
काठमाडौं । सिभिल बैंकले काठमाडौं जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखा खोलेको हो ।
उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्त रुपमा गरेका हुन् ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन् । उक्त सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरेका हुन् ।
बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले उक्त अवसरमा बैंक आर्थिक उन्नतिको सहयात्री भएको बताउँदै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा यहॉका उद्यमी व्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताएका छन् ।
त्यसैगरि काठमाडौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतीमा टेवा पुर्याउने कुरामा विस्वस्त रहेको बताए ।
उक्त समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
बैंकले हालसम्म ५३ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, कुल शाखा संख्या १११ पुगेकोे छ ।