विकासन्युज

काेराेना विरूद्दकाे काेषमा सन्दिप लामिछानेकाे एक लाख रूपैयाँ सहयाेग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक लाख सहयोग गर्ने भएका छन्। उनले हिजो बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । “कोषमा एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले ट्वीट गर्दै भनेका छन् । सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए । पछिल्लाे समय काेषमा रकम जम्मा गर्नेकाे संख्या बढ्दै गएकाे हाे ।

‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै दाइले भाइको हत्या गरेपछि…

काठमाडौं । ‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै आफ्नै दाइले भाइको हत्या गरेका छन् । भारतको मुम्बई कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका भाइ दुर्गेसको हत्या गरेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार राजेशले भाइलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाइको आदेश नमान्दै भाइ घरबाहिर निस्किका थिए । यही कुरामा दुवैबीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिएपनि डाक्टरले उनलाई बचाउन सकेनन, मृत घोषणा गरे । ‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाइको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । पुनामा वेटर काम गर्ने दुर्गेस ‘लकडाउन’का कारण एक साता अघि मात्र घर आएका थिए । भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन घोषणा गरेको छ । यस्ताे समयमा याे घटना बाहिरिएकाे हाे । एजेन्सी

गोर्खाज फाइनान्सको बैंकिङ सेवामा समस्या भए यी नम्बरमा कल गर्नुहोस् (नाम र शाखासहित)

काठमाडौं । लकडाउनको अवधिमा गोर्खाज फाइनान्सले आफ्ना ग्राहकलाई विभिन्न विद्युतिय बैंकिङ् सेवा सुविधाको प्रयोग गर्न आग्रह गरेको छ । साथै, उक्त सेवा प्रयोग गर्दा केही समस्या आए फाइनान्सले सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ । यससँगै, संस्थाबाट प्राप्त हुने आधारभूत बैंकिङ सेवामा केही समस्या आएमा ग्राहकहरुले उपत्यका भित्र तथा उपत्यका बाहिर शाखाका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नेछन् । संस्थाले सबैगरी जम्माजम्मी २२ वटा शाखाका सम्बन्धित व्यक्तिहरुको नाम र सम्पर्क नम्बर र शाखा कार्यालयको नाम सार्वजनिक गरेको छ । सोही अनुसार ग्राहकले आफुलाई पायक पर्ने शाखाका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नेछन् ।

शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थगित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन स्थगित भएको छ । कम्पनीले चैत १३ गतेदेखि १ बराबर ०.३ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको थियो । कोरोना भाइरसको जोखिम रोक्न चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक वाहेक सेवा रोक लगाउने घोषणा गरेकोले अर्को सूचना जारी नभएसम्मको लागि हकप्रद सेयर निष्काशन प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ । परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने कम्पनी सचिव सुरज राजबहाकले जानकारी दिए । नयाँ निष्काशन हुँदा बुक क्लाेज भने पुरानै हुने उनले बताए । कम्पनीले फागुन १२ गतेसम्म कायम रहेका सेयरधनीकाे लागि हकप्रद सेयर जारी गरेकाे थियाे ।

एनसेलको ५० रूपैयाँ रिचार्ज गर्दा ६० रूपैयाँ बाेनस पाइने, एनटीसीकाे भन्दा बढी

काठमाडाैं । एनसेलका सबै ग्राहकले चैत १३ गते बिहीबारबाट लागु हुने गरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो । ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्त गर्दछन् । बोनस रकम तीन दिन सम्मका लागि मान्य हुनेछ । हालको विपद्को परिस्थितीलाई मध्य नजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।

प्रधानमन्त्री ओलीकाे स्वास्थ्य सामान्य, आजै डिस्चार्ज हुने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज नै डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत जानकारी  दिँदै आज नै डिस्चार्ज हुने बताएका हुन् । प्रधानमन्त्रीकाे उपचारमा संलग्न डा. दिव्या सिंहलाई उद्धृत गर्दै थापाले आधिकारी फेसबुक एकाउण्ट मार्फत साे जानकारी गराएका हुन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । उनकाे फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मुटुकाे चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल भर्ना भएका छन् । बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनी राति नै अस्पताल पुगेका हुन् । प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको अस्पताल स्राेतले बताएकाे छ । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बतायाे । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । उनकाे २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले पनि उनी अस्पतालमा छन् ।

विश्व रुवाउने दर्दनाक भिडियोः जहाँ कोरोनाले मृत्यु भएकी बहिनीको शवसँग भक्कानिन्छन् दाजु

काठमाडाैं ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले मानिसमा त्रासमात्र होइन त्योभन्दा बढी भावुक पनि बनाएको छ । कोरोनाकै कारण अहिलेसम्म विश्वभर २२ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् । महामारीको रुपमा फैलिरहेको यो भाइरसकै कारण कतिपय आफन्तहरु आफ्नो संक्रमित व्यक्तिको शव पर्खिरहेका हुन्छन् । अझ इटालीमा त दैनिक ६ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइरहेको छ । यस्तै, एउटा भावुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यो भिडियो हो इटालीको । इटालीका एक चर्चित अभिनेता लुका फ्रेंजीले कोरोनाका कारण आफुले भोग्नु परेको दुख भिडियोमार्फत सबैलाई शेयर गरेका छन् । उनले भिडियोमा कोरोनाका कारण बहिनिको अन्तिम संस्कारको लागि कोहि पनि साथ दिन नआएको बताएका छन् । कोरोनाकै कारण सेल्फ आइसोलेसनमा बसेका उनले भिडियोमा कोरोनाको कारण मृत्यु भएकी आफ्नो बहिनिको लाश २ दिनसम्म घरमै राखेको बताएका छन् । उनले बहिनीको मृत्यु भएपछि प्रशासनलाई खबर गरेर प्रतीक्षा गरेको तर कोहि पनि नआएको भिडियोमा बताएका छन् । उनले बहिनीको शब देखाउँदै भनेका छन्, ‘म एक्लैले मेरो बहिनिको शव कहाँ लैजाउँ र अन्तिम संस्कार कसरी गरुँ ?’ भन्ने प्रश्न गरेका छन् । बहिनीको मृत्यु भएपछि धेरैसँग आफुले सहयोग मागेको तर कोहिले सहयोग नगरेको बताएका छन् । उनले हाल इटालीमा भएको हालतबारे आफुले देखाउन खोजेको भिडियोमा बताएका छन् ।अहिले कोरोना भाइरसले निम्त्याएको विपत र समस्याको बारे बोल्ने मानिसहरुको संख्या सामाजिक सञ्जालमा बढ्दै गएको छ ।