लक्ष्मी हुण्डाईले ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ आयोजना गर्दै

<p>काठमाडौं । आगामी मार्च ६/७ देखि ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ हुने भएको छ । हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टीनेन्टलले विगतका वर्ष झै यस वर्ष ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ को आयोजना गर्ने भएको छ । सो टुर्नामेन्ट ग्लेनिगल्स डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउदो (शुक्रबार र शनिबार) ६/७ मार्च, २०२० मा हुने भएको [&hellip;]</p>

काठमाडौं । आगामी मार्च ६/७ देखि ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ हुने भएको छ । हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टीनेन्टलले विगतका वर्ष झै यस वर्ष ‘हुण्डाई खुला गल्फ टुर्नामेन्ट २०२०’ को आयोजना गर्ने भएको छ ।

सो टुर्नामेन्ट ग्लेनिगल्स डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउदो (शुक्रबार र शनिबार) ६/७ मार्च, २०२० मा हुने भएको छ । उक्त ओपन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डी क्यापमा खेलिने छ ।

यस टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा शीर्षक विजेता (नेट), पहिलो रनर(अप, दोस्रो रनर-अप, सर्वश्रेष्ठ सकल, महिला विजेता, वरिष्ठ विजेता (६० वर्ष उमेर माथिको), जुनियर विजेता (१७ वर्ष उमेर मुनीको), हुण्डाई मालिकहरूको कोटी विजेता, सबैभन्दा लामो ड्राइभ, पिनको नजिक, अधिक बर्डी वर्गमा विजेता घोषित गरिने छ ।

यसको साथै बिजेतालाई उपहार स्वरूप एक थान हुण्डाई ग्रान्ड आई १० (म्याग्ना) गाडी प्रदान गर्ने घोषणा गरिएको छ ।यस्ता छन् पुरस्कारमा होल हुण्डाई ग्रान्ड आई १० (म्याग्ना) गरेको छ । त्यस्तै गल्फ खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पिजिए टूरको च्याम्पियन्सको टुर्नामेन्टहरू एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।

Share News