रासस
जीवन बीमा कम्पनीका यस्ता छन् पोलिसी, ‘नौला प्रडक्ट थप्न चाहिन्छ नयाँ निर्देशिका’
काठमाडौँ । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । जीवन बीमा व्यसायमा संलग्न एक अधिकारीका अनुसार-‘अन्तर्राष्ट्रिय (बेलायत)मा बीमा गराउँदा बीमा कम्पनीले चाहेको ठाउँमा लगानी गर्न पाउने व्यवस्था छ तर हाम्रोमा त्यस्तो छैन ।’ उनले नेपालमा म्यादी बीमा, सावधिक बीमा र आजीवन बीमाका प्रडक्ट मात्र निकाल्न पाइने व्यवस्था छ । उनले आफ्नो उद्देश्य बीमा समितिमा भएको नीति निर्देशिकामा कमजोरी देखाउनु नभई बीमा बजारको आवश्यकता अनुसारका प्रडक्ट निकाल्ने तर्फ समिति लाग्नु उचित हुुने बताए । उनले नयाँ प्रडक्ट थप्न नयाँ निर्देशिकानै चाहिने बताए । के भन्छ बीमा समिति ? बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन्-‘बीमा समितिले सदैव बिमितको हितका लागि काम गर्दै आएको छ, सोही कारण आगामी दिनमा समेत बजारको आवश्यकता अनुसार नीति निर्देशिकामा परिमार्जन गर्नेछौँ ।’ कार्यकारी निर्देशक पौडेलले जायज माग बिमकहरुले उठाउँदा आफूहरुले समितिको तर्फबाट पनि सकारात्मक प्रतिक्रिया दिने गरेको बताए । यस्ता छन् जीवन बीमा कम्पनीका प्रडक्टहरु: राष्ट्रिय बीमा संस्थानले विभिन्न शीर्षकका प्रडक्टमा बीमा गराउँदै आएको छ । संस्थानले इन्डोमेण्ट लाइफ एस्योरेन्स, चिल्डेन म्यारिज एण्ड एजुकेशन इन्डोमेण्ट लाइफ एस्योरेन्स, एन्टिसिपेटेड इन्डोमेन्ट लाइफ एस्योरेन्स, होल लाइफ एस्योरेन्स, जीवन सुरक्षा, बाल उमंग, जोइन्ट लाइफ प्लान जीवन साथी, चिल्ड्रेन प्लान वात्स्यालय, टर्म लाइफ एस्योरेन्स, जीवन बन्धु तथा गु्रप इन्डोमेन्ट लाइफ एस्योरेन्स शीर्षकमा बीमा गराउँदै आएको छ । त्यसैगरी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इन्डोेमेन्ट एस्योरेन्स प्लान, चिल्ड्रेन्स प्लान, मनी व्याक प्लान, होल लाइफ प्लान र रिटायर्डमेण्ट प्लान शीर्षकमा बीमा गराउँदै आएको छ । यता, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले इन्डोमेन्ट, एन्टीसिपेटेड, होल लाइफ र टर्म लाइफ शीर्षकमा बीमा गराउँदै आएको छ । लाइफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल(एलआइसी)ले इन्डोमेण्ट प्लान, मनी व्याक प्लान, जीवन तरङ्ग, अमूल्य जीवन, जीवन आस्था प्लान, जीवन साथी, चिल्ड्रेन इन्डोमेण्ट प्लान, चाइण्ड प्लान, जीवन आनन्द, बीमा किरण प्लान र धनवृष्टि शीर्षकमा बीमा गराउँदै आएको छ । मेट लाइफ कम्पनीले हेल्थ इन्स्योरेन्स, एक्सिडेण्ट इन्स्योरेन्स, एजुकेशन प्रोटेक्सन, सेभिङ्ग प्रोटेक्सन, रिटायर्डमेण्ट, इम्पोमेण्ट बेनिफिट शीर्षकमा पोलिसी बिक्री गर्दै आएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले इन्डोमेण्ट पोेलिसिज, मनी व्याक पोलिसी, इन्डोमेण्ट एण्ड होल लाइफ, टर्म इन्स्योरेन्स र माइक्रो इन्स्योरेन्स जस्ता पोलिसी बिक्री गर्दै आएको जनाएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भने सूर्या मनी व्याक प्लान, फरेन इम्प्लोईमेण्ट लाईफ इन्स्योरेन्स प्लान, चिल्र्डेन पोलिसी, सूर्या इण्डोमेण्ट होल लाइफ प्लान, ग्रुप इन्डोमेण्ट पोलिसी विथ प्रोफिट, ग्रुप टर्म एस्योरेन्स प्लान, लिमिटेड पेमेण्ट मनी व्याक प्लान, लिमिटेड पेमेण्ट इण्डोमेन्ट प्लान, सूर्या इयर्ली मनी व्याक प्लान, सूर्या सु–संस्कृत इण्डोमेन्ट प्लान शीर्षकमा बीमा गराउँदै आएको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गुराँस सावधिक, गुराँस अग्रीम भुक्तानी, गुराँस जीवनश्री, गुराँस नौलो बाल सुरक्षा, गुराँस संजीवनी, गुराँस जीवन रक्षक, गुराँस वैदेशिक रोजगार, गुराँस एनुअल क्यास व्याक र गुराँस सुरक्षित भविष्य शीर्षहरुमा बीमा गराउँदै आएको छ । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले प्राइम फरेन इम्प्लोइमेण्ट टर्म इन्स्योेरेन्स प्लान, प्राइम जीवन उपहार, प्राइम लाइफ न्यू टर्म एसुअरेन्स, प्राइम लाइफ सुलभ मनी व्याक, प्राइम लाइफ सुरक्षित आवस बीमा, प्राइम लाइफ धन सागर, प्राइम लाइफ जीवन सुरक्षा, प्राइम लाइफ नारी जीवन बीमा, प्राइम लाइफ पेन्सन प्लान, प्राइम लाइफ सरल बीमा, प्राइम लाइफ सिङ्गल एण्ड लिमिटेड पेमेण्ट र पाइम लाइफ स्वर्णीम जीवन बीमा पोलिसी बिक्री गर्दै आएको बताएको छ । यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइमई सवल जीवन बीमा योजना, आइएमई बाल उमंग जीवन बीमा योजना, आइएमई धनवर्धन जीवन बीमा योजना, आइएमई वैदेशिक रोगजार म्यादी जीवन बीमा योजना, आइएमई कल्पधन जीवन बीमा योजना, आइएमई धनवृक्ष जीवन बीमा योजना, आइएमई बाल उज्ज्वल जीवन बीमा योजना, आइएमई सरल जीवन बीमा योजना, आइएमई आजीवन जीवन बीमा योजना र आइएमई म्यादी लघु जीवन बीमा योजना शिर्षकमा बीमा गराउँदै आएको छ । यता, युनियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेड इण्डोमेन्ट प्लान, इण्डोमेण्ट एसुअरेन्स कम होल लाइफ पोलिसी, इण्डोमेन्ट एसुअरेन्स पोलिसी, ग्रुप टर्म एसुअरेन्स पोलिसी, चाइण्ड इन्डोमेण्ट प्लान, मनी व्याक कम होल लाइफ एसुअरेन्स प्लान, एनुअल मनी व्याक लाइफ इन्स्योरेन्स प्लान र लिमिटेड पेमेण्ट (इण्डोमेन्ट) प्लान शिर्षकमा कम्पनीले बीमा गराउँदै आएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनलक्ष्मी जीवन बीमा, नबीकरण म्यादी जीवन बीमा, बाल समृद्ध जीवन बीमा, भाग्योदय जीवन बीमा, नवीन आजीवन जीवन बीमा, सन लाइफ अस्योरेन्स इण्डोमेण्ट एस्योरेन्स प्लान शिर्षकमा बीमा गराउँदै आएको छ । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा, ज्योति म्यादी जीवन बीमा, ज्योति धनलाभ जीवन बीमा, ज्योति सुरक्षित भविष्य जीवन बीमा, ज्योति सुरक्षित बचत जीवन बीमा, ज्योति एकल सावधिक जीवन बीमा, ज्योति सीमित अवधि जीवन बीमा, ज्योति सामूहिक म्यादी जीवन बीमा र राइडर जस्ता पोलिसी बिक्री गर्दै आएको छ । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले रिलायवल इण्डोमेन्ट लाइफ इन्स्योरेन्स, रिलायवल हाइयर एजुकेशन लाइफ इन्स्योरेन्स, रिलायवल एन्टीसिपेटेड लाइफ इन्स्योरेन्स, रिलायवल धनपति लाइफ इन्स्योरेन्स, फरियन इम्प्लोमेण्ट टर्म लाईफ इन्स्योरेन्स, रिलायबल इण्डोमेण्ट होल लाइफ इन्स्योरेन्स, सुलभ जीवन बीमा, सजिलो जीवन बीमा, रिलायबल माइक्रो इण्डोमेन्ट लाइफ इन्स्योरेन्स र हेल्थ इन्स्योरेन्स बेनिफीट शिर्षकमा बीमा गराउँदै आएको छ । रिलाइयन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रोटेक्सन प्लान, रिलायन्स चाइण्ड एसुअरेन्स प्लान, रिलायन्स इन्डोमेण्ट एसुअरेन्स प्लान, रिलायन्स मनी व्याक एसुअरेन्स प्लान, रिलायन्स इण्डोमेन्ट एसुअरेन्स काम होल लाइफ र रिलायन्स फिक्स डिपोजिट प्रोटेक्सन प्लान शीर्षकमा बीमा गराउँदै आएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटीजन रेगुलर पे इण्डोमेण्ट इन्स्योरेन्स प्लान, सिटीजन रेगुलर पे मनी ब्याक इन्स्योरेन्स प्लान, सिटिजन एनुअल मनी व्याक इन्स्योरेन्स प्लान, बाल भविष्य जीवन बीमा योजना, सिटीजन जीवन सारथी योजना, सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना, सिटिजन ग्रुप टर्म इन्स्योरेन्स प्लान, क्रिटीकल इलनेस राइडर र फरेन इम्प्लोइमेण्ट टर्म लाइफ पोलिसी शिर्षकमा बीमा गराउँदै आएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा सरल लाइफ एस्योरेन्स प्लान, सानिमा दीर्घायु लाइफ एस्योरेन्स प्लान, सानिमा धनपति लाइफ एस्योरेन्स प्लान, सानिमा बाल सौगात जीवन बीमा, सानिमा टर्म लाइफ इन्स्योरेन्स, सानिमा शुभलक्ष्मी लाइफ एस्योरेन्स प्लान, सानीमा जीवनश्री लाइफ एस्योरेन्स प्लान, सानिमा दम्पत्ति इण्डोमेन्ट प्लान र सानिमा क्रिटीकल इलनेस शीर्षकमा बीमा गराउँदै आएको छ । प्रभु लाइफ इन्स्योरेन्सले वैभव जीवन बीमा, शुभ गृह जीवन बीमा, अमूल्य जीवन बीमा, समृद्ध जीवन बीमा, श्रीवृद्धी जीवन बीमा, जीवन किरण, जीवन उन्नती र जीवन स्पर्श शीर्षकमा बीमा गराउँदै आएको छ ।