कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी प्रकाउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी यज्ञप्रसाद चौलागाई र टिका कुमारी चौलागाईलाईलाई प्रहरीले काठमाडौंको गोठाटारबाट पक्राउ गरेको छ । घरपरिवारका सदस्यबाट हिंसाको सिकार बन्दै आएकी तुलसा कुमारी पहाडीलाई नातामा ससुरा पर्ने निज यज्ञप्रसाद र देउरानी नाता पर्ने टिका कुमारीले २०७३ साल कात्तिक ३० गते कुटपिट गरी मारेर विकासे कुलो नजिकै फालेका थिए । पुनरावेदन अदालत पाटनले उनीहरुलाई २० वर्षको कैद सजायको निर्णय गरेपश्चात फरार ती दुवैलाई फागुन ११ गते प्रहरी अनुसन्धान ब्युरोले पक्राउ गरी केन्द्रिय कार्यालय सुन्धारा कारागारमा पेश गराएको छ ।
सरकारले लगानी बढाउन कानून संसोधन गरिरहेको छ : अर्थमन्त्री
काठमाडौं । सरकारले लगानी वृद्धि गर्न कानून गर्दै गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानी वृद्धि गर्न सरकारले कानून संसोधन गर्र्दै जाने बताए । वल्र्ड बैंकको कार्यक्रममा बोल्दै विश्व भरका लगानीकर्ता आकर्षण गर्न औद्योगीक कानून सहज र सरल बनाउँदै गएको उनले बताएका हुन् । ‘सरकारले निजी क्षेत्रको माग अनुसार नै कानून संसोधन गरिरहेको छ,’ अर्थमन्त्रीले भने । नेपालमा पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादमूलक लगायतका क्षेत्रमा लगानीको वातावरण रहेको अर्थमन्त्रीले बताए । साथै, उनले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको दावी गरेका छन् । निजी क्षेत्रले राखेका समस्याहरु विस्तारै हट्दै गएको दावी गर्दै सरकारले उद्योगी व्यावसायीहरुले राखेका समस्या र गुनासोहरु साम्बोधन गर्दै गएको उनले बताए ।
एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएका छन् । उक्त बैंक र नेपा हिमा ट्रेड लिंकबीच ग्राहकलाई सोनीका आउटलेट तथा आधिकारीक बिक्रेताहरुबाट विभिन्न माडेलका टेलिभिजन खरिदमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पिओएस र क्युआर कोड प्रयोग गरी सोनी ब्राभियाका विभिन्न टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने छन् । यस योजना फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । यस बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्ने छन् । बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
सेञ्चुरीका ग्राहकलाई माउण्ट प्रिन्सेस होटलमा १० प्रतिशत छुट
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले धुलिखेलस्थित माउण्ट प्रिन्सेस होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त हाेटलमा डिजिटल माध्यमबाट भुक्तानी गर्दा साे मात्रामा छुट पाउने सम्बन्धी सम्झौता भएकाे हाे । उक्त सम्झौतापत्रमा धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटलका प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गरेका हुन् । नेपाल भ्रमण बर्ष २०२० मा काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य ‘पर्यटन विकासको एउटै लक्ष्य, धुलिखेलको उज्जवल भविष्य’ सफल पार्न बैंकले आफ्ना देशैभरका खातावाला डेबिट तथा क्रेडिट कार्ड ग्राहाक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेबिट तथा क्रेडिट कार्ड ग्राहक र संस्थापक शेयरधनीले होटलको रुम बुकिङ र फुड एण्ड वेभरेज लगायतका सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।
पुँजी बजारको ऐतिहासिक क्षण ल्याउने दुई पात्रः डा. रेवत र देवप्रकाश
काठमाडौं । गत विहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो । सो दिनको सेयर कारोबार रकम नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा धेरै थियो । कारोबार रकम उच्च हुने क्रम रोकिएन । गत आइतबार (हिजो) नेपाली पुँजी बजारमा अर्काे रेकर्ड कायम भयो । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भयो । आज (१२ फागुन, २०७६) पनि उच्च रकमको कारोबार हुने संकेत देखिएको छ । यो समाचार तयार गर्दै गर्दा (दिउसो १ बजेर ५ मिनेट जादाँ) सम्म २ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भइसकेको छ । बजार बढ्नु वा घट्नु बेग्लै कुरा हो । तर, एकैदिन साढे ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्भव हुनु आफैमा प्रसंसनीय कार्य हो । किनभने केही वर्ष अगाडिसम्म दैनिक १ अर्ब रुपैयाँको कारोबार गर्न पनि प्रणाली तयार थिएन । पुँजी बजार प्रणाली सक्षम र सवल भएकै कारण यति धेरै रकम बराबरको सेयर कारोबार सम्भव भएको हो । यदि सेयरको अनलाइन कारोबार सुरु भएको थिएन र सीडीएससी आएको थिएन भने साढे ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबारको म्यानुअल सेटलमेन्ट गर्न १ महिनाभन्दा बढी समय लाग्थ्यो । तर, हिजोको कारोबार सेटलमेन्ट हिजै सम्भव भयो । नेपाली पुँजी बजारमा एकैदिन यति धेरै रकमको कारोबार सेटलमेन्ट सम्भव हुने नीतिगत व्यवस्था गर्ने व्यक्ति धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की हुन् । हडबढे स्वभावका कार्की वोर्ड अध्यक्ष भएको बेलामा नीतिगत अस्थिरताको कारण आलोचित पनि भएका थिए । तर, सेयरको अनलाइन कारोबारको नीतिगत, कानुनी र संरचनागत प्रणाली स्थापना गर्ने डा. कार्की अहिले धन्यवादको पात्र बनेका छन् । ‘अनलाइन कारोबार प्रणाली आएको थिएन भने एकै दिन साढे ३ अर्ब रुपैयाँको कारोबार सम्भवै थिएन, यो कारोबारको म्यानुअल सेटलमेन्ट गर्न १ महिनाभन्दा बढी समय लाग्थ्यो, बोर्डले अनलाइन कारोबार प्रणाली भित्र्याएकै कारण सम्भव भएको हो,’ एक लगानीकर्ताले भने । कार्कीका केही नीतिगत निर्णय र त्यसले पारेका असर बारेमा भने अहिले पनि प्रश्न गर्ने गरिएको छ । तर, सेयरको अनलाइन कारोबार सुरुगर्ने डा. कार्कीको काम प्रशंसनीय छ । यस्तै, उच्च रकमको सेयर कारोबार सम्भव गराउने अर्का पात्र देवप्रकाश गुप्ता हुन् । सीडीएससीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत गुप्ताले बजारको मागभन्दा अघि बढेर सीडीएससी लागू गराए । सीडीएससीलाई तत्काल लागू गराउन बोर्डका उच्च अधिकारी पनि तयार थिएनन् । ‘गुप्ताजी अलि हतार गरिरहनु भएको छ, उहाँ फाष्ट हुनुहुन्छ, बजारको स्पीड र उहाँको स्पीड मिलिरहेको छैन, उहाँमा देखिएको हतारोले शंका गर्ने ठाउँ पनि दिएको छ,’ सीडीएससी लागू गराइहाल्ने गुप्ताको प्रयास र बजारमा देखिएको अन्योलताप्रति इगित गर्दै त्यतिबेला धितोपत्र बोर्डका एक उच्च अधिकारीले भनेका थिए । तर, गुप्ता रोकिएनन् । उनले सीडीएससी लागू गराएरै छोडे । डिम्याट नभएको सेयरको सेटलमेन्ट नगर्ने भनेर सार्वजनिक सुचना नै प्रकाशित गरे । सुरुमा लागू गरिएको आश्वा प्रणाली प्रभावकारी नभएपछि गुप्ताले नै ‘मेरो सेयर’ नामक एप बनाए । सोही एपको प्रयोग गरेर अहिले जुनसुकै बेला पनि आईपीओ भर्न पाइन्छ । सेयर कारोबारको सेटलमेन्ट सफ्टवयर प्रणालीले स्वतः गर्छ । ‘म्यानुअल सेटलमेन्ट गर्दा हामी रातभर बसेर काम गथ्र्याैं, विलहरु जम्मा पार्यो, सबै म्यानुअल्ली हेर्यो, कहिले हिसाव मिल्दैनथ्यो, यताको विल उता पथ्र्याे, उताको विल यता पथ्र्याे, साह्रै समस्या हुन्थ्यो, भनेको समयमा काम पनि सकिदैनथ्यो, गाह्रो थियो,’ अनलाइन सेटलमेन्ट प्रणाली सुरु हुनुअघिको स्मरण गर्दै सीडीएससीका एक कर्मचारीले भने । भारतमा कम्प्युटर साइन्स पढेका गुप्ता व्यवस्थापन संकायमा अहिले विद्यावारिधि गर्दैछन् । अध्ययनपछि भारतका विभिन्न वित्तीय संस्थाहरुमा कम्प्युटर सफ्टवयर निर्माण र व्यवस्थापन तहमा काम गरेर नेपाल फर्किएका गुप्तालाई धेरैले हडबढे स्वभावका व्यक्तिका रुपमा पनि चिन्छन् । तर, उनको हडबढे स्वभाव सुधार गर्ने हुटहुटीका कारण जागेको रहेछ भन्ने कुरा अहिले पुँजी बजारले स्वकार गरेको छ । पुँजी बजारमा देखिएका सुधारमा धेरै व्यक्तिको अहम् भूमिका छ । तर, नेतृत्व तहमा बसेर छिटै कार्यान्वयनको लागि पहल गर्ने डा. रेवतबहादुर कार्की र देबप्रकाश गुप्तालाई अहिले नेपाली पुँजी बजारले पुनः स्मरण गरेको छ ।
बिपी राजमार्ग अवरुद्ध, यात्रु परे बिचल्लीमा
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारबाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडाैं र काठमाडौंदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।
सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन १५ सयले बढ्यो
काठमाडौं । सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकाशिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।
एलजीको रेड फेयरमा ५०% सम्मको छुट, १ जोडीलाई ताज मेघौली घुम्ने अवसर
काठमाडौं । एलजीले आइतबारदेखि एलजी रेड फेयर ल्याएको छ । जसअन्तर्गत ग्राहकले एलजीको सामानहरुको खरिदमा ५०% सम्म छुट पाउन सक्नेछन् । इनोभेसन फर बेटर लाईफको लक्ष्य सहित एलजीले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामाग्रीहरु उपलब्ध गराउदै आएको छ । एलजीले टिभी., रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसि. र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गहरुको लागि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यस रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा १ जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर पाउने छन् । हरेक हप्ता लक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सक्ने छन् । यो योजना एलजीका सबै व्यापारिक केन्द्रहरुबाट पाउन सकिने र सिमित अवधिको लागि नेपाल अधिराज्यभरि लागु हुने कम्पनीले जनाएको छ ।