
काठमाडौँ । अनेरास्ववियु पूर्वसचिव सुदेश पराजुलीले विद्यार्थी राजनीतिकले नै एउटा सहि गन्तव्य र विद्यार्थीको भविष्य निर्धारण गर्ने बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पराजुलीले चुनावी क्षेत्रलाई अनेरास्ववियुको सधैँ साथ सहयोग रहने बताएका हुन् ।
“स्ववियु निर्वाचन गर्ने उपयुक्त समय अहिले नै हो । हाम्रो सङ्गठनको पहिलो एकता बैठकबाट नै देशभरका आङ्गिक, सामुदायिक र निजी क्याम्पसमा स्ववियु निवार्चन गराउनै पर्छ भन्ने आह्वान गरेका छौँ । ०६२/०६३ सालको जनआन्दोलन पश्चात विद्यार्थीहरूले उत्साह, उमंग तथा जोश, जाँगरका साथ चुनावमा सहभागी हुन पाएका छैनौं । अब जोश, जाँगर, उमंग र उत्साहपूर्ण तरिकाले चुनावमा लाग्नु पर्छ र चुनाव सम्पन्न गराउनु पर्छ ।
“यसले हाम्रो शौक्षिक, राजनीतिक तथा सामुदयिक रक्षाका एजेण्डालाई क्याम्पस क्याम्पसमा स्थापित गराउँछ र विद्यार्थी आन्दोलन र उपलब्धि माथि जनस्तरमा उठेका गलत दृष्टिकोणलाई चिरफार गर्ने मौका पनि मिल्छ । यसले विद्यार्थीमा महत्वपूर्ण सन्देश लैजान्छ । यो निर्वाचन आवश्यक छ, गर्नुपर्छ ।”-उनले भने ।