पिट्सबर्ग विश्वविद्यालयलको दाबि : सफल परिक्षण भयो कोराना विरुदको खोप
काठमाडौं । अमेरिकाको पेनसेलभेनिया राज्यको पिट्सबर्ग विश्वविद्यालयले कोरोना भाइरस विरुदको खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले खोप सफल परिक्षण भएको बताएका हुन । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने रिपोर्टमा प्रस्तुत गरेका छ । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन । विश्वविद्यालयले आफ्नो शोधपत्रमा खोपको सफल परिक्षण भएको सार्वजनिक गरेका छन् । मिडभिल ट्रीबुन डटकमको सहयोगमा
नेपाल इन्भेष्टमेन्टमेन्ट बैंकले सरकारी कोषमा दियो एक करोड रुपैयाँ
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ दिएको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले यस्तो परिस्थितिमा सरकारलाई राहत होस् भन्ने हेतुले सहयोग स्वरुप कोषमा उक्त योगदान गरेको हो । साथै, देश तथा नेपाली जनता सबैलाई कुनै पनि कठिन समयमा मद्दत गर्न प्रतिवद्ध रहेको बैंकले जनाएको छ ।
भारतमा एक नेपाली दम्पतीमा देखियो कोरोना
काठमाडौं । भारतमा कामको लागि बस्दै आएको सुदूरपश्चिमका एक दम्पतीमा कोरोना संक्रमण देखिएकाे छ । भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोरोना भाइरस अर्थात कोभिड–१९ पोजेटिभ पुष्टि भएको बताईएको छ । श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनी घरेलु कामदारका रुपमा एक भारतीय परिवारकोमा काम गर्दै आएका थिईन । उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी स्रोतले जनाएको छ । स्रोतका अनुसार पछि स्वास्थ्य परीक्षणमा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोर स्थीत भिक्टोरिया अस्पतालको आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा बझाङकी ति महिलामा पनि कोरोना संक्रमण रिपोर्ट आएको थियो । स्थानीय प्रशासनल ती नेपाली महिला लाई कोरोना पुष्टि भएपछिे उनका चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो । स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाईरस देखिएको थियो । छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको समाचार स्रोतले जनाएको छ ।
बैंंकर गौतमको लकडाउन दिनचर्याः अफिसको धेरै काम घरबाटै, फुर्सदमा उपन्यास पढ्ने
काठमाडौं । सामान्य अवस्थामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको दिनचर्या तनाव र व्यस्ततामै बित्छ । विहान ९ बजेसम्ममा बैंकमा पुगिसकेका सीईओहरु बेलुका छिटोमा पनि ८ बजेपछि मात्रै बैंकबाट बाहिरिन्छन् । यो बीचमा भेटघाट, छलफल र बैंकिङ व्यवसायकै बारेमा उनीहरुको ध्यान केन्द्रीत भएको हुन्छ । कुन ऋण उठेन, कुन फाइल तत्काल अघि बढाएर कर्जा प्रवाह गरिहाल्ने, कुन क्षेत्रमा लगानी बढाउने, कुन क्षेत्र अब बुम हुन सक्छ, सरकार र नेपाल राष्ट्र बैंकले ल्याएको कुन नीति नियमले के कस्तो असर पर्छ भन्ने जस्ता विषय नै बैंकरको अगाडि धेरै आइरहेका हुन्छन् । तर, कोरोना भाइरस (कोभिड १९) को विश्वभर संक्रमण विस्तार भएपछि अधिकांश देशले लकडाउन गरेर सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्द लगाइरहेका छन् । नेपाल सरकारले पनि देशभर लकडाउन गरेर सर्वसाधारणलाई आआफ्नै वासस्थानमा रहन भनेको छ । यसरी लकडाउन घोषणा गरिएपनि अत्यावश्यक सेवा भने रोकिएको छैन । अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था र निकाय संचालनमै छन् । तर यस्तो सेवा प्रदान गर्नेहरु पनि सिमित कर्मचारीको भरमा अत्यावश्यक कामको लागि मात्रै कार्यालय संचालन गरिरहेका छन् । बैंकिङ सेवा अत्यावश्यकभित्र परेपनि सेवा प्रवाह सहज छैन । सरकारले घोषणा गरेको लकडाउन र महामारी संक्रमणको सन्त्रासका कारण बैंकका कर्मचारी कार्यालयमा आउन जान अप्ठेरो छ । यस्तै, बैंकका शाखा खुलेपनि सेवाग्राही सेवा लिन जान पाएका छैनन् । त्यसैले बैंकिङ क्षेत्रमा पनि लकडाउनको प्रत्यक्ष असर परेको छ । बैंकका सीईओहरु पनि यो बेला कार्यालय कम गइरहेका छन् । अतिआवश्यक काम पर्यो भने मात्रै कार्यालय जाने गरेको सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतम बताउँछन् । ‘अतिआश्यक काम पर्यो भने मात्रै कार्यालय जाने गरेको छु, नत्र घरबाटै अनलाइन माध्यमबाट समन्वय गरी सेवा प्रवाहमा ध्यान दिइरहेको छु, समय तोकेर शाखाहरु खुलेका छन्, कतै केही समस्या भयो वा समन्वय गर्नुपर्ने अवस्था आएमा सहजीकरण गर्ने काम भइरहेको छ,’ सीईओ गौतमले विकासन्युजसँग भने । त्यसो भए घरमा उनी कसरी समय विताइरहेका छन् त ? हामीले सीईओ गौतमसँग यसबारेमा जान्ने प्रयास गरेका थियौं । उनले घर बसेका बेलामा अन्य समय हेर्न नभ्याइने प्रकृतिको बैंकको काम गर्ने गरेको बताए । यस्तो काम भनेको खासगरी बैंकको नीतिनिर्माण तहको काम हो । लकडाउनको समयमा घरमा बस्दा केही फुर्सद भने उनले बताए । काम नपरेको बेलामा घरको काम गर्ने र गर्न नभ्याइएका व्यक्तिगत कामहरु पनि गर्ने गरेकोको उनले बताए । मदनमणि माट्सापको उपन्यास, ब्रम्हाण्ड सम्बन्धी अध्ययनमा रुची उनले फुर्सदको समयमा अध्ययन गर्नको लागि लकडाउन हुने अनुमानका आधारमा केही पुस्तक किनेर ल्याएका थिए । अहिले ती पुस्तकको अध्ययनमा पनि उनको समय वित्ने गरेको छ । ‘लकडाउन हुन्छ कि लागेको थियो, त्यसैले केही साताअघि आफ्नो रुचीअनुसारका केही पुस्तक किनेको थिएँ, अहिले ती पुस्तकको अध्ययन पनि गर्दैछु,’ उनले भने । उनले निकै पहिला मदनमणि माट्साप (मदनमणि दिक्षित) को उपन्यास माधवी पढेका थिए । गौतमलाई मदनमणि माट्सापको अर्काे उपन्यास पढ्ने रहर लागेको भएपनि समयका कारण भ्याइरहेका थिएनन् । अहिले मौका जुरेको छ । ‘मदमणि माट्सापको भूमिशुक्त उपन्यास पढ्दैछु, पहिलादेखि नै यो उपन्यास पढ्ने रहर भएपनि अहिले मौका मिलेको छ,’ उनले भने । यस्तै, उनी अहिले डटी सेक्रेट अफ रिभर्स, फाइभ बिलियन इयर्स अफ सोलिचुट्स जस्ता पुस्तक पनि पढिरहेका छन् । पुस्तक अध्ययन बाहेक उनी अहिले कसमस पोसिबल वल्र्डस डकुमेन्ट्री पनि हेर्ने गर्छन् ।
कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग
काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैयाँ आर्थिक सहयोग गरेको हो । कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार (चैत १९ गते) बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो ।
एनआईसी एशिया बैंकले प्रदेश १ का श्रमिकलाई दियो ५ लाख बराबरको खाद्यान्न सामग्री
काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ का दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा उक्त रकम बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिने उद्देश्यले उक्त सहयोग गरेको हो । बैंकले चैत २० गते बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।
नेपाल बैंकद्वारा गण्डकी प्रदेश सरकारको कोरोना कोषमा पाँच लाख सहयोग
पोखरा । नेपाल बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखराले कोरोना रोकथाम कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तर्दायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोना भाइरस(कोभिड-१९) रोग रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रुपैंया सहयोग गरेको हो । नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् । यस अघि नेपाल बैंकको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा १ करोड रुपैयाँ जम्मा गरि सकेको छ । हाल गण्डकी प्रदेशमा विभिन्न २३ वटा शाखाहरु, १७ वटा ए.टी.एम. र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेको छ । साथै, निकट भबिष्यमा अन्य विभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुँदा बैंकले आफ्नो उपस्थितिलाई गण्डकी प्रदेशमा थप दरिलो बनाउदै लैजाने सो बैंकका गण्डकी प्रदेश प्रमुख पौडेलले जानकारी गराएका छन् । साथै, विद्यमान कठिन तथा विषम परिस्थितिमा बैंकले ग्राहकहरुको बैंकिङ आवश्यकतालाई सर्वोपरी मान्दै पोखरा उपत्यकाका पृथ्वीचोक तथा सि.अ.पोखरा(तेर्सापट्टी) बाट बैंकिङ सुविधाआलो पालो गरी प्रदान गर्दै रहेको पृथ्वीचोक शाखाका प्रबन्धक निलुजा श्रेष्ठले जानकारी दिए ।
नेपाल एसबिआई बैंकले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड सहयोग गर्ने निर्णय
काठमाडौं । बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ सहयो गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख सहयोग गर्ने जानकारी दिएको छ । यसका साथै बा“कीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ । बैैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकार तथा विभिन्न संस्था, वर्ग र व्यक्तिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।