दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्दै
दाङ । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर खत्रीले भने, “त्यसका लागि तुलसीपर उपमहानगरपालिका–९ बेलुवामा प्रक्रिया अघि बढिसकेको छ ।” दाङका बिरामीलाई बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सेवा दिने तयारी थालिएको उनको भनाइ छ । “अहिले दाङमा सुविधासम्पन्न अस्पताल नहुँदा उपचारका लागि बाहिरी जिल्ला सिफारिश भएर जानुपर्ने अवस्था छ”, उनले भने, “यसको अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।” अहिले बालरोग विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ल्याब, आइसीयू, एक्सरे सेवा थप गरेको समेत बताए । डा खत्रीका अनुसार अब अस्पतालले सुत्केरी सेवा, जनरल मेडिसिन, गर्भ जाँच, पाठेघर तथा महिलामा सेतोपानी बग्ने, बेहोस बनाएर उपचार गर्नेलगायतका सेवाहरु शुरु भएका छन् । रासस
चालक रिहाइकाे माग गर्दै नुवाकोटमा यातायात अवरुद्ध
काठमाडौं । तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् । काठमाडौंस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसूरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् । पक्राउ पर्नेमा बा४ख ८४३५ नंका ईश्वर बोगटी, बा३ख ९०६६ का रामशरण श्रेष्ठ र बा५ख ८२१० का समिर लामा रहेका छन् । उनीहरुमाथि ‘झुठा मुद्दा’ लगाएको भन्दै यसको विरोधमा यातायात सेवा प्रभावित बनाएको व्यावसायीले बताएका छन् । सेवा अवरुद्ध गरिएपछि काठमाडौँबाट आउने सवारी साधान प्रभावित भएका छन् भने यहाँबाट भने काठमाडौं जान लागेका गाडी यात्रु लिएर त्यसतर्फ गएका छन् । अकस्मात गरिएको यातायात सेवा अवरुद्धले यात्रु समस्यामा परेका छन् । काठमाडौं–केरुङ यातायात प्रालिका नुवाकोट–रसुवा इञ्चार्ज रामराजा बोगटीले चालकलाई तत्कालै रिहा गर्न माग गरिरहेको छन् । माछापोखरीमा आफ्ना गाडी सडकमै राखेर चालक रिहाइका लागि विरोध प्रदर्शन र दबाब दिइरहेको बेलकोटगढी नगरपालिका–४ का यातायात व्यावसायी सागर चालिसेले जानकारी दिए। रासस
लगातारको हिउँदे वर्षाले किसान हर्षित
काठमाडौं । यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो । यसपालि हिउँदका पुस, माघ र फागुनमा पानी परेकाले बालीनाली राम्रो हुने किसानको विश्वास छ । हल्का हिउँदे वर्षाले जग्गाको चिस्यान लामो समयसम्म रहने किसान बताउँछन् । साथै उखु, फलफूल र तरकारी बाली हुर्काउन, बढ्न र गाँजिन मद्दत गर्ने किसानको भनाइ छ । यसपालि पुस र माघमा परेको पानीले गहुँ बाली राम्रो फलेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताए। हिउँदे वर्षाले आँप, लिचीसहितका फलमा मज्जर (मञ्जरी, फूल) स्वस्थ्य राख्न, चिचिला राम्रो र भरिलो लाग्न मद्दत गर्ने किसानले बताएका छन् । समय/समयमा भइरहेको वर्षाले आँपमा लागेको मधुवा नियन्त्रणमा पनि मद्दत गरेको गौशाला नगरपालिका–१ का श्याम शाशङ्कर बताउँछ । शुक्रबारको वर्षाले फागुन मसान्तताका ह्वात्तै बढेको गर्मी घटाएको छ । यद्यपि सडक र ढलका काम राम्ररी नहुँदा जिल्लाका मुख्य सडकसँगै ग्रामीण सडक भने हिलाम्य भएका छन् । रासस
आज विश्व सुत्ने दिवस, यस्ता छन् सुत्नुको फाईदा
काठमाडौं । आज विश्व सुत्ने दिवस निन्द्राको महत्वको बारेमा कुरा गर्नलाई विश्वभर हरेक वर्ष विश्व सुत्ने दिवस मनाईन्छ । यो दिनको आयोजना वर्ल्ड सिल्प डे सोसाईटीको कमिटीले गर्न गरेको छ । यो वार्षिक कार्यक्रम स्प्रिङ्ग भर्नल ईक्युनोक्स आउनु भन्दा अगाडिको शुक्रबार मनाईन्छ । हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण गतिविधि मध्ये पनि निन्द्रा पनि एक हो । एक सामान्य मानिस दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्दछ तर हामी धेरै जसो व्यस्त तालिकाको कारण एकदमै कम समय सुतिरहेका हुन्छौं । आसिन जीवनशैलीसँगै जोडिएको हाम्रो कामको प्रेसरले हामीलाई लामो समयसम्म जगाउने गर्दछ । तर निन्द्रा निकै नै महत्वपुर्ण छ । के तपाइलाई थाहा छ कि सामान्यत एक मानिसले औसतमा एक तिहाई समय सुतेर बिताउँछ ? यद्यपी यो उमेर अनुसार फरक पर्न सक्दछ । यदि तपाईलाई बिहान आफ्नो ओच्छ्यानबाट उठ्न गाह्रो हुन्छ भने यसलाई डाईसानिया भनिन्छ । यो बढी थकानको कारण हुने गर्दछ । निन्द्रा हाम्रो शारिरक स्वास्थ्य र भावनात्मक सुस्वास्थयको लागि निकै नै महत्वपुर्ण छ । १. पर्याप्त निन्द्राले तनाव कम गर्दछ यदि तपाइको शरीरले पर्याप्त निन्द्रा प्राप्त गरेन भने यसले तनाव वृद्धि गराउँदछ जुन आजका धेरै मानिसहरुमा जिवनशैलीमा परेका प्रभाव हो । हरेकादिन गहिरो र पर्याप्त निन्द«ाले मात्र यसबाट बच्न मद्धत गर्दछ । २. पर्याप्त निन्द्राले तपाईको स्मरण शक्ति बढाउँदछ के तपाइले कहिले याद गर्नुभएको छ जब तपाई धेरै थकित हुनुहुन्छ तपाईलाई केही पनि कुरा सम्झनको लागि गाह्रो पर्दछ । साधरणतय यो तपाईको दिमागले तपाइलाई निन्द्रा पुगेन भनेर भनेको हो । जब तपाई पर्याप्त र राम्रोसँग सुत्नुहुन्छ, तपाइको शरीर आराम अवस्थामा भएपनि तपाईको दिमाग कुराहरुलाई भण्डारण र संगठित गर्दछ । त्यसैले पर्याप्त र राम्रो निन्द्राले तपाइलाई कुराहरु प्रकृयावद्ध रुपमा समझन मद्धत गर्दछ । ३. शरीरको तौल सन्तुलन राख्दछ निन्द्राले तपाईलाई तौललाई प्रत्यक्ष रुपमा घटाउँदैन तर यसले तपाईको शरीरको हर्मानलाई नियमन गर्दै तपाईको भोकलाई कम गर्न मद्धत गनुको साथै धेरै क्यालोरी युक्त खाना प्रतिको तपाईको मोह कम गर्दछ । ४. पर्याप्त छालामा चमक ल्याउँछ तपाई मान्नस् वा नमान्नुस् तर पर्याप्त निन्द्राले तपाईको छालामा चमक ल्याउन मद्धत गर्दछ । जब तपाई सुत्न जानुहुन्छ तब तपाईको छाला मर्मत भई भोलीको दिनको लागि तयार हुन्छ ।
कम्पनी रजिष्ट्रार कार्यालयले २ महिनापछि पायो नेतृत्व
काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयले करिब २ महिपछि प्रमुख पाएको छ । १५ दिन अघिदेखि निमित्त रजिष्ट्रार पनि थिएनन् । आइतबारदेखि कम्पनी रजिष्ट्रारको प्रमुखको कार्यभार समालने गरी प्रदिपराज अधिकारी आउने भएका छन् । उनले शुक्रबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र बुझिसकेका छन् । निमित्त रजिष्टार अजुनप्रसाद खनाल पनि विद्युत नियमन आयोगमा सरुवा भएर गएका थिए । उनी सरुवा भए पछि १५ दिन कम्पनी रजिष्ट्रार कार्यालय प्रमुखबिना नै सञ्चालन भयो । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब २ महिनादेखि प्रमुख विहीन थियो । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा सरुवा भएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रारको काम गरिरहेका थिए । नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए । कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् । ‘५ जना सहायक रजिष्ट्रारको सरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन’, दाहालले भने । किन आउन मान्दैनन् कर्मचारी ? भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्ने गरेका छन । अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिने भन्दै ५ हजार रुपैयाँ घूस लिने क्रममा लेखापरीक्षक रामचन्द्र श्रेष्ठ र नायब सुब्बा डोरप्रसाद पन्थीलाई पक्राउ गर्यो । अख्तियारले सहायक रजिष्ट्रार सीताराम खड्का र अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई पनि आर्थिक चलखेल गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।
गाँजाले देश समृद्ध गर्छ भन्ने कुरा कहाँबाट आयो ? यसले नेपाललाई समस्यामा पार्छः पूर्व डीआईजी मल्ल
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा लागू औषध विज्ञ हेमन्त मल्लले नेपालमा गाँजाखेती खुल्ला गर्नु नहुने बताएका छन् । गाँजाखेती बैधानिक दायरामा ल्याएर नेपालको आर्थिक विकास गर्ने भन्दै प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गैरसरकारी विधेयक नै दर्ता भइसकेको सन्दर्भमा मल्लले यस्तो बताएका हुन् । नेपालले अन्तराष्ट्रिय, क्षेत्रीय तथा अन्य सन्धी सम्झौतामा हस्ताक्षर गरेको र त्यस्ता सन्धी सम्झौताले औषधी प्रयोजनको लागिबाहेक गाँजाखेती प्रतिबन्द गरेकोले यसको बैधानिक खेती गर्नुपर्छ भन्ने तर्क नै संकास्पद भएको उनले बताए । ‘अहिले कार्यान्वयनमा रहेको लागू औषध नियन्त्रण ऐनले औषधी प्रयोजनको लागि गाँजाखेती प्रतिबन्ध गरेको छैन, गाँजाको उत्पादन तथा ओसार पसार रोक्ने भन्दै नेपालले विभिन्न प्रकारका अन्तराष्ट्रिय सन्धी सम्झौतमा हस्ताक्षर गरेको छ, अहिले संसदमा दर्ता भएको विधेयकले सबै नेपालीलाई ६ बोट गाँजा लगाउन दिने भनेको छ, यस्तो परिवेशमा विधेयकमा जे जस्ता प्रावधान राखेर यसको पक्षमा कुरा गरिदैछ, त्यो नै संकास्पद छ,’ पूर्व डीआईजी मल्लले विकासन्युजसँग भने । संयुक्त राष्ट्र संघको सन् १९६१ को कन्भेन्सनले औषधी प्रयोजनको लागि गाँजा तथा अफिमखेती गर्न छुट दिएपनि त्यसका प्रावधान पूरा गर्नुपर्ने व्यवस्था गरिएको मल्लले बताए । सो कन्भेन्सनले खुल्ला गर्दैमा कुनै पनि पक्ष राष्ट्रले ऐन बनाएर खेती गर्न नपाउने उनको भनाइ छ । ‘राष्ट्र संघका जे जति नियम र व्यवस्थाहरु छन्, त्यसको नियन्त्रण र नियमन गर्ने भनेको अन्तराष्ट्रिय लागू औषध नियन्त्रण बोर्डले हो, कुनै पनि देशले औषधी प्रयोजनको लागि गाँजा वा अफिमखेती गर्ने हो भने पनि त्यसले उत्पादन गरेको गाँजा वा अफिम खपत हुने कहाँ हो, त्यसको ओसार पसार तथा सेवन र दुरुपयोग नियन्त्रण गर्न सक्ने पूर्वाधार तयार भएको छ कि छैनलगायतका धेरै मापदण्डहरु छन्, ती मापदण्डहरु हेरेपछि मात्रै गाँजाखेती खुल्ला गर्ने कि नगर्ने भनेर बहस गर्न सकिन्छ,’ मल्लले भने । तर, नेपालमा अहिले निकै हलुका ढंगले यसको बहस भएको तर्क गरे । ‘गाँजाखेती खुल्ला गर्ने हल्लाले गाउँका मान्छे पनि खुसी छन्, धान वा गहुँखेती गरे जस्तै गरी गाँजाखेती गर्न पाइने, धान वा गहुँबाली भित्र्याए झै गाँजा भित्र्याउने र त्यसैगरी बेच्ने भन्ने अर्थमा उनीहरुले बुझेका छन्, हामीले त्यसै गर्न खोजेको होइन होला, त्यसो गर्न सकिदैन होला,’ उनले थपे । लागू औषध नियन्त्रण ऐन आउनुभन्दा अघि नेपालमा भएको गाँजा निर्यात नहुने गरेको पनि उनले बताए । सो समयमा नेपालमा बैधानिक रुपमा गाँजा वा अफिमखेती गरिए पनि अबैध रुपमा निर्यात हुने गरेको उनको भनाइ छ । अमेरिका, क्यानडा, उरुग्वे जस्ता देशले नसा लाग्ने खालको गाँजाखेती गरिरहेका छन् । तर, यी देशले गरेको गाँजाखेतीप्रति अन्तराष्ट्रिय लागु औषध नियन्त्रण बोर्डले विरोध गरिरहेको छ । यी देशपनि राष्ट्र संघको लागू औषध नियन्त्रण गर्ने सम्बन्धी व्यवस्थाको पक्ष राष्ट्र हुन् । युरोपका देशहरुमा गरिएको गाँजाखेती औद्योगिक प्रयोजनको लागि हो । यस्ता देशहरुले नसा लाग्ने तत्व नभएका गाँजाको खेती गरेका उनले बताए । नसा नलाग्ने गाँजाको खेती पनि नियन्त्रित रुपमा भइरहेको छ । गाँजा सेवनले व्यक्तिलाई असर नपर्ने कुराको पनि मल्लले खण्डन गरे । गाँजाको सेवनबाट कसैलाई झुम्म पार्ने, कसैलाई भ्रम उत्पन्न गराउने, कोही असाध्यै रिसाउने जस्ता व्यक्तिपिच्छे फरक फरक असर देखिने उनको भनाइ छ । गाँजा जस्ता लागू औषधको उत्पादन र कारोबारले संगठित अपराधलाई प्रश्रय दिने पनि मल्लको भनाइ छ । यसको उत्पादन एक ठाउँमा हुने, संकलन अर्काे ठाउँमा हुने र प्रयोग बेग्लै ठाउँमा हुने भएकोले संगठित अपराध बढ्ने मल्लको तर्क छ । नेपालमा गाँजाखेती बैधानिक हुने हो भने नेपालमा राम्रा पर्यटक नआउने गाँजा सेवन गर्नेहरु मात्रै आउने पनि सम्भावना रहेको उनको भनाइ छ । धेरै कुरामा हामी अमेरिकाको उदाहरण दिने गर्छाैं । अमेरिका निकै टाढा छ । हाम्रो छिमेकमा भारत छ, उसले अफिमलाई कडाइका साथ नियमन गरिरहेको छ । चीनले पनि अफिम खेती गर्छ, उसले पनि अफिमको कडा नियमन गर्छ । त्यसैले टाढाको अमेरिका मात्रै होइन, छिमेक पनि हेर्ने कि भन्ने मेरो कुरा हो । यस्तै, गाँजको कारण नेपाल लागू औषधको हब बन्न सक्ने र त्यसले संगठित अपराधको साथसाथै अबैध आर्थिक कारोबारले प्रश्रय पाएर नेपाल विश्व समुदायबाट एक्लिन सक्ने खतरा पनि उनले औल्याए । गाँजाखेतीबाट धेरै आम्दानी हुन्छ र नेपाल धनी बन्छ भन्ने तर्क पनि गलत भएको उनले बताए । भारतमा अहिले पनि ३० हजार हेक्टरभन्दा बढी जमिनमा अफिम खेती हुने गरेको र त्यसमा ६० हजार जति किसान संलग्न रहेको भन्दै उनले त्यति धेरै जमिनमा अफिमखेती गर्दा पनि भारतको कायापलट नभएको मल्लको भनाइ छ । अमेरिकाका केही राज्यका केही स्थानमा गाँजा खुल्ला भयो र अमेरिकाभर गाँजा खुल्ला गर्नुपर्ने राजनीतिक मुद्दा उठ्यो भन्दैमा नेपालमा खुल्ला गर्न नसकिने मल्लले बताए । नेपालका छिमेकी देशहरु भारत र चीनले यस्ता बस्तुको उत्पादन तथा प्रयोगलाई कडाइका साथ नियमन गरिरहेकोले नेपालमा खुल्ला खेती गर्न सम्भव नभएको उनको भनाइ छ । ‘धेरै कुरामा हामी अमेरिकाको उदाहरण दिने गर्छाैं, हामीले बुझ्नुपर्ने कुरा के हो भने अमेरिका निकै टाढा छ, हाम्रो छिमेकमा भारत छ, उसले अफिमलाई कडाइका साथ नियमन गरिरहेको छ, चीनले पनि अफिम खेती गर्छ, उसले पनि अफिमको कडा नियमन गर्छ, त्यसैले टाढाको अमेरिका मात्रै होइन, छिमेक पनि हेर्ने कि भन्ने मेरो कुरा हो,’ मल्लले भने । मल्लसँगको विस्तृत कुराकानी यो लिंकमा क्लिक गरेर पनि सुन्न र हेर्न सकिन्छ । सम्बन्धित सामग्री एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय
व्यवसायीले बैंकलाई तिर्नु पर्ने व्याज तीन महिना थप गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायी उद्योगीहरुले बैंकलाई तिर्नु पर्ने व्याज तीन महिना थप गर्न आग्रह गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण व्यापार व्यवसायमा ठूलो क्षति भएको बताउँदै महासंघले उद्योगी व्यवसायीले बैंकबाट लिएको ऋणको सावा व्याज तीन महिना थप गर्न सरकारलाई आग्रह गरेकाे हाे । महासंघको शुक्रबार बसको कार्यसमितिको बैठकले कोरोनाको कारण नेपाली उद्योग व्यवसाय चौपट भएको बताउँदै सरकारले यसमा सहजता गरिदिन अनुराेध गरेकाे हाे। आजको निर्णयमा महासंघले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने देखिएको र त्यसको असर नेपालमा समेत पर्न गएको र उद्योग व्यवसाय क्षेत्रमा असर देखिन थालेकाले उद्योगी व्यवसायीले बैंकहरूबाट लिएको ऋणको सांवा व्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधी तीन महिना थप गर्न नेपाल सरकारलाई अनुरोध गर्ने उल्लेख गरेको छ । यस्तै, राष्ट्रको माथिल्लो सूचिमा रहेकाले यसबाट आउन सक्ने समस्यासंग जुध्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा महासंघले सरकारलाई सहयोग गर्ने र त्यसका लागि आफ्ना सबै संरचनालाई प्रभावकारी ढंगबाट परिचालन गर्दै स्थितिको समीक्षा गर्न आवश्यकतानुसार महासंघका पदाधिकारी समितिको बैठक बस्न जनाएको छ । महासंघले कोरोना भाइरसका कारण सवैभन्दा बढी प्रभावित रहेको पर्यटन उद्योगलाई वाह्रय देशहरूले सहुलियत प्याकेजको घोषणा गरिसकेको सन्दर्भमा नेपाल सरकारबाट पनि नेपाली पर्यटन उद्योगलाई थप क्षति हुनबाट बचाउन सहयोगका आकर्षक प्याकेज ल्याउन आग्रह गरेका छन् । महासंघले विज्ञप्ती जारी गर्दै महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने उल्लेख गरेको छ । [pdf id=200895]
सिद्धार्थ बैंकको नँया शाखा खैरेनीमा, संख्या १८५ नाघ्यो
काठमाडौं । सिद्धार्थ बैंकले रुपन्देहीको खैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यससँगै सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८५ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।