
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ दिएको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
बैंकले यस्तो परिस्थितिमा सरकारलाई राहत होस् भन्ने हेतुले सहयोग स्वरुप कोषमा उक्त योगदान गरेको हो ।
साथै, देश तथा नेपाली जनता सबैलाई कुनै पनि कठिन समयमा मद्दत गर्न प्रतिवद्ध रहेको बैंकले जनाएको छ ।