कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी प्रकाउ

<p>काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी यज्ञप्रसाद चौलागाई र टिका कुमारी चौलागाईलाईलाई प्रहरीले काठमाडौंको गोठाटारबाट पक्राउ गरेको छ । घरपरिवारका सदस्यबाट हिंसाको सिकार बन्दै आएकी तुलसा कुमारी पहाडीलाई नातामा ससुरा पर्ने निज यज्ञप्रसाद र देउरानी नाता पर्ने टिका कुमारीले २०७३ साल कात्तिक ३० गते कुटपिट गरी मारेर विकासे कुलो नजिकै फालेका थिए । [&hellip;]</p>

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी यज्ञप्रसाद चौलागाई र टिका कुमारी चौलागाईलाईलाई प्रहरीले काठमाडौंको गोठाटारबाट पक्राउ गरेको छ ।

घरपरिवारका सदस्यबाट हिंसाको सिकार बन्दै आएकी तुलसा कुमारी पहाडीलाई नातामा ससुरा पर्ने निज यज्ञप्रसाद र देउरानी नाता पर्ने टिका कुमारीले २०७३ साल कात्तिक ३० गते कुटपिट गरी मारेर विकासे कुलो नजिकै फालेका थिए ।

पुनरावेदन अदालत पाटनले उनीहरुलाई २० वर्षको कैद सजायको निर्णय गरेपश्चात फरार ती दुवैलाई फागुन ११ गते प्रहरी अनुसन्धान ब्युरोले पक्राउ गरी केन्द्रिय कार्यालय सुन्धारा कारागारमा पेश गराएको छ ।

Share News