विकासन्युज

बुधबार मेगा बैंकको ५६ वटा शाखा खुल्ने, कुन कुन ? (सूचीसहित)

काठमाडौं । बुधबार(भाेलि) मेगा बैंकको ५६ वटा शाखा खुल्ने भएका छन् । बैंकको भाेलि ११ बजेदेखि १ बजेसम्म ७ वटै प्रदेशको गरी कूल ५६ वटा शाखा खुल्ने मंगलबार एक सूचना मार्फत जानकारी दिएकाे छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् । कुन कुन शाखा खुल्छन् ?

सीमामा अलपत्र नागरिकलाई देश भित्राउन सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने सरकारले आदेश दिएको छ ।  सीमामा रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वाेच्चले आदेश जारी गरेका छन् । न्यायधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।  तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म सिमा क्षेत्रमा रहेका नेपालीहरुलाई खाने, बस्ने तथा स्वास्थ्य सुनिश्चित गर्ने व्यवस्था गर्न सर्वाेच्चले आदेश दिएको हो । अरु देशमा रहेका नेपाली नागरिक समेत नेपाल फर्कन चाहेमा व्यवस्था गर्न अदालतले आदेश जारी गरेको छ ।

दराजले उपत्यका भित्र आवश्यक वस्तुहरू डेलिभर गर्ने, गर्याे बिगमार्टसँग साझेदारी

काठमाडाैं । नेपालको अग्रणी अनलाइन बजार, दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ। उक्त साझेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पुर्याउन तयारी गरेका छन्। साझेदारीको रूपमा, दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरूको पाउनेछन् साथै बिगमार्ट मार्फत उपलब्ध अफहरूको पनि आनन्द लिन सक्दछन्। साथै ग्राहकहरूले दराज को निम्न लिखित बैंक पार्टनरहरूको डेबिट / क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम ५०० रुपैयाँको छूट पाउनेछन्: सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंक। दराजमा बिगमार्टका सामानहरू दाराज एप वा वेबसाइट को गृहपृष्ठ/होमपेजमा सजिलै भेट्न सकिन्छ। बिगमार्टको बलियो आपूर्ति चेन र विक्रेताहरूसँगको गहिरो सम्बन्धका कारण ग्राहकहरूले उच्च गुणस्तरको आवश्यक उत्पादनहरूको आशा गर्न सक्दछन्। यसका साथै दराजको अनुभव र संसाधनहरूले उत्पादहरू समयमै सुरक्षित तरिकाले डेलिभर गराउने कुरा सुनिश्चित गर्दछ। यो एक दीर्घकालीन साझेदारी हो जसमा दुबै कम्पनीहरूले देश भरका ग्राहकहरूका लागि सुविधाजनक सेवा दिन उनीहरूको विशेषज्ञता र स्रोतहरूको पूरा उपयोग गर्ने लक्ष्य राखेका छन्। हालै काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी गर्ने भएपनि कम्पनीले चाँडै नै देशका अरु स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्‍याउने आशा राखेको छ। भविष्यमा, ग्राहकहरूले अझै धेरै उत्पादनहरुका साथ थप डेलिभरी लोकेशन तथा समय समयमा निःशुल्क वितरण जस्ता थपिएका सेवाहरूको आनन्द पनि लिन सक्दछन्। सुरक्षित डेलिभरी सुनिश्चित गर्न, दराजको डेलिभरी राइडरहरूले उत्तम स्वच्छता अभ्यासहरु अप्नाएका छन साथै नियमित रूपमा टेम्प्रेचर जाँच पनि गरीन्छ । साथै सुरक्षित शपिंग अनुभव ग्यारेन्टी गर्न सबै ग्राहकहरुलाई भनि ह्यान्ड सेनिटाइजर हुनेछन्।

फुटवेयर क्षेत्र पनि कोरोना भाईरसको चपेटामा, दैनिक १० करोडसम्म क्षति

काठमाडौं । स्वदेशी बजारको माग ६० प्रतिसतसम्म धानेको जुत्ता चप्पल उद्योग कोरोना भाइरस संक्रमणको असरले धरासायी अबस्थामा पुगेको छ । जुत्ताचप्पल उद्योगीहरुको छाता संगठन फुटवेयर मेनुफेक्चरर्स एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभर १ हजार ५ सयभन्दा बढी उद्योगले जुत्ता चप्पल उत्पादन गर्दे आएका छन् । एसोसिएसनका अनुसार कोरोनाको संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक झण्डै ७ करोडदेखि १० करोडसम्म क्षति भइरहेको छ । यस उद्योगमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढि व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । कारोना संक्रमणका कारण जुत्ताचप्पल उद्योग बन्द हुँदा ती श्रमिकहरु समस्यामा छन् । उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ । संघका अनुसार जुत्ताचप्पल उद्योगहरुमा ५० अरवभन्दा बढि लगानी छ । कच्चा पदार्थ आपूर्तीकर्ता, स्टकिस्ट, डिलर, रिटेल लगायतको क्षेत्र समेत हेर्ने हो भने यस क्षेत्रमा अर्बौंको लगानी छ । अधिकांश उद्योग वंैक तथा वित्तिय संस्थाबाट ऋण लिई संचालन भएका छन् । लामो समयसम्म उद्योग वन्द हुँदा उद्योगले वैंक व्याज तिर्न सक्ने अवस्था रहदैन । जुत्ता चप्पललाई आवश्यक पर्ने कच्चा पदार्थमध्ये ३० प्रतिशतमात्र स्वदेशी प्रयोग हुन्छ । एउटा जुत्ता उत्पादन गर्न धेरै प्रकारका कच्चा पदार्थ चाहिनेभएकाले स्वदेशी कच्चा पदार्थले एक प्रतिशत पनि जुत्ताचप्पल उत्पादन हुँदैन । धेरै जसो कच्चा पदार्थ चीन र भारतबाट आयात हुने गर्छ । चीनबाट आयात हुने कच्चा पदार्थ चिनियाँ नयाँ वर्षको लामो विदाका कारण डिसेम्वर दोश्रो सातादेखि आयात हुन सकेको छैन । त्यसपछि कोरोना भाइरसको प्रकोपले कच्चा पदार्थ आउन नसक्दा कतिपय उद्योगहरु  एक महिना अगाडीदेखि नै बन्द हुने अवस्थामा पुगेका थिए । तत्काल महामारी नियन्त्रणमा आए पनि कच्चा पदार्थ आयात गरेर जुत्ताचप्पल उत्पादन गर्न कम्तीमा ६ महिना लाग्न सक्दछ । स्थिति नियन्त्रणभन्दा जटिल बन्दै गएको वर्तमान अवस्थामा यो अवधि अझै लम्विन सक्ने देखिन्छ । मानवजीवन कष्टकर बनि रहेको अबस्थामा उत्पादित वस्तुले बजार पाउन सहज छैन । वजारमा भएको लगानी उठ्न पनि सम्भव छैन । उत्पादन नगर्दा पनि उद्योग डुब्ने, उत्पादन गर्दा पनि उद्योग नै डुव्ने यो परिस्थितिबाट उद्योगलाई कसरी वचाउने अहिले मुख्य चुनौति बनेको छ । जुत्ता चप्पल उद्योगलाई जनशक्तिको अभाव मुख्य समस्या हो । अधिकांश उद्योगहरुमा भारतबाट कामदार ल्याएर काम गराउनु पर्ने वाध्यता छ । अधिकांश कामदार होलीको विदा मनाउन घर गएका छन् । यस्तो परिस्थितिमा वाहिरबाट कामदार ल्याएर काम गराउन सकिने अवस्था छैन । एकातिर  कच्चा पदार्थको अभाव छ ,अर्कातर्फ उत्पादित वस्तुको वजारीकरणको समस्या छ भने कामदारको समस्या उस्तै छ । विदेशी उत्पादनलाई तीब्र रुपमा प्रतिस्थापन गर्दै बजार विस्तार गर्दै ६० प्रतिशतसम्म बजार कब्जा गरेका जुत्ताचप्पल उद्योगलाई २०७२ सालको विनाशकारी भुकम्प, त्यस लगत्तैको अघोषित नाकाबन्दी, भारतीय नोटबन्दी लगायतले ठूलो असर गर्यो  । यसरी खुम्चिदै गएको नेपाली जुत्ताचप्पल उद्योगको बजार ४५ प्रतिशतमा सीमित भएको अबस्थामा कोरोना भाइरसको संक्रमणले तहसनहस बनाएको छ । विपत्तिले एउटा मात्र क्षेत्रलाई प्रभाव पारेको होइन । यसको प्रभाव सवै क्षेत्रमा परेको छ । सबै मिलेर यसको सामना गर्नु पर्दछ । यो समस्या मात्र होइन, अवसर पनि हुन सक्दछ । परनिर्भर भएर अरुको भरमा बाँच्न खोज्दा मानव जीवनले कति कष्ट भोग्नु पर्दो रहेछ भनेर प्रत्यक्ष अनुभुती अहिले भइरकोे छ । जब स्थिति सामान्य बन्दै जान्छ, मानिसले आफूले भोगेका कष्ट भुल्दै जान्छ । नीति निर्माण गर्ने निकायले भुल्दै जान्छन् । बेलैमा सचेत नहुँदाको परिणाम मुलुकले पटकपटक यस्ता विपत्तिको सामना गरिरहनु पर्छ । यसबाट मुक्त हुन बेलैमा राज्यले सोच्नु आवश्यक छ ।

उद्योग परिसंघले कर्णाली प्रदेश र काठमाडाैंमा वितरण गर्याे राहत

काठमाडाैं । नेपाल उद्योग परिसंघले कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ । आज एक कार्यक्रममा ‘कर्णाली प्रदेश उद्योग परिसंघ’का संयोजक टेक बहादुर भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीलाई राहत सामाग्री उपलब्ध गराएका छन् । एक हजार थान खाद्यान्न लगायतका सामाग्री रहेको प्याकेट प्रदेश सरकारले आवश्यकता अनुसार वितरण गर्ने छ । त्यस्तै, आजै काठमाडाैं महानगरपालिकाको भिमसेनगोला क्षेत्रका विपन्न परिवारलाई परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले खाद्यान्न समाग्री वितरण गरेका छन् । प्रदेश सभा सदस्य माननीय गणेश प्रसाद दुलाल, महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्याल, काठमाण्डौ जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल तथा ३१ नं वडा अध्यक्ष नारायणप्रसाद भण्डारी लगायतकाको रोहवरमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका प्यकेटहरु वनाई हस्तान्तरण गरिएको हो । परिसंघले नेपालका सवै प्रदेश लगायत काठमाडाैं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराउदै आएको छ । यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिल गर्दछौ ।

काेराेना विरूद्द लड्न ज्याेती ग्रुपकाे सरकारलाई १० थान स्प्रे सहयाेग

काठमाडौं । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीले सरकारलाई १० थान स्प्रे सहयाेग गरेकाे छ ।  कोरोना भाइरस नियन्त्रण तथा जोखिम कम गर्नका लागि उद्याेगी शाैरभी ज्याेतीकाे ज्याेती ग्रुपले १० थान हाेण्डा ब्याकप्याक स्प्रे सहयोग गरेको हाे । विश्वर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को रोकथामका लागि मंगलबार उद्योगी शौरभ ज्योतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई १० थान स्प्रे हस्तान्तरण गरेका हुन् । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० होन्डा ब्यागगप्याक स्प्रेयर प्रदान गरेका बताएका छन् । सो स्प्रेयरहरू सार्वजनिक क्षेत्रहरूको कीटाणुरहित गर्न र भाइरसलाई फैलिनबाट नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ ।  

कोरोनाको बिरामीलाई सेवा दिन नेपाल एम्बुलेन्स र सीसीएमसीबीच सम्झौता

काठमाडौं । कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो । सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् । नासका अध्यक्ष रञ्जीत आचार्यले भने, ‘विश्वभरि फैलिरहेको कोराना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं । नासले यसैपनि कोभिड१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड१९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमा पनि आकस्मिक सेवा सहितको २४ सैतै घण्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।’

काठमाडाैंमा एकैदिन ५ सय ४५ सवारी नियन्त्रणमा, पासमा नयाँ नियम लागू

काठमाडौं। सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं विना काम सवारी चलाईरहनु त भएको छैन ? यदि छ भने तपाईं ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ । आज मात्रै काठमाडाैं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५१० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बिहान ६ बजेदेखि दिउसो ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ । कोरोना भाईरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिवद्धतासहित वेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए । लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर सम्पुर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे । काठमाडौं उपत्यकामा चैत ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने ५,१९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ । पाससम्बन्धी नयाँ व्यवस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौंद्वारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने कुरा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस महाशाखालाई पत्राचार गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । उनले भने- ‘अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिबाट खारेज भएको छ ।’ पास भएकालाई पनि विशेष निगरानी पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी श्रेष्ठले बताए।