काठमाडौं । अष्ट्रेलियाका गृहमन्त्रीमा कोरोना संक्रमण देखिएको छ । गृहमन्त्री पिटर डट्टनले आफै ट्वीटर मार्फत आफुलाई कोरोना भएको जानकारी दिएका हुन् ।
ट्वीट मार्फत उनले आफु बिहान उठ्दा शरीर तातिएको र घाँटी खराब भएको पाएपछि तत्काल परिक्षण गराएको र कोरोना पोजेटिभ देखिएको जनाएका छन् ।
उनी भर्खरै अमेरिका भ्रमणबाट फर्किएका थिए । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ।