विकासन्युज

अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग

काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु फेकन, आइरिन, नायर र एकाका प्रतिनिधिले विज्ञप्ति जारी गरी नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समुदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकारवालाले नेपाली विद्यार्थीलाई सहुलियत दिन माग गरेका हुन् । ती संस्थाले सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगन गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न आग्रह गर्दै यस अवधिमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा ट्युसन शुल्कमा २५ प्रतिशतसम्म छुट दिन माग गरेका छन् । यसैगरी स्थगन भएको पढाइ पूर्ति गर्न अनलाइन शिक्षा दिन, विद्यार्थीको प्रवेशाज्ञा अवधि नौ महिनासम्म बढाउन, वित्तीय अनुदान प्रदान गर्न र स्वास्थ्य सुविधा दिन पनि आग्रह गरिएको छ । रासस

लकडाउन लम्ब्याउने तयारी, आज मन्त्रीपरिषद्ले निर्णय गर्ने

काठमाडौं । सरकरले मंगलबारबाट सुरु गरेको लकडाउन आज छैठो दिन हो । सरकारले विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन लकडाउन गरेको छ । अत्याश्यक बाहेकका सेवा बाहेक अन्य सेवा सेवाहरु सहित देशभर बन्द रहेका छन् । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावत रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सडकमा अत्यावश्यक बाहेक अरु सवारी साधन गुडेका छैनन् । सरकारले गत मंगलबार बिहान ६ बजे सुरु गरेको लकडाउन चैत १८ गते मंगलबार सकिदै छ । तर सरकारले यस लकडाउनलाई लम्बाउने तयारी गरेको छ । सरकारले लकडउन सकिने २ दिन अघि अर्थात आइतबार साँझ यस विषयमा निर्णय गर्ने छ । गृह सचिब महेश्वर न्यौपानेले मन्त्रिपरिषदले लकडाउनको समय थप्ने बताए । उनले भने कति दिन थप्ने भनेर मन्त्रिपरिषदले आइतबार निर्णय गर्छ । नेपालमा कारोना संक्रमण रोक्न लकडाउन अबधि लम्बाउन आवश्यकता पनि रहेको न्यौपानेले बताए । नेपालमा लकडाउन सुरु भएको भोलि पल्टबाट छिमेकी देश भारतले पनि सुरु गरेको छ । भारतले २१ दिन लकडाउन गरेको छ । भारतमा कोरोना भाइरसबाट १९ जनाको मृत्यु भईसकेको छ भने झन्डै एक हजार जना कोरोना संक्रमित छन् । स्रोतका अनुसार सरकारले पुन एक हप्ता लकडाउन लम्बाउने तयारी गरेको छ ।  गएको सोमबार काठमाण्डौमा कोरोना भाइरस संक्रमणको बिरामी भेटिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म ५ जनामा सक्रमण देखिएकाे स्वस्थ्य मन्त्रालयले जनाएकाे छ । कोरोनाबाट संक्रमित एक जना भने निको भएर घर फर्किसकेका छन् ।

नुवाकोटमा २ सय ४४ क्वारेन्टाइन स्थापना

काठमाडौं । कोभिड–१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोटमा २ सय ४४ शय्याको क्वारेन्टाइन (एकान्तबास) निर्माण गरिएको छ । कोरोना रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्नबाट रोक्न शंकास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका बाह्रै स्थानीय तहले आवश्यकताका आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याइएको जनाएका छन् । तत्कालका लागि स्थानीय तहले चारदेखि ७५ शय्यासम्मको एकान्तबास निर्माण गरेका छन् । स्थानीतयहले सञ्चालनमा ल्याएको एकान्तबासलाई सरकारले हालै जारी गरेको मापदण्डअनुसार व्यवस्थापन मिलाउन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ द्रोण पोखरेलले स्थानीय तहलाई स्मरण गराइएको बताए । रासस

बजारमा फूल सिलिण्डर ग्यास भेटिए बिक्रेतामाथि कारवाही हुने

काठमाडौं । खाना पकाउने ग्यास भरिएको सिलिण्डर फेला परेको बिक्रेता कारवाहीमा पर्ने भएको छ । चैत १६ गते आइतबार १ बजेपछि यो नियम लागू हुने नेपाल आयल निगमले जनाएको छ । ‘२०७६ चैत १६ गते १ बजे पछाडि १४.२ के.जीको सिलिण्डर बिक्रेता तथा डिष्ट्रव्यूटर्स कहा मौज्दात रहेको पाइएमा निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही हुने आयल निगमका प्रबक्ता विनित मणि उपाध्ययले जानकारी दिए । कोरोना महामारीको त्राससँगै बजारमा खाना पकाउने ग्यास अभाव भएपछि सरकारले ७.१ के.जी ग्यास मात्र भरेर बिक्री वितरण गर्ने व्यवस्था गर्न आयल निगमलाई निर्देशन दिएको थियो । निगमले सरकारको निर्देशन तत्काल लागू गर्न लागेको हो । सम्पूर्ण ग्यास बिक्रेताहरुले दैनिक सुरुवाति मौज्दात र निज कहाँ प्राप्त हुने तथा भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी राख्न पनि निगमले व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

काेराेना विरूद्धकाे लडाइमा ‘बहादुरी होइन, बुद्धि र विवेक” प्रयोग गर्न प्रधानसेनापतिकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन् । प्रधानसेनापति थापाले शनिवार दश बुँदे निर्देशनमा दिदै भनेका छन्- “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वाेच्च सेवाभाव देखाउनुहोस् ।”आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्यस्त हुन्छन् भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिएका छन् । “आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् ”  प्रधानसेनापति थापाले भनेकाे छन् । सङ्कटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उनले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिएका छन् । प्रधानसेनापतिले भनेका छन्, “सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मान गर्नुस् ।” सहकर्मीप्रति सदैव सहयोगी भावना राख्न, सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उनले बिसञ्चो भएमा घर ब्यारेकमा नै बस्न, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आफूलाई आइसोलेसनमा राख्न सल्लाह दिएका छन् । प्रधानसेनापति थापाले आफूलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव १.५ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्न सुझाव दिएका छन् ।  प्रधानसेनापतिले नेपाली सेनालाइ भनेका छन् , “सङ्कटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोखाउनुहोस् ।”

लकडाउनमा अलपत्र ६ सय मजदूरको उद्धार

कास्की । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’का कारणले अलपत्र ६०० को हाराहारीमा मजदूरको उद्धार गरिएको छ । अस्थायी बसोबास भएको स्थानमा खाद्यान्न सकिएपछि मजदूर भोकभोकै बस्नुपर्ने अवस्था आएको र आफूहरुलाई घरसम्म पुग्ने व्यवस्था मिलाउन मजदूरबाट आग्रह गरिएको थियो । दाङ, तुलसीपुर, रोल्पा, सल्यान, चितवन, पर्सालगायतका जिल्लाका मजदूरलाई पहिलो चरणमा आज जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सार्वजनिक बसको व्यवस्था गरी आ–आफ्नो घरमा पुग्ने व्यवस्था मिलाइएको नेपाल निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले बताए । “प्रशासनले अनुमति दिएपछि दिउँसो र साँझ गरी ६ सयको सङ्ख्यामा मजदूरलाई उनीहरुको घरमा पुग्ने व्यवस्था गरियो”, अध्यक्ष श्रेष्ठले भने । जिल्लामा अझै ठूलो सङ्ख्यामा मजदूर अलपत्र परेको बताइन्छ । मजदूर रहेको स्थानबाट पोखरासम्म आउनसमेत कठिनाइ रहेकाले गाडी पठाएर ल्याउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । पूर्वाधार विकास कार्यालयका प्रमुख एवं डिभिजनल ईन्जिनियर शोभियत खड्काले देशका विभिन्न भागबाट जिल्लामा आफ्नो कार्यालय मातहतका निर्माण योजनामा सङ्लग्न भएका र हाल अलपत्र परेका कामदारलाई जिल्ला प्रशासनको सहयोगमा ‘रेस्कुय’ गरी सम्वन्धित ठाउँमा पुर्याइएको जानकारी दिए । आफ्नो कार्यालयअन्तर्गतका ठूला योजनामा कार्यरत ६ सय ६१ मजदूर प्रभावित भएको उनको भनाइ छ । तीनै तहका सरकारअन्तर्गतका जिल्लामा सडक, खानेपानी, नदी तटबन्ध, सिँचाई, भवनलगायतका पूर्वाधार योजनामा १० हजारको सङ्ख्यामा मजदूर कार्यरत रहेका र त्यसमा दुई हजार ५ सय विदेशी रहेका बताइन्छ । रासस

कोरोना संक्रमण नियन्त्रणमा दक्षिण कोरियाले गरेको यस्तो छ उदाहरणीय काम

काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अस्तालमा रशेल आइपुग्छिन् । आफ्नो कारको सिसा तल गर्दै टाउको बाहिर निकाल्छिन् र स्वास्थ्य कर्मचारीले उनको मुख तथा नाकबाट नमूना संकलन गरी परीक्षणका लागि लैजान्छन् । रशेल अघिल्लो हप्ता डैगू गएकी थिइन । डैगू दक्षिण कोरियाको त्यो क्षेत्र हो, जहाँ कोरोना भाइरसको उच्च संक्रमण फैलिएको थियो । डैगूबाट फर्किएपछि उनलाई सामान्य ज्वरो तथा सुख्खा खोकी लागेको छ । हाल विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिरहेको छ र माहामारीको रुप धारण गरिहेको छ । उनी पनि कतै संक्रमण भएको हो कि भन्ने डर भएर परीक्षण गर्न आएकी हुन् । दक्षिण कोरियामा यस्ता दर्जनौं सेन्टरहरू निर्माण गरिएको छ, जहाँ सर्वसाधारण गएर कोरोना संक्रमणको परीक्षण गर्न सक्छन् । यी केन्द्रहरूमा, टाउकोदेखि खुट्टासम्म छोपिने सेतो सुरक्षात्मक कपडा लगाएर स्वास्थ्यकर्मीहरु बसेका छन् । उनीहरूको हातमा ठूलो पन्जा, आँखामा चश्मा र मुखमा सर्जिकल मास्कहरू छन् । यसपछि रशेल आफ्नो कारको सिसा बन्द गर्छिन् । र, पार्किङ्ग क्षेत्रबाट बाहिर निस्किन्छिन् । यदि परीक्षणको परिणाम पोजेटिभ छ भने उनलाई यस बारे जानकारी फोन मार्फत गराइनेछ र अस्पतालमा ल्याएर उपचार गरिनेछ । परिणाम नकारात्मक छ भने केवल एक सन्देश मोबाइलमा पठाइने छ । रशेल अस्पताल छिरेको डेड मिनेटमा अस्पतालबाट बाहिर निस्किसक्छिन । प्रयाप्त परीक्षण केन्द्र, तीब्र परीक्षण करिब २० हजार मानिसको दक्षिण कोरियामा हरेक दिन कोरोना परीक्षण भइरहेको छ । परीक्षण गरिएको यो डाटा संसारमा कुनै पनि अन्य देशको तुलनामा अत्याधिक मात्रामा बढी हो । रशेलले पार्किङ्ग छोडेको केही समयपछि नै उनको नमूना नजिकैको प्रयोगशालामा पठाइयो । दक्षिण कोरियामा कोरोना भाइरस परीक्षणको लागि डिजाइन गरिएका यस्ता प्रयोगशालाहरू चौविसै घण्टा चालु आवस्थामा रहन्छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई ख्याल गरेर नै यस्ता प्रयोगशालाहरूको निर्माण गरिएको हो । दक्षिण कोरियामा कोरोना भाइरस परीक्षणको लागि ९६ वटा सार्वजनिक तथा निजी प्रयोगशालाहरु निर्माण गरिएको छ, जसले रोग नियन्त्रणमा महत्वपूण भुमिका निर्वाह गरेका छन् । स्वास्थ्य अधिकारीहरु परीक्षणबाट संक्रमण नियन्त्रणमा सहजता हुने र मानिसहरूलाई सुरक्षित राख्न सकिन्छ भन्ने विश्वास गर्छन् । दक्षिण कोरियामा कोरोना संक्रमितहरुको मृत्युदर ०.७ प्रतिशत छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार वैश्विक मृत्युदर भने ४ प्रतिशतभन्दा माथि रहेको छ । तितो अनुभवबाट सिकाई कोरोना भाइरस नयाँ हो । तर, दक्षिण कोरिया संक्रमणको परीक्षण गर्ने तरिका पत्ता लगाउन सक्षम भयो । तिनीहरूले देशभरका प्रयोगशालाहरुमा सम्पर्क बिस्तार , नयाँ प्रयोगशाला निर्माण, तथा आवश्यक उपकरणको पूर्णव्यवस्थापन गरी मात्र १७ दिन भित्र सक्रिय रुपमा काम गर्न थाले । तर, यी सबै द्रुत प्रक्रियाहरु सम्भव हुनका पछाडी दक्षिण कोरियासँग एक धेर नैै तीतो अनुभव रहेको प्रोफेसर गे चियोल कोन बताउँछन् । उनी ल्याबोरेटरी मेडिसिन फाउण्डेशनका अध्यक्ष समेत हुन् । ‘हामीले कुनैपनि नयाँ संक्रमणको जोखिमसँग लड्न सिकेका छौं, यो हामीलाई सन् २०१५ मा फैलिएको मिडिलईस्ट रेस्पाइरेटरी सिन्ड्रोम (मर्स) बाट पाएको तितो अनुभब हो,’ प्रोफेसर चियोल भन्छन् । मर्सको प्रकोपले गर्दा दक्षिण कोरियामा ३६ जाना मानिसले जीवन गुमाएका थिए । ३६ जाना मानिसको मृत्युले दक्षिण कोरियाले आफ्नो दृष्टिकोण परिवर्तन गर्न बाध्य भएको थियो । नेतृत्व तहको उपयुत्त निर्णय देशले संक्रमणको सामनाका लागि छिटो र उपयोगी निर्णय गर्न नेतृत्व तहलाई बाध्य गरेको छ । दक्षिण कोरियाले रोग नियन्त्रणका लागि एक विभाग नै स्थापना गरेको छ, जसले सधैं कुनै पनि खराबभन्दा खराब अवस्थाको उचित सामना गर्ने हैसियत राख्दछ । वर्तमान परिस्थितिमा कोरोना भाइरसले विश्वब्यापी रुपमा महामारी फैलाइरहदा दक्षिण कोरियाले भने बिगतको सिकाइ र पूर्वतयारीका कारण संक्रमण नियन्त्रण गर्न सफल भएको छ । तीन मन्त्रः परीक्षण, पहिचान र उपचार समग्रमा भन्दा दक्षिण कोरियाले यो भाइरसको संक्रमण रोक्नका लागि अपनाएको मुख्य मन्त्र भनेको अत्याधिक मात्रामा परीक्षण, संक्रमितको पहिचान र सुरक्षित उपचार नै हो । जसका लागि राज्य, निजी क्षेत्र तथा जनता हातमा हात मिलाएर अघि बढेका छन् । फलस्वरुप कोरोनासँग बिजय पाउन दक्षिण कोरियाल सफल भएको छ । अनि नेपाल ? हाल मानव सभ्यताकै चुनौतिको रुपमा देखापरेको कोरोना संक्रमणको चक्रबाट पार पाउन कुनैपनि क्षेत्रको एकल प्रयासबाट सम्भब देखिदैन । यसको उदाहरण इटाली, स्पेन, अमेरिका लगायतका देशहरुवाट लिन सकिन्छ । हाल नेपालमा देखिएको दृस्य भने ठिक उल्टो छ । राज्यले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) समेत प्रयाप्त मात्रामा उपलव्ध गराएको छैन । नेपालभर जम्मा एउटा मात्र प्रयोगशाला छ । नयाँ प्रयोगशाला निर्माणको लागि बजेट नभएको बक्तव्य मन्त्रीहरुबाट आइरहेको छ । बिरामी भर्ना नलिने निजी अस्पताल, कालोबजारी गर्नमा उद्यत केही व्यापारी तथा दुई चार लौरो नखाएसम्म घरभित्र बस्न नमान्ने हामी जनता । कतै हामी सबै मिलेर संक्रमणलाई निम्तो दिइरहेका त छैनौं ? अव सोच्ने बेला टर्न लागिसकेको छ । बेलैमा होस पु¥याऔं, हैन भने श्री पशुपतिनाथले समेत हाम्रो रक्षा गर्न सक्ने छैनन् । (अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)

काेराेनाविरूद्द लड्न विश्व बैंकले नेपाललाई ३ अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई ३ अर्ब नेपाली रुपैयाँ ऋण दिने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण तथा जोखिम कम गर्न बैंकले नेपाललाई सो रकम ऋण दिने भएकाे हो । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्ने औषधीजन्य सामाग्री खरिद गर्नका लागि  बैंकले सो रकम ऋण दिन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । स्वास्थ्य मन्त्रायलका अनुसार कोरोनाको संक्रमण देखिएका अन्य देशहरुलाई पनि ऋण उपलब्ध गराउँदै आएको विश्व बैंकले नेपाललाई पनि ऋण उपलब्ध गराउन लागेको हो। सो रकम खर्च गर्ने सूचि बनिसकेकाे छ । सो सूचि अर्थमन्त्रालयमा पठाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार साे रकम कोरोनाका लागि अत्यावश्य सामाग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) मास्क, पन्जा, ल्याब टेस्ट किटलगायत सामाग्रीको खरिदमा खर्च गरिने छ । हाल नेपालमा ती सामानकाे निकै अभाव छ । सामान अभावकै कारण डाक्टरहरू  बिरामी चेकजाँच गर्न पनि मानिरहेका छैनन्र । ती सामानकाे अभाव भइरहेको बेला बैंकले सो रकम ऋण दिने भएको हो । हाल काेराेना भाइरसकाे कारण विश्व ग्रसित छ । नेपाल पनि त्यसबाट अछुत रहन सकेकाे छैन । अहिलेसम्म नेपालकमा पाँच जनामा काेराेना पाेजेटिभ देखिसकेकाे छ । तर, सबैकाे अवस्था भने सामान्य भएकाे चिकित्सकले बताएका छन् । ती मध्ये एक जना निकाे भएर घर फर्किसकेका छन् । अन्य चार जना भने उपचाररत छन् ।