महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछु- उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयहरुमा सरकारसँग वार्ता र सम्वादमार्फत समाधान खोज्ने बताएका हुन् । ‘तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरु सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरुमा केही कन्फ्युजन सृजना भएको छ’, उनले भने । साथै, सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानुनहरु व्यावारिक नहुने बताउँदै उनले सरोकारहरुसँग छलफल गरेर मात्र कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुने जानकारी दिएका छन् । उनले स्थानीय श्रोत साधनको प्रयोग हुने र स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कुनै न कुनै आयोजना बागलुङमा तत्काल सुरुगर्न बागलुङका स्थानीय व्यवसायीहरुसँग छलफल भइरहेको बताए । ढकालले भने-‘व्यवसायीहरुले चुनावको समयमा जिल्लामा पुगेर धेरै आश्वासनहरु दिने गरेको भन्ने सुनिन्छ । म त बागलुङ मै जन्मिएको हो । भाषण भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मलाई लागेको छ । म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यन्वयन गरेरै छोड्छु । हामीले केही समयमै कुनै न कुनै काम यहाँ सुरु गर्नेछौं ।’ उनले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरु आफ्नो हकमा लागु नहुने स्पष्ट पारेका छन् । ‘७७ वटै जिल्लामा हाम्रो व्यवसायिक नेटवर्क छ । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न सजिलो हुनेछ । यहीँ नेटवर्कका माध्यमबाट पनि मैले स्थानीय व्यवसायी, सरकार तथा केन्द्रबीच पुलको रुपमा काम गर्नेछ’,-उनले बताए । यस अघि बागलुङ महोत्सवका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको आगामि ५४औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्री ओलीले यो समयमा मृगौला प्रत्यारोपण गर्नु जोखिमयुक्त !
काठमाडौं । वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले प्रधानमन्त्री कपी शर्मा ओलीले यो समयमा मृगौला प्रत्यारोपण गर्नु निकै जोखिमयुक्त रहेकोे बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सो कूरा बताएका हुन् । ‘नेपालमा कोरोना आइसकेको छ, टिचिङ अस्पतालमा पनि कोरोना छैन भन्ने केछ, त्यसले प्रधानमन्त्रीलाई असर नर्गला भनेर भन्न सकिन्न,’ उनले भने । दिक्षितले अस्पताल नै प्रधानमन्त्रीको लागि खतरा भएको बताए । ईरानको क्याबिनेटको दुई मन्त्रीलाई कोरोनाको संक्रमण भएर मृत्यु भएको प्रसंग जोड्दै दिक्षितले भर्खरै जापान गएका सचिवस्तरीय जम्बो टोलीमा कोरोना नआएको होला भन्ने आधार के छ ? उनले प्रश्न गरे । ‘प्रधानमन्त्रीको शल्यकृया सफल हुन्छ भन्ने कुरामा दुविधा नै छैन तर भोली गएर त्यहाँ कसैमा कोरोना देखियो भने उहाँलाई कति खतरा होला ?’ उनले भने । प्रधानमन्त्री ओलीको भोलि (बुधबार) विहान ९ बजे देखि मृगौला प्रत्यारोपण शुरु हुनेछ । प्रा.डा उत्तम शर्मा, प्रा.डा प्रेम ज्ञवाली लगायतको टोलीले प्रत्यारोपणको नेतृत्व गर्नेछन् । ओलीलाई उनकी भान्जी नाता पर्ने एक महिलालले मिर्गौला दिने भएकी हुन् ।
सिटिजन्स बैंकका ग्राहकलाई पोखराको हेरिटेज होटेलमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले पोखराको हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा बाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया रेमिटबाट सित्तैमा आन्तरिक रेमिट्यान्स पठाउन सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजना फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंक मार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहकहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३१९ शाखा कार्यालयहरू, ४५१ एटीएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बीमामा ९ वर्ष काम गरेका सुभाष भन्छन्ः मिहेनत गर्नेले छाेटाे अवधिमा नै गज्जव गर्न सक्छ
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइराला २०६७ साल पुष १४ गते राष्ट्रिय बीमा संस्थानमार्फत बीमा क्षेत्रमा प्रवेश गरे । संस्थानले एउटै कम्पनी मार्फत जीवन र निर्जीवन बीमा गराउँदै आएको थियो । तर, नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन बीमा व्यवसाय एउटै कम्पनीले गर्न मिल्दैन भन्ने नीतिगत व्यवस्था गरेपछि कोइरालाको यात्रा निर्जीवन बीमा व्यवसायतिर मोडियो । जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी बेग्लै भएपछि संस्थानले जीवन बीमा व्यवसाय संहाल्यो भने निर्जीवन बीमा व्यवसाय गर्नको लागि राष्ट्रिय बीमा कम्पनी स्थापना गरियो । अनि कोइरालाको यात्रा पनि राष्ट्रिय बीमा कम्पनीसँग नै जोडियो । २०७५ साल असार १ गतेदेखि कोइराला कम्पनीको मुख्य व्यवस्थापकको जिम्मेवारीमा छन् । बीमा अवसर होइन, ऐच्छिक बीमा क्षेत्रमा प्रवेश गर्दा उनलाई यो क्षेत्रमा त्यस्तो धेरै केही होला भन्ने लागेको थिएन । फुर्सदमा बसिरहेको समयमा केही गरौं भन्ने प्रयास गर्दा गर्दै बीमा क्षेत्रमा प्रवेश गरेका थिए । तर, अहिले बीमा क्षेत्रको महत्व धेरै बढेकोले ठीक ठाउँमा लागेको उनलाई महसुस भइरहेको छ । ‘बीमामा प्रवेश गर्नुअघि यो क्षेत्रको महत्व बारे खासै जानकार थिइनँ, बीमा क्षेत्र त्यति राम्रो होला जस्तो पनि लागेको थिएन, तर यो क्षेत्रमा प्रवेश गरेपछि बीमाको राष्ट्रिय अन्तराष्ट्रिय महत्व धेरै रहेको पाएँ,’ कोइरालाले भने । कोइराला संस्थानमा छैटौं तह अधिकृतबाट प्रवेश गरेका हुन् । संस्थानमा २ पटक प्रमोसन भयो । प्रमोसन पश्चात उनले आठौ तहको सहव्यवस्थापकदेखि राष्ट्रिय बीमा कम्पनीको मुख्य व्यवस्थापकको जिम्मेवारी वहन गर्ने अवसर पाएका छन् । बीमा क्षेत्रमा लाग्नेले व्यापार व्यवसायदेखि सेवासम्मको अनुभव प्राप्त गर्न सक्ने उनको अनुभव छ । बीमा संस्थानमा आउनुपूर्व कोइराला बैंकिङ क्षेत्रमा थिए । बीमा क्षेत्रमा आवद्ध भएकोमा उनी खुशी छन् । बीमा गर्न सजिलो दाबी भुक्तानी लिन गाह्रो भन्ने नेपाली मान्यता नै छ । तर, कम्पनीले बिमितलाई सन्तुष्ट पार्न सकेको उनको दाबी छ । समग्र बीमा क्षेत्रकै बारेमा पनि गुनासो आउने गर्छ । त्यसमा पनि निर्जीवन बीमाको दाबी भुक्तानीप्रति बिमितको गुनासोको मात्रा अधिक हुन्छ । निर्जीवन बीमा क्षेत्रमा बिमितका कागजात नमिल्दा गुनासा बढ्ने उनको अनुभव छ । तर, राष्ट्रिय बीमा कम्पनीमा त्यस्तो समस्या नभएको उनले बताए । बीमा क्षेत्रमा भएका सामान्य समस्याहरु हल गर्न सकिने कोइरालाको विश्वास छ । तर समस्याहरुको समाधान गर्न सिस्टम चाहिने उनले बताए । ‘पहिले बिमित नै जागरुक हुन आवश्यक छ, कागजहरु मिलाएर ल्याएमा दाबी भुक्तानी सहज हुन्छ, अरु समस्या समाधानको लागि सरोकारवाला सबै एकजुट हुन आवश्यक देख्छु,’ कोइराला भन्छन् । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । त्यसैले योग्य र प्रतिभाशाली व्यक्ति बीमा क्षेत्रमा आउने हो भने उसले केही वर्षमा नै आफ्नो पहिचान बनाउन सक्ने कोइराला बताउँछन् । कम्पनीको चुनौति र सम्भावना राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हुनु आफैमा राम्रो पक्ष हो । सरकारी स्वामित्वको कम्पनी भएकोले सो कम्पनीमा आउने जनशक्ति लोक सेवामार्फत आउँने भएकाले नयाँ कर्मचारी राख्न लामो समय लाग्ने तर, प्रतिभाशाली जनशक्ति आउने कोइरालाको भनाई छ । सरकारी कम्पनी भएकाले प्रक्रिया पूरा गरेर मात्रै काम गर्नुपर्ने र कतिपय अवस्थामा प्रक्रियागत काममा नै धेरै समय लाग्ने हुँदा कुनै सन्दर्भमा काममा केही ढिलाई हुन सक्ने उनले बताए । समय लागेपनि पर्याप्त छलफल, अन्तरक्रिया र गृहकार्य भएर आउने भएकोले नतिजा राम्रो र प्रभावकारी हुने गरेको उनको अनुभव छ । नेपालमा बीमा फोर्स सेलको अवस्थामा छ । बिस्तारै यसलाई सुधार गर्न आवश्यक रहेको छ । राम्रो बानी मुख्य व्यवस्थापक कोइरालाले आफू सजिलै कन्भिन्स हुने स्वभावको भएको बताए । चाढै कन्भिन्स हुने स्वभावका कारण कहिले काँही समस्या हुने गरेको उनको अनुभव छ । तर, उनका समकक्षीहरु भने नयाँ विषयमा पनि उनलाई बुझाउन सहज हुने हुँदा काम गर्न सजिलो हुने गरेको बताउँछन् । नराम्रो बानी उनको नराम्रो बाँनी उनी आफैले पहिचान गरेका छन् । कोइरालाले पहिचान गरेको उनको नराम्रो बानी भनेको अध्ययन नगर्ने हो । यस्तै उनी बाहिरी घटना तथा जानकारी पनि खासै हुँदैन । उनी आफ्नो यो बानी सुधार्न चाहन्छन् । सोसल ड्रङ्कार्ड मदिराजन्य बस्तुप्रति उनको धेरै लगाव छैन । तर, साथीभाइसँको भेटघाट तथा जमघटहरुमा भने अलिकति मात्रै भएपनि लिनै पर्छ । त्यसैले उनी आफूलाई सोसल ड्रङ्कार्ड भन्न रुचाउँछन् । बीमा सन्देश बीमा सुख, दु:खको साथी हो । दु:खको साथी निर्जीवन बीमा तथा सुखको साथी जीवन बीमा हो । भएका कमजोरीलाई सुधार्दै बीमाबाट लाभ लिन सबै तयार हुनुपर्ने उनको भनाइ छ । ‘बीमामा भुक्तानी मुख्य कुरा हो । हामीले सो कुरामा सुधार गर्न सकेमा बीमितहरुको बीमामा विश्वास ह्वात्तै बढ्न लाग्छ । बीमा शुल्क बुझाउँन कुनै समस्या छैन, दाबी भुक्तानीमा सुधार गर्ने हो भने बीमा क्षेत्रका लागि राम्रो हुन्छ,’ उनले भने । (राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक कोइरालासँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको कुराकानीमा आधारित)
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा यस्तो छ परिसंघको प्रतिक्रिया
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत उद्योगीहरुले उठाउँदै आएका विविध विषयहरुको सम्बोधन हुन नसकेकाे नेपाल उद्योग परिसंघले जनाएकाे छ । उक्त समिक्षाकाे प्रतिक्रिया दिँदै परिसंघले अर्थतन्त्रमा देखिएका केहि समसामयिक विषयहरु सुधार गर्ने प्रयास गरेतापनि पछिल्लाे समय उद्योगीहरुले उठाएका विषयहरुको सम्बोधन हुन नसकेकाे बताएकाे हाे । यस समिक्षामा राष्ट्र बैंकले तरलता व्यवस्थापन, ऋण तथा कर्जा प्रवाहमा भएको संकुचनलाई समाधान गर्न प्रयाप्त पहल कद नलिएको परिसंघले जनाएकाे छ । समिक्षामा कोरोना भाईरसको संक्रमणबाट असर पर्न सक्ने क्षेत्रहरुको पहिचान गरि त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकिकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गर्ने प्रावधान स्वागत योग्य छ । विश्वव्यापी समस्याका रुपमा आएको यो घटनाले नेपालको समग्र अर्थतन्त्रलाई प्रभाव पर्ने अवश्यंभावी छ । नेपाल सरकारले राष्ट्रिय महत्वका कार्यक्रमहरु नै स्थगन गरिसकेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्न फराकिलो दायरा सहितको राहत कार्यक्रम आवश्यक पर्ने देखिन्छ । यस समिक्षा मार्फत २ करोड रूपैयाँसम्मको कृषि, पर्यटन, साना तथा मझौला पेशा/व्यवसायका लागि प्रवाह हुने कर्जामा खुकुलो गरिएको प्रावधानले त्यस क्षेत्रमा केहि सहजता ल्याउने देखिन्छ । सुक्ष्म निगरानीको प्रावधानलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जामा पुनरावलोकन गरिने प्रावधान यस मध्यावधि समीक्षाले लिएको छ । तर हाल देखा परेको कोरोना भाईरस, बेला वखतका प्राकृतिक प्रकोप तथा उद्योगहरुको आफ्नो प्रकृति लगायत विविध कारणले नेपालमा सञ्चालित उद्योगहरुलाई नकारात्मक असर पर्ने भएकोले परिसंघले विगत देखिनै उठाउदै आएको निश्चित उद्योगहरुलाई सुक्ष्म निगरानीको प्रावधान लागू हुने अवधि कम्तिमा ५ वर्षको गरिनु आवश्यक छ । यस तर्फ राष्ट्र बैंकले आगामी दिनमा आवश्यक पहल लिनेमा परिसंघ आशावादी रहेको छ । यस्तै नेपाल आत्म निर्भर हुदै गएका कृषि लगायत विभिन्न उद्योगहरुको उत्पादन वृद्धि तथा वस्तु वितरण प्रणालीको सुधारका लागि राष्ट्र बैंकले यस अर्धवार्षिक समिक्षा मार्फत कर्जा विस्तारमा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएकोमा यस क्षेत्रमा नीतिको प्रभावकारी कायान्वयन हुनु पर्ने परिसंघको बुझाई छ ।
आगामी वैशाख २ गतेदेखि आठौं रियल स्टेट एक्स्पो हुँदै
काठमाडौं । आठौं रियल स्टेट एक्स्पो वैशाख २ गते देखि ५ गते हुने भएको छ । नेपाल हाउजिङ र भुमि विकासकर्तासँगले संयक्त रुपमा एक्स्पो आयोजना गर्न लागेको हो । भृकुटीमण्डपमा आयोजना हुन लागेको यस एक्स्पोका यस अघिका संस्करणहरुमा प्रर्दशनकर्ता, विज्ञापनदाता र अवलोकनकर्ताको उल्लेखनिय सहभागिता रहँदै आएको छ । माईस ईन्टरनेसनल सर्भिस र सिन्थेसिस एक्जिबिसन एण्ड ईभेन्टसले संयुक्त्त रुपमा कार्यक्रमलाई व्यवस्थापन गर्न भएका छन् । एक्स्पोको ७५ प्रतिशत स्टलहरु बुक भईसकेको एक्स्पोका संयोजक बिदुर धमलाले बताएका छन् ।
लाखौं ठगी गरेको आरोपमा पूर्व डिआइजी महेशविक्रम शाहलाई भ्रष्टाचारको मुद्दा
काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा मुछिएका छन् । उनी विरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो । शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन् । डिआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखे विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।