सातदिन अगाडि नेपालबाट भारत गएका युवामा कोरोना देखियो
काठमाडौं । नेपालबाट केही दिन अगाडि मात्र भारत गएका युवामा कोरोना संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी अघिल्लो सातामात्र नेपालबाट भारत गएका थिए । उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने चाँही खुलेको छैन । संक्रमित युवालाई हाल अम्बालाकै सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिफ मेडिकल अफिसर डा. कुलदिपले शनिबार साँझ आएको प्रयोगशाला रिपोर्टमा ती युवामा कोरोना पुष्टि भएको बताएका छन् । ‘उनी १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारत आएका रहेछन् । परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । अहिले उनको अवस्था भने सामान्य छ,’ डा. कुलदिपले भने । उनलाई कोरोना पुष्टि भएपछि नेपालबाट सँगै आएका अर्का युवाको पनि स्वास्थ्य परीक्षण गरिएको छ । तर, उनको रिपोर्ट आइसकेको छैन ।
कोरोना रोकथामका लागि सिद्धार्थ बैंकले हरेक प्रदेशलाई दियाे १०/१० लाख (फाेटाेसहित)
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा १० लाख रुपैयाँका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।
श्रमिक र मजदुरलाई निशुल्क खाने र सन्ततीलाई शुल्क नलिइ पढाउन पाउने व्यवस्था गर्नुपर्छ
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) ले आज विश्व समुदाय आक्रान्त बनेको छ । भाइरसले आक्रमण गरेको केही दिनमै हजारौंको संख्यामा मृत्यु, लाखौंको संख्यामा संक्रमित भएको कारणले विश्व समुदाय नै त्रसित छ । यस भाइरससँग लड्न, जुध्न र जित्न २१औं शताब्दीको विज्ञान, प्रविधि र क्षमताको युगलाई चुनौतीनै बनेको छ । चुनौती केवल यसको उपचार पद्धति वा औषधि पत्ता लगाउनुमा मात्रै रहेन र होइन । त्यससँग जोडिएर प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आउन सक्ने व्यवधानहरु हुन । त्यसमा पनि हाम्रो जस्तो निम्न आय भएको मुलुक र यहाँको जनताको दैनिक जीवनयापनमा आउने समस्यालाई गम्भीर भएर हेर्नुपर्ने आजको महत्त्वपूर्ण विषय हो । पहिलो व्यक्ति संक्रमित देखिएको झन्डै २ महिना भइसक्दा पनि सरकारी तयारी अति सुस्त र लाज छोप्ने प्रवृत्तिको देखिनु नेपाली नागरिकप्रति घोर अपमान र जनताप्रतिको गैरजवाफदेहिताको नमुना भएको प्रष्ट देखिन्छ । यस्तो विषम परिस्थितिमा जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै निम्न बमोजिमका सुझावहरु पेश गर्दछु । (१) हल्का सुझाव प्रसारण गर्ने, बैठक र निर्णय बाहिर ल्याउने जस्ता नियमित कार्यले मात्र जनता विश्वस्त हुन सक्ने परिस्थिति बनेको छैन । त्यसैले ‘महामारी विरुद्ध राष्ट्रिय महाअभियान २०७६’ घोषणा गरी आवश्यक सामाग्री तत्काल उपलब्ध गराउने र जोहो गर्ने व्यवस्था गरिनुपर्छ । (२) मेडिकल टिमलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुरुप आवश्यक उपकरण, औजार र सामाग्रीको व्यवस्थापन गरी ‘सुरक्षित क्वारेन्टाइन’को निर्माण र राख्ने व्यवस्था गरिनुपर्छ । (३) उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई हालसम्म पनि व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध गराउन नसक्नु, थोरै उपलब्ध पीपीइ पनि डब्लुएचओको मापदण्ड अनुरुपको नहुनु र त्यस्ता अविश्वासनीय उपकरण र सामाग्रीको आधारमा डाक्टर, नर्सलगायत स्वास्थकर्मीलाई उपचारमा खटाउने कार्यले संक्रमित हुन बाँकी समाजलाई नै कहालीलाग्दो रुपमा संक्रमित बनाउनु हो । तसर्थ पर्याप्त मात्रामा उच्च गुणस्तरको पीपीइ उपलब्ध गराउनु पर्दछ । (४) यस्तो महामारीको प्रकोपको रुपमा अघि बढेको रोग विरुद्धको लडाईँको अग्र भागमा उभिने, होमिने र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुनै हुन्, त्यसैले स्वास्थ्यकर्मीलाई ‘म नागरिकको स्वास्थको खातिर जवाफदेहि र संवेदनशील छु’ भन्ने भावना जगाई कार्य गर्न–गराउन ‘स्वास्थ्यकर्मी प्रोत्साहन प्याकेज’ घोषणा गरिनुपर्छ । (५) सबै जिल्ला अस्पतालमा प्रशस्त मात्रामा पुग्नेगरी स्तरीय कोभिड १९ टेष्ट किट तत्काल व्यवस्था गरिनुपर्छ । (उदाहरणका निम्ति दक्षिण कोरियाले एकै दिनमा २ लाख जनासम्मको कोरोना भाइरस परीक्षण गरिरहेको छ । जवकि हाल नेपालमा लाजमर्दाे गरी नगन्य संख्यामा केन्द्रमा मात्र परीक्षण भइरहेका छ । (६) भविष्यमा आइपर्न सक्ने सबै परिस्थितिको मुल्यांकन र जिम्मेवारी बोध गरी ‘हाम्रो स्वास्थ हाम्रो साबधानी’ रणनीति बनाई आवश्यक उपकरण, औषधि, सघन उपचार कक्ष, भेन्टिलेटर आदिको तयारी गरिनुपर्छ । ७) महामारी नियन्त्रण गर्नका लागि राष्ट्रिय योजना कार्यन्वयन गर्ने सन्दर्भमा स्वास्थकर्मीहरुलाई उपचारमा एकरुपता कायम गराउन तत्काल कार्यशाला, सेमिनार, गोष्ठी र टे«निङ सञ्चालन गरिनुपर्छ । ८) कोरोना भाइरस विरुद्ध प्रतिपक्ष दल लगायतका सबै राजनीतिक दल, नागरिक समाज, सम्पुर्ण सुरक्षा निकाय, सरोकार सम्बद्ध सबै पक्ष समग्रमा आम नेपाली नागरिकको एकताबद्ध साथ र सहयोग रहे तापनि, सरकार र स्वास्थ्य मन्त्रीको भावना जतिसुकै पवित्र भएपनि कार्यदक्षता देखिएन । तसर्थ, स्वास्थ्य मन्त्रीज्यू, ‘तपाईं या त तत्काल कार्यन्वयनमा जुट्नुहोस् खट्नुहोस् अन्यथा तपाईंले मार्ग प्रशस्त गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ ।’ नेपाली कांग्रेस ‘किसानको साथी, श्रमिकको पार्टी’को मुल उदेश्यमा समर्पित हुदै ‘श्रम शक्ति नै राष्ट्र शक्ति’ भन्ने भावनाले अभिप्रेरित भै मजदुर, श्रमिक र न्यून आए भएका जनताको सन्दर्भमा तत्काल प्याकेजमा राहत उपलब्ध गराउन सुझावहरु पेश गर्दछु । (१) सरकारले लकडाउन र सबै क्षेत्र बन्द घोषणा गरेसँगै औद्योगिक कलकारखाना, व्यापार व्यवसाय, सम्पुर्ण कार्यालयहरु बन्द भए । बन्द र लकडाउन भएपछि अलपत्र र अप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्ने मजदुर, श्रमिकहरुलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउने व्यवस्था हुनुपर्छ । (२) कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गीय तहमा निर्धारण गरी सबै तहका सरकारको प्रभावकारी समन्वयमा निशुल्क र सस्तो शुल्क राहत प्याकेजको व्यवस्था गरिनुपर्छ । (३) लकडाउन लम्बिदै जादा आइपर्न सक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न खाद्य तथा अत्यावश्यक सामाग्रीको जोहो गर्ने, भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण बनाउनुपर्छ । (४) न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरहरुका लागि पूर्ण राहत प्याकेजको व्यवस्था गरिनुपर्छ । (५) संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उधोग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपायसहितका अनलाइन सेवा, सहुलियत घुम्ती सेवाको व्यवस्था गरिनुपर्छ । (६) विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिकसत्रको अध्ययन शुल्क मिनाहा गरिनुपर्छ । (७) रोजगारीका लागि विदेशमा रहनु भएका दिदीबहिनी दाजुभाइहरुको चाहना र माग अनुसार नेपाल सरकार जिम्मेवार अभिभावक बनोस् । स्वास्थकर्मी, सुरक्षाकर्मी, श्रमिक तथा मजदुरका आवश्यकता अधिकार र हितका सवालमा नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभाग हरतवरले साथमा रहेर कार्यगर्ने विश्वास दिलाउदै श्रमिक र मजदुरले मुलुक निर्माणमा पु¥याउन भएको महत्वपूर्ण योगदानकाप्रति विभाग उच्च सम्मान प्रकट गर्दछ । सरकारले पनि उच्च सम्मान प्रकट गर्न माथी उल्लेखित ब“ुदाहरुलाई तत्काल कार्यन्वयनका लागि जोडदार माग गर्दछु । लेखक नेपाली काङ्ग्रेस श्रमिक तथा मजदुर बिभाग संयोजक हुन् ।
चौधरी फाउन्डेसनले सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री बाँड्यो
काठमाडौं । चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिने चाैधरी फाउन्डेसनले जानकारी दिएकाे छ । पहिलो चरणको वितरण सकिएसँगै अब हाम्रो ध्यान परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ । चीनका विभिन्न शहरमा तयार पारेर राखिएका यी सामान नेपाल आउनेबित्तिकै द्रुत्त गतिमा वितरण थालिने फाउन्डेसनकाे भनाइ छ । ‘हामीले भन्दै आएका छौं कि हामीले वितरण गरेका सामग्री देशको आवश्यकताका अगाडि थोरै हो । हामीले अझै धेरै स्वास्थ्य केन्द्रमा सुरक्षा सामग्री वितरण गर्ने लक्ष्य लिएका छौं । यो विषम परिस्थितिमा हरेक तह र तप्काले यस्तो सत्कार्यमा पहल गर्नु आवश्यक छ,’ फाउन्डेसनले भनेकाे छ । फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रहरूको प्रदेशगत विवरण प्रदेश १ १. अस्थायी कोरोना सेन्टर, विराटनगर २. मेची अस्पताल, भद्रपुर ३. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ४. उदयपुर जिल्ला अस्पताल प्रदेश २ ५. जानकी मेडिकल हस्पिटल, जनकपुर ६. प्रादेशिक केन्द्र अस्पताल, जनकपुर ७. स्वाप परीक्षण प्रयोगशाला, जनकपुर ८. नारायणी अस्पताल, वीरगन्ज ९. राजविराज अस्पताल, सप्तरी १०. कौडेना हेल्थपोस्ट, सर्लाही ११. मलंगवा अस्पताल, सर्लाही प्रदेश ३ १२. कान्ति बाल अस्पताल, काठमाडौं १३. त्रिवि शिक्षण अस्पताल, काठमाडौं १४. वीर अस्पताल, काठमाडौं १५. शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, काठमाडौं १६. मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं १७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर १८. माइती नेपाल, गौशाला, काठमाडौं १९. कोरोना उपचार केन्द्र, चितवन २०. चितवन जिल्ला अस्पताल २१. जिल्ला जनस्वास्थ्य कार्यालय, हेटौंडा २२. विपद् व्यवस्थापन केन्द्र, काठमाडौं २३. सशस्त्र प्रहरी बल, बलम्बु, काठमाडौं २४. मध्यपुर ठिमी अस्पताल, भक्तपुर २५. शीर मेमोरियल अस्पताल, काभ्रे २६. गुञ्जवान अस्पताल, टाँडी, चितवन २७. धादिङ जिल्ला अस्पताल २८. मुग्लिन हस्पिटल, चितवन प्रदेश ४ २९. मध्यबिन्दु अस्पताल, कावासोती ३०. प्राथमिक स्वास्थ्यचौकी, दुम्कौली, नवलपुर ३१. पिताउन्जी स्वास्थ्यकेन्द्र, नवलपुर ३२. सहज अस्पताल, गैंडाकोट ३३. मातृशिशु मितेरी अस्पताल, कास्की ३४. पर्वत जिल्ला अस्पताल ३५. बागलुङ जिल्ला अस्पताल ३६. गोरखा जिल्ला अस्पताल प्रदेश ५ ३७. भीम अस्पताल, भैरहवा ३८. लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही ३९. आयुर्वेद अस्पताल, दाङ ४०. प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज ४१. पाल्पा जिल्ला अस्पताल ४२. रेउघा अस्पताल, रोल्पा ४३. बर्दिया जिल्ला अस्पताल ४४. देवदह क्वारन्टिन सेन्टर, रुपन्देही प्रदेश ६ ४५. रुकुम पश्चिम अस्पताल ४६. सुर्खेत जिल्ला अस्पताल प्रदेश ७ ४७. कैलाली जिल्ला अस्पताल ४८. महेन्द्रनगर जिल्ला अस्पताल
एनआईसी एशिया बैंकले ७ वटै प्रदेशमा खोल्यो ग्राहक सहायता केन्द्र, समस्याका समाधान फोनबाटै गर्न मिल्ने
काठमाडौं । एनआईसी एशिया बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । बैंकले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुको समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि उक्त केन्द्रको स्थापना गरेको हो । यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सकिन्छ । जस्तै, प्रदेश १ मा रहेका ग्राहकले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सक्नेछन् । यसैगरी विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सक्नेछन् । यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नेछन् जसका लागि बैंकले देहाएका ग्राहक सहायता केन्द्रहरु स्थापना गरेको छ । प्रदेश नं. १ः प्रदेश नं. २ः प्रदेश नं. ३ः प्रदेश नं. ४ः प्रदेश नं. ५ः प्रदेश नं. ६ः प्रदेश नं. ७ः यसका साथै, ग्राहकले बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०-०१-७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सक्ने बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खानियाले बताएका छन् ।
काेराेनासँग लड्न अमेरिकाले नेपाललाई करिब साढे २१ करोड सहयाेग गर्ने
काठमाडाैं । अमेरिकाले नेपाललाई साढे २१ करोड सहयाेग गर्ने भएकाे छ । विश्वभरी महामारीका रूपमा फैलिरहेकाे कोरोनाभाइरस ( काेभिड १९)सँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर अर्थात करिब साढे २१ करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको हाे । अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो । गत फेब्रुअरीमा अमेरिकाले १० करोड डलर सहयोगको घोषणा गरेको थियो । नयाँ सहयोग रकम महामारीको जोखिमममा रहेका विश्वका ६४ राष्ट्रका लागि घोषणा गरिएको हो । अमेरिकाले सम्भावित महामारीको पहिचान गर्न र त्यससँग लड्न तयारी गर्न दक्षिण एसियामा १० लाख डलर सहयोग पनि गर्नेछ । नेपालसँगै अमेरिकाले भारतलाई २९ लाख डलर, बंगलादेशलाई ३४ लाख डलर, श्रीलंकालाई १३ लाख डलर र अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्ने जनाइएकाे छ ।
यस्ता छन् राष्ट्र बैंकले ल्याउन लागेका राहत प्याकेज
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण सिथिल भनेको नेपाली अर्थतन्त्रलाई त्राण दिन नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउने भएको छ । कोभिड १९ सम्भावित संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन घोषणा गरेको र यसको कारण आर्थिक गतिविधि ठप्प भएपछि राहतका लागि विशेष कार्यक्रम ल्याउन राष्ट्र बैंक जुटेको हो । २०७२ सालको भूकम्पको बेलामा राहत दिन ल्याइएका जस्तै कार्यक्रम ल्याउने गृहकार्य भइरहेको राष्ट्र बैंकले स्रोतले जानकारी दियो । यस्तो कार्यक्रम भनेको प्रत्येक्ष र सबैभन्दा बढी असर परेका उद्योग व्यवसायका लागि सहुलियत व्याजदरमा कर्जा पाइने, साँवा तथा व्याजको किस्ता तिर्ने समय बढाउने, पुनरकर्जाको सविधा बृद्धि गर्नेलगायतका कार्यक्रम हो । ‘देश पूरै ठप्प छ, आपूर्ति प्रणाली ध्वस्त भएको छ, औद्योगिक उत्पादन छैन, सेवा क्षेत्र पनि प्रभावित भएको छ, धेरैको रोजगारी गुमेको अवस्था छ, वित्तीय क्षेत्रको स्थायित्वमै प्रश्न उठ्न सक्ने देखिएको छ, त्यसैले सकिनेसम्मको विशेष कार्यक्रम ल्याउन गृहकार्य गरिरहेका छौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने । उनले कर्जाको साँवा व्याज तिर्ने म्याद कम्तिमा १ महिना बढाइने तयारी भइरहेको बताए । यस्तो समय अलि धेरै हुन सक्ने पनि उनको भनाइ छ । यस्तो कार्यक्रम आएको थियो भूकम्पपछि [pdf id=204020]
कोरोना उपचारः डब्लुएचओले शुरु गर्यो मानवीय परीक्षण, यी हुन् प्रयाेग भएका चार औषधि
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि औषधिको मानवीय परीक्षण गरेको छ । संगठनले आधिकारिक रुपमा पहिलो पटक कोरोनाको औषधि परीक्षण गरेको जनाएको हो । संगठनले कोरोनाको औषधि पहिलो पटम स्पेन र नर्वेमा सुरु गरेको बताइएको छ । कोरोनाको औषधि पत्ता लाग्ने वा नलाग्ने यो परीषणले पनि बताउने छ । यदि यो परीक्षण सफल भयो भने विश्व यो मकहामारीबाट सफलता पाउने छ । त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी औषधिहरु आधिकारीकरुपमा सिफारिस हुनु अघि नै यी औषधिहरुले कोरोना भाइरस मर्छ भन्दै पटक पटक सार्वजनिक मञ्चमा भन्दै आएका थिए । उनका ती भनाईहरुको सर्वत्र आलोचना भइरहेका बेला डब्लूएचओले यी औषधिमाथि परिक्षण शुरु गरेको हो । विज्ञहरुले यस सम्बन्धि थप परिक्षणहरु आवश्य रहेको भन्दै अहिले नै हतारिएर यी औषधि प्रयोग नगर्न सुझाव दिइरहेको थिए । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले कोरोना भाइरस विरुद्ध कुनै औषधि प्रमाणित नभईसकेको हुनाले जथाभावीरुपमा गरिदै आएका प्रयोगहरुलाई रोक्न अनुरोध गरिरहेका छन् । कुन कुन औषधि प्रयोग गरिए ? विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिहरुको परिक्षण प्रयोग गरेको हो । ती औषधिहरुमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण एचआइभी एड्सको औषधिकोरुपमा प्रयोग गरिने लोपिनाभिर र रिटोनाभिरहरुलाई परिक्षणको रुपमा प्रयोग गरिएको हो । क्लोरोक्वाइन र यसको डेरिभेटिभ औषधि हाइड्रोक्सिक्लोरोक्वाइन दशकौँदेखि प्रयोगमा रहँदै आएका औषधि हुन् । कोरोना भाइरसमा यिनीहरुको प्रभावकारिताबारे फ्रान्समा गरिएको एउटा अध्ययनमा केहि सकारात्मक लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठन थप परिक्षणका लागि उत्साहित बनेको हो । भारत, चीन र अमेरिकामा रम्दिसिभिरको प्रयोग गरिएको र त्यसले केहि आशातित नतिजाहरु दिएको भन्ने समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । डब्लूएचओका नयाँ रोग हेर्ने विभागका प्रमुख डाक्टर मारिया भाङ केकोहोभले अहिलेसम्म कुनै पनि औषधिको पुनः परिक्षण नसकिएको र सबै औषधिहरु क्लिनिकल ट्रायल जारी रहेको बताइएको छ ।