विकासन्युज

एनआरएन कोरियाकाे नेतृत्वमा पठाइने किट्स आइतबार आउने

काठमाडौं । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने २ हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै एक करोड बीस लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन आज पनि चल्ने बताइएको छ । एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले शुक्रबारसम्म चार हजार ५ सय ६७ नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४ सय २२ कोरियन वन (झण्डै रु एक करोड बीस लाख) संकलन भएको जानकारी दिए । सहयोग संकलन आज (चैत १५) गते कोरियन समयानुसार अपराह्न १ बजेसम्म व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेले साँझ ५ बजेसम्म सहयोग गर्न सक्ने बताइएको छ । दुई दिनमै कोरियामा रहेका नेपालीबाट यति ठूलो सहयोग संकलन भए पनि नेपाल पठाउने भनिएको किट्स पठाउन भने असहज भएको छ । योजनानुरुप शुक्रबार नै नियमित उडानमार्फत किट्स चीनको ग्वान्जाउ पुर्याउने र शनिबार नेपाल सरकारले विमान चार्टर गरेर नेपाल पुर्याउने भनिए पनि कोरोनाको कारण कोरियाबाट चीन उड्ने विमानको नियमित उडान कटौती भएपछि पठाउन नसकिएको हो । उक्त किट्स २४ घण्टाभित्र सुरक्षित भण्डारण गर्ने पर्नेछ । अन्तिम उडान प्राप्त हुनासाथ आइतबारसम्म पहिलो चरणमा पठाउने भनिएको सम्पूर्ण किट्स पठाइने जनाइएको छ । दुई हजार किट्स खरीदपछि बाँकी हुन आउने सहयोग रकमले पनि आवश्यक स्वास्थ सामग्री नै खरीद गरेर पठाइने योजना एनआरएन कोरियाको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको एक सुझाव समितिसमेत बनाइएको छ । उक्त समितिको सुझावअनुरुप अन्य स्वास्थ्य सामग्री खरीद गर्ने जनाइएको छ । रासस

५ सय २६ पर्यटकको उद्धार गरिँदै, शुक्रबार मात्र ३ सयभन्दा बढी स्वदेश फर्किए 

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् । शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३ सय ५ नागरिक स्वदेश फर्किएका थिए । आज पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन् । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन् । लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको छ । उनले नेपालका विभिन्न गन्तव्यबाट अहिले ५ सय २६ पर्यटकको उद्धार गर्ने जानकारी दिए। तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ । आज माउण्टेन उडानमार्फत १ सय जनाको उद्धार गरी काठमाडौं ल्याइनेछ । यस्तै पोखरामा रोकिएका ३ सय पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ । रासस

भोलिदेखि लकडाउन लचिलो बन्ने, उच्चस्तरीय समितिको यस्तो छ निर्णय

काठमाडौं । भोलिदेखि लकडाउन लचिलाे बनाउने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलको बैठकले कोरोना संक्रमण फैलिन नदिन गरेको निर्णय र त्यसले प्रभावकोबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । भन्सार विन्दुसम्म आएर अड्किएका सामान भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्ने भएको हो । अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको सञ्चार मन्त्रालयले जानकारी  दिएको छ ।

साइप्रसमा अध्ययनरत विद्यार्थीलाई प्रतिव्यक्ति ३ सय युरो पठाउन पाइने

काठमाडौं । युरोपेली देश साइप्रसमा अध्ययनका लागि गएका विद्यार्थीलाई अभिभावकले नेपालबाट ३ सय युरो पठाउन पाउने भएका छन् । साइप्रसमा कोरोना भाइरस (कोभिड १९) को कारण जनजीवन प्रभावित भएपछि राष्ट्र बैंकले रकम पठाउने बाटो खुल्ला गरेको हो । कोभिड १९ संक्रमण रोक्न भन्दै साइप्रस सरकारले चालेका कदमका कारण नेपाली विद्यार्थीको रोजगारी गुमेको र त्यसले उनीहरुलाई समस्या भएको व्यापक गुनासो आएपछि प्रतिविद्यार्थी ३ सय युरोका दरले रकम पठाउन पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । यसरी रकम पठाउन नेपाल राष्ट्र बैंकले विभिन्न शर्त तोकेको छ । शर्तहरुमा यसरी पठाइएको रकम लाभग्राही नेपाली विद्यार्थी हुनुपर्ने, विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा त्यस्ता विद्यार्थी साइप्रसमा रहेर अध्ययन गरिरहेको काजतसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्ने र रकम पठाउँदा प्रतिविद्यार्थी बढी युरो ३ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र पठाउन सकिने व्यवस्था गरिएको छ । यस्तै, साइप्रसमा रकम प्राप्त गर्ने विद्यार्थीका अभिभावक/आफन्तले मात्र नेपालबाट करम पठाउन पाउने, सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यसप्रकारको सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने, यसरी प्रदान गरिने सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको ७ दिनभित्रमा सम्बन्धित बैंकले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा रिपोर्टिङ गर्नुपर्ने र यस्तो रकमको दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक÷आफन्त जिम्मेवार हुनुपर्ने शर्त रहेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।

प्रत्येक बेराेजगारलाई १० हजार रूपैयाँ बाँढ्न र श्रमिककाे तलव नराेक्न दवाव

काठमाडाैं । विभिन्न क्षेत्रका अगुवाहरूले प्रत्येक बेराेजगारलाई १० हजार रूपैयाँ बाँढ्न सरकारसँग माग गरेका छन् । साथै उनीहरूले कुनै पनि क्षेत्रमा कार्यरत  श्रमिककाे तलव नराेक्न निश्चिन्तता गर्न सरकारसँग माग गरेकाे छन् । राष्ट्रकवी माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी,  डा. गौरीशंकर लाल दास,  मेजर त्रिलोक सिंह थापा, प्रथम गभर्नर हिमालय शमसेर राणा,  भैरव रिसाल, दीपक ज्ञवाली, प्रा डा. त्रिरत्न मानन्धर,  डा. राजेश अहिराज,  सहायरथी (अप्रा) डा. प्रेमसिंह बस्न्यात, कनकमणी दीक्षित,  गणेशकुमार मण्डल,  शान्ता मानवी,  शान्ता श्रेष्ठ, ज्ञानमणी नेपाल,  प्रा.डा.वीरेन्द्र मिश्र, कृष्णप्रसाद भण्डारी, डा द्धारिका ढुंगेल, भरतराज पोखरेलले शुक्रकार  संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरूले यस्ताे व्यवस्था गर्न माग गरेका हुन् । उनीहरूले  कोरोना भाइरस (कोभिड १९)बाट सिर्जित समस्यासँग जुध्न प्रान्तीय सरकार, स्थानीय सरकार सजग र सक्रिय नभएको अाराेप लगाएका छन्र । यस्ताे विपद्काे बेलामा अपवाद बाहेक निजी तथा गैर सरकारी क्षेत्र पनि सक्रिय नभएकाे उनीहरूकाे अाराेपछ ‘कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्व नै प्रभावित भएको बेला नेपाल मात्रै अछुतो रहने संभावना रहेन । यसले विश्वका करोडौं जनताको स्वास्थ्य तथा जनजीवनमा गहिरो असर पारेको छ र अझै फैलदै गई रहेको छ । कसै कसैको भनाई विश्वका आधा जनसंख्यालाई असर पुर्याउने छ । विश्व अर्थतन्त्रको ढाड भाच्ने देखिन्छ । नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा यसले दीर्घकालीन असर पार्ने निश्चित छ । यस्तो अवस्थामा कोरोनाको असर हामी देशवासी सबैमा पर्छ नै । त्यसमा पनि दैनिक ज्यालामजदुरी गर्ने श्रमिक, खेतिपाती गरेर जीविकोपार्जन गर्ने किसान, वृद्धवृद्धा, अपांग र घरवासविहीन सुकुम्बासी र सीमित आयमा जीउनु पर्ने सबैभन्दा बढी प्रभावित हुने देखिन्छ’ उनीहरूले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । यो विपद् थप लम्बिने संभावना देखिएकोले रोकथाम र उपचार व्यवस्थापनको अलवा जनताको जीविकोपार्जन तथा जनजीवनलाई असामान्य हुन नदिन थप सतर्कता अपनाउनु जरुरी छ । सरकारी सरोकारवाला निकायहरूले आ–आफ्नो तयारी त गरेका होलान् नै तर यस्ता विपदका समयमा नेतृत्व र अभिभावकत्व दिने काम सरकार कै हो । उसले आफ्नो सम्पूर्ण संरचना, सरकारका अन्य तह, समुदाय, निजी क्षेत्र, गैर सरकारी क्षेत्रको परिचालन तथा अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर र उनीहरुको समेत सहयोगमा युद्धस्तरबाट सरकार अघि बढनु पर्ने देखिन्छ । अतः विश्व स्वास्थ युद्धमा फसेको वा परेको बर्तमान अवस्थामा हामी जिम्मेवार नागरिकको हैसियतमा  १९ बुँदै सल्लाह र सुझाव सहित नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । सुझावहरू १, यो महामारीका विरुद्ध अग्रपंक्तिमा रहेर लड्ने स्वास्थ्यकर्मी नै हुन्, त्यसैले उनीहरुको मनोवल उच्च राख्न आवश्यक स्रोतसाधनको लागि कुनै कसर बाँकी नराखियोस् । उनीहरूको स्वास्थ सुरक्षामा खेलाची नगरियोस् वा पूर्ण ध्यान दिइयोस् । २। अग्रपक्तिमा रहेर लड्ने स्वास्थ्यकर्मीको साथ हातमा हात मिलाई काम गर्ने तथा नागरिकको दैनिक जीवनसँग सम्वन्धित सेवा सुविधा उपलव्ध गराउनमा लागेका र देशको सुरक्षामा अहोरात्र खटिएर काम गरिरहेका राष्ट्रसेवकहरुको मनोवल उच्च राख्ने तथा उनको स्वास्थ सुरक्षाको पनि ख्याल राखियोस् वा हेलचेक्रयाई नगरियोस् । ३ कोरोनाको असर हामी देशवासी सबैमा पर्ने भए पनि ज्यालामजदुरी गर्ने श्रमिक, खेतीपाती गरेर जीविकोपार्जन गर्ने किसान, वृद्धवृद्धा, अपांग र सुकुम्बासी सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । त्यसैले यस्ताको लागि तुरुन्तै आर्थिक सहयोगको कार्यक्रम सार्वजनिक गरियोस् वा ल्याइयोस् । ४। दैनिक अत्यावश्यक सामग्रीको कालावजारी सुरु भएको देखिएकोछ, यस तर्फ सरकारको कडा कदम आवश्यक मात्र होइन सरकारबाट कारबाही भएको पनि देखियोस् । ५ स्थानीय तहकाको सहयोगमा र तिनको रोहवरमा विहान बेलुकाको हातमुख जोड्न समस्या हुने वर्ग पहिचान गरी कम्तिमा ३ महिनाका लागि आवश्यक पर्ने खाद्यान्न तथा प्रतिपरिवार मासिक रु.१० हजारका दरले एकमुष्ट आपतकालीन राहत आवश्यक तथ्यांक सहित घरघरमै उपलब्ध गराइयोस् । ६ शहरी क्षेत्रमा भोकमरीको अवस्था आउन नदिन आवश्यक स्थान तोकेर स्थानीय तह, समुदाय र गुठीहरुको संयोजनमा तिनको स्वास्थमा असर नपर्ने गरी जनता भान्छाघर सञ्चालन गरी दुईछाक खाने प्रवन्ध गरियोस् । ७ कुनै पनि क्षेत्रका मजदुरहरुको भुक्तानी कहींकतै रोकिएको छ भने त्यसको भुक्तानी गर्ने प्रवन्ध मिलाइयोस् । ८ किसानका लागि आवश्यक राहत प्याकेज तयारी हालतमा राखियोस । विशेषगरी खाद्यान्न, तरकारी फलफूल,पोल्ट्रीजस्ता उत्पादनका लागि योजना बनाउनु जरुरी छ । अन्य निजीक्षेत्रका उद्योगहरुलाई पनि उत्पादनमा राष्ट्रिय प्राथमिकता तोकिदिने । ९ भोलि काम सुचारु गर्नका लागि आजैदेखि श्रमिकको सूचि तयार गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधि एक पटकलाई कम्तिमा एक बर्षको बनाउने । १० मास्क, सेनीटाइजर जस्ता तत्काल उपभोग्य सामग्रीको उत्पादनको लागि कारगारका कैदी बन्दीहरुको सदुपयोग गर्न सकिन्छ । साथै कैदिहरुको स्वास्थ सुरक्षामा पनि ध्यान दिनु आवश्यक छ । लामो अवधि कैद भुक्तान गरिसकेका तथा सामान्य अपराधमा कैद भोगेकालाई कानूनले मिल्ने अवस्था सम्म कैद मिनाह गरी छोडिदिने । ११ दक्षिणी खुल्ला सिमानालाई ध्यानमा राख्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारतीय सरकारका गतिविधिसंग तालमेल मिलाउदै सिमानालाई थप नियन्त्रित तथा व्यवस्थित गरियोस् । १२ भारतमा नेपालीहरु विचल्लीमा परेका समाचार आइरहेको सन्दर्भमा विदेशमा रहेका नेपालीलाई दुतावासमार्फत अभिभावकत्व प्रदान गर्ने तथा अलपत्र परेको अवस्थामा आवश्यक सुरक्षा सर्तकताका साथ नेपाल ल्याउने प्रवन्ध गरियोस् । १४। भारतवाट जसोतसो गरी देश फर्कदै गरेका नेपालीहरुलाई नरोक्ने तथा घर फर्कने क्रममा देश भित्रै बाटोमा अलपत्र परेका नेपालीलाई सुरक्षाकर्मीको सहयोगमा घरसम्म पु¥याइ दिने । यसो गर्दा सुरक्षा कर्मी र उनले घर पु¥याउने दुवै थरिको स्वास्थमा प्रतिकूलता आउन नदिने व्यवस्था मिलाइयोस । १५। भारत बाहेक अन्य देशमा विभिन्न प्रयोजनका कारणबाट बसी रहेका नेपालीको विषयमा सम्वन्धित देशसँग समन्वय गरी तिनीहरुको बस्तुस्थितिबारे जानकारी लिइरहने । साथै यस कार्यमा अवैतनिक दूत लगायत नेपाली नियोगहरुलाई सक्रिय परिचालन गरियोस । यस्तोमा सक्रियता देखाउनु पनि नेपाली दूतावासहरुको दायित्व र कर्तव्य भित्र पर्छ भन्ने हाम्रो ठम्याई छ । १६। सिंहदरवारमा २४ घन्टा खुला रहने कोरोना विपद नियन्त्रण कक्ष ९ऋयचयलब ध्बच ऋयलतचय िच्ययm० स्थापित गरेर पूर्व मेची देखि पश्चिम महाकाली तथा देश बाहिर बसेका नेपालीहरुको स्थिति बुझ्ने, उनका समस्या तुरुन्त निवारण गर्ने । यस कक्षमा कहिल्यै पनि ब्यस्त नहुने र शुल्क नलाग्ने टोल फ्री टेलिफोन सुविधा उपलव्ध हुनुपर्दछ १७। सरकारले सत्य समाचार संप्रेषण गर्न गराउन कञ्जुस्याइं नगर्ने र भ्रामक समाचार प्रचार प्रसार गर्नमा नियन्त्रण गर्ने ।  

यी हुन् धनगढीमा भेटिएका कोरोना संक्रमित

सांकेतिक तस्वीर काठमाडौं । दैनिक नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै आम नागरिकहरुमा पनि त्रास बढ्दै गइरहेको छ । आज धनगढीमा पनि थप एक जनामा कोरोना पोजेटिभ देखिएसँगै अहिले धनगढीका नागरिक झन त्रसित बनेका हुन् । आज धनगढीमा कोरा्ेना संक्रमित भएका व्यक्ति धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका भएको बताइको छ । उनी उनी ३४ वर्षका नेपाली पुरूष हुन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । अहिले कैलाली प्रहरीले ती युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको  जानकारी दिए। ती युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन्। युवकका सम्पर्कमा आएका  अन्य व्यक्तिको समेत खोजी सुरु गरिने भएको कैलाली प्रहरीले जनाएकाे छ । मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो । उनको नाम भने अस्पतालले गोप्य राखेको छ । यससँगै नेपालमा कारोनाको संक्रमित संख्या ४ पुगेको छ । जसमध्ये एक जनालाई निको भइसकेको छ ।

चौधरी फाउन्डेसनद्वारा प्रदेश नं. २ काे स्वास्थ्य केन्द्रमा पीपीई वितरण

काठमाडौं । चौधरी फाउन्डेसनले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । प्रदेश नं. २ का मुख्य-मुख्य स्वास्थ्य केन्द्रमा वितरण गर्ने गरी उनलाई हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका टोलीहरूले शुक्रबार पर्वत र बागलुङका प्रमुख जिल्ला अधिकारीद्वय क्रमशस् कल्पना घिमिरे नेपाल र गौलोचन सैंजू, पोखरास्थित मातृशिशु मितेरी अस्पतालकी प्रमुख प्रतिभा गौलीलाई सम्बन्धित स्वास्थ्य संस्थाका लागि पीपीई हस्तान्तरण गरेको हो । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले शुक्रबार बिहानमात्रै ट्विट गर्दै सातै प्रदेशका ३३ स्वास्थ्य केन्द्रहरूमा पीपीई वितरण गरिसकिने बताएका थिए । उनले तत्कालको आवश्यकता पूरा गरिए पनि यो आफैंमा पूर्ण नभएको भन्दै देशभरका सबै स्वास्थ्य केन्द्रलाई सुरक्षा उपकरणबाट थप सुसज्जित तुल्याउन सबैलाई आग्रह गरेका छन् । अब आफूहरूको ध्यान परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित रहेको उनले बताएका छन् । ‘यी सामान आपूर्तिका लागि चीनका विभिन्न शहरमा तयार पारेर राखेका छौं र नेपाल भित्र्याउन उपयुक्त माध्यम खोज्न संघर्षरत छौं । ती सामान विदेशी वा नेपाली विमानमा ढुवानी गर्न सम्भव छ,’ उनले भनेका छन्, ‘यसका लागि हामीले सरकारलगायत सबै साझेदार मित्रहरूसँग निरन्तर सम्पर्कमा छौं । कसैले यो कार्यमा सहयोग पुर्‍याउन सक्नुहुन्छ भने हामी आभारी हुनेछौं ।’ अध्यक्ष चौधरीले विषम परिस्थितिमा दिनरात खटेर ज्यानको जोखिम मोल्दै देशैभर सुरक्षा उपकरण बाँड्न हिँडेका आफ्ना सहकर्मीहरूप्रति पनि आभार व्यक्त गरेका छन् । फाउन्डेसनले यसअघि जिल्ला प्रशासन कार्यालय बर्दिया, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, जिल्ला प्रशासन कार्यालय कैलाली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, प्रदेश १ को प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र रुकुम (पश्चिम) जिल्ला अस्पताल, पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)मा सुरक्षा उपकरण वितरण गरेको थियो ।

धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)काे चाेथाे संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले शुक्रबार साँझ फेसबुक लाइभ मार्फत धनगढीकाे एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । ‘यसले उपत्यका बाहिर पनि काेराेना संक्रमित छन् भन्ने पुष्टि गर्छ । त्यसैले विदेशबाट आउनु भएका सबैलाई होम क्वारेनटाइनमा बस्न र अन्य व्यक्तिहरू पनि यसबारे सचेत रहनुहुन आग्रह गर्दछु ‘- प्रवक्ता डा. देवकाेटाले भने । मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। यससँगै नेपालमा कारोनाको संक्रमित संख्या ४ पुगेकाे छ । जसमध्ये एक जनालाई निकाे भइसकेकाे छ ।