विकासन्युज

सिटिजन्स बैंकद्वारा सडक आश्रित मानवमुक्त अभियान, नेपाललाई सहयोग प्रदान

काठमाडौं । सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पिडा दायक हुन्छ । गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी “सम्मान” नेपालले सडक आश्रित मानवमुक्त अभियान नेपाल सञ्चालन गरेको छ । सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको हाे । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामानवा सुविधा खरीदगर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

सार्क भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले भनिन्: बल्ल सहकार्यको ढोका खुल्यो

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले सार्क देशहरुबीच साझा धारणा आवश्यक रहेको बताइन् । उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् । ‘हामीले नयाँ अस्पतालहरु छुट्याएका छौं,  हरेक जिल्लामा बेड छुट्याएका छौं,  आवश्यक परे अस्थायी अस्पताल बनाउन तयारी गरेका छौं,’ उनले भनिन् ।

भारतीय प्रधानमन्त्री मोदीले भनेः तयार हौं तर त्रसित नहौं

काठमाडौ। भाररतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेनाकाे विषयलाई लिएर त्रसित हुनु नपर्ने बताएका छन् । उनले  यसकाे उपचारमा तयार हुनु पर्ने तर त्रसित नहुनु पर्ने बताए । अहिले भइरहेकाे सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले साे कूरा बताएका हुन् ।  मोदीले कोराेना भाइरस (काेभिड १९) को महामारीसँग जुध्न सार्क देशका सबै देश मिलेर अघि बढ्नुपर्ने बताएका छन्। ‘हामीले मिलेर तयारी गर्नुपर्छ, मिलेर काम गर्नुपर्छ र मिलेर विजय पाउनुपर्छू,तयार हुनु तर त्रसित नहुनु ’ उनले भने । उनले सामुहिक प्रयत्नका लागि अनुभव साटासाट गर्न आवश्यक भएकैले भिडिओ कन्फ्रेन्स आह्वान गरेको बताए।

सिभिल र विवेक अटोमोवाईल्सबीच व्यवसायीक सम्झौता, तीन पाङ्ग्रे सवारी ६.९८ प्रतिशत व्याजमा

काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षेकर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वाराजारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर६.९८ प्रतिशत मा सो कर्जा सुबिधा प्रदान गरिने छ । बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको १ सय १२ वटै शाखाहरु मार्फत सो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

किङ्स लाउन्ज पोखरामा कोरोना नियन्त्रणका लागि उच्च शतर्कता, थर्मल स्क्यानरबाट परीक्षण

काठमाडाैं । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुमा कोरोना संक्रमण नहोस भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वशन्त गौचन थकालीले जानकारी दिए । उनले लाउन्जमा आउने ग्राहकको थर्मल स्क्यानीङ गरेर किटाणु नासक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराईने बताए । लाउन्जमा यहि चैत्र ८ गते शनिबार साँझ ब्रिजेश, विजेन र वियोन ब्यान्डको लाइभ कन्सर्टको कार्यक्रम समेत राखेको छ । आगामी चैत्र ३० गते द एक्स ब्याण्डको लाइफ कन्र्सट आयोजना गर्ने लाउन्जले जनाएको छ । शिवरात्रीको अवसरमा लाउन्जमा नेपालका सांगितिक क्षेत्रका हस्तीहरु ईश्वर गुरुङ्ग (नमस्ते ब्याड), संगितकार तथा गितकार दीप श्रेष्ठ, सुबर्ण लिम्बू, गायक गंगा बरदान, यम बराल, अमर गुरुङ्ग, १९७४ एडीका निराकर, एडिन प्रधान, मनोज के.सी.का साथै अमेरिकन पिस पिट ब्यान्ड (जापान) को वृहत जमघट समेत आयोजना गरेको थियो । पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको किङ्स लाउञ्ज पोखराले सुपथ मूल्यमा ग्राहकहरुलाई स्वादिष्ट परिकारहरु प्रदान गर्दै आएको छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेलाई निशुल्क केक उपलब्ध गराउँदै आएको लाउन्जले हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई निशुल्क ककटेल उपलब्ध गराउने गरेको छ । लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएको संचालकको भनाई छ ।

सार्क राष्ट्रबीच भिडियो कन्फ्रेन्स सुरुः माेदीकाे पहिलाे सम्बाेधन ओलीलाई

काठमाडौं । विश्‍वव्यापी  फैलिरहेको  कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच अहिले संयुक्त भिडियो संवाद भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भइरहेको भिडियो संवादमा सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुख सहभागी छन्। भिडियो संवादको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री मोदीले भर्खरै मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएका नेपालका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गरे । ‘भर्खरै अप्रेशन गरेर आउनु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजी यो भिडियो संवादमा सहभागी हुन आउनु भएकोमा धेरै धेरै धन्यवाद, हामी सबैकोतर्फबाट उहाँको स्वास्थ्य चाँडो भन्दा चाँडो पूर्ण ठीक होस् भन्‍ने कामना गर्दछु,’ सम्बोधनको सुरुमै मोदीले भने । उनले त्यसपछि अफगानिस्तानका नवनियुक्त राष्ट्रपति असरफ घानीलाई स्वागत गरे। मोदीले सम्बोधनका क्रममा सार्क राष्ट्रहरुबीच उस्तै उस्तै चुनौती रहेको बताए। जनता-जनताबीचको सम्बन्ध रहेका सार्क राष्ट्रले साझा समस्यासँग सामूहिक रुपमा जुध्नुपर्नेमा जोड दिए। यो कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी भएका छन् । पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा। जाफर मिर्जाले सहभागिता जनाएका छन् ।

निजी क्षेत्रसँग अर्थमन्त्रीको आग्रहः अहिले सरकारलाई सहयोग गर्नुस्, पछि सरकारले तपाईंहरुलाई सहयोग गर्छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने असरको न्यूनिकरणका लागि निजी क्षेत्रसँग सहकार्य र सहयोग आदान प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री खतिवडाले कोरोना भाइस संक्रमणको कारण पर्नसक्ने आर्थिक समस्यासँग जुध्न सरकार र निजी क्षेत्र एक भएर अगाडि बढ्नु पर्ने बताएका हुन् । खासगरी महामारीको समयमा उत्पन्न हुन सक्ने आपूर्ति समस्या र दैनिक उपभोग्य बस्तुका सहज विक्री वितरणको व्यवस्था मिलाउन मन्त्री खतिवडाले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका पदाधिकारीसँग आग्रह गरे । संकटको समयमा निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नु पर्ने भन्दै मन्त्री खतिवडाले दैनिक उपभोग्य बस्तुको उपलब्धतामा पहिला जस्तै सुचारु हुने व्यवस्थाको लागि पहल गरिदिन निजी क्षेत्रका प्रतिनिधिसँग आग्रह गरेका अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । ‘निजी क्षेत्रका प्रतिनिधिसँग सम्भावित संकट र सो संकटबाट उत्पन्न हुन सक्ने जोखिमका विषयमा छलफल भयो, निजी क्षेत्रले आफ्नो धारणा राख्यो, सरकारको तर्फबाट आपूर्ति प्रणालीमा समस्या नआउने गरी कसरी अघि बढ्न सकिएला भन्ने सन्दर्भमा छलफल भएको हो,’ प्रवक्ता खत्रीले विकासन्युजसँग भने । सो छलफलमा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एसोसिएसनलगायतका प्रतिनिधिको सहभागिता थियो । सो छलफलमा मन्त्री खतिवडाले निजी क्षेत्रले सामना गरेको समस्या समाधान गर्नको लागि सरकारले आवश्यक सबै प्रकारका सहयोग गर्ने आश्वासन दिएका थिए । मन्त्री खतिवडाले भूकम्प र नाकाबन्दीको भन्दा पनि ठूलो असर अहिले देखिएको भन्दै सामना गर्न सबै पक्ष तयार तथा एकजुट हुनुपर्ने धारणा राखेका थिए । छलफलमा सहभागी नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समस्या समाधानको लागि सरकार तथा निजी क्षेत्र कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको जानकारी दिए । सरकारले निजी क्षेत्र, व्यापारी र बैंकर्सलाई कोरोनाको संकटमा सहयोग गर्न तयार रहन आग्रह गरेको बताए । ‘कोरोना संक्रमको कारण विश्व अर्थव्यवस्था तथा नेपाली अर्थव्यवस्थामा गम्भीर असर पर्ने प्रष्ट संकेत देखिएको छ, यस्तो बेलामा निजी क्षेत्रको समस्या समाधान गर्नको लागि सहयोग गर्न सरकार तयार छ, निजी क्षेत्रले पनि सरकारलाई सहसयोग गर्नुपर्यो भन्ने कुरा सरकारी पक्षबाट आयो, हामीले पनि निजी क्षेत्रले भोगेका समस्या समाधानको लागि सरकारले पहल गरिदिनु्पर्यो भन्ने कुरा राख्यौं,’ वरिष्ठ उपाध्यक्ष मल्लले भने ।

महालक्ष्मी बैंकले गर्याे प्रहरी महाशाखामा पीफोएलईडी सूचना बोर्ड जडान

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोएलईडी सूचना बोर्ड जडान गरेको छ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आइरहेको छ । उक्त उपकरण एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुलबहादुर थापालाई हस्तान्तरण गरेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले सो उपकरण जडान गरेको हो । महालक्ष्मी बैंकको मुलुकभरी १ सय २ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।