नेपाल बैंकको आठराई शाखा सञ्चालनमा, कारोबार गरी आर्थिक उन्नती गर्न प्रधानमन्त्रीको अपिल
काठमाडौँ । नेपाल बैंकको आठराई शाखा सञ्चालनमा आएको छ । आइतबारदेखि सञ्चालनमा आएको शाखाको प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहकाबीच डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी शाखाको उद्घाटन गरेका हुन् । शाखाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७ औं शाखाको रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ्ग कारोबार मार्फत आर्थिक विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले बैंकसँग कारोबार गरि आफ्नो आर्थिक उन्नती गर्न सबैलाई आह्वान गरेका छन् । बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार उक्त शाखामा आइतबारदेखि सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु भएको छ । शाखा उद्घाटन पश्चात संक्रान्ति बजारमा आयोजित समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्ता मणी सिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकहरुको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधाहरु उपलब्ध भएकोले बैंकिङ्ग कारोबार मार्फत आफ्नो व्यावसाय विस्तार गर्न र उद्यमी बन्न सर्बै वर्ग समुदायलाई अनुरोध गरे । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आम नागरिकहरुमा बैङ्किग पहुँच पुर्याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानहरुमा विगतमा बन्द भएका शाखाहरुको पुनःस्थापना तथा नयाँ शाखा कार्यालयहरु स्थापना गर्दै बैंकिङ्ग कारोबार गर्दै सबैं नेपालीलाई बैंकिङ्ग पहुँच पुर्याउने अभियानमा बैंक रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत कुष्णबहादुर अधिकारीले व्यावसायीक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजनाहरु ल्याई सबैंसँग व्यावसायीक साझेदारीको रुपमा बैंक अगाडि बढेको बताउँदै बजारको माग अनुरुपका नयाँनयाँ कार्यक्रमहरुका साथ अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा सहित बैंकले आफ्ना सबैं सेवाग्राहिहरुलाई सन्तुष्टि प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । आठराई उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमप्रसाद पौडेलले नेपाल बैंकको पुनःस्थापनाले स्थानिय उद्यमी व्यावसायीहरुमा खुसीको लहर आएको बताउँदै बचत गर्ने सँस्कृतिको विकास गर्न र परिश्रमी एवं उद्यमी बन्नमा बैंक सहयोगि हुने विश्वास गरे । कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय प्रमुख उज्वलराज गौतमले स्वागत गरेका थिए । आठराई शाखाका शाखा प्रबन्धक शेखर न्यौपानेको टिमले बैंकिङ्ग सेवा सुचारु गरिरहेको छ । वि.सं.१९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रुपमा नेपालमा बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशको ६३ जिल्लामा रहेका १७७ वटा शाखाहरु, २६ वटा एक्स्टेन्सन काउण्टर तथा ११९ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा दिँदैआएको छ र आगामी आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको बैंकका प्रवक्त अधिकारीले बताए ।
प्रधानमन्त्री ओलीको जन्मदिनमा डेढ करोड खर्च !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो पुख्र्यौली गाउँ तेह्रथुमस्थित आठराई पुगेर जन्मदिन मनाए । आइतबार बिहान बालुवाटारमा मनाएको उनको जन्मदिनले चर्चा नपाए पनि आठराईमा पुगेर मनाएको कार्यक्रमले भने अहिले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा चर्चा पाएकाे छ । आठराईमा मनाएको प्रधानमन्त्री ओलीको जन्मोत्सव कार्यक्रमलाई धेरैले राजसीको संज्ञा पनि दिए । मन्त्री, सरकारी अधिकारी, नेता कार्यकर्ताको लावालस्कर लगाएर चारवटा हेलिकप्टरमा आठराईमा पुगेर १५ किलोको केक काटेर जन्मदिन मनाएका ओलीको अहिले आलाचना पनि भइरहेको छ । आठराईमा ओलीले ६ हजार जनालाई भोज खुवाइएको बताइएकाे छ । निकै तामझामका साथ भएकाे प्रधानमन्त्रीकाे जन्माेत्सवमा कति खर्च भयाे हाेला ? याे पनि सबैकाे चासाेकाे विषय बनेकाे छ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको अनुमान लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै प्रधानमन्त्रीको जन्मदिनमा भएको खर्चको अनुमान गरेका छन् । उपाध्यायले प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ न्युनतम निकाल्दै करिब डेढ करोड रुपैयाँ खर्च भएको अनुमान लगाएका छन् । उनको हिसाव यस्तो छ: १. उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस नभेज) झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ २. दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ ३. करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ ४. चार वटा हेलिकप्टर खर्च ९ कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ ५. दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ ६. अन्य सरकारी खर्च १० लाख रुपैयाँ
हनुमन्ते करिडोर जग्गा विवाद: सभापति खड्का भन्छिन- यो समस्या अदालतमा नजाओस्
काठमाडौं । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले हनुमन्ते करिडोरमा देखिएको जग्गा विवादको विषय अदालतमा नलिन सुझाव दिएकी छन् । साेमबार विकास तथा प्रविधि समितिको बैठकका सभापति खड्काले जग्गा विवादमा मुछिएका सबैलाई जग्गाको विवादलाई लिएर अदालतमा नजान सुझाव दिएकी हुन् । ‘यो समस्या अदालतमा गएपछि निर्माण कार्यमा ढिलाई हुन्छ, हामी एक आपसमा समन्वय गरेर समस्याको समाधान खोजौं’, उनले भनिन् । ५४ रोपनी जग्गा हावाको भरमा व्यक्तिको नाममा भन्दा पनि त्यो कसरी गयो किन गयो भन्ने कुरामा छानविन हुनु पर्ने उनको धारणा छ । यसको बारेमा मन्त्रीहरुबीचमा पनि समन्वय नभएको बताउँदै उनले सबैको समन्वयमा यो समस्या समाधान गर्नु पर्ने उनको भनाइ छ । यो निर्माण कार्यसँग सम्बन्धि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयसँग सँग यो विषयमा छलफल गरी समस्याको समाधा खोज्ने उनको भनाइ छ । मन्त्रालयको समन्वय र सहकार्यमा यो समस्या समाधान हुने उनले बताइन् । यस्तै, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले हनुमन्ते करिडोरको निर्माण कार्यमा धेरै समस्या देखा परेकोले यसप्रति मन्त्रालयको चासो बढेको बताए । उनले करिडोरको जग्गा विवाद मुआब्जा वितरण गर्न असम्भव भएकोले ल्याण्ड मेभलपमेण्ट मोडलमा गएर समस्या समाधान गर्ने बताए । यसप्रति त्यहाँका जनप्रतिनिधिहरु गृहकार्य गरिरहेका उनको भनाइ छ । हनुमन्ते करिडोर निर्माणमा समस्या देखा परेको छ । जग्गाकै विवादका कारण निर्माण कार्य समयमै सम्पन्न हुँदैन कि भन्ने चुनौती पनि थपिएको छ ।
बीमाको समस्या सुन्दै अर्थ समिति, चलायो विधेयक बहस
काठमाडौं । बीमा क्षेत्रका व्यक्तिहरुलाई बोलएर संसदको अर्थ समितिले समस्याका बारेमा छलफल गरेको छ । अर्थ समितिले बीमाको विधेयक माथि पनि छलफल सुरु गरेको हो । लामो समयदेखि रोकिएको उक्त विधेयकमा समितिले छलफल गरेको छ । छलफलमा समितिले बिभिन्न क्षेत्रका विज्ञलाई सहभागी गराएर रायसुझाव लिएको हो । छलफलमा बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, सिद्धार्थ इन्स्योरेन्सका सिइओ वीरेन्द्र वैदवार छेत्री, नेता सुरेन्द्र पाण्डे लगायतका व्यक्तिहरुको सहभागीता थियो । ‘बीमा क्षेत्रमा व्यक्तिहरुलाई बोलाएर उनिहरुको सुझावलाई अर्थ समितिमा छलफल गरेको हो,’ अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने ।
सभामुख र राजदुतको भेटः श्रम सम्झौतालाई अद्यावधिक गर्न कतार तयार
काठमाडौं । राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसफ बिन मोहम्मद अल हेलबीच आज भएको भेटमा युसुफले सो कुरा बताएका हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरेका छन् । सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् । सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए । भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताएका छन् । उनले नेपाली बिमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको उल्लेख गरे । नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेको राजदूत युुसुुफले बताए ।
दराजको एप्पी शपिङ अभियान घाेषणा, विभिन्न उत्पादनमा ६० प्रतिशत छुट
काठमाडौं । एपमा शपिङ गर्न अझै रमाईलो बनाउने उद्देश्य लिएर अनलाइन शपिङ साइट दराजले एप्पी शपिङको अभियान घोषणा गरेको छ । फागुन १३ गतेदेखि फागुन १९ सम्म सम्म हुने यस १ हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूकोे माध्यमबाट रमाइलो र अन्तरकृयात्मक एप अनुभव पर्याउने कुरामा केन्द्रित छ । दराजको अन्तरकृयात्मक गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेल्न र अद्भुत उपहार जित्ने अवसर प्रदान पनि गर्दछ । यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेक जस्ता आकर्षणहरू पनि छन् । प्रयोगकर्ताहरूले दराजको शेकशेक गेम मार्फत थप छुट प्राप्त गर्न पनि सक्ने छन् । यसबाहेक, कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू, र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुनेछ । यो एप अभियान मार्पmत दराजले मेगा डिलहरू प्रदान गर्नेछ जस अन्तर्गत धेरै उत्पादनहरूमा ६०% सम्मको छुट हुनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भौचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्ने छन् । साथ,ै यस अभियानमा दराजले निःशूल्क वितरण, उपहारहरु, बन्डल अफरहरू, र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्नेछ । यी बाहेक, ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् । दराजको बैंकिंग साझेदारहरू नबिल बैंक, स्टेनडर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंक हुन् । प्रत्येक बैंकले हप्ता भरि विशेष दिनहरूमा छुट प्रदान गर्दैछ ।
१४ वर्षीय सानिमाको अपहरण विवाहपछि जागेको प्रशंसाको प्रशंसनीय चेत
काठमाडौं । सन् २०१८ मा प्रशंसा केसीले ग्लोकल टीन हिरोको उपाधी हात पारिन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै १९ वर्षीय प्रशंसाले उपाधी हात पारेकी हुन् । आखिर के थियो प्रशंशामा, जसले उनलाई यो उपाधीको लागि दाबेदार ठान्यो ? आउनुहोस् आज उनको यात्रालाई नजिकबाट नियालौं । १९ वर्षीय प्रशंसा केसी रुकममा जन्मिएकी हुन् । उनी ६ वर्षको हुँदा उनको १४ वर्षीय सानिमालाई २४ वर्षीय युवकले अपहरण गर्यो । अपहरण गरेर लगेपछि उनकी सानिमाको त्यही युवकसँग विवाह भयो । धेरैका लागि यो घटना अनौठो लागे पनि रुकुमका लागि नयाँ थिएन । उनको गाउँमा यस्तो ‘चलन’ वर्षौंदेखि चल्दै आएको थियो । त्यसैले उनको सानिमाको अपहरणकारीसँगै विवाह हुँदा गाउँका कसैले केही पनि भनेनन् । ६ वर्षीय प्रशंसालाई यो विवाह रोकेर सानिमालाई एउटा निकै सुन्दर जिन्दगी दिन मन थियो । तर त्यो रोक्न र मानिसहरुको ध्यान आकर्षण गर्नको लागि उनले उठाउन खोजेको आवाज निकै नै सानो थियो । आफ्नो सानिमामाथि भएको घटनाले प्रशंसाको त्यो कलिलो दिमागमा एउटा गहिरो छाप बनाइसकेको थियो । उनले त्यो घटनालाई कहिल्यै बिर्सन सकिनन् । त्यो चोटले उनलाई बारम्बार पिरोलिरहन्थ्यो । प्रशंसा ८ वर्षको हुँदा उनको परिवारले रुकुम छोडेर काठाडौं बसाई सराई गर्यो । काठमाडौं आएपछि पनि उनलाई त्यो नमिठो घटनाले लखेट्न छोडेको थिएन । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् । अन्ततः उनले परिवर्तनको लागि पर्खनुभन्दा आफैं नै गरेर देखाउँने निधो गरिन् । त्यसपछि १५ वर्षको उमेरमा पहिलोपल्ट प्रशंसाले बुवाको तलबको सहयोगमा रुकुम जिल्लामै पहिलोपटक अपहरण विवाह र बालविवाह विरुद्ध अभियान सुरु गरिन् । यो अभियान संचालन गर्ने उनी पहिलो व्यक्ति थिइन् । यसअघि रुकुममा अपहरण र बालविवाह सम्बिन्धी कसैले पनि अभियान संचालन गरेका थिएनन् । कुनै पनि सम्बन्धित निकायको यसमा ध्यान गएको थिएन । त्यसपछि प्रशंसाले सन् २०१७ मा बालविवाह र अपहरण विवाहको विरुद्ध २१ दिने लामो अभियान नै चलाइन । उनले सो अभियानको क्रममा १० किलो वजन पनि घटाइन् । उनले अभियान सुरु गर्ने बेलासम्म पनि रुकुममा ८० प्रतिशत अपहरण विवाह र बालविवाह हुने गर्दथ्यो । तर, अहिले अपहरण विवाह भने निकै घटेर गएको छ । बालविवाह भने अझै पनि ८० प्रतिशत नै रहेको प्रशंसा बताउँछिन् । प्रशंसाले ग्लोकल टिन हिरोको बारेमा सन् २०१७ का ग्लोकल टिन हिरो सचिन डाँगीबाट थाहा पाएकी थिईन् । उनलाई आफ्नो कामको लागि पहिचान चाहिएको थियो । र, यसको लागि उनले ग्लोकन टीन हिरोको स्टेज रोजिन् । ६ जनालाई पछि पार्दै उनले उपाधी पनि जितिन् । ‘ग्लोकन टीन हिरो भएपछि मेरो जिवनमा धेरै राम्रा राम्रा घटनाहरु भए, त्यसमा पनि मेरो लागि सबैभन्दा महत्वपूर्ण थियो मेरो कामको पहिचान । एउटा सामाजिक अभियान्ताको लागि आफ्नो कामको पहिचान सबैभन्दा ठूलो कुरा हुँदो रहेछ, मैले त्यहीँ पाएँ,’ प्रशंसा भन्छिन् । उनलाई अहिले महसुस भएको छ, समाजिक परिवर्तन एक जनाले मात्रे गरेर सम्भव छैन । परिवर्तनका लागि सबैको सहभागिता जरुरी छ । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । उनलाई त्यो उपाधीले धेरै मानिसहरुसँग सम्पर्क राख्न तथा विभिन्न प्रकारका सम्मेलनमा आफ्नो कुराहरु राख्न मद्दत गर्यो । उनले आफ्नो जस्तै सोच भएको धरै मानिसलाई भेटिन् । र, आफ्नो सोचसँग मिल्ने सोच भएकाहरुसँग मिलेर काम गर्ने मौका पनि पाइन् । प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । र, शिक्षा नै नारी सशक्तिकरणको लागि सबैभन्दा राम्रो उपाय रहेको उनको निर्क्यौल छ । ‘मध्यपश्चिम क्षेत्रका किशोरीहरु लजालु हुन्छन् । उनीहरु हामी जस्तो आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । शिक्षा यस्तो पाटो हो, जसले उनीहरुलाई आफ्नो भावना व्यक्त गर्न मद्दत गर्दछ,’ प्रशंसाले भनिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् । जिन्दगी आएका कुनै पनि समस्यालाई हल गर्न सक्छु भन्ने विश्वास प्रशंसालाई छ । आफ्नो सोच अनुसार काम गर्ने राम्रो प्लेटफर्म पाएकोले ग्लोकल टिन हिरोको उपाधीलाई उनी जीवनको सबैभन्दा ठुलो उपलब्धीको रुपमा लिन्छिन् । प्रशंसासँग एक अभियान्ताको साथै फिल्म मेकिङको पनि चाहना छ । सामाजिक कुराहरुको विषयमा उनले डकुमेन्ट्रीहरु बनाएकी छिन् । उनले युएनबाट बेस्ट सर्ट फिल्म मेकिङको उपाधी पनि पाएकी थिइन् । यस्तै जोनताले सार्वजनिक मामिलामा लागिपरेका विश्वका १० युवतीहरुको लागि दिइने छात्रवृति पनि प्रशंसाले पाएकी थिइन् ।
हनुमन्ते करिडोर जग्गा विवाद: ५४ रोपनी सार्वजनिक जग्गा कसरी पुग्यो पूर्वमन्त्रीको नाममा ?
काठमाडौं । निर्माणाधीन हनुमन्ते करिडोरमा जग्गाको विवाद जटिल समस्याको रुपमा देखा परेको छ । काठमाडौं उपत्यकालाई सुन्दर, यातायात आगवमन सहज, करिडोरको विकास र उपत्यकाको प्रकोपलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण भइरहेको हनुमन्ते करिडोरको निर्माणमा जग्गा विवाद जटिल समस्याका रुपमा देखा परेको हो । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिले निर्माण गरिरहेको हनुमन्ते करिडोरको निर्माण कार्यमा जग्गा विवाद ठूलो समस्याका रुपमा उब्जिएको बताइएको छ । आयोजना प्रमुख लिला प्रसाद ढकालले निर्माणाधीन कार्यमा जग्गा विवाद जटिल समस्याको रुपमा देखा परेका बताए । ‘तोकिएको समयभन्दा अगाडि नै निर्माण कार्य सम्पन गर्ने योजना थियो, त्यही अनुरुप काम पनि अगाडि बढाइरहेका थियौं, तर अहिले जग्गा विवाद जटिल समस्याको रुपमा देखा परेको छ, निर्माण कार्य समयमै सम्पन्न गर्नेमा चुनौती छ’, उनले भने । वि.स २०७५ असारदेखि निर्माण कार्य कार्य प्रारम्भ भएको करिडोरको भौतिक प्रगति हाल सम्म सन्तोषजनक भएपनि अहिले जग्गा विवादले अब समयमै निर्माण सम्पन्न हुनेमा प्रश्न उब्जिएको छ । हनुमन्ते करिडोरको तीन प्याकेज बनाएर निर्माण कार्य भइरहेको छ । पहिलो प्याकेज अन्तर्गत पनि जग्गाको विवाद देखा परेको छ । करिडोरको सुन्दरवस्ती र बालकुमारीको कोलोनीमा जग्ग विवाद देखिएको हो । यस्तै, दोस्रो प्याकेज अन्तर्गत सागबारी क्षेत्रमा नदिको सिमा विवाद रहेको छ भने स्थानिय निकायद्वारा निर्माणको काम स्थगन गर्न पत्राचार समेत गरिसकेको छ । यस्तै, करिडोरको तेस्रो प्याकेजमा पनि जग्गाको समस्या जटिल बनेको छ । मध्यपुरको कौशलटार पुलमुनी रामजानकी मन्दिरसम्म र सुर्यविनाक नगरपालिका २ को कौशलटार पुलमुनी गोदावरखोलासम्म जग्गाको विवाद भएको समितिले जनाएको छ । यी जग्गा विवादको समस्याले निर्माण कार्य अगाडि बढाउन चुनौती भएको ढकालले बताए । ५४ रोपनी खाेलाकाे जग्गा नै पूर्वमन्त्रीको नाममा ! पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको ५४ रोपनी जग्गा आफ्नो नाममा गरेको खुलेको छ । वि.स २०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री आचार्यले ५४ रोपनी जग्गा आफ्नो नामा गरेको खुलेको हो । उनले खोलाको ५४ रोपनी जग्गा आफ्नो नाम गरेको स्रोतले बताएको छ । त्यसमा खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा गरी बेचेको खुलेको हो । उनले भक्तपुरको हनुमन्ते खोलाको जग्गा २०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् । जिल्ला मालपोेत कार्यालय भक्तपुरको जग्गाधनीको पूर्जा स्रेस्ता अनुसार खोलाको कित्ता १०१२लाई ११२० र ११२१ मा ट्क्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए । उनले खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख २०३१ मा खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे । जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनीको पूर्जा स्रेस्ता अनुसार खोलाको कित्ता १०१२लाई ११२० र ११२१ मा ट्क्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए । भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख गरिएको छ । जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ । त्यो जग्गा पटक पटक कित्ताबाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरै पटक धेरै व्यक्तिका नामा किनबेच भइसकेको जनाइएको छ । हहिले हनुमन्ते नदि निजी जग्गा भएरै बग्ने गरेको छ । सिमांकनमा पनि समस्या हनुमन्ते करिडोरको अर्को समस्या सिमांकन देखिएको छ । हाल सुर्यविनायक नगरपालिका वडा नम्बर २ र मध्यपुर नगरपालिका वडा नम्बर ३बीच सिमांनको विषयलाई विवाद उत्पन्न भएको छ । हाल आएर सुर्यविनायक नगरपालिका वडा नम्बर २ ले हनुमन्ते करिडोरको निर्माण कार्य रोक्न पत्राचार गरेको छ । दुवै स्थानिय तहले सो जग्गा आफ्नै भन्दै दाबी गरिरहेका छन् । प्रतिनिधिसभा सांसद बिना श्रेष्ठले कोटेश्वरको जामका लागि हनुमन्ते करिडोर विकल्प भएकोले यथाशीघ्र रुपमा निर्माण कार्य सम्पन्न हुनु पर्ने बताइन् । उनले दुई नगरपालिकाबीच जग्गा विवाद देखा परेकोले सबै स्थानिय जनप्रतिनिधीहरुको समन्वयमा उक्त समस्या समाधान गरी निर्माण कार्य अगाडि बढाउन आग्रह गरिन् । करिडोर निर्माणका लागि सुरुमा समन्वय हिसावले सीमांकन गरी करिडोरको निर्माण कार्यमा सबैले साथ दिनु पर्ने सांसद लिला श्रेष्ठको भनाइ छ। उनले सुर्यविनायक र मध्यपुर थिमीका नगरप्रमुखको समन्वयमा यो समस्या समाधान गरेर निर्माण कार्यमा सहयोग गर्नु पर्ने धारणा राखे । सभापति खड्का भन्छिनः यो समस्या अदालत नजाओस् विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले हनुमन्ते करिडोरमा देखिएको जग्गा विवादको अदालतमा नलिन सुझाव दिएकी छन् । साेमबार विकास तथा प्रविधि समितिको बैठकका सभापति खड्काले जग्गा विवादमा मुछिएका सबैलाई जग्गाको विवादलाई लिएर अदालतमा नजान सुझाव दिएकी हुन् । ‘यो समस्या अदालतमा गएपछि निर्माण कार्यमा ढिलाई हुन्छ, हामी एक आपसमा समन्वय गरेर समस्याको समाधान खोजौं’, उनले भनिन् । ५४ रोपनी जग्गा हावाको भरमा व्यक्तिको नाममा भन्दा पनि त्यो कसरी गयो किन गयो भन्ने कुरामा छानविन हुनु पर्ने उनको धारणा छ । यसको बारेमा मन्त्रीहरुबीचमा पनि समन्वय नभएको बताउँदै उनले सबैको समन्वयमा यो समस्या समाधान गर्नु पर्ने उनको भनाइ छ । यो निर्माण कार्यसँग सम्बन्धि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयसँग सँग यो विषयमा छलफल गरी समस्याको समाधा खोज्ने उनको भनाइ छ । मन्त्रालयको समन्वय र सहकार्यमा यो समस्या समाधान हुने उनले बताइन् । यस्तै, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले हनुमन्ते करिडोरको निर्माण कार्यमा धेरै समस्या देखा परेकोले यसप्रति मन्त्रालयको चासो बढेको बताए । उनले करिडोरको जग्गा विवाद मुआब्जा वितरण गर्न असम्भव भएकोले ल्याण्ड मेभलपमेण्ट मोडलमा गएर समस्या समाधान गर्ने बताए । यसप्रति त्यहाँका जनप्रतिनिधिहरु गृहकार्य गरिरहेका उनको भनाइ छ । हनुमन्ते करिडोरको प्रगति कति ? हाल हनुमन्ते करिडोर तीन प्याकेजमा निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि राधेराधे पुुलदेखि सुरु भइ आर्थिक वर्ष २०७६/०७७ मा सल्लाघारी पुलदेखि बालकुमारी पुलसम्को करिब ९ किलोमिटर हनुमन्ते नदिलाई व्यवस्थापन गरी नदिको दुवै किनारामा ८ मिटर चौडा कालोपत्रे सडक, १ देखि २ मिटर फुटपाथ र १० मिटर चौडाई हरियाली क्षेत्र कायम गर्ने लक्ष्यसहित निर्माण कार्यान्वयनमा आएका छन् । पहिलो चरण अन्तर्गतको ६९ करोड ७० लाख रकमसहित पीएस गोल्डेन गुड समानान्तर जेभीले निर्माण कार्यले ठेक्का पाएको थियो । त्यसको हालसम्म ६८.६७ प्रतिशत भौतिक र ६०. ६९ प्रतिशत वित्तीय प्रगति भएको आयोजना प्रमुख ढकालको भनाइ छ । उक्त ठेक्काका लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा १४ करोड रुपैयाँ बजेट विनियोेजन भएको छ । यस्तै, दोस्रो चरणको ठेक्का लामा समानान्तर जेभीले पाएको छ । यसको पनि हालसम्म भौतिक प्रगति सन्तोषजनक नै छ । ५६ करोड ६० लाख ठक्कासहित ०७५ असोजदेखि सुरु गरेको कामको हालसम्मको भौतिक प्रगति २९.६८ र वित्तीय प्रगति २४.२ प्रतिशत रहेको छ । यसको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा २० करोड रुपैयाँ विनियोेजन भएको थियो । तेस्रो चरणमा रहेको ठेक्काको निर्माण कार्य सन्तोषजनक नै देखिन्छ । हालसम्म यसको भौतिक प्रगति २५.९१ र वित्तीय प्रगति २०.१२ प्रतिशत रहेको छ । यसको ठेक्कोको जिम्मा भने कालेका कन्ट्रक्सनले पाएको छ । गत भदौमा सुरु गरेको निर्माण कार्यका लागि ५५ करोड ८९ लाख रुपैयाँ आवश्यक छ । चालु आर्थिक वर्ष २०७६/०७७ मा उक्त निर्माण कार्यका लागि १७ करोड २४ लाख रुपैयाँ विनियोजन भएको थियो । हाल निर्माणाधीन हनुमन्ते करिडोर समयमै सम्पन्न भए कोटेश्वरको ट्राफिक जामको समस्या केही हदमा भएपनि समाधान हुने बताइएको छ ।