सेवाग्राहीसँग घुस लिने सडक डिभिजन कार्यालयका तीन कर्मचारीविरुद्द मुद्दा दायर

<p>काठमाडौं । सेवाग्राहीसँग घुस लिने सडक डिभिजन कार्यालय लहान सिराहाका कर्मचारीविरुद्द मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह र निमित्त डिभिजन प्रमुख विन्दा साह विरुद्ध मंगलबार आरोप पत्र दायर गरेको हो । सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना [&hellip;]</p>

काठमाडौं । सेवाग्राहीसँग घुस लिने सडक डिभिजन कार्यालय लहान सिराहाका कर्मचारीविरुद्द मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह र निमित्त डिभिजन प्रमुख विन्दा साह विरुद्ध मंगलबार आरोप पत्र दायर गरेको हो ।

सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुले पन्ध्र लाख छयानब्बे हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

यस्तै, निमित्त डिभिजन प्रमुख विन्दा साहले सेवाग्राहीबासँग तीन लाख लिएकाे अवस्थामा नियन्त्रमा नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार नै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Share News