विकासन्युज

कोरोना लागेको भन्दै कञ्चनपुरमा सातजनालाई घरबाट निकालियो

काठमाडौं । सूदुरपश्चिमको कञ्चनपुरमा कोरोना भाइरस लागेको भन्दै सातजनालाई घरबाट निकालिएको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाको एक गाउँमा उनीहरुलाई कोरोना लागेको भन्दै घरबाट निकालिएको बताइएको छ । उनीहरु केहीदिन अघि मात्रै भारतबाट घर फर्केका थिए । भारतमा कोरोना संक्रमण फैलिएको र उनीहरुलाई पनि कोरोना लागेको हुन सक्छ भन्दै घरबाट निकालिएको बताइएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ कि खिमादेबी दमाईलगायत सात जना कोरोनाको त्रासका कारण भारतबाट आएर बेलडाँडी गाउँपालिका २ स्थित आफ्ना छोरी ज्वाँईका घरमा आएका थिए। तर, ज्वाँईका बुबाले उनीहरुलाई घरबाट निकालेका हुन् । खिमाका सम्धिसम्धिनीले कोरोना भाइरस (कोभिड(१९) ल्याएको भन्दै घरबाट निकालि दिएका थिए । उनीहरूदाई घरबाट निकलेपछि बेलडाँडी गाउँपालिका गन्यापधुरा गाउँपालिका प्रमुख नवल बहादुर मल्लसँग समन्वय गरेर घरसम्म नै पुर्याउने प्रबन्ध मिलाएको छ ।

प्राइम लाईफमा ५ लाखसम्मको बीमा पोलिसी घरबाटै खरिद गर्न सकिने

काठमाडौं । प्राइम लाईफले लक डाउन सुविधा स्वरुप घरबाट नै ५ लाखसम्मको बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था ल्याएको छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण सरकारले लक डाउन गरिरहेकाे बेला कम्पनीले साे व्यवस्था ल्याएकाे हाे । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै बिमितले नियमित नविकरण बीमाशुल्क तिर्नुपर्ने मितिमा बीमाशुल्क घरबाटै तिर्न सक्ने पनि जनाएको छ । कम्पनीले  खल्ती, डिजीटल वालेट, पेमेण्ट गेट वेमार्फत बीमाशुल्क भुक्तान गर्न सक्ने जानकारी दिएको हाे । यस्तै, बीमितले भुक्तान गर्न बाँकी रहेको किस्ताको हकमा सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाउँदा किस्तामा लाग्ने व्याज तिर्नु नपर्ने जनाएको छ । 

चेतन भगतको प्रेरणादायी भाषण- निभ्न नदिनुस् आफू भित्र बलेको ज्वालालाई

शुभप्रभात सवैलाई, मलाई यहाँ बोल्ने मौका दिनुभएकोमा तपाईं सवैलाई धन्यवाद । यो दिन तपाईंको बारेमा हो । तपाईं, जो कि आफ्नो घरको आरामलाई छोडेर यो कलेजमा आउनुभएको छ ताकि जिन्दगीमा तपाईं केहि बन्न सक्नुहोस् । म निश्चिन्त छु कि तपाईं उत्साहित हुनुहुन्छ । जिन्दगीमा यस्तो थोरै मात्र दिन हुन्छन् कि मानिस साँच्चै नै धेरै खुशी हुन्छन् । कलेजको पहिलो दिन त्यही दिनहरुमध्ये एउटा हो । आज जब कलेज आउनका लागि तपाईं तयार भइरहनुभएको थियो, तपाईंको मनमा पक्कै हलचल मच्चिएको थियो होला । अडिटोरियम कस्तो होला, शिक्षकहरु कस्ता होलान्, क्लासमेट कस्ता होलान् । यस्ता धेरै कुरा छन् कौतुहल जगाउने । म यसलाई उत्सुकता भन्छु, तपाईंको भित्र रहेको ज्वाला जसले तपाईंलाई एकदम जिवित महसुस गराउँछ । आज म तपाईंसँग त्यहि ज्वालालाई निभ्न दिनुहुँदैन भन्ने बारेमा कुरा गर्न आएको छु । ज्वालाको शुरूवात कहाँबाट हुन्छ ? मलाई लाग्छ हामी त्यसको साथ जन्मिन्छौं । मेरा ३ वर्षका जुम्ल्याहा बच्चाहरुमा लाखौं ज्वालाहरु छन् । उनीहरु स्पाइडर म्यानको एउटा सानो खेलौना देखेर ओच्छ्यानबाट हाम फाल्छन् । पार्कमा पिङ खेलेर उनीहरु रोमाञ्चित हुन्छन् । मेरो कथा सुनेर उनीहरुमा उत्तेजना भरिन्छ । आफ्नो जन्मदिन आउनुभन्दा १ महिना अघिबाट उनीहरु उल्टो गन्ती गर्न शुरु गर्छन् कि त्यो दिन केक काट्न पाइनेछ । तपाईंहरु जस्तो विद्यार्थी भित्रपनि म केहि ज्वाला देख्छु । तर जब म अझ बढि उमेरका मानिसहरुलाई देख्छु तब त्यो ज्वाला देख्न मुश्किल पर्छ । यसको मतलव, जसैजसै हाम्रो उमेर बढ्दै जान्छ, ज्वाला कम हुँदै जान्छ । यस्ता मानिस जसमा त्यो ज्वाला विल्कुलै समाप्त हुन्छ उनीहरु लक्ष्यरहित हुन पुग्छन् । ‘जब वी मेट’ को पहिलो हाफको करीना र दोस्रो हाफको करिना याद छ नी ? ज्वाला निभेपछि यस्तै नै हुन्छ । त्यसोभए त्यो ज्वालालाई जोगाउने कसरी ? ज्वालालाई दियोको बत्तीजस्तो कल्पना गर्नुस् । सवैभन्दा पहिले त्यसलाई पालन पोषणको जरुरत छ । त्यसलाई लगातार इन्धन दिनु जरुरी हुन्छ । अर्को, त्यसलाई हावाहुरीबाट बचाउनु जरुरी छ । पालनपोषणका लागि एउटा लक्ष्य बनाउनुस् । मानवको त प्रवृत्ति नै हो कि उसले कोशिश गरोस्, सुधार ल्याओस् र जे प्राप्त गर्न खोजेको थियो त्यो प्राप्त गरोस् । वास्तवमा यसैलाई सफलता भनिन्छ । यो त्यो हो जे तपाईंको लागि सम्भव छ । कम्पनीद्वारा दिइएको प्याकेज, कुनै कार या कुनै घर जस्तो यो कुनै वाहिरी मापदण्ड होइन । हामीमध्ये धेरैजसो मानिस मध्यमवर्गीय परिवारबाट छौं । हाम्रो लागि भौतिक सुख सुविधाहरु सफलताको सूचक हुने गर्दछन्, र सही पनि हो । जब तपाईंको उमेर बढ्दै जान्छ र दैनिक जीवनमा आवश्यक पर्ने कुराहरुका लागि पैसा जरुरत बन्दछ, तव यस्तोमा आर्थिक रुपमा स्वतन्त्र हुनुनै एउटा ठूलो प्राप्ती बरावर हुन्छ । तर यो जिन्दगीको लक्ष्य भने होइन । यदि यस्तो हुन्थ्यो भने अम्बानी काममा जाने थिएनन् होला । शाहरुख खान घरमै बस्थे र धेरै नाच्ने गर्दैनथे, स्टीभ जब्स अझ राम्रो आईफोन बनाउनका लागि मिहिनेत गर्दैनथे होला किनकि पिक्सर बेचेर पहिलेनै उनले धेरै विलियन डलर कमाइसकेका थिए । तर यसको विपरित उनीहरु किन यस्तो गर्दैछन् ? त्यस्तो के छ जसले हरेक दिन उनीहरुलाई काममा लिएर जान्छ ? उनीहरु यस्तो यसकारणले गर्दछन् कि यसले उनीहरुलाई खुसी दिन्छ । उनीहरु यस्तो यसकारणले गर्दछन् कि यसले उनीहरुलाई जिवित महसुस गराउँछ । आफ्नो हालको स्थितीमा सुधार हुनुले तपाईंलाई एउटा राम्रो फिलिंग दिन्छ । यदि तपाईं राम्रोसँग पढ्नुभयो भने तपाईंले आफ्नो स्थिती सुधार्न सक्नुहुन्छ । यदि तपाईं मानिसहरुसँग भेट्ने र गफ गर्ने गर्नुभयो भने तपाईं अन्तर्वार्तामा राम्रो गर्न सक्नुहुन्छ । यदि तपाईं प्र्याक्टिस गर्नुहुन्छ भने तपाईंको क्रिकेटमा सुधार आउनेछ । शायद तपाईंलाई यो पनि थाहा छ कि तपाईं अहिले नै तेण्डुल्कर बन्न त सक्नुहुन्न तर पनि तपाईं एउटा अलग्गै स्तरसम्म पुग्न सक्नुहुन्छ । अघिल्लो स्तरसम्म जानका लागि प्रयास गर्नु जरुरी हुन्छ । प्रकृतिले हामीलाई अनेकौं जिनहरुको संयोग र विभिन्न परिस्थितिहरुको हिसाबबाट डिजाइन गरेको छ । खुसी रहनका लागि हामीले यसलाई स्वीकार गर्नुपर्ने हुन्छ र प्रकृतिको यो डिजाइनबाट धेरै भन्दा धेरै लाभ उठाउनु पर्छ । यस्तो गर्नका लागि लक्ष्यले तपाईंको मद्दत गर्नेछ । आफ्नो लागि केवल करियर वा पढाइको लक्ष्य मात्र नबनाउनुस् । बरु यस्तो लक्ष्य बनाउनुस् जसले तपाईंलाई सन्तुलित र सफल जीवन देओस् । आफ्ना ब्रेकअपको दिन प्रमोशन पाउनुको कुनै मतलब हुँदैन । कार चलाउनुमा कुनै मजा हुँदैन यदि तपाईंको पिठ्युँ दुखिरहेको छ भने। दिमाग तनावले भरिएको छ भने सपिंग गर्नुमा खुसी पक्कै लाग्दैन । जिन्दगी नर्सरी स्कुलमा हुने वाला त्यो रेस जस्तो हो जसमा तपाईं गुच्चालाई चम्चामा राखेर आफ्नो मुखले दबाउँदै कुद्नुहुन्छ । यदि गुच्चा झर्यो भने त्यो दौडमा पहिलो हुनुको केहि अर्थ छैन । जिन्दगीको साथ पनि यस्तै हुन्छ जहाँ स्वास्थ्य र सम्वन्ध त्यो गुच्चाको प्रतीक हो । तपाईंको प्रयास तव मात्र सार्थक हुन्छ जबसम्म ती कुराहरुले तपाईंको जीवनमा सामन्जस्य ल्याउँछ । नत्र भने तपाईं सफल हुनु नै भयो भने पनि त्यो ज्वाला, त्यो उत्साह र जिवित रहनुको फिलिंग विस्तारै विस्तारै मर्न थाल्छ । ज्वालालाई पालनपोषण गर्ने बारेमा एउटा अन्तिम कुरा- जिन्दगीलाई सिरियस ढंगबाट नलिनुस् । मेरो एकजना योगा टिचर क्लास भइरहेको समयमा विद्यार्थीहरुलाई हँसाउँथे । एउटा विद्यार्थीले उनलाई सोध्यो कि यस्ता जोक्सहरुका कारण योगा प्र्याक्टिसको समय व्यर्थ त जाँदैन ? तब ती शिक्षकले भने- धेरै गम्भीर नबन, बरु इमान्दार चाहिँ बन । त्यो समयबाट यस भनाईले मेरो कामलाई परिभाषित गरेको छ । मेरो लेखन होस्, जागीर होस्, मेरो नाता सम्वन्ध होस् या कुनै अरु लक्ष्य । मलाई आफ्नो लेखमाथि दैनिक हजारौं मानिसहरुको कमेन्ट प्राप्त हुन्छ । कतै धेरै प्रशंशा भएको हुन्छ भने कतै भयंकर आलोचना । यदि म ती सबैलाई गम्भीरतापूर्वक लिन थालें भनें कसरी लेख्न सक्छु र ? या बाँच्न कसरी सक्छु र ? जिन्दगी भन्ने कुरा त गम्भीरतापूर्वक लिनका लागि होइन, हामी सबै यहाँ अस्थायी रुपमा आएका छौं । हामी सबै एउटा प्रिपेड कार्डजस्ता हौं जसमा लिमिटेड भ्यालिडिटी हुन्छ । यदि हामी भाग्यमानी छौं भने शायद हामी अझ ५० वर्ष सम्म बाँच्न सक्नेछौं । अझ ५० वर्ष यानिकी मात्र २५०० हप्ता । के हामीले साँच्चै आफूलाई काममै होमिरहनु पर्छ ? केहि कक्षाहरु बंक गर्नु, कुनै विषयमा थोरै नम्वर ल्याउनु, केहि अन्तर्वार्तामा असफल हुनु, काम छोड्नु, प्रेममा पर्नु, श्रीमान् वा श्रीमतीसँग सानोतिनो झगडा हुनु सबै ठीक छ । हामी सबै मानव हौं, प्रोग्राम्ड डिभाइस पक्कै होइनौं । मैले ज्वालालाई पालनपोषण गर्ने तीन कुराहरु तपाईंलाई बताएँ- उचित लक्ष्य, सन्तुलित जीवन र जिन्दगीलाई धेरै गम्भीर रुपमा नलिनु भन्ने कुरा । तर जिन्दगीमा चार ठूला तूफानहरुले तपाईंको दियोलाई निभाउने कोसिस गर्नेछन् । यसबाट बच्न धेरै जरुरी छ र ती हुन् निराशा, कुण्ठा, अन्याय र जीवनमा कुनै उद्देश्य नहुनु । निराशा तब हुन्छ जब तपाईंको प्रयत्नले सोचेजस्तो रिजल्ट दिन सक्दैन जब परिस्थिती तपाईंको योजना बमोजिम हुँदैन या जब तपाईं असफल बन्नुहुन्छ । असफलतालाई ह्याण्डल गर्न धेरै गाह्रो हुन्छ, तर जसले यसो गर्न सक्छ ऊ अझ धेरै मजबुत भएर निस्कन्छ । यो असफलताबाट मैले के पाएँ ? यो प्रश्न आफैंसँग सोध्नु पर्छ । तपाईं आफूलाई धेरै असहाय महसुस गर्नुहुन्छ । तपाईं सबै कुरा छाडिदिन चाहनुहुन्छ, जसरी मैले चाहेको थिएँ । मेरो पहिलो किताबलाई ९ ओटा पब्लिसर्सले रिजेक्ट गरिदिएका थिए । तर यो कुरालाई यसरी बुझ्न सकिन्छ कि असफलताले तपाईंलाई कुन हद सम्म चोट दिन सक्छ । तर यो जिन्दगी हो । यदि चुनौतीहरुबाट सदैव मुक्त हुन सकिन्थ्यो भने त चुनौतीहरु चुनौती नै रहन्थेनन् । र याद राख्नुस् यदि तपाईं कुनै चिजमा असफल भइरहनुभएको छ भने यसको मतलव तपाईं आफ्नो सीमा या क्षमतासम्म पुग्दै हुनुहुन्छ र यहीं तपाईं हुन चाहनुहुन्छ । निराशाको एउटा भाई हो कुंठा अर्को हो तूफान । के तपाईं कहिल्यै कुण्ठित् हुनुभएको छ ? यो तब हुन्छ अब कामहरु बिचमै अड्किन्छन् । यो कुरा भारतमा विशेष रुपले प्रासंगिक छ । ट्राफिक जामदेखि लिएर आफ्नो लागि उपयुक्त जागिर पाउनुसम्म । कहिलेकाहिँ त काम बन्न यती समय लाग्छ कि तपाईंलाई थाहा नै हुँदैन कि तपाईंले आफ्नो लागि सही लक्ष्य निर्धारित गर्नुभएको छ । किताब लेखिसकेपछि मैले हिन्दी फिल्म लेख्ने लक्ष्य बनाएँ । मलाई लाग्यो त्यहाँ लेखकको अवश्यकता छ । मलाई मानिसहरु धेरै भाग्यशाली मान्दछन् तर वास्तवमा म आफूले लेखेको पहिलो फिल्म रिलिज हुन नै पाँच वर्ष लागेको थियो । निराशाले उत्साहलाई मारिदिन्छ र तपाईंको उर्जालाई नकारात्मकतामा बदलिदिन्छ । म यसलाई कसरी डिल गर्छु होला ? भलै सिनेमा हेर्दा थोरै समयमै सकिएला तर त्यसलाई बनाउन धेरै समय लाग्छ । अन्तिम रिजल्ट पुग्नु अघिको प्रोसेसमा रमाइलो मान्न म स्क्रिप्ट राइटिङ्ग सिकिरहेको थिएँ र त्यही समय आफ्नो तेस्रो किताव लेख्ने साइड प्लान पनि मेरो दिमागमा थियो । त्यसका बावजुद साथीभाई, खाने पिउने, घुम्ने लगायतले निराशाबाट पार पाउन मद्दत गर्यो । याद राख्नुस्, कुनैपनि चिजलाई गम्भीरतापुर्वक नलिनुस् । निराशा कहीं न कहीं एउटा इशारा हो कि तपाईं चीजहरुलाई धेरै गम्भीर रुपमा लिइरहनुभएको छ । ‘अन्याय’ यसलाई डिल गर्न धेरै गाह्रो हुन्छ । तर दुर्भाग्य, हाम्रो देशमा यसरी नै काम हुन्छन् । जो पहुँचवाला छ, जसका पिता ठूला मान्छे छन्, जसको अनुहार राम्रो छ, उनीहरुलाई बलिउडमा मात्र होइन हरेक स्थानमा सजिलो हुन्छ । इण्डियामा धेरै कम अवसरहरु छन्, त्यसैले केही हुनका लागि सम्पूर्ण ग्रह नक्षत्रहरु सही स्थितीमा हुनु जरुरी हुन्छ । इण्डियन स्ट्याण्डर्ड हिसाबबाट हेर्ने हो भने तपाईंले कलेजमा पढ्ने अवसर पाउनु र तपाईं भित्र मैले अंग्रेजीमा बोल्दै गरेको यस भाषणलाई बुझ्ने क्षमता हुनु भनेको तपाईं धेरै लक्कि हुनु हो । हामीसँग जे छ त्यसको लागि हामी कृतज्ञ हुनुपर्छ र जे छैन त्यो कुरालाई स्वीकार गर्ने शक्ति हामीमा हुनुपर्छ । म आफ्ना पाठकहरुबाट यति धेरै माया पाइरहेको छु कि अरु लेखकहरुले त्यसको बारेमा सोच्न पनि सक्दैनन् । तर मैले साहित्यिक प्रशंशा चाहिँ पाएको छैन । म ऐश्वर्या राय जस्तो त देखिन्नँ तर म यो मान्छु कि मेरा दुवै छोराहरु उनीभन्दा पनि राम्रा छन् । र अन्तिम तत्व जसले तपाईंभित्रको ज्वालालाई समाप्त गर्न सक्छ । त्यो हो अरु भन्दा अलग हुने स्थिती । जसै तपाईंको उमेर बढ्दै जान्छ तपाईंलाई यो महसुस हुन थाल्छ कि तपाईं युनिक हुनुहुन्छ । सानो छँदा तपाईंलाई आइसक्रिम र स्पाइडर म्यान मनपर्थ्याे तर जब तपाईं कलेज जानुहुन्छ आफ्ना साथीहरुजस्तै नै बन्नुहुन्छ । त्यसैगरी दश वर्ष पछि तपाईंलाई थाहा हुन्छ कि तपाईं युनिक हुनुहुन्छ । तपाईं जे चाहनुहुन्छ, जे माथि विश्वास गर्नुहुन्छ त्यो कुरा तपाईंको नजिकका आफन्तको चाहना र विश्वास भन्दा अलग हुन सक्छ । आफ्नो लक्ष्य परिवारका अन्य सदस्यसँग मेल नखानाले घरमा द्वन्द्व हुन जान्छ र तपाईं शायद आफ्नो सपनालाई, आफ्नो लक्ष्यलाई त्यतिकै छाडिदिनुहुन्छ । कलेजमा बास्केटवलको क्याप्टेन भइसकेकाहरु पछि गएर यो खेल खेल्नै छोडिदिन्छन् । जुन काम गर्न आफूलाई धेरै मन लाग्थ्यो परिवारकै कारण उनीहरुले यसो गरेका हुन्छन् । तर यसो गर्दा ऊ भित्र रहेको ज्वाला निभ्न जान्छ । कहिल्यै पनि यस्तो कम्प्रोमाइज नगर्नुस् । पहिले आफूलाई माया गर्नुस् अनि मात्र अरुलाई । मैले तपाईंलाई चारओटै आँधीहरु (निराशा, कुंठा, अन्याय र अलगपन) को बारेमा बताएँ । तपाईं यसलाई इन्कार गर्न सक्नुहुन्न । मनसुनजस्तै गरी यी सबै तपाईंको जीवनमा बारम्बार आइरहन्छन् । तपाईंले बस आफ्नो रेनकोट तैयार राख्नुपर्ने हुन्छ ताकि तपाईं भित्रको ज्वाला निभ्न नपाओस् । म एकपल्ट फेरी तपाईंलाई तपाईंको जीवनको सबैभन्दा राम्रो समयमा स्वागत गर्न चाहन्छु । यदि कसैले मलाई बितेका दिनमा फर्किने अप्शन दिन्छ भने निश्चित रुपमै म कलेज फर्किन चाहन्छु । म यो आशा गर्दछु कि दश वर्ष पछि पनि तपाईंको आँखामा यही चमक देखिरहिनेछ जो आज देखिँदैछ । मलाई विश्वास छ कि तपाईं आफ्नो भित्रको ज्वालालाई कलेज जीवनमा मात्र होइन आउनेवाला २५०० हप्ता सम्म पनि निभ्न दिनुहुने छैन । त्यसैगरी म यो पनि आशा गर्छु कि तपाईंमात्र पनि होइन पूरै देशले यस्तो ज्वालालाई निभ्न दिने छैनन्, किनकि इतिहासमै कुनै अरु पलभन्दा ज्यादा अब यो पलको आवश्यकता छ । र यो भन्न कति राम्रो हुनेछ कि म करोडौं ज्वालाहरु भएको भूमीसँग सम्बन्धित छु । धन्यवाद । (प्रस्तुत भाषण भारतीय प्रख्यात् लेखक चेतन भगतले सन् २००८ मा पहिलो दिन कलेज आएका सिम्बियोसिस बिबिए प्रोग्रामका विद्यार्थीहरु समक्ष दिएका थिए। जसलाई नेपाली भाषामा अनुवाद गरिएकाे हाे ।)

अब नेपाल इन्स्योरेन्स कम्पनीकाे काम विद्युतिय माध्यमबाट हुने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिने भएको छ । कम्पनीले विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने व्यवस्था गरेको बताएको हो । शुक्ररबार एक सूचना जारी गर्द ैकम्पनीले लक डाउन अविधिभर विद्युतिय माध्यमकाे कामबाट सेवा दिने जनाएकाे हाे । लक डाउन अवधिभर बीमालेख समाप्त हुनु अगावै इन्स्योरेन्स कम्पनीको शाखाको इमेल ठेगानामा बीमितले ईमेल गर्न सक्ने सूचनामा उल्लेख गरिएकाे छ । साथै, कम्पनीले कोरोना भाइरसको नियन्त्रणका लागि सजग रही जिम्मेवार भूमिका निवार्ह गर्न अनुराेध गरेकाे छ । 

लकडाउनको समयमा नेपाल बैंकको के के सेवाहरु सञ्चालनमा छन् ?

काठमाडौं । लकडाउनको समयमा नेपाल बैंकले एटीएम नभएका स्थानीय निकायमा अवस्थीत शाखाहरु सञ्चालनमा ल्याउने भएको छ । बैंकले उक्त स्थानका शाखाहरु सम्बन्धीत स्थानीय निकायसँग समन्वय गरी दैनिक बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म संचालन गर्ने बैंकले जनाएको छ । सरकारी कारोबार गर्ने शाखाहरु कोलेनिका र सम्बन्धीत स्थानीय निकायसँग समन्वय गरी सञ्चालनमा रहने बैंकले जनाएको छ । साथै, नेपाल सरकारद्धारा तोकिएको अत्यावश्यक सामाग्रीहरु खरिद गर्न एलसी र चेक क्लियरिङ्ग सुविधा संचालनमा रहने बैंकले जनाएको छ । बैंकका अनुसार एउटा स्थानीय निकायमा एउटा मात्रै शाखा संचालनमा रहने र एटीएम संचालन गरेका शाखाहरुमा सबै एटीएम संचालन हुने छ । त्यस्तै, एउटा स्थानीय निकायमा एउटै मात्र एटीएम रहेको तर शाखाहरु बढी रहेको भएतापनि उक्त स्थानीय निकायमा अवस्थीत सबै शाखाहरु बन्द रहने बैंकले बताएको छ ।

लक डाउनमा बीमा सेवा सहज बनाउँदै बीमा संस्थान, बीमितलाई सेवा दिन चार कर्मचारी खटिए

काठमाडौं ।  काेराेना भाइरसकाे जाेखिम कम गर्न सरकारले लक डाउन गरिरहेकाे बेला राष्ट्रिय बीमा संस्थानले बीमितले पाउने सेवालाई थप सहज बनाएकाे छ । बीमितहरूकाे सेवालाई मध्येनजर गर्दै संस्थानले चार जना कर्मचारी काम गर्नका लागि खटाएकाे हाे । शुक्रबार एक सूचना जारी गर्दै संस्थानले बीमा अत्यावश्यकमा परेकाेले काम नराेक्ने उल्लेख गरेकाे छ । संस्थानले नायव महाप्रबन्धक महेश रिमाल,सह–व्यवस्थापक आशा कुमारी बस्नेत, सह–व्यवस्थापक चुडाराज अधिकारी र सह–व्यस्थापक दीपा अधिकारीलाई खटाएकाे हाे । बीमितले दावी भुक्तानी, अभिकर्ता सम्बन्धी कार्य र अन्डरराईटिङ्ग सम्बन्धि सेवाकालागि उनीहरूसँग सम्पर्क गर्न सक्नेछन् । साथै, भुक्तान हुन बाँकी रहेको नविकरण बीमाशुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले पन्ध्र दिन भित्र बुझाएमा बीमाशुल्क किस्तामा लाग्दै आएको व्याज बुझाउँनु नपर्ने संस्थानको सूचनामा उल्लेख गरिएकाे छ । अभिकर्ता ईजाजत पत्र नविकरण गर्दा लाग्ने नविकरण शुल्क बीमा समितिको नबिल बैंकमा रहेको खाता नम्बर ०११००१३०११००१ मा चैत्र मासन्तभित्र बुझाएमा जरिवाना तिर्नु नपर्ने जनाएकाे हाे ।

लकडाउनको समयमा गर्भवतीलाई परामर्श चाहिए यी ३ नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । लक डाउनको समयमा गर्भवतीहरुलाई मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषणा गरेको छ । सरकारले कोरोनाको त्रासलाई मध्यनजर गर्दै गरेको लकडाउनमा गर्भवती महिलालाई केही समस्या आइपरेको खण्डमा मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषण गरेका हो । कुनै पनि गर्भवती महिलाले परामर्श लिनको लागि रुकुमणी त्रिपाठीको नम्बर ९८४९२६३३५०, सबिता खड्काको नम्बर ९८४३२६६११५ र प्रशंसा बुढा लामाको नम्बर ९८२३०९८०३८ मा सम्पर्क गर्न सक्नेछन् ।

डब्ल्यूएचओले गर्यो कोरोनाबाट बच्ने उपायको घोषणा, यस्ता छन् तरिका

काठमाडाैं । विश्वभर नै कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हात, कुहिनो, अनुहार र अनुभवको दुरीको पालना गरे कोरोना भाइरस सङ्क्रमणको जोखिम घट्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको सूचना निकाल्दै भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय जानकारी गराएकाे छ । हात विश्व स्वास्थ्य सङ्गठनले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा हातलाई लिएको छ । भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन अनुरोध गरेको छ । हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल, सहज र महत्वपूर्ण उपाय हो । हात दूषित भएपछि, हातबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ । कुहिनो विश्व स्वास्थ्य सङ्गठनले कुहिनोलाई पनि भाइरस रोक्ने माध्यमका रुपमा लिइएको छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनो, टिस्यु पेपर, रुमाल जस्ता बस्तुको प्रयोग गर्न सकिन्छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनोले मुख छोप्दा भाइरस अरु व्यक्तिमा फैलिने खतरा कम हुन्छ । कुहिनाको प्रयोग गर्दा अन्य फ्लु लगायतका भाइरस पनि अरुमा फैलनबाट रोक्न सकिने विश्व स्वास्थ्य सङ्गठनको सूचनामा उल्लेख छ । अनुहार भाइरस शरीरमा प्रवेश गर्ने मुख्य माध्यम अनुहार हो । विश्व स्वास्थ्य सङ्गठनले विशेषगरी आफ्नो अनुहार, आँखा, नाक र मुखलाई हातले नछुन भनेको छ । हातले धेरै ठाउँमा छुन्छ र चाँडै भाइरसको सङ्क्रमण फैलिन सक्छ । यदि अनुहार छुनै परे छुनुअघि हात साबुन पानीले धुन सङ्गठनले आग्रह गरेकाे छ । दुरी विश्व स्वास्थ्य सङ्गठनले अर्को महत्त्वपूर्ण कुरा मानिसबीचको दुरीलाई लिएको छ । डब्ल्यूएचओले अब दोस्रो मानिससँगको दुरीमा एक कदम पछि हट्न भन्दै अर्को व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनेको छ । हात मिलाउने, अङ्कमाल गर्ने तथा चुम्बन गर्ने बानी त्याग्न सूचनामा उल्लेखे छ । यसो गर्दा आफूमा भएको सङ्क्रमण अरुमा सर्ने र अरुमा भएको सङ्क्रमण आफूमा सर्ने जोखिम कम हुने सङ्गठनले जनाएकाे छ। महसुस विश्व स्वास्थ्य सङ्गठनले आफूलाई असहज महसुस भएमा घरमै बस्ने, स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्ने भनेको छ । तर ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउने र स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा