एफएनसीसीआई निर्वाचनः केन्द्रको निर्वाचन भएको ३० दिनपछि प्रदेशको हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य प्रदेश महासंघको निर्वाचन केन्द्रको निर्वाचनको ३० दिन पछि हुने भएको छ । केन्द्रिय महासंघको निर्वाचन भएको ३० दिनपछि सातै प्रदेशको निर्वातन गर्ने गरी तयारी भइरहेको महासंघले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रको निर्वाचन भएको ३० दिन पछि प्रदेश महासंघले निर्वाचन गराउउने गरी काम हुने निर्णय भएको बताएको छ । महासंघको विधान अनुसार केन्द्रको निर्वाचन हुनु एक महिना अगावै अर्थात माघ भित्रै प्रदेश महासंघहरुले निर्वाचन गराई सक्नु पर्ने भएपनि यो पटक भने पछाडि सरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले केन्द्रको निर्वाचन भएको ३० दिनपछि प्रदेश महासंघको चुनाव हुने बताए । महासंघले आफ्नो निर्वाचन चैत २८ र २९ गते तोकेको छ । तर, त्यो हुने वा नहुने एकिन हुन अझैँ १० दिन लाग्ने उनको भनाइ छ । ‘सरकारले अहिले गर वा नगर केही पनि भनेको छैन, हामीले सरकारले भने बमोजिम गर्नु पर्छ, कोरोनाको जोखिम हेरेर महासंघको चुनाव सार्ने वा नसार्ने हेरेर थाहा हुन्छ’, उनले भने । साथै, आजको बैठकमा कोरोनाको कारण व्यवासयीहरुमा परेको जोखिमका बारेमा छलफल भएको उनले बताए । कोरोनाको कारणले व्यापारमा ठूलै समस्या आएको छ,यसले उद्योगहरुले बैंकलाई बुझाउनु पर्ने व्याजको समय बढाउन आग्रह गरेका छौं, मानिसले सापटी लिएर पनि तिर्नु पर्ने अवस्था नआओस् भन्नका लागि र काम नरोकिनका लागि बैंकसँग कूरा गर्ने निर्णय भएको छ,’ उनले भने ।
डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्ष
काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका-२ बुडरस्थित छतिवन स्वास्थ्यचौकी, दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारस्थित शैलेश्वरी अस्पताल, आर्दश गाउँपालिका-३ मौवा नगरदहस्थित मौवा स्वास्थ्यचौकी र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित फेला परेपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीयाममा हुनसक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्चन पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कर्मशलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको हो । रासस
नेपाल एसबिआई बैंक र फोन पेबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता
काठमाडाैं । नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएकाे छ । उक्त सम्झौतापत्रमा एसबिआई बैंककाे तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गाे र फाेन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरेका छन् । उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
प्रधानमन्त्री आज डिस्चार्ज हुने (विज्ञप्तीसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बेलुका डिस्चार्ज गरिने भएको हाे । १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएकाे छ ।
अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण
काठमाडौं । अष्ट्रेलियाका गृहमन्त्रीमा कोरोना संक्रमण देखिएको छ । गृहमन्त्री पिटर डट्टनले आफै ट्वीटर मार्फत आफुलाई कोरोना भएको जानकारी दिएका हुन् । ट्वीट मार्फत उनले आफु बिहान उठ्दा शरीर तातिएको र घाँटी खराब भएको पाएपछि तत्काल परिक्षण गराएको र कोरोना पोजेटिभ देखिएको जनाएका छन् । उनी भर्खरै अमेरिका भ्रमणबाट फर्किएका थिए । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ।
कृषि उद्यम केन्द्रबाट गलत तरिकाले पैसा लिने उद्यमीसँग रकम असुल गर्न अख्तियारकाे निर्देशन
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्याेग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्र र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चलाएकाे एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तरगत गलत नियतले अनुदान लिनका लागि खोलेका उद्योगहरू तथा सम्बन्धित उद्यमीसँग रकम असुल गर्न निर्देशन दिएकाे छ । पूर्वाधार तयार पनि नभएको उद्योग सञ्चालनभन्दा पनि गलत नियतले अनुदान लिनका लागि खोलेका उद्योगहरूको सन्दर्भमा त्यस्ता उद्यमीसँग रकम असुली प्रक्रिया अगाडी बढाउन आयाेगले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाइ निर्देशन दिएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र टेकुको साझेदारीमा सार्वजनिक निजी अवधारणामा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रमको कार्यान्वयन अवस्थाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरि सार्वजनिक गरेकाे प्रतिवेदनमा साे कुरा लेखिएकाे छ । कृषि उद्यम केन्द्रमार्फत भएकाे खर्चमा अनियमिता भएकाे भन्दा महासंघका काेषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि अख्तियारले महासंघकाे फाइल माथि अनुसन्धान गरेकाे थियाे । सशर्त अनुदान रकमका सम्बन्धमा खर्च भएका सम्पूर्ण रकमका बिल भरपाईको महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण गराउन आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाइ निर्देशन दिएकाे छ । यस कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका उद्योगहरूमा एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम नेपाल उद्योग वाणिज्य महासंघको बजेटरी याेगदान के कति हुनुपर्ने हो यकिन गरी पुरा गर्न लगाउन निर्देशन दिइएकाे छ । आयाेगले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उद्यम केन्द्रलाई हालसम्म उपलब्ध गराएको निकासा र खर्चका सम्बन्धमा प्रतिवेदन लिई वित्तीय अनुशासन कायम गर्ने निर्देशन दिएकाे छ । यस्ताे कार्यक्रम सञ्चालन गर्दा महासंघसँग साझेदारी नगरी खुल्ला प्रतिस्प्रर्धाबाट गर्न आयाेग निर्देशन छ । ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत उद्योगहरू स्थापना गर्न अनुदान उपलब्ध गराउँदा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रलाई मात्रै दिनुभन्दा खुल्ला प्रतिष्पर्धाका आधारमा अन्य निजी कम्पनीहरू वा बाली वस्तु उत्पादक संघहरूलाई समेत समावेश गर्दा उपयुक्त हुने छ’ आयाेगकाे प्रतिवेदनमा लेखिएकाे छ । उक्त प्रतिवेदनमा सम्पूर्ण पूर्वाधार तयार भै कच्चा पदार्थको अभावमा सञ्चालन हुन नसकेका उद्योगहरूलाई सञ्चालन गर्न स्थानीय, प्रदेश र संघको सहकार्यमा ती बाली वस्तुहरूको उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालययले पहल गर्न, पूर्वाधार तयार भएको तर कच्चा पदार्थ आपूर्तिको सम्भावना न्यून भएको उद्योगहरू जस्तै ओखलढुङ्गाको चिराइतो उद्योग, धादिङ्गको टोम्याटो केचप उद्योग, स्याङ्गजाको अदुवा प्रशोधन उद्योगहरूलाई उस्तै प्रकारको बालीहरूको उत्पादनको आधारमा उद्याेगको प्रडक्ट लाइन परिवर्तन गर्न लगाउन सुझाव दिएकाे छ । पूर्वाधार तयार भएको तर चालुपूँजी अभावले केही मसिनरी औजार खरिद हुन नसकी सञ्चालन नभएका उद्योगहरूलाई कृषि उद्यम केन्द्र मार्फत आवश्यक पूँजीको व्यवस्था गर्न पहल गर्नुपर्ने अख्तियारकाे सुझाव छ । कार्यविधि अनुसार कृषि उद्यम केन्द्र सचिवालयको मुख्य काम भूगोल अनुसार व्यवसायिक योजनाको छनौट, डिजाइन ईस्टिमेट, लागत र प्रविधिमा सहजीकरण र व्यवसायिक योजनाको तयारी, अनुगमन/सुपरीवेक्षण गर्ने र आवश्यकता अनुसार जिल्ला समितिलाई सुझाव दिनुपर्नेमा सो हुन नसकेको कारण उद्योगहरू सम्पन्न र सञ्चालन हुन नसकेकोले यस कार्यमा नेपाल उद्योग वाणिज्य महासंघले उपयुक्त कार्य योजना बनाई लागू गर्न आयाेगकाे सुझाव छ । आगामी दिनहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस्ता कार्यक्रम आफैले सञ्चालन नगरी मातहतका निकायहरू र संघीय संरचना अनुसार बाली वस्तुको उत्पादन अवस्था¸ अन्य पूर्वाधार विकास र बजारको अवस्था हेरी प्रदेश र स्थानीयस्तरमा उद्योगहरू स्थापना गर्न सहजीकरण गर्न भनिएकाे छ । आगामी दिनहरूमा यस्ता किसिमका योजना तथा कार्यक्रमहरू छनौट गर्दा स्थानीय आवश्यकता, उत्पादनसँगको तादात्म्यता¸ बजार¸ सामाजिक र आर्थिक पक्ष¸ कार्यक्रमको दिगोपना र व्यवस्थापन समेतको वस्तुपरक मूल्याङ्कन गर्ने प्रक्रिया प्रारम्भ गर्न आयाेगले सुझाव दिएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस कार्यक्रम अन्तर्गत संचालित सम्पूर्ण उद्योगहरूको हालको अवस्थाका सम्बन्धमा सरोकारवाला पक्ष समेतको सहभागितामा समग्रमा पुनर्विचार गर्न पनि आयाेगले सुझाव दिएकाे छ । सार्वजनिक निजी साझेदारीमा सञ्चालन हुने यस्ता कार्यक्रमहरूको योजना तर्जूमा¸ सोको स्वीकृति¸ कार्यक्रम तथा क्रियाकलापको नियमित अनुगमन तथा मूल्याङ्कनको मापदण्ड स्पष्ट र पारदर्शी बनाउने अख्तियारकाे निर्देशन छ ।
नेपाल वायुसेवा निगमका भारत र थाइल्याण्डका उडान कटाैती
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा रद्द गर्ने भएकाे छ । कोरोना भाइरसका कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ । शुक्रबार प्रेस विज्ञप्तिमार्फत निगमले दैनिक दुईवटा उडान गर्दै आएको काठमाण्डौ – दिल्ली– काठमाण्डौ उडान मार्च १५ देखि लागू हुनेगरी एउटा मात्र गर्ने जनाएको छ । यस अनुसार अब बिहानको उडान नियमित राखी साँझको उडान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ । यसैगरी, बेंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको छ । बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । यस्तै, निगमले काठमाण्डौ दोहा उडान फागुन २७ गते देखि नै अर्को सूचना नभए सम्मका लागि स्थगित गरिसकेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशमा तालिम दिँदै, सहभागीलाई पेड इन्टर्नसीप दिइने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशको लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को दोश्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा आगामी चैत १४ देखि चैत १६ गतेसम्म पोखरामा संचालन गर्दैछ । जसको लागि फागुन ३० गतेबाट चैत १० गतेसम्म निःशुल्क आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । गण्डकी प्रदेश अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृद्धि विकाशमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास गरेका छन् । आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा सम्पन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका बैंकले जानकारी गराएको छ ।