काठमाडौं । भोलिदेखि लकडाउन लचिलाे बनाउने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।
रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलको बैठकले कोरोना संक्रमण फैलिन नदिन गरेको निर्णय र त्यसले प्रभावकोबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।
भन्सार विन्दुसम्म आएर अड्किएका सामान भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्ने भएको हो ।
अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।