भन्सारमा सामान ल्याउन सहज गराई दिन्छु भन्ने भन्सार कार्यालयका कर्मचारी नियन्त्रणमा

<p>काठमाडौं । भन्सारमा सामान ल्याउन सहज गराई दिन्छु भन्ने भन्सार जनकपुर भन्सार कार्या धनुषामा कार्यरत नायब सुब्बा हमद रजा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो । नेपाल(भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय [&hellip;]</p>

काठमाडौं । भन्सारमा सामान ल्याउन सहज गराई दिन्छु भन्ने भन्सार जनकपुर भन्सार कार्या धनुषामा कार्यरत नायब सुब्बा हमद रजा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

नेपाल(भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले अन्सारीलाई सेवाग्राहीबाट एक लाख पचास हजार घुस लिइसकेको अवस्थार्मा नियन्त्रणमा लिइएको हो ।

अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।

 

Share News