खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर

<p>काठमाडौं । सनराइज बैंकले आफ्नो ९ औँ एक्सटेन्सन काउण्टर ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी उक्त काउण्टरको उद्घाटन गरेको हो । उक्त काउण्टरको उद्घाटन ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले आफ्नो ९ औँ एक्सटेन्सन काउण्टर ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी उक्त काउण्टरको उद्घाटन गरेको हो ।

उक्त काउण्टरको उद्घाटन ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा गरेका हुन् । बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएचका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ ।

हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा एटीएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दै जाने योजना रहेको छ ।

Share News