पशुपतिनाथमा एक पटकमा १० जनालाई मात्र प्रवेश गर्न दिने

<p>काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना मात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आज बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो । त्यस्तै,  विद्युतीय शव दाह गृहमा ७ जना भन्दा [&hellip;]</p>

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना मात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आज बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै,  विद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढी मलामिलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तैगरि पसुपति नाथको मन्दिरमा गरिने विशेष पूजालाई अक्रो सूचना नभएसम्मका लागि स्थगत गरिएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ ।

Share News