वैदेशिक रोजगारबाट फर्केकाले पाए २० करोड सहुलियत कर्जा, बाँकीलाई कहिले ?
काठमाडौं। वैदेशिक रोजगारबाट फर्केका २ सय जनाले २० करोड सहुलियत कर्जा लिएका छन् । वैदेशिक रोजगार बोर्डमा आवेदन परेकाे मध्ये २ सय जनाले सहुलियत कर्जा पाएका हुन् । प्रत्यकले १० लाखका दरले सहुलियत कर्ता लिएका छन् । सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले बोर्डमा आवेदन दिएका थिए । ती मध्ये २ सय जनाले मात्रै सहुलियत कर्जा पाएका हुन् भने बाँकी १८ हजार ५ सय ६७ जनाले अझै पाएका छैनन् । एनएबी बैंक, राष्ट्रिय बणिज्य बैंक र कृषि विकास बैंकले सहुलियत कर्जा दिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । साथै, बैंकले सहुलियत कर्जा दिए मात्रै सरकारले बैंकमा रकम जम्मा गर्दिने उनले बताए । ‘आवेदन आएका मध्ये राम्रो आवेदकले मात्रै सहुलिएत कर्जा पाएका छन्, आवेदकले विदेशमा सिकेको सीप अनुसार नै आवेदनमा समावेश गरि सहुलियत कर्जा माग गर्नुपर्छ, तर सीप नै नजानेकाहरुले पनि हामी विदेशमा बेल्चा चलाउ छौं, हामीलाई सहुलियत चाइयो भनेर आउने गरेका छन्,’ श्रेष्ठले भने । सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई विदेशमा सिकेका सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन थालेको हो । बोर्डले २०७५ मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन सङ्कलन गरेको थियो । बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७३७ पुरुष र ८९३ महिलालाई सहुलियत कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । सरल कर्जाका लागि सिफारिशमा परेकामध्ये सबैभन्दा बढी मलेसियाबाट फर्केका युवा रहेका थिए । सहुलियत कर्जा माग गर्नेमा मलेसियाबाट फर्केका ६ हजार ४ सय ८ जना, साउदीबाट फर्केका ४ हजार ३ सय ९२ जना, यूएईबाट फर्केका २ हजार ६ सय १७ जना रहेका छन् । त्यस्तै जापानमा रोजगारी गरेर फर्केका ३९ जनाले समेत सरल कर्जा माग गरेका थिए । सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन समेत दिएको थियो । ६७ प्रतिशतले १० लाखभन्दा बढीले कर्जा मागे सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेको ज्ञान र सीपको प्रयोग गरी स्वरोजगार हुन चाहने युवालाई परियोजनामा आधारित रहेर १० लाखसम्म सहुलियत कर्जा दिने बताए पनि ६७ प्रतिशत आवेदकले व्यवसाय सञ्चालन गर्नका लागि १० लाखभन्दा बढी कर्जा माग गरेका थिए । व्यवसायिक योजनाका आधारमा उद्यम वा स्वरोजगार हुनका लागि कूल सूचीकृत सङ्ख्यामध्ये १२ हजार ६ सय ६५ ले दश लाखभन्दा बढी रकम प्रस्ताव गरेका छन् । पाँच हजार ८ सय युवाले १० लाख र बाँकी ३ सय २ जनाले दश लाखभन्दा कम रकमको प्रस्ताव गरेका बोर्डले जनाएको छ ।
वैदेशिक राेजगारकाे विषयमा एनआरएनको आधिकारिक धारणा, नेपालकाे अर्थतन्त्र संकटमा
काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाएको छ । वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.बद्री केसीको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा यस क्षेत्रमा देखिने चुनौतीका विषयमा कुरा गरेका हुन् । विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने विषय छलफल भएको हो । वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याको समाधान गर्न गैरआवासीय नेपाली संघको भूमिका प्रष्ट पारेका हुन्। वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा तथा संघको आधिकारीक धारणामा समेटिने छ । यस कार्यक्रममा उपस्थित हुनु भएका विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आआफ्ना धारणा व्यक्त गरेको थियो । संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरेको छ । साथै उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघले अनुरोध गरेको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिए । यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई सहयोग, ४ सय ७६ विद्यार्थी लाभान्वित हुने
काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
पाटा नेपाल च्याप्टरका सिइओ सुरेशले पाए ‘पाटा फेस अफ द एयर’ अवार्ड
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाललाई पाटा फेस ‘अफ द एअर २०२०’ अवार्डबाट सम्मान दिने भएकाे छ । पाटा अन्तरराष्ट्रियद्वारा प्रदान गरिने सो अवार्ड प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तिव बुडाललाई दिने निर्णय भएकाे हाे । पाटा अन्तरराष्ट्रियका प्रमुख कार्यकारी अधिकृत हार्डीले उक्त अवार्ड विजेताको रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावना अनुरुप दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रर्वद्धनमा प्रशंसनीय काम गरेको बताए । हार्डीले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको शसक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियान अन्तर्गत नेपालमा विविध कार्यक्रमहरु आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । पाटा नेपाल च्याप्टरका सिइओ बुडालले दिगो पर्यटन विकासका लागि कटिवद्ध एक अद्धितीय संस्था भएको बताउदै यस्तो संस्थामा काम गर्नु आफ्नो लागि पनि गौरवको विषय भएको बताए । पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीबाट स्नातकोत्तर गरेका बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन । कार्यकारी अधिृकतको रुपमा पाटामा प्रवेश गरेका बुडालले आफ्नो बहुमुखी सीप तथा दक्षता प्रस्तुत गर्दै पाटाको युवा पुस्तासंगको आबद्धता, मानव संशाधन विकास देशको पर्यटन प्रर्वद्धन सदस्य संस्थाहरुको व्यापार तथा नेटवर्क प्रबद्र्धन गर्ने अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।
राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम काठमाडाैंमा
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दुईदिने बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम फागुन १८र १९ गते जीवन बीमा अभिकर्ताहरुको लागि सञ्चालन भएको हो । विभागका सह व्यवस्थापक चुडाराज अधिकारी र सहायक व्यवस्थापक स्मृति भट्टले सञ्चालन गरेको उक्त तालिम कार्यक्रममा प्रशिक्षकहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी तथा बीमा बजारीकरण कला आदि विषयमा प्रशिक्षण दिएका थिए । ४४ जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त तालिम कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण संस्थानका प्रशासक कविप्रसाद पाठकले गरेका थिए ।
राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ
काठमाडाैं । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य हुनुहुन्छ । शपथ लिनु हुनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल छन् । नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिएका छन् । समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापनसमेत गरे । संविधान र ऐन उपलब्ध सो अवसरमा सङ्घीय संसद् सचिवालयले उनीहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो । राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ । पहिलो पटक गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल प्राप्त गरेका १८ सदस्यको मङ्गलबार बिदाइ गरिएको थियो । स्थायी सदनका रुपमा रहेको सङ्घीय संसद्, राष्ट्रियसभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । शपथग्रहण समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष, राष्ट्रियसभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वाचित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो । रासस
कोरियामा कोरोनाको संक्रमण बढ्दो, नेपाली कामदार भन्छन्ः हामी सुरक्षित छौं
काठमाडौं । यतिखेर विश्वभर कारोना भाइरसको संक्रमण बढदो छ । त्यसमाथि कोरियामा त झन दिनप्रति दिन संक्रमित हुनेको संख्या बढिरहेको छ । कोरियामा कोरोना भाइरसको संक्रमण बढी रहँदा कोरियामा बस्ने नेपालीहरु पनि त्रसित बनेका छन् । करिब ४५ हजार नेपालीहरु कोरियामा कामदारका रुपमा गएका छन् । उनीहरुमा हालसम्म कोरोनाको संक्रमण नदेखिएपनि त्रसितको वातावरण भने सिर्जना भएको छ । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार १ सय २० जनाको मृत्यु भईसकेको छ भने करिब ९३ हजार भन्दा बढि मानिसहरु यसको संक्रमणमा छन् । तिनीहरुमा दक्षिण कोरीयामा मात्रै ५ हजार १ सय ८६ जना कोरोनाको संक्रमणमा छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरियामा मात्रै हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । कोरियाको सुवनमा बस्दै आएका भरत सुवेदीले कोरियामा कोरोनाको संक्रमण बढेपनि नेपाली कामदारमा भने हालसम्म संक्रमण नभेटिएको बताए । उनले कोरोना भाइरस संक्रमण बढेसँगै मानिसको आवत–जावतमा पनि कमि आएको बताए । कोरियाको सबैभन्दा बढी संक्रमित भएको र थेगु शहरमा घरबाट सार्वजनिक ठाउँमा निस्कन पनि निषेध गरिएको छ । उक्त शहरमा लगभग १ हजार भन्दा बढी नेपाली रहेको बताइएको छ । कोरोनाकै कारण कतिपय कम्पनीहरु बन्द भएकोले त्यहाँ काम गर्ने नेपालीहरु नेपाल फर्किन चाहेको थेगुस्थित नेपालीले बताएका छन् । थेगुमा काम गर्दै आएका सरोज पौडेलले काम गर्ने कम्पनीमा नियमित ज्वरो रुवाखोकी जाँच्ने भएकोले आत्तिनुपर्ने अवस्था नरहेका बताए । नेपाल आफै पनि कोरोना संक्रमणको जोखिममा रहेको हुँदा नेपाल फर्किहाल्ने निर्णय गर्न नसकेको पौडेल बताउँछन । वैदेशिक रोजगारीका लागि ४५ हजारभन्दा बढी नेपाली कामदार रहेको कोरियामा हालसम्म नेपाली कामदारमा यो भाइरस नरहेको कोरिया स्थिति नेपाली दुतावासले जानकारी दिएको छ । यस्तै, गजेस्थित सामसङ पानी जहाज कम्पनीमा काम गर्ने चन्द्रप्रकाश तिमल्सिनाले पछिल्लो केही दिनमा नै कोरोना संक्रमितहरुको संख्या अत्याधिक बढेको बताए । उनले हालसम्म सबै नेपालीहरु सुरक्षित रहेका बताए । गजेदो स्थित सामसुङ र देउ पानी जहाज कम्पनी गरि पाँच सय भन्दा बढि कामदार रहेकोमा हालसम्म सबै सुरक्षित रहेको जानकारी दिए । कोरियाली सरकारले कुनैपनि प्रकारको कार्यक्रम कन्सट र खेलहरु आयोजना गर्न रोकेको छ । राजदुतावास,एनआरएन र नेपाल सम्पर्क समिति(एनसीसी) ले कोरियामा रहेका सबै सचेत रहन, आफु पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको छ । कोरिया स्थित नेपाली दुतावासले पनि कोरियामा रहेका नेपालीहरुलाई सगज भएर बस्न हाग्रह गरिसकेको छ । साथै, सबैलाई माक्स लगाउन,नियमित हान्ड् सेनेटिजाइटरले हात सफागर्न, भिडभाड, सार्वजनिक सवारी साधनको सकभर प्रयोग नगर्न, अनि मानिसहरु जम्मा हुन निषेध गरेको छ ।
एकैदिन प्रतितोला २२ सय रूपैयाँले बढ्यो सुन, ८० हजार ५ सयमा कारोबार
काठमाडौं । सुनको मूल्य एक्कासी २ हजार २ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार प्रतितोला ७८ हजार रुपैयाँमा बिक्री भएको तेजावी बुधबार प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी २० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।