ज्याकमा र अलीबाबा फाउन्डेसनले नेपालसहित १० एशियाली राष्ट्रलाई चिकित्सा सामाग्री प्रदान

<p>काठमाडौं । ज्याकमा र अलीबाबा फाउन्डेशनले एसोसियाका १० थप देशलाई कोरोना भाइरस (कोभिड १९) बिरूद्धको विश्वव्यापी लडाईमा चिकित्सा सामाग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ । अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारहरूले यीदुई संस्थाहरू मार्फत १८ लाख मास्क, २ लाख १० हजार, कोभिड १९ टेस्ट किट, ३६ हजार सुरक्षात्मक [&hellip;]</p>

काठमाडौं । ज्याकमा र अलीबाबा फाउन्डेशनले एसोसियाका १० थप देशलाई कोरोना भाइरस (कोभिड १९) बिरूद्धको विश्वव्यापी लडाईमा चिकित्सा सामाग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ ।

अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारहरूले यीदुई संस्थाहरू मार्फत १८ लाख मास्क, २ लाख १० हजार, कोभिड १९ टेस्ट किट, ३६ हजार सुरक्षात्मक कपडाहरुका साथै भेन्टीलेटर, निधार थर्मोमिटर र अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु प्राप्त गर्ने छन् ।

‘एसियाका थप १० देशहरूमा आपतकालिन सामाग्रीहरु प्रदान गर्नेछौं’ ज्याकमाले आफ्नो ट्विटर खाता मार्फत उनका फाउण्डेशनका प्रतिज्ञा घोषणा गरे । ‘छिटो डेलिभर गर्नु सजिलो छैन, तर हामी यसलाई पूरा गर्ने छौं ।’
यस्तो विशाल संख्यामा वितरण गर्दा हुने चुनौतीलाई जीत्न इलेक्ट्रोनिक वल्ड ट्रेड प्लेटफार्म इडब्लुटीपीको उपयोग गरीनेछ ।

‘महामारीको प्रकोपले विश्व व्यापी लजिस्टिक्स्मा चुनौतीहरू ल्याएको छ । इडब्ल्यूटीपीको सहयोगका साथ, हामी दुर्गम समुदायसम्म अत्यावश्यक सामाग्रीहरुको वितरण छिटो भन्दा छिटो गर्न सक्दो कोशिश गरिरहेका छौं’ इडब्ल्यूटीपीका महासचिव जुन्ता ओ सङले भने ।

दुई संस्थाहरूले मलेसिया, इन्डोनेसिया, थाईल्यान्ड र फिलिपिन्सलाई चिकित्सा सामाग्रीहरु अनुदान गर्ने घोषणा भएको गरेका थिए ।

Share News