विकासन्युज

बिमानद्वारा दुई दिने वर्कशप सम्पन्न (फाेटाेफिचर सहित)

काठमाडौं । ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट एशोसियसन अफ नेपाल(बिमान)ले दुई दिने ‘बिमान डीडब्लुएन वर्कशप २०२०’ सम्पन्न गरेकाे छ । संस्थाले गत फागुन १६ र १७ गते काठमाडौंको मिनभवन स्थित शुभलक्ष्मी भवनमा उक्त वर्कशपकाे आयोजना गरी सम्पन्न गरेकाे हाे । उक्त वर्कशपमा वोर्डप्रेस, नेटवोर्किङ् तथा डिजिटल मार्केटिङसम्बन्धि प्रशिक्षण दिइएको  थियो । हाल काठमाडौंमा ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट(बिआईएम) पढ्दै गरेकालाई नै विषेश लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रममा सम्बन्धित विषयका प्रतिष्ठित शिक्षकहरुद्वारा प्रशिक्षण दिइएको थियो । जसमा बिआईएम पढ्दै गरेका करिब ५० जना(दुई दिनमा) विद्यार्थीहरु सहभागि भएका थिए । कार्यक्रमको समिक्षा गर्दै बिमानका अध्यक्ष सुरज भट्टराई-असराजले भने-‘बिमानको पहिलो कार्यक्रम सफल रहेको भन्नेमा पूर्ण विश्वस्त छु । जहाँसम्म उपस्थित विद्यार्थीहरुहरूले पनि आफ्नो कोर्षसँगसँगै आइटी क्षेत्रमा विशेष मानिएको वोर्डप्रेस, डिजिटल मार्केिटङ र नेटवोर्किङ् बारे जान्न र बुझ्न पाउनु भएको छ । साथै, आगामी दिनमा पनि अझै राम्रा खालको कार्यक्रम गर्ने छौं र गर्न आतुर पनि छौं ।’ त्यस्तै, बिमानका महासचिव सुमन पौडेलले समग्रमा कार्यक्रम सोचेको जस्तै भएको बताएका छन् । जसले बिमान टीमलाई अन्य कार्यक्रमहरू गर्न थप हौसला पुगेको र यस्तै सबैको साथ सहयोगले आगामी दिनमा यो भन्दा राम्रा राम्रा कार्यक्रमहरू आयोजना गर्दै उनले बताए । कार्यक्रमको मूख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेको थियो । त्यस्तै, भेन्यू पार्टनरमा मेजेस्टी फाउन्डेशन र मिडिया पार्टनरमा अनलाईन आर्थिक समाचार पोर्टल विकासन्युज डटकम रहेको थियो । सम्बन्धित समाचारः बिमानले काठमाडौंमा दुई दिने वर्कशप गर्दै

भ्रमण वर्ष स्थगित गर्ने सरकारकाे निर्णय

काठमाडौँ  । सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ ।  आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेकाे बताइएकाे  छ। ‘कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो,  प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको हो,’ बैठकमा सहभागी एक मन्त्रीले भने।  

ट्रङ्क लाईनले भैरहवाका २२ वटा उद्योग मारमा, कुन कुन परे ? (सूचीसहित)

काठमाडाैं । भैरहवा बुटवल ओद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको विद्युत आपुर्ति ३३ के.भि.ए. लाईन बाट हुँदै आएको छ । हाल आएर नेपाल विद्युत प्राधिकरणले भने अनुसार यस क्षेत्रका उद्योगहरुको विद्युत आपुर्ति ट्रङ्कलाईन बाट भैरहेको हुँदा यस क्षेत्रका १७ वटा उद्योगहरुलाई २०७६ मंसिरबाट र अर्काे यस्तै गरि मणिग्रामदेखि पडसरी सम्मको औधोगिक कोरिडोर ३३ के.भि.ए. न्यू २ विद्युत प्रसारण लाईनबाट उद्योगहर सञ्चालन हुदै आईरहेको छ र थप ५ वटा उद्योगहरुलाई २०७६ माघबाट साधारण महसुलको सट्टा ट्रङ्कलाईनको दरमा विद्युतको बिलिङ्ग गरि पठाइएको छ । थप ५ वटा औद्योगिक कोरिडोरको ३३ के.भि.ए. न्यू २ विद्युत प्रसारण लाईन बाट सञ्चालीत उधोगीहरुलाई कुनै जानकारी नदिई बुटवलको सव‐स्टेशन बाट भैरहवा सव‐स्टेशन सम्मका उद्योगीहरुलाई आफ्नै मनोमानी परिभाषा गरि तपाईहरु पनि ट्रंकलाईन हो भनी उच्च विद्युत महसुल कायम गरिएको छ । तर उक्त ३३ के.भि.ए. औधोगीक कोरिडोरबाट नै सञ्चालीत उद्योगहरु जुन भैरहवा देखि पश्चिम तिरका उद्योगहरु लाई भने सामान्य विद्युत महसुल कायम गरिएको छ । उक्त न्यू २ ३३ के.भि.ए. विद्युत प्रसारण लाई बुटवलको सब‐स्टेशनबाट भैरहवाको वितरण केन्द्र हुदै सुरक्षा को लागि मात्र स्विचिङ्ग राखिएको प्रसारण लाईन रहेको छ । यसरी एउटै विद्युत प्रसारण बाट प्राप्त केही उद्योगीहरु लाई वढि विद्युत महसुल कायम गरिएको छ र केहि उद्योगीहरु लाई कम विद्युत महसुल कायम गरिएको छ। यो निर्णय पनि न्याय उचित नभएको हामी उद्योगीहरुले महसुस गरेका छौ । विद्युत नियमावली अनुसार ट्रङ्कलाईनबाट विद्युत आपूर्ति लिनको लागी सम्बन्धित उद्योगले प्राधिकरण समक्ष निवेदन दिनुपर्ने र उक्त निवेदन उपर काम कारवाही भई स्विकृत भए पछि मात्र ट्रङ्कलाईन जडान गरिने र महसुल पनि त्यसै दर अनुसार भुक्तानी गर्नु पर्ने हुन्छ । यस खालको नियम भएता पनि यस क्षेत्रका कुनै पनि उद्योगले कुनै पनि बखत ट्रङ्कलाईन को लागी आवेदन अथवा ट्रङ्क लाइन जडान गर्नु पर्ने इच्छा नराखेकोले यस उद्योगहरुमा के‐कसरी ट्रङ्कलाईन जडान भयो भन्ने आफैमा प्रश्नको विषय हो । यदि यस क्षेत्रका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले भनेको मिति २०७४ चैतबाट ट्रकलाईन मार्फत विद्युत आपुर्ति भइरहेको छ भने सोहि बखत ट्रंकलाईन महसुलमा विलिङ्ग नगर्नुमा प्राधिकरणको ठूलो लापरवाही हो । यस क्षेत्रको उद्योगहरु बिगत ४० वर्ष देखि निर्वाद रुपमा साधारण लाईनबाट चलिरहेको अवस्थामा प्राधिकरणले आफु खुसि यस उद्योगहरुलाई ट्रंकलाईनमा जडान गरि थप भार बडाएको छ । हाल आएर यहि फागुन ८ गते प्राधिकरणले यस क्षेत्रका उद्योगहरु लाई छुट रकम बुझाउने बारेको सुचना दिई २०७५ बैशाखदेखि २०७६ कार्तिकसम्मको छुट रकम ३५ दिन भित्र तिर्न पत्राचार गरि दबाव दिएको छ । भैरहवा वितरण केन्द्रले आफ्नो लोड व्यवस्थापन गर्न पुरानो ३३ के.भि.ए. लाईनबाट हटाइ यस क्षेत्रको उद्योगहरुलाई ट्रङ्क लाईनमार्फत २०७४ चैत्रदेखि विद्युत आपुर्ति गरिएको र उक्त लाईनबाट आपुर्ति भएको विद्युतमा विगतमा झै साधारण महसुल मात्र लाग्ने भैरहवा विद्युत केन्द्रका तत्कालिन प्रमूख उमेश कुमार झाले भनेतापनि यही २०७६ मंसिरबाट ६६.६७ प्रतिशत उच्च दररेटको महँगो नयाँ ट्रङ्क लाईनको विद्युत महसुल जारी गरेको बिल प्राप्त भएपश्चात् उद्योगी व्यवसायीहरु आश्चर्यचकित भएको छ । यस उद्योगहरुको विद्युत आपूर्ति, मिति २०७४ साल जेठ मसान्तसम्म पुरानो फिडर अमुवाबाट जडान गरिएको थियो र त्यस पश्चात भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिकवेन्स बेलेन्स गर्न यस क्षेत्रका उद्योगहरुलाई १० देखि १५ दिन सम्म सटडाउन लिई ग्राउन्ड वाटर भरौलीयाबाट विद्युत आपूर्ति गरेको छ । त्यस पश्चात प्राधिकरणले विद्युत आपूर्तिमा सुधार आउने आसवासन दिएको भएतापनि अपेक्षा गरिए बमोजिम कुनै सुधार नभई पटक पटक ट्रिपिङ्ग तथा न्यून भोल्टेज को समस्याले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ क्षती भई खेर जाने (स्क्र्याप बढ्ने), विभिन्न विद्युतीय सामग्री बिग्रने समस्या समेत रहेको छ । उद्योगको हरेक वर्ष लेखा परिक्षण सम्पन्न गरी आय व्यय विवरण समेत बुझाई सकिएको अवस्थामा विलिङ्ग छुट भनि दावि गरिएको रकम अहिले खर्च मिलान गर्न असम्भव छ न त उद्योगीले उक्त रमक बुझाउन सक्ने क्षमतानै राख्दछन। तत्कालिन समयमा उत्पादन गरी सोही समयको खर्च बमोजिम वस्तु उत्पादन र बिक्री वितरण समेत भइसकेको अवस्थामा यो छुट बिलिङ्ग अनावश्यक थपभार बढ्न गई उद्योगहरु संकटमा पर्ने देखिन्छ । सोही विषयलाई लिएर आज भैरहवामा एक पत्रकार सम्मेलन गरी मारमा परेका उद्योगी व्यवसायीहरुले आफ्नो उद्योगमा भएको हानी, नोक्सानी र थप आर्थिक भार बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । विगतमा पनि यस क्षेत्रको उद्योगहरुलाई पुरानो ३३ के.भि.ए.को भोल्टेज राम्रो भएको हुनाले पुरानै लाईनबाट नै विद्युत आपुर्ति गर्न पटक-पटक मौखिक तथा संयुक्त लिखित जानकारी सिद्धार्थनगर उद्योग वाणिज्य संघको सिफारिस सहित उर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालय र ग्रिड कार्यालय बुटवल तथा भारसम्प्रेषण केन्द्र काठमाडाैंलाई जानकारी गराएकोमा हालसम्म सम्बन्धित निकायले कुनै चासो नदेखाएका उद्योगीहरू बताउँछन् । सो ट्रङ्क लाईनबाट हुने विद्युत आपुर्तिको महसुल तिर्न सक्ने अवस्थामा उद्योगहरु नरहेको जानकारी गराउँदै ती उद्योगहरुलाई पुरानै ३३ के.भि.ए.को साधारण लाईन जडान गराई दिने व्यवस्थाका साथै पुरानै दरमा विद्युत महशुल भुक्तानीको आवश्यक व्यवस्था मिलाई दिन सम्बन्धित निकायमा जोडदार माग गरेका छन् । यदि यस विषयमा कुनै प्रकारको सुनुवाई नभएमा उद्योग नै बन्द गरी थप आन्दोलनका कार्यक्रममहरु अघि बढाउने ऐक्यवद्धता प्रकट गरेका छन् । उद्योगहरुः १. श्री पञ्चकन्या प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि. २. श्री पञ्चकन्या स्टिल प्रा.लि ३. श्री सोना प्याकेजिङ्ग ४. श्री एस.आर.स्टिल प्रा.लि. ५. श्री नव नेपाल प्लाष्टिक ईण्डष्ट्रिज ६. श्री शुभलक्ष्मी पोलिमर्स ७. श्री नेशनल ट्रेड रबर ईण्डष्ट्रिज ८. श्री जय दुर्गा प्लाष्टिक ईण्डष्ट्रिज ९. श्री सोना पोलिमर्स ईण्डष्ट्रिज १०ं श्री यशोधा फुड प्रा.लि. ११.श्री प्रिया प्याकेजिङ्ग ईण्डष्ट्रिज १२.ं श्री ए.जी हेल्थ ईण्डष्ट्रिज १३. श्री एभरेष्ट रोलिङ्ग इण्डष्ट्रिज प्रा.लि. १४. श्री लुम्बिनी फ्लोर मिल १५. श्री फेरो स्टिल प्रा.लि. १६. श्री लुम्बिनी पि.ए.सी.इण्डष्ट्रिज प्रा.लि. १७. श्री गोएनका फुडस प्रा.लि. १८. श्री घराना फुडस प्रा.लि. १९. श्री श्याम प्लाष्टिक उद्योग प्रा.लि. २०. श्री भलवारी सवचलित चामल कारखाना २१. श्री एस.आर. फुडस लि. २२. श्री सिद्धार्थ पेट प्लाष्ट

खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं । सनराइज बैंकले आफ्नो ९ औँ एक्सटेन्सन काउण्टर ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी उक्त काउण्टरको उद्घाटन गरेको हो । उक्त काउण्टरको उद्घाटन ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा गरेका हुन् । बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएचका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ । हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा एटीएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दै जाने योजना रहेको छ ।

बैंक अफ काठमाण्डूले ल्यायो भिसा नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै उक्त योजना सार्वजनिक गरेको हो । कार्डबाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पीओएस तथा इकमर्श कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउने छन् । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इकमर्श कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ । बैंकले हालसम्म ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सिभिल बैंकको शाखा अब काठमाडौंको बाङ्गेमुढामा

काठमाडौं । सिभिल बैंकले काठमाडौं जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्त रुपमा गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन् । उक्त सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरेका हुन् । बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले उक्त अवसरमा बैंक आर्थिक उन्नतिको सहयात्री भएको बताउँदै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा यहॉका उद्यमी व्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताएका छन् । त्यसैगरि काठमाडौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतीमा टेवा पुर्याउने कुरामा विस्वस्त रहेको बताए । उक्त समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् । बैंकले हालसम्म ५३ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, कुल शाखा संख्या १११ पुगेकोे छ ।

जनताको निसानामा नेता, को को परे थप्पडदेखि जुत्ता खानेसम्म ?

काडमाडौं । पछिल्लो समय नेताहरु बारम्बार कार्यकताको आक्रमणको निसानामा परेका छन् । वि‍.स २०६३ पछि नेताहरु आक्रमणको निसानामा पर्दै आएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  झलनाथ खनाल, स्व सुशील कोइराला , बाबुराम भट्टराईदेखि माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीसम्मलाई विभिन्न समयमा विभिन्न हिसावले निशानामा परेका थिए । प्रचण्डलाई झाप्पड र जुत्ता प्रहार बाग्लुङको राजकुट गाविस वडा नम्बर २ का पदम कुँवरले पूर्वबिद्रोही नेता एंव पूर्वप्रधानमन्त्री प्रचण्डमाथि झापड हानेका थिए । कुँवरको परिवारका सदस्यहरु सशस्त्र दन्द्धका क्रममा माओवादी पार्टीमा सक्रिय भएर लागेका थिए । उनीहरुको परिवारको घर सम्पत्ति सुरक्षा फौजले माओवादी आतंककारी भन्दै २०६० सालमा ध्वस्त पारिदिएको थियो । वैदेशिक रोजगारका लागि कतार गएर फर्केपछि उनले प्रचण्डलाई झाप्पड हानेका थिए । आक्रोश विस्फोट भएर झापड हानेको अभिव्यक्ति त्यतिबेला उनले दिएका थिए । आज पनि पुन: ‘प्रचण्ड’लाई ताकेर जुत्ता प्रहार भएको छ । पूर्व अर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभा गृहमा आइतवार आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ । झलनाथलाई झाप्पड वि‍.सं २०६७ साल माघ ७ गते नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीप्रसाद रेग्मीले झापड हाने । सुनसरी भरौलका रेग्मी एमालेका पूर्व कार्यकर्ता थिए । उनले इनरुवामा आयोजित सार्वजनिक कार्यक्रममा खनाललाई झापड हानेका थिए । पार्टी प्रवेशीहरुको लाइनमा बसेर खनालकै हातबाट टीका लगाइसकेपछि उनले गालामा थप्पड हानेका थिए । उनले नेताहरुलाई चेत आओस र सुध्रिउन भन्ने उद्देश्यले झापड हानेको बताएका थिए । उनले झापड हानेको केही हप्तामै झलनाथ खनाल प्रधानमन्त्री भए । खनालले झापडलाई आर्शिवादका रुपमा लिएको भन्दै एक अन्तरवार्तामा हासो गरेका थिए । सुशिल कोईरालामाथि फ्रेम प्रहार वि‍.सं २०६८ सालमा कांग्रेस सभापति सुशील कोइरालामाथि फ्रेम प्रहार भयो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आक्रमण गरेका थिए । कार्यक्रममा कोइरालालाई सम्मानस्वरुप खादा ओढाउँदै गर्दा अगाडिबाट एक्कासी उनले काठको फ्रेमले हानेका थिए । पाटी भित्रको आन्तरिक विवादको कारण आक्रमण भएको बताइएको थियो । झक्कुप्रसादलाई झाप्पड वि.सं २०६८ साल बैशाखमा माओवादी सभासद झक्कुप्रसाद सुवेदीले पनि झापड खाएका थिए । तिनकुनेस्थित कफी सपका संचालक प्रेमराज देवकोटाले उनलाई बोलाएर झापड हानेका थिए । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडाबाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल संचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका थिए । आफूले पसल बन्द गरेर भोट हालेको नेताले सविंधान कहिले बन्छ भन्न नसकेको कारणले झापड हानेको भनि देवकोटाले दिएको अभिव्यक्ति चर्चित बनेको थियो । बाबुरामलाई जुत्ता प्रहार पछिल्लो समय नयाँशक्तिका संयोजक बाबुराम भट्टराई ताकेर जुत्ता फालियो । पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र नयाँशक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेको थिए ।

प्रतिकिलो १ लाखमा कपाल निर्यात, कसले किन्छ नेपाली कपाल ?

काठमाडौँ । हामीले पैसा तिरी काटेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, नेपालबाट चीन, भारत, दक्षिण कोरियामात्रै नभई अमेरिकासम्म नेपाली कपाल निर्यात हुने गरेको छ । त्यो पनि वैधानिक रूपमा । जति लामो कपाल भयो, उति बढी मूल्य पाइन्छ । गत आर्थिक वर्षमा नेपालबाट क्यानडामा प्रति केजी १ लाख ३ हजार २ सय २ रुपैयाँमा नेपाली कपाल निर्यात भएको छ । क्यानडामा गत आर्थिक वर्षमा १६ लाख ५१ हजार ४१ रुपैयाँमा १६ केजी कपाल निर्यात भएको छ । नेपालले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २२ करोड ९५ लाख २१ हजार ८ सय ४० रुपैयाँमा ७ हजार ४ सय ३० केजी कपाल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्दन केन्द्रको तथ्याङमा उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ५६ लाख ८० हजार ८ सय १० रुपैयाँमा ७ हजार १ सय ७३ केजी कपाल निर्यात भएको केन्द्रको तथ्याङमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ४ करोड ३८ लाख ४१ हजार ३० रुपैयाँले कपाल निर्यात वृद्धि भएको छ । पछिल्लो वर्ष २ सय ५७ केजीेले कपाल निर्यातमा वृद्धि भएको हो । केन्द्रकाे तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा १८ करोड ४४ लाख २३ हजार ९ सय ८९ रुपैयाँको ५ हजार १ सय ५४ केजी कपाल निर्यात भएको छ । विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको व्यापार तथा निकासी प्रवर्दधन केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार नेपालबाट चीन, बेल्जियम, भुटान, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा कपाल निर्यात हुने गरेको छ । कलंकीमा रहेको ठाकुर सैलुनका सञ्चालक तथा सिटीईभीटीईमा व्यट्रिपार्लर प्रशिक्षक राजकुमार ठाकुरले  आफुले काटेको कपाल संकलन गरेर विदेश निर्यात हुने गरेकाे बताए । उनले प्रशिक्षण दिँदा पनि लामो र राम्रो कपाल नेपालबाट निर्यात हुने जानकारी दिने गरेको बताए ।  नेपालभरी करिब १६/१७ हजारजति सैलुन रहेका  छन् । केन्द्रकाे तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा ८ करोड ५७ लाख ३ हजार ९ सय ८३ रुपैयाँको २ हजार १ सय ५४ केजी कपाल निर्यात भएको थियो । जापानमा ३ करोड ३६ लाख १५ हजार १०८ रुपैँयाको १ हजार १०६ केजी कपाल निर्यात भएको छ । चीनमा २ करोड ५७ लाख ६१ हजार ६८० रुपैँयाको ५२१ केजी कपाल निर्यात भएको थियो । नेदरल्यान्डमा १ करोड ७३ लाख ८० हजार ९०४ रुपैँयाको ८५६ केजी कपाल निर्यात भएको थियो । ताइवन चीनमा १३ लाख ६७ हजार १५५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो । बेल्जियममा ५ लाख ७५ हजार ४६१ रुपैँयाको ५२ केजी कपाल निर्यात भएको थियो । बेलायतमा ३ लाख ७९ हजार ८८५ रुपैँयाको ३८ केजी कपाल निर्यात भएको थियो । स्वीजरल्याडमा ३ लाख १० हजार ४८५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो । कसरी सुरु भयो विश्वमा कपालको व्यापार ? करिब साढे ६ दशकअघि कोरियाली सरकारले हरेक व्यक्तिले मुलुक निर्माणका लागि एक न एक वस्तु दान गर्नैपर्ने व्यवस्था ल्याएको थियो । त्यसपछि महिलाले लामो कपाल राज्यलाई दान दिन थाले । दान दिएको कपाल विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन हुन थालेको थियो । त्यसपछि विश्वभर नै कपाल व्यापारले वैधानिकता पाएको हो ।