लक्ष्मी बैंकको २२ वटा शाखा खुल्ने, काठमाडौं उपत्यकामा मात्रै ३ वटा
काठमाडौं । लक्ष्मी बैंकको २२ वटा शाखा कार्यालयहरु खुल्ने भएको छ । बैंकले आइतबार(आज) काठमाडौं उपत्यका सहित विभिन्न प्रदेशको गरी सो मात्राको शाखाबाट ग्राहकहरुलाई बैंकिङ सेवा दिन लागेको हो । जसमध्ये काठमाडौं उपत्यकाको हात्तीसार, सानेपा र कीर्तिपुरको गरी ३ वटा शाखा खुल्ने भएका छन् । जसमध्ये हात्तीसार र सानेपा शाखा १० देखि १ बजेसम्म र कीर्तिपुर शाखा १२ देखि २ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ । त्यस्तै, प्रदेश नम्बर १ को ८ वटा, २ को २ वटा र ५ को ४ वटा शाखा कार्यालयहरु खुल्ने छन् । बागमती प्रदेशको ५ वटा शाखा खुलाउने बैंकले जनाएको छ । कुन शाखा कुन समयमा खुल्छन् ?
नेपालमा पनि कोरोना एप सुरु, कसरी प्रयोग गर्ने ?
काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा न्युनिकरण गर्न एप बनाएको छ । उक्त एपले ‘क्राउड सोर्सिङ्ग’ अवधारणा बमोजिम सर्वसाधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्न सहयोग गर्ने बताइएको छ । नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नाम दिएको उक्त एपमा परिवार, छरछिमेक तथा साथीभाइमा कोभिड–१९ को लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने व्यवस्था गरिएको छ । एपमार्फत् नै सूचना एवम् जानकारी सम्प्रेषण गरिनेछ । एपमार्फत् प्राप्त हुने तथ्याङ्कलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन एवम् विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने जनाएको छ । कसरी प्रयाेग गर्ने एप ? एपलाई तत्काल नेपाली सेनाको वेभसाइट ‘नेपालआर्मी डट मिल डट एनपी’ बाट डाउनलोड गर्न सकिने छ । अब लगत्तै गुगल प्ले स्टोरमा समेत व्यवस्था गरिने नेपाली सेनाले विज्ञप्ती जारी गरी उल्लेख गरेको छ । प्रयोगकत्र्ताले सुरुमा आफ्नो व्यक्तिगत् विवरण समावेश र्गेपछि एप सञ्चालनमा आउनेछ । हाललाई उक्त एप एन्डरोयड मोबाइलमा मात्रै प्रयोग गर्ने गरी डिजाइन गरिएकोमा केही दिनभित्रै एप्पल फोनका लागि तयार गरिने नेपाली सेनाले जनाएको छ ।
आजदेखि डिश होम प्लस एचडिको ‘घरमै फिल्म हल’
काठमाडौं ।काेराेना भाइरसकाे विश्वभरी फैलिएसँगै नेपाल सरकारले लकडाउनको घोषणासंगै दर्शकहरुको मनोरंजन प्रदान गर्न डिश हाेमले प्लस एचडि को ‘घरमै फिल्म हल’लाई लक्षित एक हप्ते कार्यक्रम घोषणा गरेको छ । आइतबारदेखि शनिबार सम्ममा दर्शकहरुले घरै बसी बसी विभिन्न फिल्महरु हेर्न पाउने छन् । डिश होमको प्लस मुभी एचडिमा आइतबार १० बजे ‘रिङ्ग रोड’, १ बजे ‘राजनीति’, ४ बजे ‘पासवर्ड’ र ७ बजे ‘ठमेल डट कम’ देखाईनेछ । इन्टरनेटको पहुँच नभएको ठाउँका दर्शकहरुले यसबाट लाभ उठाउन सक्नेछन् । त्यस्तै इन्टरनेटको स्पिड घटेकोले सास्ती खेपिरहेकाहरुलाई पनि यो राम्रो विकल्प हुन सक्छ । यो बेला भिविन्न फेक न्युज हेरेर बस्नु भन्दा यि फिल्म हरु ले पारिवारिक जमघट पनि हुने र रमाइलो पनि हुने , फिल्म को माद्यम बाट मनोरन्जन दिने र लकडाउनको समयमा घरमै समय व्यतित गरिरहेका दर्शकहरुको मनोरंजनको लागि यसो गरिएको रमाइलो यचडि का अध्यक्ष दयाराम पाण्डेय्ले बताए । सोमबार १० बजे ‘सौभाग्य’, १ बजे ‘टिन एज’, ४ बजे ‘प्रेम लिला’ र ‘७ बजे ‘प्रेम गीत’ देखाईनेछ । मंगलबार १० बजे ‘सुश्री सम्पत्ति’, १ बजे ‘हैरान’, ४ बजे ‘छक्का पन्जा २’ र ७ बजे ‘झमक बहादुर’ देखाईनेछ । शुक्रबार १० बजे, १ बजे, ४ बजे र ७ बजे ‘माया पिरिम’, शनिबार क्लासिक मुभी अंतर्गर १० बजे ‘हामी तीन भाइ’, १ बजे ‘अल्लारे’, ४ बजे ‘ट्रक ड्राइभर’ र ७ बजे ‘दक्षिणा’ हेर्न सकिनेछ । यी सबै फिल्महरु निस्शुल्क हेर्न पाइनेछ । त्यसैगरि बुधबार १० बजे ‘सिन्दुर’, १ बजे ‘गोपी’, ४ बजे ‘चौका दाउ’ र ७ बजे ‘राहदानी’, बिहिबार १० बजे ‘जेरी’, १ बजे ‘गाजलु’, ४ बजे ‘क्याप्टेन’ र ७ बजे ‘जेरी’ देखाईनेछ । त्यसैगरि सिनेमाघरको च्यानल नम्बर १०८ मा ‘छक्का पन्जा ३’ र च्यानल नम्बर ८८८ मा ‘आमा’ हेर्न सकिनेछ । छक्का पन्जा ३ को लागि २ सय २५ रूपैयाँ तिर्नु पर्नेछ भने ‘आमा’ को लागि ३ सय २५ रूपैयाँ तिर्नु पर्नेछ । दुवै फिल्मको दैनिक ८/८ शो हुनेछ ।
अब पाँच मिनटमै काेराेना परीक्षण गर्न सकिने !
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा पाँच मिनेटमै दिन सक्ने प्रविधि तयार भएकाे छ । अमेरिकाकाे एबोट कम्पनीले याे मेसिन तयार गरेकाे हाे । यो मेसिनले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्ने बताइएकाे छ । अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ । अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । एजेन्सी
आज २६ वटा शाखा खोल्दै कुमारी बैंक, कुन शाखा कति बजेसम्म ?
काठमाडौं । कुमारी बैंकले आज(आइतबार) २६ वटा शाखा खाेल्ने भएको छ । बैंकको उपत्यका भित्र र बाहिर गरी सो मात्राको शाखा खुल्ने भएको हो । जसमध्ये उपत्यका भित्रका ३ वटा र उपत्यका बाहिरका २३ वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।
दैनिक ज्यालादारी गरेर दिन गुजार्नेका लागि राहत प्याकेज ल्याइँदै
काठमाडौं । सरकारले आज (आइतबार) राहत प्याकेज ल्याउने तयारी गरिरहेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले राहत प्याकेज ल्याउने तयारी गरिरहेकाे हाे । सरकारले लक डाउनको घोषणा गरिरहेको बेला सरकरले सर्वसाधारण नागरिकको लागि प्याकेज ल्याउने तयारी गरिरहेको बुझिएको छ । स्रोतका अनुसार दैनिक ज्यालादारी गरेर गुजारा गर्ने वर्गका लागि सरकारले प्याकेज घोषणा गर्नेछ । ‘देशैभर लक डाउन गरेपछि दैनिक ज्यालादारी गर्ने वर्ग निकै प्रभावित बनेका छन्, उनीहरूकाे राहत स्वरूप प्याकेज ल्याउने तयारी भइरहेकाे छ,’ स्राेतले भन्याे । लकडाउनका कारण सर्वसाधारण प्रभावित भइरहेको अवस्थामा मन्त्रिपरिषद्ले केही न केही प्याकेज ल्याउने अपेक्षा भने गरिएको छ । हिजो मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बताएका थिए । लकडाउनका बेला न्यून आय भएकाहरू भोकभोकै बस्नुपर्ने अवस्थाप्रति ध्यान दिँदै प्रचण्डले न्यून वर्गीय श्रमिक जनताका लागि खाद्यान्नलगायत राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए । उनले शनिबार भिडिओ सन्देश जारी गर्दै ‘दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने न्यून वर्गीय जनताको खाद्यान्नलगायत व्यवस्थापनमा सरकारले विशेष सहयोग प्याकेज घोषणामा ध्यान जाने नै छ’ भन्ने सुझाव दिएका हुन् । यसले पनि आज मन्त्रिपरिषद्ले राहत प्याकेज ल्याउने निश्चित छ । धेरै देशहरुले आफ्ना नागरिकका लागि राहत प्याकेज ल्याइसकेका छन् । विभिन्न देशले गरिब तथा ज्यालादारी गरेर दैनिकी चलाउनेहरुका लागि प्याकेज घाेषणा गरिसकेका छन् । छिमेकी देश भारतले पनि जनताका लागि विभिन्न प्याकेजहरू ल्याइसकेकाे छ ।
आइतबार मेगा बैंकको ३० वटा शाखा खुल्ने, कुन कुन ?(सूचीसहित)
काठमाडौं । आइतबार(आज) मेगा बैंकको ३० वटा शाखा खुल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल ३० वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका हुन् । जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ५ वटा, प्रदेश ३ को १० वटा, प्रदेश ४ को २ वटा, प्रदेश ५ को ५ वटा, प्रदेश ६ को २ र प्रदेश ७ को २ वटा गरी देशभरका ३० वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।
मोहन ओझाले भनेः सात दिनभित्र कोरोना उन्मुलन गरिदिन्छु
काठमाडौँ । नेपाल व्यवस्थापन संघका सदस्य मोहन ओझाले सात दिन भित्र कोराना उन्मुलन गर्ने दाबी गरेका छन् । नेपालमा कोरोना भाइरसले सताईरहेको बेला ओझाले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ‘हेलो सरकार, अनिल कपुरको फिल्म नायकमा जस्तै चौबीस घण्टाको मुख्यमन्त्री जस्तै गरेर होइन जम्मा सात दिनको प्रधानमन्त्री देऊ । यो देशमा रहेका सबै प्रकारका भाइरसको उन्मुलन गरिदिन्छु भनेर ओझाले लेखेका छन् ।