विकासन्युज

भन्सारमा सामान ल्याउन सहज गराई दिन्छु भन्ने भन्सार कार्यालयका कर्मचारी नियन्त्रणमा

काठमाडौं । भन्सारमा सामान ल्याउन सहज गराई दिन्छु भन्ने भन्सार जनकपुर भन्सार कार्या धनुषामा कार्यरत नायब सुब्बा हमद रजा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो । नेपाल(भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले अन्सारीलाई सेवाग्राहीबाट एक लाख पचास हजार घुस लिइसकेको अवस्थार्मा नियन्त्रणमा लिइएको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।  

सेवाग्राहीसँग घुस लिने सडक डिभिजन कार्यालयका तीन कर्मचारीविरुद्द मुद्दा दायर

काठमाडौं । सेवाग्राहीसँग घुस लिने सडक डिभिजन कार्यालय लहान सिराहाका कर्मचारीविरुद्द मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह र निमित्त डिभिजन प्रमुख विन्दा साह विरुद्ध मंगलबार आरोप पत्र दायर गरेको हो । सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुले पन्ध्र लाख छयानब्बे हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस्तै, निमित्त डिभिजन प्रमुख विन्दा साहले सेवाग्राहीबासँग तीन लाख लिएकाे अवस्थामा नियन्त्रमा नियन्त्रणमा लिएको हो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार नै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यूनाईटेड इन्स्योरेन्समा व्यापक फेरबदल, डाईरेक्टरमा जीवन भट्टराई नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य (डाईरेक्टरमा)मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा करिव २ दशक काम गरेको भट्टराई सेन्चुरी कमर्सियल बैंकको डेपुटी सीईओबाट बाहिरिएका थिए । उनीले यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा चौधरी ग्रुपको प्रतिनिधित्व गरेका छन् । चौधरी ग्रुपका प्रतिनिधि महेशराज पन्त नबिल बैंकको डारेक्टर भएर गएपछि रिक्त पदमा भट्टराई नियुक्त भएका हुन् । पछिल्लो समय यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिमा व्यापक फेरबदल भएको छ । दुई साताअघि मात्र तत्कालिन अध्यक्ष भरत बहादुर कार्कीले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष पद उद्योगी रविभक्त श्रेष्ठ समालेका छन् । त्यस्तै, सञ्चालक समिति सदस्य बुद्धकाजी श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । उनको स्थान अझै पूर्ति भएको छैन । हकप्रद सेयर निष्काशन गरी पुँजी १०० करोड रुपैयाँ बनाएपछि सञ्चालक समितिमा धेरै हेरफेर गरिएको छ । लगानी ठूलो भएको तर प्रतिस्पर्धामा कम्पनी पछाडि परेको भन्दै यस कम्पनीका प्रवद्र्धकहरुको चासो र सक्रियता बढेको कम्पनी स्रोतले बतायो ।

सन्राइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५% सम्मको छुट

काठमाडौं । सन्राईज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज्, तथा पोखरा स्थित फिस्टेल लजमा फुड, वेभरेज एण्ड बेकरी आईटम जस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको डेबिट र क्र्र्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन्। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

स्ववियु निर्वाचन गर्ने उपयुक्त समय अहिले नै हो- पराजुली

काठमाडौँ । अनेरास्ववियु पूर्वसचिव सुदेश पराजुलीले विद्यार्थी राजनीतिकले नै एउटा सहि गन्तव्य र विद्यार्थीको भविष्य निर्धारण गर्ने बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पराजुलीले चुनावी क्षेत्रलाई अनेरास्ववियुको सधैँ साथ सहयोग रहने बताएका हुन् । “स्ववियु निर्वाचन गर्ने उपयुक्त समय अहिले नै हो । हाम्रो सङ्गठनको पहिलो एकता बैठकबाट नै देशभरका आङ्गिक, सामुदायिक र निजी क्याम्पसमा स्ववियु निवार्चन गराउनै पर्छ भन्ने आह्वान गरेका छौँ । ०६२/०६३ सालको जनआन्दोलन पश्चात विद्यार्थीहरूले उत्साह, उमंग तथा जोश, जाँगरका साथ चुनावमा सहभागी हुन पाएका छैनौं । अब जोश, जाँगर, उमंग र उत्साहपूर्ण तरिकाले चुनावमा लाग्नु पर्छ र चुनाव सम्पन्न गराउनु पर्छ । “यसले हाम्रो शौक्षिक, राजनीतिक तथा सामुदयिक रक्षाका एजेण्डालाई क्याम्पस क्याम्पसमा स्थापित गराउँछ र विद्यार्थी आन्दोलन र उपलब्धि माथि जनस्तरमा उठेका गलत दृष्टिकोणलाई चिरफार गर्ने मौका पनि मिल्छ । यसले विद्यार्थीमा महत्वपूर्ण सन्देश लैजान्छ । यो निर्वाचन आवश्यक छ, गर्नुपर्छ ।”-उनले भने ।

२४औं वार्षिकोत्सवको अवसर पार्दै आइएमई ट्राभल्सले ल्यायो आकर्षक योजना

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले सोमबार  आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको अवसरमा ट्राभल्सले विभिन्न योजनासमेत ल्याएको छ । सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने एक जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरी रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउने जनाएको छ । यस्तै, ट्राभल्सले हवाई टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइने भएको छ । उक्त योजनाहरु फेब्रुअरी,मार्च र अप्रिलभर लागु हुने जनाइएको छ । आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र बिकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिकगर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन,उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायीलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर काम गर्न आग्रह गरे । उनले नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न ब्यबसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा राखे । आइएमई ट्राभल्सका प्रमुखकार्यकारी अधिकृत बिनोद सापकोटाले आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ अघि बढ्ने बताए ।

स्वावलम्बन लघुवित्त ल्यायाे एक शाखा एक छात्रवृत्ति व्यवस्था

काठमाडौं । स्वावलम्बन लघुवित्तले आफ्ना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रवृत्तिको व्यवस्था गरेको छ । वित्तीय संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रा मध्ये एक जनालाई नगद र प्रमाणपत्र सहित छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ । यस व्यवस्था पश्चात वित्तीय संस्थाले वित्तीय अनुशासन पालन गर्ने सदस्यका छोराछोरीलाई हाल कायम रहेका संस्थाका प्रत्येक शाखा कार्यालयहरुबाट छात्रबृत्ति प्रदान गर्नेछ । वित्तीय संस्थाका नेपालभर हाल १४० वटा शाखा कार्यालयहरु रहेका छन । छात्रवृत्ति कार्यक्रममा सरकारी÷सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्रछात्राहरु प्राथमिकतामा पर्ने समेत जनाइएको छ । न्यून आय भएको वर्गलाई लघुकर्जा, लघुबचत, क्षमता अभिवृद्धि तालिम लगायत विभिन्न वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको वित्तीय संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व कार्य अन्तरगत नेपाल भर रहेका आफ्ना शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायत अन्य सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको छ ।

प्रभु बैंकको साढे एक करोड बोनस सेयर सूचीकृत

काठमाडौं । प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्च(नेप्से)मा सूचीकृत भएको हो ।