विकासन्युज

कोरोनाकाे प्रकोप फैलिन नदिन घरमै बसेर काम गर्न सकिने, राकुटेन भाइबरले ल्यायो यस्तो सुविधा

काठमाडाैं । राकुटेन भाइबरले नेपालमा कोरोना भाइरसको जागरणका लागि एकपटकमा १० जनालाई सामूहिक कल गर्न मिल्ने गरी संख्या दोब्बर बनाएको छ । विश्वमा बढ्दो कोभिड १९ को त्राससँगसँगै अनगिन्ती मानिसहरुमा यसको जोखिम देखा परेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारी संघसंस्थाहरु, स्वास्थ्य मन्त्रालयहरुले यो भाइरसको प्रकोप फैलिन नदिन विभिन्न कम्पनीहरुलाई उनीहरुका कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् र धेरैले यसलाई पालना पनि गरेका छन् । वास्तवमा घरबाट काम गर्नु त्यति व्यवहारिक विकल्प कहिले भएको थिएन । मानिसहरुले टाढैबाट आफूलाई सुरक्षित राखेर पहिले जस्तै अझ उत्पादनशील ढँगमा उनीहरुको कम्प्युटरहरु र स्मार्टफोनहरुसँग काम गर्न सक्दछन् । भाइबर जस्तो एपको साथमा तपाईंले घरबाट नै अझ अधिक दक्षतापूर्ण एवं समयनिष्ठ तवरमा तत्कालको लागि काम सम्पादन गर्न सक्नु हुन्छ । यहाँ लोकप्रिय मैसेजिँग एपका केही त्यस्ता सरल उपायहरु छन् जसको सहायताबाट कोभिड १९ को प्रकोपबीच पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकिन्छ । सामूहिक कल मार्फत् मिटिङ्ग गनेुहोस्ः कोभिड १९ ठूलो समूहमा सजिलै फैलिन सक्ने भएकोले छलफल सत्रहरुलाई प्रतिबन्ध गरि भ्वाइस कलहरुमा परिणत गर्नु उत्तम छ । मिटिङ्गहरुबाट हुन सक्ने जोखिमबाट पार पाउन सामूहिक कल एक उत्कृष्ट उपाय हो । भाइबरले कोभिड १९ का बावजुद; सम्पर्कमा रहिरहन मद्दत पुगोस् भनेर भर्खरैमात्र सामूहिक कलहरुमा सहभागी बन्न सक्ने व्यक्तिहरुको संख्या दोब्बर बनाएको छ । अब, भाइबर सामूहिक कलले एकपटकमा १० जनासम्मलाई समेट्न सक्छ- जुन अत्यन्त महत्वपूर्ण मिटिङ्गको लागि पनि पर्याप्त हुन्छ । ‘हामी अहिलेको चुनौतिपूर्ण अवस्थालाई मध्यनजरमा राख्दै एकै स्थानमा सशरीर उपस्थित नभइकन पनि एक अर्कासँग सम्पर्कमा रहनका लागि विविध उपायहरुको खोजी गर्न प्रतिबद्ध छौं । कोरोना भाइरसको विस्तारको सन्दर्भमा आमजनले सावधानी अपनाएर काम गरेसँगै, हामी यो सुनिश्चित गर्न चाहान्छौँ कि, मानिसहरुले आफन्तहरुसँग बिना टाढा रहि सुरक्षित प्रविद्तिमा सम्पर्कमा रहिरहुन् र आफ्नो कामलाई पनि निरन्तरता दिन सक्षम रहुन् ।’ राकुटेन भाइबरका प्रमुख संचालन अधिकारी ओफिर ऐयालले भने। ठूला फाइलहरु पठाउनेः भाइबरले फाइलहरु सजिलै आदान प्रदान गर्नसहायता गर्दछ, यसैले तपाईंले आफ्ना सहकर्मीहरु र व्यवसायिक साझेदारहरुलाई महत्वपूर्ण कागजातहरु र प्रस्तुतीकरणहरु छिटो प्रेषित गर्न सक्नु हुनेछ । २०० एमबिसम्मको फाइल एप भित्र सिधै आदानप्रदान गर्न सकिन्छ । ठूला फाइलहरुको लागि पनि तपाईंले आफ्नो भाइबर च्याटमा क्लाउड सर्भिसको लिन्क सेयर गर्न सकिन्छ । डेस्कटपमा आरामले काम गर्नुहोस्ः भाइबरको डेस्कटप भर्सनद्वारा तपाईंले घरैबाट आफ्ना सहकर्मी र क्लाइन्टहरुसँग च्याट गर्न, भेट गर्न र कल गर्र्न सकिन्छ । यसमा राम्रो स्क्रिन शेयरिङको विशेषता पनि छ, जसले तपाईं आफ्नो कम्प्युटरमा जारी रहेको कार्यलाई सजिलै सेयर गर्न मद्दत गर्दछ; यसका साथै सँगै भिडियो हेर्न तथा मन परेको वर्क एपको सजिलो पाठ प्रदान गर्न यो अत्यन्त उपयोगी छ । भाइबरको सुविधाजनक विशेषताहरुका साथ अहिले पनि कारोबार पहिले जसरी नै सुचारु भैरहेको छ चाहे प्रत्येक जनाले घरबाटै काम गरिरहेको किन नहोस् । राकुटेन भाइबरको बारेमा राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् । राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ-कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।

बीमा विधेयकमा सांसदको प्रश्नः अन्य आवश्यक कागजपत्र भनेको हो ?

फाइल फाेटाे काठमाडौं । अर्थ समितिमा आईतबार पनि बीमा विधेयक मस्यौदाको दफाबार छलफल चल्यो । केही दिनयता समितिमा सो विधेयकमाथि दफाबार छलफल चलिरहेको छ । विधेयकमा ‘गज्याङ गुजुङ’ भाषा राखिएको भन्दै सांसदले यस्तो नगर्न सुझाव दिए । छलफलमा विधेयकमा राखिएका भाषाको बारेमा सांसदहरुले बढी चासो राखे । विधेयकमा राखिएको ‘अन्य आवश्यक कागजात’ भन्ने वाक्यांशले धेरै चर्चा पायो । छलफलकै क्रममा समितिका सभापति कृष्णप्रसाद दाहालले बीमा क्षेत्रलाई सहज बनाउन कानुन जति स्पष्ट भयो, काम गर्न त्यति नै सहज हुने बताए । विधेयकमा राखिएको ‘अन्य आवश्यक कागजात’ वाक्यांशप्रति समिति सभापति दाहालले नै प्रश्न गरे । विधेयकका दफामा कुनै प्रयोजनको लागि चाहिने कागजपत्र स्पष्ट उल्लेख गर्नुपर्ने र सेवाग्राहीलाई अप्ठेरो पर्ने गरी अस्पष्ट कागजातको प्रावधान राख्नुपर्ने औचित र आवश्यकताप्रति दाहालको प्रश्न छ । ‘विधेयकका धेरै दफामा चाहिने कागजपत्र भनेर नागरिकता प्रमाणपत्रको प्रतिलिपी, फोटो, विमितको नाता प्रमाणित कागजात, घटना प्रमाणित गर्ने फोटो जस्ता चाहिने कागजपत्र उल्लेख गरिसकेपछि अन्य आवश्यक कागजात भनेर लेखिएको छ, चाहिने कागजपत्र उल्लेख गरेपछि अन्य आवश्यक कागजात भनेर किन लेख्नुपर्यो, यस्ता अस्पष्ट व्यवस्थाले सेवाग्रहीलाई अप्ठेरो हुन्छ,’ सभापति दाहालले भने । सभापति दाहालको सो धारणाप्रति सांसद रामकुमारी झाक्रीलगायतले समर्थन गरे । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले विधेयकको मस्यौदालाई सकेसम्म सरल र बीमामैत्री बनाइएको भन्दै बीमा क्षेत्रको विकास र विस्तारका लागि नयाँ ऐन बनाउन लागिएकोले संसद सच्याएर अझ राम्रो बनाउने विश्वास व्यक्त गरे । पाण्डेको प्रश्नः बीमा क्षेत्रमा बार्गेनिङ्ग हुन्छ ? पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बीमा समितिका अध्यक्ष चापागाईंलाई बीमा क्षेत्रमा बार्गेनिङ्ग हुने गरेको छ कि छैन भनेर प्रश्न गरे । बीमा समितिले नियुक्त गर्ने बीमा विज्ञको सवालमा पूर्व मन्त्री पाण्डेले सो कुरा उठाएका हुन् । ट्रेकिङ्ग क्षेत्रमा लाईसेन्स प्राप्त व्यक्तिको खोजी हुदाँ कहिलेकाही वार्गेनिङ्गका सवाल बाहिरिने गरेकोमा पाण्डेले स्मरण गरे । बीमा समितिका अध्यक्ष चापागाईंले बीमा क्षेत्रको सुशासन र विकासका लागि विज्ञको भूमिका महत्वपूर्ण हुने भन्दै बार्गेनिङको कुनै गुन्जायस नहुने बताए । पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कुनैपनि संस्थालाई गतिशील बनाउँन आवश्यकता अनुसार नियम कानुनलाई खुकुलो बनाउँन समेत तयार हुनु पर्ने बताए । विधेयकका मस्यौदा छलफलकै क्रममा पनि स–साना अल्पविराम तथा पूर्णविराममा अल्झिनुभन्दा मुख्य कुरामा केन्द्रित हुनुपर्ने पूर्वमन्त्री कार्कीको भनाइ छ ।

व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन स्थगित

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको यही चैत १४ मा हुने भनिएको दोस्रो राष्ट्रिय महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासङ्घको आइतबार केन्द्रीय कार्यालय सुन्धारामा बसेको सचिवालय बैठकले विश्वभर फैलँदै गएको कोभिड-१९ (कोरोना भाइरस)लाई दृष्टिगत गर्दै महाधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति भने अर्को बैठकले तय गर्नेछ । कोरोना भाइरसको कारण देखाउँदै बजारमा उपभोग्य सामग्रीको अभाव हुँदै गएको भन्दै अभाव गराउने उद्योगी व्यवसायीलाई कारवाही गर्ने बैठकले निर्णय गरेको छ । बैठकले बजारमा माक्सको अभाव हुँदै गएको भन्दै सामान उत्पादन गर्ने गार्मेन्ट उद्योगलाई माक्सको समेत उत्पादन गरी आम उपभोक्तामाझ पुर्याउन आग्रह गरेको छ । व्यवसायीसँग प्रशस्त सामान भएकाले तत्कालका लागि सामग्रीको अभाव नहुने महासङ्घका अध्यक्ष नरेश कटुवाल बताउँछन् । बैठकले हात नमिलाई नमस्कार गर्न, माक्सको प्रयोग गर्न, राम्रोसँग साबुन पानीले हात धोएर मात्र खानेकुरा खान, सफा होटेलमा खानेकुरा खान, मासुजन्य पदार्थ राम्रोसँग पकाएरमात्र खान सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । विसं २०७४ मा स्थापना भएको महासङ्घमा हाल देशभरका २० भन्दा बढी सङ्घ आबद्ध रहेका छन् । महासङ्घले उद्योगी व्यवसायीको हकहितका लागि विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आइरहेको छ । रासस

सार्कमा कोरोना राेकथाम गर्न आपतकालीन कोष स्थापना, भारतले १ करोड डलर दिने

काठमाडौं । सार्क राष्ट्रहरुमा कोरोना भाइरसको रोकथाम गर्नका लागि आपतकालीन कोष  स्थापना गरिएको छ । अहिले भइरहेकाे सार्क भिडियो कन्फ्रेन्समा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोषको स्थापना गर्ने घोषणा गरेका हुन् । उनले भारतले एक करोड अमेरिकी डलर दिने बताए । माेदीले उक्त काेषमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने प्रस्ताव गरेका छन् । संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने मोदीले बताएका छन्। ‘सार्क साझेदारहरुसँग हामीले रोग निगरानी सफ्टवेयर सेयर गर्ने छौं, त्यसलाई कसरी सञ्चालन गर्ने भनेर तालिम दिने छौँ, भारतले कोरोना महामारीको रुपमा फैलनबाट रोक्नका लागि चिकित्सक तथा विशेषज्ञहरुको ¥यापिड रेस्पोन्स टिम निर्माण गर्ने छ,’ उनले भने । छलफलमा बंगलादेश, पाकिस्तान र मान्दिभ्सले सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव गरेका थिए । साथै सबैले कोभिड १९ को संक्रमणबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।          

महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखामा जडान गर्यो पीफोर एलईडी सूचना बोर्ड

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोर एलईडी सूचना बोर्ड जडान गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार उक्त कार्य गरेको हो । उक्त उपकरण एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो । विकास बैंकले हाल १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।

सिभिल बैंकको नयाँ शाखा अब टोखामा

काठमाडौं । सिभिल बैंकको नयाँ शाखा काठमाडौं जिल्लाको टोखामा विस्तार भएको छ । एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंकको टोखा शाखाको उद्घाटन गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरेका हुन् । सो डस्टविनसिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरियो । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो । उक्त अवसरमा सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला व्यापार व्यबसायलगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए । टोखा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने कुरा जानकारी दिए । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापनासंगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेका छन् । ग्राहकलाई बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे । उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ई. ईच्छाराज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भवन हुने बताए । हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहक रहेका छन् । बैंकले करिब ५४अर्वभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेकोे सिभिल बैंकको ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवाप्रदान गर्दै आएका बैंकले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भने: अहिलेसम्म नेपालमा संक्रमण देखिएको छैन, हामी सतर्क छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्द नेपाल सर्तक रहेको बताएका छन् । अहिले सार्क देशहरुबीच भइरहेकाे भिडियो वार्तामा बाेल्दै उनले महामारीका रूपमा फैलिएको कोभिड१९ विरुद्ध लड्न नेपाल विभिन्न रणनीति तथा कार्यक्रमहरु गरिरहेको बताएका हुन् । उनले यसका लागि सार्क मुलुकबीच सहकार्य आवश्यक रहेको बताए । यो महामारीबाट बच्न नेपालले अपनाएका सावधानीका उपायबारे उनले जानकारी गराए। ‘हामीले अनअराइभल भिसालाई बन्द गरेका छौँ, स्थलगत आवागमन बन्द गरेका छौँ,’ उनले भने, ‘तेस्रो मुलुकबाट भिसा पाउन स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ, अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकको स्वास्थ्य जाँच अनिवार्य गरिएको छ,’ उनले भने । उनले भ्रमण वर्षका सबै गतिविधि रद्द गरेको बताउँदै नेपाली कामदारलाई श्रम स्वीकृति बन्द गरेको, सेल्फ क्वारेन्टाइनको व्यवस्था गरेको तथा अस्पतालको क्षमता अभिवृद्धि गरेको जानकारी दिए। ‘नेपालमा कोभिड १९ परीक्षण गर्दा नकारात्मक देखिएको तर  हामी सतर्क रहेकाे बताए । ‘कसैलाई श्रीलङ्कामा सङ्क्रमण देखिएमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ, यसले फैलिन रोकथाम गर्छ, यसबारे काम गर्न राष्ट्रिय कार्यदल बनाएका छौँ, सूचना दिनका लागि हटलाइनको व्यवस्था गरेका छौँ’, उनले भने । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेनाकाे विषयलाई लिएर त्रसित हुनु नपर्ने बताएका छन् । उनले  यसकाे उपचारमा तयार हुनु पर्ने तर त्रसित नहुनु पर्ने बताए ।  मोदीले कोराेना भाइरस (काेभिड १९) को महामारीसँग जुध्न सार्क देशका सबै देश मिलेर अघि बढ्नुपर्ने बताएका हुन्। यस्तै, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि बढाएको बताइन् । कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक सञ्जालमा सूचना जारी गरिएको जनाइन् ।

डिशहोमले शुरु गर्यो सुनौलो तारा कार्यक्रम, विजेतालाई ५ लाख रूपैयाँ

काठमाडौं । डिशहोमले सुनौलो तारा कार्यक्रम शुरु गरेको छ । नेपालमानै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उर्जागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम शुरु गरेको हो । डिशहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम सुरु गरेको हो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखि प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० बजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः ५ लाख, ३ लाख र १ लाख रुपैयाँ प्रदान गर्ने डिशहोमले जनाएको छ । साथै, विजेताले अन्य आकर्षक पुरस्कारहरु पनि पाउने छन् ।