बैंक अफ काठमाण्डूले ल्यायो सहज बचत खाता, २५ रुपैयाँमा नै खोल्न सकिने
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘ बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँग २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको व्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
अर्थमन्त्रीबाट खतिवडा हट्ने हल्लाले १५ लाख लगानीकर्ता खुसी, सरकारलाई एकै दिन करोड आम्दानी
काठमाडौं । २०७६ साल फागुन ११ गते नेपाली पुँजी बजारको ऐतिहासिक दिन भएको छ । एक दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो दिन ब्रोकरले मिठाई बाँडेका थिए, धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्जमा खुसीयाली मनाईको थियो भने ब्रोकरले मिठाई बाँडेका थिए । ११ फागुनमा नेपाली पुँजी बजारमा ऐतिहासिक कारोबार भएको छ । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । इतिहासकै सबैभन्दा बढी कारोबार भएको दिन सेयर ब्रोकरले १ करोड ८० लाख रुपैयाँ कमिसन लिएका छन् । किनभने सेयर कारोबारमा ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन ब्रोकरले लिन्छन् । यस्तोमा औसत कमिसन दर ०.५ प्रतिशतका दरले ३ अर्ब ६० करोड ८५ लाखको १ करोड ८० लाख रुपैयाँ कमिसन मानिएको हो । तर, ब्रोकरले लिएको कमिसन सबै ब्रोकरको हुँदन । कमिसनबाट ब्रोकरले कमिसन रकमको २० प्रतिशत नेप्सेलाई, ०.६ प्रतिशत धितोपत्र बोर्डलाई र ०.५ प्रतिशत सेटलमेन्ट ग्यारेन्टी फण्डलाई दिनुपर्छ । यस्तै ब्रोकरले कमिसन रकममा १५ प्रतिशत अग्रिम कर कट्टी गरेर सरकारलाई बुझाउनु पर्छ । हिजोको कारोबार ऐतिहासिक रुपमा धेरै हुनुमा अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद जाने हल्लाले हो । डा. खतिवडाको राष्ट्रियसभा सदस्यको पद आगामी २० फागुनमा सकिदैछ । डा. खतिवडालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनिय गरिएर राष्ट्रियसभा सदस्य बनाइएको थियो । अहिले पनि यसैगरी एक जनालाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने संबैधानिक अवस्था छ । तर, डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई मनोनित गरिने चर्चा चलेको छ । डा. खतिवडा अर्थमन्त्री भएदेखि नै ओरालो लागेको पुँजी बजारमा हिजो ऐतिहासिक रुपमा धेरै कारोबार भएको हो । धेरै कारोबार भएरको र नेप्से परिसुचक करिब ७० अंकले बढ्दा पुँजी बजारका १५ लाखभन्दा धेरै लगानीकर्ता खुसी भएका छन् । यस्तै, धेरै कारोबार भएको र आफूहरुको कमाई पनि बढेको खुसीयालीमा सेयर ब्रोकरले लगानीकर्तालाई मिठाई नै बाढेका छन् । यस्तै, धितोपत्र बोर्ड र नेप्सका उच्च अधिकारीले पनि खुसीयाली मनाएका छन् । तर, बजारको यो बृद्धि कति दीगो हुन्छ भन्ने यकिन भने छैन । बजारमा उत्साहजनक कारोबार हुँदा सरकारलाई पनि राम्रै फाइदा भएको छ । नेप्से र धितोपत्र बोर्ड जस्ता सरकारी निकायले लिएको कमिसन तथा सरकारले प्राप्त गरेको सेयर ब्रोकरको अग्रिम कर कट्टी (टीडीएस) रकम जोड्दा ८० लाख रुपैयाँको हाराहारीमा हुने देखिन्छ । यस्तै, आइतबार नेपाली पुँजी बजारमा भएको ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबारमा आधा रकम सेयर किनेको हो भने आधा रकम बेचेको हो । सेयर विक्री गर्नेले नाफा खाएर विक्री गर्दा सो नाफा रकमको ५ प्रतिशत सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ । सरकारी निकायले लिएको कमिसन, शुल्क तथा सरकारले दिएको कर तथा पुँजीगत लाभकर समेत जोड्दा ११ फागुनमा सरकारले पुँजी बजारबाट एकै दिन १ करोड रुपैयाँभन्दा बढीको आम्दानी गरेको अनुमान गरिएको छ । सरकारको आम्दानी बढ्नुको पछाडि पनि डा. खतिवडाको अर्थमन्त्री पद जाने भन्ने हल्ला नै हो । सम्बन्धित सामग्री प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ?
नेपाल नागरिक उडड्यन प्राधिकरण विभाजन हुने निश्चित, निगमको २५ प्रतिशत सेयर बिक्रि गरिने
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण विभाजन हुने निश्चित भएकाे छ । सरकारले प्राधिकरण लाई अलग अलग नियामक र सेवा प्रदायक संस्था बनाउनको लागि विभाजन गर्ने कार्य अघि बढाइएको हो । नेपालको हवाइ सेवाको नियामक निकायका रुपमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी तयार भएको दुई वटा विधेयक प्रतिनिधि सभामा दर्ता पनि भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आइतबार दर्ता गरेको प्रस्तावित विधेयकमा हवाइ सेवामा नियामक र सेवाप्रदायक निकायको रुपमा दुई वटा निकाय प्रस्ताव गरिएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यी दुवै संस्थाको काम आ–आफ्नै हुने बताए । प्राधिकरणले नियमन गर्ने र सेवा प्रदाायक संस्थाले विमानस्थलको व्यवस्थापन,सञ्चालन तथा अन्य सेवा प्रदायक कार्य गर्ने उनको भनाइ छ । नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाएर दुई वटा निकाय बनाउँदा हाल कार्यरत कर्मचारीले पदस्थापन हुन नचाहेको खण्डमा स्वेच्छिक अवकाश लिन सक्ने गरी विशेष व्यवस्था प्रस्तावित विधेयकमा छ । यस्तै, नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सञ्चालक समितिको बैठकले सैद्दान्तिक स्वीकृति दिएको छ । सरकारले ७५ प्रतिशत सरकार आफैले राखी बाँकी २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सैद्दान्तिक स्वीकृति दिइएको सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीले बताए । उनका अनुसार २२ प्रतिशत सरकारी संस्थालाई र ३ प्रतिशत सेयर कर्मचारीलाई दिने गरी सैद्दान्तिक स्वीतृति दिइएको हो । सम्बन्धित समाचार: नेपाल वायुसेवा निगम निजीकरणमा, क्यान छुट्टाइयो
इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता
जेएससि एमएफआइ इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइ रेमिटका प्रबन्धक दिवाकर पौडेल र जेएससि एमएफआइ इन्टल एक्सप्रेसका प्रमुख निर्देशक डेभिड तवर्तकिलाजले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सोमबारदेखि लागु हुनेगरी इन्टल एक्सप्रेसमार्फत विश्व भरिबाट पठाएको रकम जिएमइ रेमिटको ८ हजार भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ । हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगायत खाँडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
३ करोड लगानीमा सुकुटे रिभर फन बिच रिर्सोट संचालनमा
काठमाडौं । फ्रेन्डस भिजन हस्पिटालिटी ग्रुपले सिन्धुपाल्चोकमा सुकुटे रिभर फन बिच रिर्सोट संचालनमा ल्याएको छ । करिब ३ करोड लगानीमा सात जनाको समुहले रिर्सोटलाई संचालनमा ल्याएको हो । फागुन २ गते देखि संचालनमा आएको उक्त रिर्सोटकाे वन तथा पर्यावरण र वातवरण मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए । २४ रोपनी क्षेत्रफलमा फैलिएको रिर्सोट पूर्ण रुपमा संचालनमा आएपछि ७० जना भन्दा बढीले रोजगार पाउने रिसोर्ट संचालक टंक गुरागाई बताउँछन् । रिसोर्टमा ११ वटा डिलक्स रुम, १० वटा साधरण रुम, १४ वटा डिलक्स सफारी टेन्ट, ६ वटा सामान्य टेन्ट, २ सय भन्दा बढि क्षमता भएको मिटिङ कक्ष, ३ सय १० जना क्षमता भएको डाईनिङ हल, स्वमिङ पुल, जंगल सफारी, चिल्ड्रेन पार्कका साथै ३ हजार क्षमता भएको कन्सर्ट गर्ने ठाउँ रहेको छ । रिर्सोटले सँगै १० रोपनी जग्गामा अर्गानिक तरकारी खेती पनि सुरू गरेकाे छ ।
बजेट अभावमा रोकिएको जनता आवास घर निर्माणले लियो गति
पर्वत । बजेट अभावले लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माणले गति लिएको छ । जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा विपन्न समुदायका लागि ११९ घर निर्माणाधीन छन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निर्माण अगाडि बढेको पोखरास्थित डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख अनुप थापाका अनुसार चालु वर्ष जिल्लामा १५० घर निर्माण गर्ने लक्ष्य छ । “हालसम्म ५० को हाराहारी घर बनेका छन्”, उनले भने, “अहिले बजेटको समस्या छैन । यो वर्षभित्रै सबै घर बनाइसक्ने छौँ ।” जिल्लामा चार वर्षअघिदेखि घर निर्माणको कार्यक्रम शुरु भएको थियो । शुरुको वर्ष १०० घर निर्माण थालिएको थियो । २०७२ मा तत्कालीन सरकारले ल्याएको ‘जनता आवास’ कार्यक्रममार्फत साविकका १० गाविसका १०० घर निर्माण शुरु भएर लामो समय रोकिएको थियो । पटक–पटक सरकार बदलिँदा तत्कालीन सङ्घ सरकारको सहरी विकास मन्त्रालयले बजेट रोकेपछि आवास अधुरै थिए । चालु वर्ष उक्त कार्यक्रम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण भएपछि कामले गति लिएको हो । कार्यक्रमअन्तर्गत फलेबास नगरपालिकामा ४१, कुश्मा नगरपालिकामा ३७, बिहादी गाउँपालिकामा २१, महाशिला गाउँपालिकामा ९ र जलजला गाउँपालिकामा ११ घर निर्माणको अन्तिम चरणमा छन् । ४४ परिवारले घर निर्माण सकेका छन । एक सय ११ घरपरिवारले दोस्रो किस्ता रकम लिएको कार्यालयले जनाएको छ । यो कार्यक्रमअन्तर्गत प्रतिपरिवारले रु तीन लाखका दरले रकम पाउँछन् । “पैसा नभएपछि लामो समय घर बनाउनै सकिएन”, फलेवास–५ खानीगाउँकी सरला परियारले भने, “अहिले बल्ल पैसा पाएर घर बनाइयो । सरकारी पैसा समयमा पाउनै मुस्किल हुँदोरहेछ ।” कार्यक्रम सफल भए चालु वर्ष नै अरु घर निर्माण शुरु गरिने डिभिजनका निमित्त प्रमुख थापाले जानकारी दिए । सरकारले विपन्न परिवारको सूचीमा परेका परिवारलाई दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिन लागेको हो । यस्ता घर निर्माणको सूचीमा पर्न सम्बन्धित स्थानीय तहले विपन्न प्रमाणित गरिदिनुपर्ने प्रावधान रहेको छ । रासस
बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै
रसुवा । रसुवा जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोबार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ । ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा जिल्लामा कारोवार गरिरहेका छन् । यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एक समेतका बैंक शाखा स्थापना भइसकेका छन् । नेपाल बैंक, कृषि विकास र पछिल्लो समय खोलिएको राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्रामीण भेकमा भने कुमारीले आमाछोदिङ्मो गाउँ पालिकाको चिलिमे थाम्बुचेत, ग्लोबल आइएमईले नौकुण्ड गाउँ पालिकाको पारच्याङ र प्रभु बैंकले मानव बस्तीको अन्तिम विन्दु मानिने पर्यटकीय क्षेत्र लाङटाङको क्याङ्जेनमा सेवा दिइरहेका छन् । स्थापित अन्य सबै बैंक राजमार्गको सेरोफेरोलाई केन्द्रित रहेका छन् । बयालिस हजार स्थानीय बासिन्दामाझ नेपाल बैंकले बचत जम्मा तथा भुक्तानीको सेवा प्रदान गरिराखेको छ । अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भई किसानलाई जग्गा जमिनको धितो जमानतमा ब्याजी ऋण दिन थालेको स्थानीयवासीले बताएका छन् । अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् । विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक दिने किसानको सङ्ख्या भने ३९९ पुगेको मालपोत कार्यालयले जनाएको छ । रासस
निर्माणाधीन सिक्टा सिँचाइ आयोजना अन्योलमा, १६ अर्ब खर्च भइसक्दा ६० प्रतिशत मात्र पूरा
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् । पश्चिमी नहरबाट ३३ हजार ७६६ र पूर्वी नहरबाट नौ हजार हेक्टर गरी ४२ हजार ७६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ । जीर्ण पश्चिमी नहर मर्मत गरेर बढीमा तीन घनमिटर प्रतिसेकेण्ड (क्युमेक्स) सम्म पानी सञ्चालन भएको छ । आयोजनाले कुन विधिबाट, कसरी मर्मत गर्दा नहर टिकाउ हुन्छ भन्ने यकिन गर्न सकेको छैन । पश्चिमी नहरको सिँचाइ हुने ३३ हजार ७६६ हेक्टरमा क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन ५० क्युमेक्स पानी आवश्यक पर्छ । शाखा नहर निर्माण नभएकाले नहरको पानी सिधै किसानका खेतबारीमा जाने अवस्था छैन । मर्मत गरेर सञ्चालन गरेको नहरको पानी शाखा नहर र पम्पसेटबाट तानेर गरी करिब दुई हजार ५ सय हेक्टरमा मात्र सिँचाइ पहुँच भएको छ । यो कूल सिँचाइ लक्ष्यको करिब पाँच प्रतिशत मात्र हो । पछिल्लो समय पूर्वीनहर निर्माण र पश्चिमी नहर मर्मतको काम जारी छ । नहरको केन्द्रीय अनुगमनका नाममा वर्षेनी करिब रु डेढ करोड खर्च हुँदै आएको छ । २०७६ मङ्सिरसम्ममा आयोजनाको निर्माण कार्य ६० प्रतिशतमात्र पूरा भएको छ । यसमा करिब रु १६ अर्ब खर्च भएको जनाइएको छ । यतिधेरै रकम खर्च भइसक्दा पनि न मूल नहर दर्बिलो छ, न अब बन्ने शाखा नहर गुणस्तरीय बन्ला भन्नेमा प्रत्याभूति नभएको स्थानीयले जनाएका छन् । नहर निर्माणका नाममा सरकारले वर्षेनी करिब रु डेढ अर्ब छुट्याउने गरे पनि गुणस्तरीय काम हुन सकेको देखिँदैन । राष्ट्रिय चासोको यो आयोजनालाई चालु आर्थिक वर्ष २०७६र०७७ मा रु एक अर्ब ५२ करोड बजेट छुट्याइएको छ । आयोजना र ठेकेदार कम्पनीले उक्त क्षेत्रको माटो परीक्षण नगरी हचुवामा नहर निर्माण कार्य अघि बढाउँदा सरकारले गरेको अर्बौं लगानी खेर गएको स्थानीयको बुझाइ छ । राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेत भन्छन्, “माटोको प्राविधिक परीक्षणबिनै हचुवामा काम गरेकाले पटक–पटक नहरमा यस्तो समस्या देखिएको छ ।” उनका अनुसार भत्किएको पश्चिमी नहर मर्मत गरिए पनि टिकाउ हुने छाँट छैन । हिउँदमा टालटुल गरिएको ठाउँ पुनः बर्खायाममा भत्किने खतरा छ । मूल नहर निर्माणमा लापरवाही गर्दा नहर सञ्चालन नहुँदै पटकपटक भत्किएपछि बाँकेवासीमा अब बन्ने नहर पनि मूल नहरजस्तै कमजोर हुने हुन् कि भन्ने आशङ्का कायमै छ । निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै पश्चिमी मूल नहरमा समस्या देखिएको हो । पूर्वी मूल नहरमा काम शुरु भएको करिब तीन वर्ष मात्रै भएको छ । यो नहरको निर्माण कार्य २०७६ मङ्सिर १५ गतेसम्म पूरा हुनुपर्ने थियो । तर ठेक्का सकिँदासम्म करिब ४५ प्रतिशतमात्र काम भएको छ । यसले गर्दा यहाँको उर्वर जमिन आकाशे पानीको भरमा छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का अनुसार सिँचाइ सुविधा नहुँदा अझै जिल्लाका करिब ४६ हजार किसान आकाशे पानीका भरमा खेती गर्न बाध्य छन् । पछिल्ला वर्षमा खडेरी र अत्यधिक वर्षाले किसान समस्यामा पर्दै आएका छन् । सिँचाइको उचित व्यवस्था नहुँदा किसानलाई खेतीबाट लागत खर्च उठाउनसमेत हम्मेहम्मे भएको छ । यहाँका करिब ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् । यहाँको खेतीयोग्य उर्वर जमिनमा सिँचाइ सुविधा पुर्याएर किसानको प्रतिव्यक्ति आय रु एक हजार ४९२ बाट बढाएर रु चार हजार ५६५ पुर्याउने लक्ष्य साथ शुरु भएको सिक्टा सिँचाइ आयोजनाको लक्ष्यअनुसार काम नहुँदा यहाँका किसानले वर्षेनी करोडौँको नोक्सानी ब्येहोर्दै आएका छन् । सिँचाइ सुविधा भएमा कृषिउपजको उत्पादन कम्तीमा दोब्बरसम्म वृद्धि हुने नार्कका कृषि वैज्ञानिक रामदास चौधरी बताउँछन् । सिँचाइ सुविधा अभावमा कृषिउपजको उत्पादन घट्दा आयात बढेको छ । भारतबाट खाद्यान्न आयात वर्षेनी करिब १५ प्रतिशतका दरले बढ्दै गएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आव २०७५÷०७६ मा मात्र रु छ अर्ब ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी आयात हुने खाद्यान्नमध्ये चामल तेस्रोमा पर्छ । गत आवमा एक लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए । बालुवा र गिट्टीमा चुन मिसाएर बनाएको घोल भ्वाङमा हाल्ने, वर्षाका बेला भलले नहरका किनारामा पु¥याउन सक्ने क्षति रोक्ने काम गर्ने र नियमित मर्मतसम्भार गर्नुपर्ने सुझाव विज्ञको टोलीले दिएको छ । विज्ञका सुझावका आधारमा भ्वाङ परेको क्षेत्रको मर्मतसम्भार शुरु गरिएको आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए। “मर्मत पनि परीक्षणकै रुपमा छ । त्यसको प्रतिक्रिया हेरेर मर्मत गर्ने विधि र प्रक्रिया यकिन गर्छौं”, आयोजना प्रमुख नेपाल भन्छन्, “मर्मत टिकाउ हुन्छ कि हुँदैन भन्ने अन्यौल कायमै छ ।” परीक्षणकै क्रममा पटकपटक भत्केको यो नहरको बालापुर खण्डको छ किलोमिटर क्षेत्रमा मात्र सयौँ भ्वाङ परेका छन् । नहरका अन्य स्थानमा पनि समस्या देखिएका छन् । पछिल्लो समयमा निर्माण कम्पनी कुमार कालिका जेभीले कामको गति तीव्र पारेकाले कारण म्याद थप भएको मितिमा काम सम्पन्न हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । ठेक्काको म्याद सकिएको करिब एक महिनापछि पुसको १७ गते ठेक्काको म्याद १४ महिनाअर्थात् २०७७ पुससम्म थपिएको छ । रासस