काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोएलईडी सूचना बोर्ड जडान गरेको छ ।
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आइरहेको छ । उक्त उपकरण एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुलबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले सो उपकरण जडान गरेको हो ।
महालक्ष्मी बैंकको मुलुकभरी १ सय २ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।