विकासन्युज

 विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न सरकारको आग्रह (सूचनासहित)

काठमाडौं । सरकारले विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न आग्रह गरेको छ । काेराेना भाइरसकाे संक्रमण र सन्त्रास बढ्दै गएको बेला सावधानी अपनाउनका लागि सरकारले यस्ताे  आग्रह गरेकाे हाे । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । यसका साथै सरकारले विद्यालयमा सभा, समारोह तथा भेला हुने क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।

लक्ष्मी हुण्डाईले ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ आयोजना गर्दै

काठमाडौं । आगामी मार्च ६/७ देखि ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ हुने भएको छ । हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टीनेन्टलले विगतका वर्ष झै यस वर्ष ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ को आयोजना गर्ने भएको छ । सो टुर्नामेन्ट ग्लेनिगल्स डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउदो (शुक्रबार र शनिबार) ६/७ मार्च, २०२० मा हुने भएको छ । उक्त ओपन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डी क्यापमा खेलिने छ । यस टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा शीर्षक विजेता (नेट), पहिलो रनर(अप, दोस्रो रनर-अप, सर्वश्रेष्ठ सकल, महिला विजेता, वरिष्ठ विजेता (६० वर्ष उमेर माथिको), जुनियर विजेता (१७ वर्ष उमेर मुनीको), हुण्डाई मालिकहरूको कोटी विजेता, सबैभन्दा लामो ड्राइभ, पिनको नजिक, अधिक बर्डी वर्गमा विजेता घोषित गरिने छ । यसको साथै बिजेतालाई उपहार स्वरूप एक थान हुण्डाई ग्रान्ड आई १० (म्याग्ना) गाडी प्रदान गर्ने घोषणा गरिएको छ ।यस्ता छन् पुरस्कारमा होल हुण्डाई ग्रान्ड आई १० (म्याग्ना) गरेको छ । त्यस्तै गल्फ खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पिजिए टूरको च्याम्पियन्सको टुर्नामेन्टहरू एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।

६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । मकवानपुरमा प्रहरीले अवैध रुपमा भित्र्याइदै गरेको ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत कर्नाटका ४२ वर्षिय अब्दुल मजिद अनेकललाई वीरगञ्ज जाँदै गर्दा हेटौंडा उपमहानरपालिका वडा नम्बर १५ स्थित चेकजाँच क्रममा प्रहरीले ६ केजी २ सय ८९ किलोग्राम सुन फेला पारेको थियो। बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँको रहेको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

एनएमबी बैंकले ल्यायो नयाँ ‘घर कर्जा’ योजना, व्याजदर ५ वर्षसम्म स्थीर

काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ नयाँ योजना ल्याएको छ । बैंकले ५ वर्षसम्म स्थीर व्याजदर सहित उक्त योजना प्रस्तुत गरेको हो । बैंकले  यस याेजनाकाे निश्चित व्याजदर ११ प्रतिशत तोकेको छ । जसको कर्जा अवधि अधिकतम २५ वर्ष रहेको कम्पनीले जनाएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै व्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न यो योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थमन्त्री डा. खतिवडाको राजीनामा स्वीकृत, दुई मन्त्रालयको जिम्मा ओलीलाई (विज्ञप्तीसहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयले उनकाे राजीनामा अहिले स्वीकृत गरेकाे हाे । उनले मंगलबार अर्थमन्त्रीपदबाट राजीनामा दिएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका डा. खतिवडाकाे राजीनामा स्वीकृत भएको हो । ‘आज मिति २०७६ साल फागुन २० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,’ विज्ञप्तीमा लेखिएकाे छ । उनले मूख्य सचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । अब अर्का मन्त्री नियुक्त नभएसम्मका लागि  अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री केपि ओलिले नै सम्हाल्ने छन् । राजीनामा दिइसकेपछि उनको राजीनामा स्वीकृत गरी पुनः मन्त्री पदमा नियुक्त गर्ने बुझिएको छ । संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् । धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप चुनाैती

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप समस्या तथा चुनौती पैदा भएको छ । पछिल्लो समय कोरोना भाइरस फैलिएसँगै आगामी दिनमा वैदेशिक रोजगारमा समस्या पैदा भएकाे वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताएका हुन् । नेपाल सरकारले कोरियामा कामदार पठाउन रोक लगाएसँगै पछिल्लो समय कुवेतको भिसा बन्द गरेको छ । त्यस्तै अन्य कोरोना संक्रमण फैलिएका देशको अवस्था हेरेर श्रम स्वीकृति रोक्ने तयारीमा सरकार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष गैरेले भने- ‘कोरोना भाइरसले सबैलाई संवेदनशील बनाएको छ, करिब ४२ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारी रहेको यो अवस्थामा नेपाली कामदारको विषय सरकारको धारणा प्रति सहमत रहेका छौं ।’ नेपाली कामदारलाई रोजगार गन्तव्य मुलुकले बन्द गर्न नभनेसम्म यता नेपाल सरकार हतारिनु पर्ने अवस्था पैदाँ नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेले जानकारी दिए । छिमेकी राष्ट्रबाट नै कोरोना भाइरसको उद्गम स्थल भएकाले आगामी दिनमा वैदेशिक रोजगारी जानलाई गाह्रो पर्ने व्यवसायी संघले जनाएको छ । साउदी अरब र दुबईले सूचना जारी गर्दा सरकारी अधिकारीहरु अति संवेदनशिल बन्दै गएका छन् । फ्लाई दुबई मार्फत बहराई गएका ३० जना नेपालीको फर्किनुको मूख्य कारण कोरोना संक्रमण देशमा जाँदा हो । केहि दिन अघि इरानबाट एक बहराईनी नागरिकले यात्रा गर्ने क्रममा भाइरस सरेको थियो । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १ सय नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।  संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेकाे बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।

ग्लोबल आइएमई बैंकद्धारा कैलालीमा बैंकिङ्ग साक्षरता सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलालीको टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । संस्थाले क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो । उक्त कार्यक्रममा बिरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।

बजारका मास्क संकलन गर्दै स्वास्थ्य मन्त्रालय, पहिलो दिनमै २५ हजार जम्मा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट संकलन गरि मास्कको भण्डारण शुरु गरेको छ । औषधी व्यवस्था विभागसँगकाे समन्वयमा मन्त्रालयले मास्क संकलन गरि भण्डारण शुर गरेको हो । मन्त्रलायले पहिलो दिन २५ हजार मास्क संकलन गरेको प्रवक्ता विकास देवकोटाले बताए ।संसारभरमा कोरोना (कोभिड–१९) को संक्रमण बढेसँगै मास्कको अभाव महसुुस भएपछि मन्त्रालयले मास्क भण्डारण सुरु गरेको उनले बताए । नेपालमा मास्क उत्पादन गर्न ३ वटा कम्पनि रहेको छ । नेपाल आफ्नै भने मास्क उत्पादन गर्न क्षमता एकदमै न्युन छ अझ त्यसमाथि मास्क बन्ने कच्चा पदार्थ पनि बाहिरबाट आउने भएकोले मास्क उत्पादन झनै कम भएको र बजारमा नदेखिएको देवकोटाले बताए । नेपालमा सबैभन्दा धेरै मास्क चीनबाट आउने मास्क व्यापारी रमा भण्डारी बताउँछिन् । उनी भन्छिन्, ‘मास्कको व्यापार नै ठप्प भएको छ । चीनबाट नेपालले सबैभन्दा धेरै मास्क आयत गर्दछ । भारतबाट पनि नेपालले मास्क आयत गर्दछ तर त्यहाँ पनि चीनबाट नै आयत हुने भएकोले सबैतर्फ नै समस्या नै छ । अझ भारतमा त १६ भारुमा बिक्रि भईरहेको छ अहिले । काेरेाना (कोभिड–१९) काे कारण बजारमा मास्कको अभाव प्रत्यक्ष रुपमा देखिएको छ । पाए पनि निकै कमले १० रुपैंयामा र धेरैले ३५ देखि ५० रुपैंयासम्म लिन गरेका छन् । मास्कको कालोबजारी गरेको पाईएमा कारबाही हुने तर के कारबाही गर्न भन्ने अहिलेसम्म तय नभएको देवकोटाले बताए ।