नेप्सेका अध्यक्ष बस्यालले दिए पदबाट राजिनामा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन् । बस्यालले सोमबार अर्थ मन्त्रालयमा नेप्सेको अध्यक्षबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । बस्यालले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् । बस्याल २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए । त्यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए ।
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताए । गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो । चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा ४८ करोड रुपैयाँको १७२ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो । चालु आवमा ९६ करोड रुपैयाँको सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा ५५ करोड रुपैयाँको चार हजार २२७ विद्युतीय मोटरसाइकल आयात भएको थियो । त्यसैगरी चालु आवको नौ महिनामा ५३ करोड रुपैयाँको चार हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन आयात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड रुपैयाँको तीन हजार ६१३ वटा विद्युतीय तीन पाङ्गे्र सवारी आयात भएको थियो ।
गाजर किलोको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली (ज्यापु) प्रतिकिलो रु ४०, सेतो मूला ( प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १८०, टाटे सिमी प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २५, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिन्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ३५, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १२०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकिलो रु ७०, कोइरालो प्रतिकिलो रु ३००, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४७०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १५०, धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
९ महिनामा बैंकहरूको नाफा ४९.२१ अर्ब रुपैयाँ
काठमाडौं । ९ महिनामा वाणिज्य बैंकहरूले ४९ अर्ब भन्दा बढी नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो नाफा गत वर्षको तुलनामा १९.२९ प्रतिशत अर्थात् ७ अर्ब ९६ करोड रुपैयाँ बढी हो । गत आव २०८१/८२ मा ४१ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । चालु आवको चैत मसान्तसम्ममा १३ बैंकको नाफा बढेको छ भने ७बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कुमारी बैंकले बढाएको छ । कुमारी बैंकको १ हजार ३६१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले २८ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्रै नाफा गरेका थियो । सार्वजनिक तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको १२९.३३ प्रतिशत बढेर २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ, हिमालयन बैंकको ५२.४९ प्रतिशत बढेर ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ, माछापुच्छ«े बैंकको ५०.४२ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ, सानिमा बैंकको ४२.२२ प्रतिशत बढेर २ अर्ब ३५ करोड २ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । साथै प्राइम बैंकको ३८.५७ प्रतिशत बढेर ३ अर्ब ८ करोड ९३ लाख ३५ हजार रुपैयाँ, सिटिजन्स बैंकको ३५.८२ प्रतिशत बढेर १ अर्ब ३० करोड ६४ लाख ६१ हजार रुपैयाँ नाफा गरेका छन् । यस्तै, नबिल बैंकको ३३.९१ प्रतिशत बढेर ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ । नबिल बैंकको नाफा बैंकिङ क्षेत्रमै सर्वाधिक हो । गत वर्षको चैतमा बैंकले ५ अर्ब ५ करोड १४ लाख १९ हजार रुपैयाँ खुद नाफा गरेका थियो । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको २३.३६ प्रतिशत बढेर २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको २१.४८ प्रतिशत बढेर १ अर्ब ४६ करोड १७ लाख ८५ हजार रुपैयाँ, सिद्धार्थ बैंकको २०.७७ प्रतिशत बढेर २ अर्ब १ करोड ४८ लाख ५५ हजार रुपैयाँ, एनएमबि बैंकको १३.२५ प्रतिशत बढेर २ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ, नेपाल बैंकको ०.३४ प्रतिशत बढेर २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ नाफा गरेका छन् । चालु आवको चैत मसान्तसम्ममा विभिन्न ७ बैंकको नाफा भने घटेको देखिन्छ । जसमा सबैभन्दा धेरै नाफा प्रभु बैंकको घटेको छ । प्रभु बैंकको ५४.६१ प्रतिशत घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३०.६८ प्रतिशत घटेर ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ, कृषि विकास बैंकको २४.४२ प्रतिशत घटेर १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको १०.४९ प्रतिशत घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँ मात्रै नाफा गरेका छन् । यस्तै, एभरेष्ट बैंकको ३.७१ प्रतिशत घटेर ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.२३ प्रतिशत घटेर २ अर्ब ८ करोड १६ लाख २१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको २.९३ प्रतिशत घटेर ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् ।
खराब कर्जा घटेसँगै सिद्धार्थ बैंकको नाफा २ अर्ब रुपैयाँ, लाभांश क्षमता २०.९८ प्रतिशत,
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २०.७८ प्रतिशत बढेको हो । समीक्षा अवधिमा बैंकले ६ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ४० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ८३ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९४ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब २० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ३८ करोड रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता २०.९८ प्रतिशत रहेको छ । १८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको चैतमा ४.०४ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.७१ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १७.६२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २१६.७३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.२५ गुणा छ ।
२ अर्ब नाघ्यो लक्ष्मी सनराइज बैंकको नाफा, खराब कर्जा पनि घटायो
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २३.२६ प्रतिशत बढेको हो । समीक्षा अवधिमा बैंकले ७ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब ८५ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९५ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब २४ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५२ करोड रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १.९३ प्रतिशत रहेको छ । २६ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको चैतमा ५.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ५.२९ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.१५ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.२४ गुणा छ ।
३५.८२ प्रतिशत बढ्यो सिटिजन्स बैंकको नाफा, साढे ४ अर्ब रुपैयाँ ब्याज आम्दानी
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९६ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ३५.८२ प्रतिशत बढेको हो । समीक्षा अवधिमा बैंकले ४ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ९१ करोड ७३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब १५ करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ८४ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ९३ करोड ६० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब ९७ करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । १५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १८ करोड रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको चैतमा ५.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ६.८२ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ११.२३ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.७१ गुणा छ ।
ग्लोबल आइएमई बैंकको वितरण योग्य नाफा साढे ३ अर्ब, निक्षेप ६.२६ खर्ब रुपैयाँ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकले ११ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी २ अर्ब ६० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब २ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँ गरेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी २ अर्ब ३१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५३ करोड रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ३३ करोड रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १०.५० प्रतिशत रहेको देखिन्छ । ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ करोड ९२ लाख रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको चैतमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ४.९७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १५.८६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.४६ गुणा छ ।