एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

<p>काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएका छन् । उक्त बैंक र नेपा हिमा ट्रेड लिंकबीच ग्राहकलाई सोनीका आउटलेट तथा आधिकारीक बिक्रेताहरुबाट विभिन्न माडेलका टेलिभिजन खरिदमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएका छन् । उक्त बैंक र नेपा हिमा ट्रेड लिंकबीच ग्राहकलाई सोनीका आउटलेट तथा आधिकारीक बिक्रेताहरुबाट विभिन्न माडेलका टेलिभिजन खरिदमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पिओएस र क्युआर कोड प्रयोग गरी सोनी ब्राभियाका विभिन्न टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने छन् । यस योजना फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ ।

यस बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्ने छन् ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Share News