विकासन्युज

काेराेनाकाे जाेखिम न्यूनिकरण गर्न नेपाल बैंककाे १ कराेड सहयाेग

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोनाको जोखिमलाई न्युनिकरण गर्न १ करोड रुपैयाँ सरकारलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नागरिकलाई बचाउनका लागि बैंकले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे । बैंक सञ्चालक समितिको बैठकले कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकारले गरिरहेकाे काममा सघाउ पुर्याउने उद्धेश्यले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गर्ने भएको हो । उक्त रकम सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा गरिने बैंकले जनाएकाे छ ।

पशुपतिनाथमा एक पटकमा १० जनालाई मात्र प्रवेश गर्न दिने

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना मात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आज बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो । त्यस्तै,  विद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढी मलामिलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तैगरि पसुपति नाथको मन्दिरमा गरिने विशेष पूजालाई अक्रो सूचना नभएसम्मका लागि स्थगत गरिएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ ।

सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय

काठमाडाैं । धितोपत्र बोर्डले सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय गरेकाे छ । बाेर्डमा आइतबार बसेकाे बैठकले सेयर बजार ५ दिनसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेकाे हाे । बोर्ड स्रोतका अनुसार सोमबारदेखि कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्काे साताको लागि भने परिस्थिती हेरेर निर्णय हुने छ । शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा सेयर बजार नपर्ने भएपनि आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएर याे निर्णय भएकाे हाे ।

बाहुबली सिमेण्टले वितरण गर्याे स्यानीटाइजर र मास्क

काठमाडौं। बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि. ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुनबाट जोगिन स्यानीटाइजर र मास्क वितरण गरेकाे छ । विश्वभर नाक मुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा उक्त अभियान शुरू गरेकाे हाे । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिनआम नागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यका भित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् । ‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथदिनहामीकहिल्यै पछि पर्ने छैनौ ।’ बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक गौरव गाडियाले भने । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ ।

ज्याकमा र अलीबाबा फाउन्डेसनले नेपालसहित १० एशियाली राष्ट्रलाई चिकित्सा सामाग्री प्रदान

काठमाडौं । ज्याकमा र अलीबाबा फाउन्डेशनले एसोसियाका १० थप देशलाई कोरोना भाइरस (कोभिड १९) बिरूद्धको विश्वव्यापी लडाईमा चिकित्सा सामाग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ । अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारहरूले यीदुई संस्थाहरू मार्फत १८ लाख मास्क, २ लाख १० हजार, कोभिड १९ टेस्ट किट, ३६ हजार सुरक्षात्मक कपडाहरुका साथै भेन्टीलेटर, निधार थर्मोमिटर र अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु प्राप्त गर्ने छन् । ‘एसियाका थप १० देशहरूमा आपतकालिन सामाग्रीहरु प्रदान गर्नेछौं’ ज्याकमाले आफ्नो ट्विटर खाता मार्फत उनका फाउण्डेशनका प्रतिज्ञा घोषणा गरे । ‘छिटो डेलिभर गर्नु सजिलो छैन, तर हामी यसलाई पूरा गर्ने छौं ।’ यस्तो विशाल संख्यामा वितरण गर्दा हुने चुनौतीलाई जीत्न इलेक्ट्रोनिक वल्ड ट्रेड प्लेटफार्म इडब्लुटीपीको उपयोग गरीनेछ । ‘महामारीको प्रकोपले विश्व व्यापी लजिस्टिक्स्मा चुनौतीहरू ल्याएको छ । इडब्ल्यूटीपीको सहयोगका साथ, हामी दुर्गम समुदायसम्म अत्यावश्यक सामाग्रीहरुको वितरण छिटो भन्दा छिटो गर्न सक्दो कोशिश गरिरहेका छौं’ इडब्ल्यूटीपीका महासचिव जुन्ता ओ सङले भने । दुई संस्थाहरूले मलेसिया, इन्डोनेसिया, थाईल्यान्ड र फिलिपिन्सलाई चिकित्सा सामाग्रीहरु अनुदान गर्ने घोषणा भएको गरेका थिए ।

‘आफू नि बचौं अरुलाई नि बचाउँ’ अभियानमा युरेस नेपाल कमर्श क्याम्पसका स्वयंसेवक

काठमाडाैं । युथ रेडक्रस सर्कल(युरेस) नेपाल कमर्श क्याम्पसका स्वयंसेवकले स्थानीय स्तरमा कोरोना भाइरस (काेभिड १९) को बारेमा सचेतना कार्यक्रम संचालन गरिरहेका छन् । भाइरसकाे राेकथाम र प्रतिकार्यकाे लागि युरेस नेपाल कमर्श क्याम्पसले ‘आफू नि बचौं अरुलाइ नि बचाउँ’ भन्ने नाराका साथ विभिन्न स्थानमा उक्त कार्यक्रमहरू संचालन गरिरहेकाे छ। साथै, नेपाल रेडक्रस सोसाईटी(नेरेसाे) काठमाडौं जिल्ला शाखाबाट स्यानिटाइजर बनाउने तालिम प्राप्त स्वयंसेवकहरु भोलिदेखि काठमाडौ जिल्ला शाखा अन्तर्गत रहेका उप-शाखाहरुमा गई स्यानिटाइजर बनाउन सिकाउन तयारी अवस्थामा छन् । नेरेसाे काठमाडौ जिल्ला शाखा जुनियर तथा युवा विभागका सदस्य कुशल बस्नेत भन्छन् -‘यो बिपतको घडीमा हामी आफू पनि सुरक्षित रही अरुलाइ पनि यो भाइरसबाट कसरी टाढा राख्ने र कसरी सक्रमन बाट बच्ने भन्ने जनचेतना कार्यक्रम साथै स्यानिटाइजर बनाउने तरिका सिकाउँदै आइरहेका छौं, हाम्रो युबा टिम तयारी अवस्थामा छ ।’ ‘नेरेसो काठमाडौ जिल्ला शाखाको अधीनमा छौ जहाँ जुन बेला जे गर्ने पनि तयार छाैं’ बस्नेतले बताए । साथै, उनले विश्वभर काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाे र त्यसकाे प्रभाव नेपालमा पनि पर्न सक्ने हुनाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आम नागरिकलाई आग्रह गरेका छन् ।

कोरोनासँग लड्न गृहमन्त्रालयले जारी गर्यो १९ बुँदे निर्देशन

काठमाडाैं । विश्वव्यापी महामारीको रुप लिएको काेराेना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ बुँदे निर्देशन सार्वजनिक गरेको छ । आइतवार अपराह्न एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले विश्व स्वास्थ्य संगठनको भनाई, छिमेकी देश भारतमा फैलिएको संक्रमण र खुला सीमानाका कारण नेपालमा उच्च जोखिम भएकाले थप सतर्कता अपनाउन निर्देशन जारी गरेका हुन् । विज्ञप्तिमा नागरिकलाई सरकारसँग हातेमालो गर्दै अघि बढ्न आग्रहसमेत गरिएको छ । यी हुन् गृहमन्त्रालयको १९ बुँदे निर्णयः [pdf id=202462]  

ग्रील तथा स्टील उद्योगका अति जरुरी बाहेकका काम नगर्न नगराउन महासंघको आग्रह

काठमाडौं । सरकारले अर्काे सूचना जारी नगर्ने समयसम्म अति नै जरुरी काम बाहेकका अन्य काम नगर्न, नगराउन ग्रील तथा स्टील व्यवसायीहरुलाई निर्देशन दिएको छ । ग्रील तथा स्टील उद्योग व्यवसायी महासंघको मातहतका जिल्ला संघ, क्षेत्रिय समिति र ईकाई समितिले गर्दै आएको सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला लगायतका कार्यक्रमहरु स्थगित गर्न महासंघको अध्यक्ष मोहन कटुवालले जानकारी दिए । महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि उद्योगी, व्यवसायी, कर्मचारी, आश्रित परिवार एवंम छरछिमेकीहरुमा सुरक्षित तरिकाले सचेतना कार्यक्रम गर्न गराउन महासंघले सक्दो प्रयास पर्ने अध्यक्ष कटुवालले जानकारी दिएको छ ।