प्रधानमन्त्री ओलीले यो समयमा मृगौला प्रत्यारोपण गर्नु जोखिमयुक्त !

<p>काठमाडौं । वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले प्रधानमन्त्री कपी शर्मा ओलीले यो समयमा मृगौला प्रत्यारोपण गर्नु निकै जोखिमयुक्त रहेकोे बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सो कूरा बताएका हुन् । ‘नेपालमा कोरोना आइसकेको छ, टिचिङ अस्पतालमा पनि कोरोना छैन भन्ने केछ, त्यसले प्रधानमन्त्रीलाई असर नर्गला भनेर भन्न सकिन्न,’ उनले भने । दिक्षितले अस्पताल नै [&hellip;]</p>

काठमाडौं । वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले प्रधानमन्त्री कपी शर्मा ओलीले यो समयमा मृगौला प्रत्यारोपण गर्नु निकै जोखिमयुक्त रहेकोे बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सो कूरा बताएका हुन् ।

‘नेपालमा कोरोना आइसकेको छ, टिचिङ अस्पतालमा पनि कोरोना छैन भन्ने केछ, त्यसले प्रधानमन्त्रीलाई असर नर्गला भनेर भन्न सकिन्न,’ उनले भने । दिक्षितले अस्पताल नै प्रधानमन्त्रीको लागि खतरा भएको बताए ।

ईरानको क्याबिनेटको दुई मन्त्रीलाई कोरोनाको संक्रमण भएर मृत्यु भएको प्रसंग जोड्दै दिक्षितले भर्खरै जापान गएका सचिवस्तरीय जम्बो टोलीमा कोरोना नआएको होला भन्ने आधार के छ ? उनले प्रश्न गरे ।

‘प्रधानमन्त्रीको शल्यकृया सफल हुन्छ भन्ने कुरामा दुविधा नै छैन तर भोली गएर त्यहाँ कसैमा कोरोना देखियो भने उहाँलाई कति खतरा होला ?’ उनले भने ।

प्रधानमन्त्री ओलीको भोलि (बुधबार) विहान ९ बजे देखि मृगौला प्रत्यारोपण शुरु हुनेछ । प्रा.डा उत्तम शर्मा, प्रा.डा प्रेम ज्ञवाली लगायतको टोलीले प्रत्यारोपणको नेतृत्व गर्नेछन् । ओलीलाई उनकी भान्जी नाता पर्ने एक महिलालले मिर्गौला दिने भएकी हुन् ।

Share News