विकासन्युज

पर्यटन क्षेत्रको २५ अर्ब रूपैयाँ लगानी संकटमा

काठमाडौं । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको २५ अर्ब रुपैयाँको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द छन् । यसले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएका थिए । सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको घोषणा गरेको थियो । जिल्लामा २५ तारे होटेल मात्रै छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ । तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको तीन अर्ब रूपैयाँ लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ । दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ । होटेलमा मासिक ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताए । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ । मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै एक अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल (हान) का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको छ भने । उहाँले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि धेरै लगानी खर्च गरेका होटल व्यवसायीलाई अहिलेको महामारीले ठूलो घाटामा पु¥याउने बताउनुभयो । बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन् । लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ । पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ छ । अहिले विश्वमा आएको कोरोना महामारीले गर्दा भने सबैलाई निराश बनाएकोे सिद्धार्थ होटल एशोसियशन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । “सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, बिद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्छ”, श्रेष्ठले माग गरे । होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताए । नेपालको पैदलमार्ग हँुदै धेरै पर्यटक आउने बेलहियासमेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ । बर्दियाको पर्यटन प्रभावित धम्बोझी– कोरोना भाइरसका कारण प्रदेश नं ५ को प्रमुख पर्यटकीय केन्द्र बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ । बर्दियामा खुलेका ठूला तथा साना होटल अहिले लकडाउनका कारण सुनसान छन् । बर्दिया सदरमुकाम गुलरिया र पर्यटकीय केन्द्र ठाकुरद्वरामा सञ्चालित ठूला सुविधासम्पन्न होटलको कारोवार अहिले शून्यमा झरेको गुनासो पर्यटन व्यवसायीले गरेका छन् । गुलरिया र ठाकुरद्वारा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई लक्षित होटल सुनसान रहेको होटल व्यवसायी संघ बर्दियाका अध्यक्ष तुलसी तिमिल्सेना बताए । गुलरियामा विजया गेष्ट हाउस, होटल मिर्मिरे र होटल कृष्णसार तथा ठाकुरद्वारास्थित राष्ट्रिय निकुञ्जका क्षेत्रमा टाइगर टप, बर्दिया टाइगर रिसोर्ट, गैँडा क्याम्प, टाइगर रिसोर्टलगायत दर्जनौं होटल मर्कामा परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भम्रणमा लकडाउनअघि आएका कतिपय विदेशी पर्यटक अन्तरराष्ट्रिय हवाई उडान रोकिएका कारण अलपत्र परेको अध्यक्ष तिमिल्सेना बताए । होटल बन्द हुँदा कामदार र कर्मचारीलाई तलव खुवाउन र बैंकको किस्ता तिर्न गाह्रो भएको उनले चिन्ता व्यक्त गरे । रासस

कोरोना हेल्प डेस्कमा तोडफोड

काठमाडौं । कोरोना भाइरस चेकजान गर्न स्थापना भएको हेल्प डेस्कमा तोडफोड भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ मा रहेको कोरोना हेल्प डेस्कमा तोडफोड भएको हो । गाउँपालिकाको शिखरकटेरीमा रहेको हेल्पडेक्स तोडफोड भएपछि प्रहरीले तोडफोडको आशंकामा दुईजनालाई पक्राउ गरेको छ ।

चीनमा फेरि बढ्यो संक्रमण, पहिलो पल्ट मृत्यु रोकिएपछि फेरि भयो शुरु

काठमाडौं । चीनमा सोमवारका दिन कोरोना भाइरसको संक्रमणबाट पहिलोपल्ट कुनै मृत्यु भएको थिएन । तर मंगलवार भने फेरी मृत्यु शुरु भयो । संक्रमणका मामलाहरु पनि बढेका छन् । चीनको नेशनल हेल्थ कमिशनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका ६२ नयाँ मामलाहरु अगाडि आएका छन् । यस बाहेक १३७ यस्ता मामला छन् जसको कुनै स्पष्ट लक्षण छैन । यो अघिल्लो दिनको तुलनामा धेरै हो । सोमवार कोरोना भाइरस संक्रमणका नयाँ मामलाहरु ३२ थिए र स्पष्ट लक्षण वाला मामलाहरु चाहिँ मात्र ३० थिए । चीनमा मंगलवार कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भयो जबकि सोमवार पहिलो पल्ट मृत्युको कुनै घटना भएको थिएन । साइघाईमा एक जनाको र हूबे प्रान्तमा अर्को मृत्यु भएको भयो । हूबे प्रान्तमै वुहान शहर पर्दछ जहाँबाट पहिलोपल्ट कोरोना भाइरसको मामला अगाडि आएको थियो । (बीबीसी हिन्दीबाट)

लकडाउन अवधिभर सांग्रिला डेभलपमेन्ट बैंकको कुन कुन शाखा खुल्छन् ?(सूचीसहित)

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लकडाउनको परिस्थितिमा विभिन्न जिल्लाका शाखाहरुबाट बैंकिङ्ग सेवा दिने भएको छ । विकास बैंकले देशभरका ७ वटै प्रदेशका विभिन्न शाखाहरुबाट ग्राहकहरुलाई न्युनतम सेवा दिने जानकारी गराएको छ । सरकारले कोरोनाको प्रकोपलाई फैलिन नदिन आगामी बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारको निणर्यलाई सिरोपर गर्दै यस संस्थाले ग्राहकहरुलाई समस्या नहोस् भन्ने हेतुले न्युनतम बैंकिङ्ग सेवा प्रदान गर्दै गएको छ । यससँगै विकास बैंकले चैत २६ गतेदेखि आगामी बैशाख ३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा दिने सूचना मार्फत जानकारी गराएको छ । कुन दिन कुन शाखा खुल्छन् ? यस्तो विकास बैंकले तयार पारेको सूची

कोरोना सङ्क्रमण रोक्न कालीमाटी तरकारी तथा फलफूल बजार बन्द, अब चोकचोकमा नै बजार

काठमार्डौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी तथा फलफुल बिक्री बन्द हुन भएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले कालीमाटी बजारमा तरकारी र फलफुल किन्न जानेको भिड भए पछि बन्द गर्ने निर्णय गरेको हो । कालीमाटीले काठमाडौंको विभिन्न ११ वटा चोक चोकमा तरकारी तथा फलफुल बेच्ने निर्णय गरेको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले कालीमाटीमा तरकारी तथा फलफुल बेच्न बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने अब केही समय कालीमाटीमा तरकारी तथा फलफुलको भण्डरण मात्र हुने छ । लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकोमा भिड बढेपछि काठमाण्डौका विभिन्न ११ वटा ठाउँमा तरकारी बिक्रीको व्यवस्था गरिएको काठमाण्डौ महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक र बसुन्धरा चोकमा तरकारी पसल खोल्ने निर्णय गरेको छ । यस्तै गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तरकारी पसल खोलिने समितिले जानकारी दिएको छ ।

पुनर्बीमाको आईपीओ बाँडफाँडः ४० कित्तासम्म हाल्नेलाई सबै पर्यो, बाँकी ७७ हजारलाई थप १० कित्ता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड भएको छ । उक्त आईपीओमा १० देखि ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै तथा बाँकी ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकामध्ये ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता सेयर परेको छ । बिक्री प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार योग्य आवेदकमध्ये १० देखि ४० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति पाएका छन् । आईपीओ भर्ने कुल आवेदकमध्ये ३ लाख ९० हजार ६ सय ३८ जनाको आवेदन योग्य भएको छ ।आईपीओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएका थिए । बाँकी ९ सय ८८ जनाको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । मर्चेन्टका अनुसार १० कित्ताको आवेदन गर्ने २२ हजार ७ सय ४८ जना, २० कित्ताको माग गर्ने १५ हजार ५ सय ९० जना, ३० कित्ता सेयर माग गर्ने १२ हजार ७ सय २३ र ४० कित्ताको सेयर माग गर्ने २० हजार ९ सय २९ जना थिए । उनीहरू सबैले माग गरेजति सबै सेयर हात पारेका छन् । साथै, ५० देखि माथि अर्थात १० हजार कित्तासम्मको लागि आवेदन दिने मध्ये कोहीले ४० कित्ता पाएका छन् भने कोही भाग्यशालीले थप १० किता अर्थात ५० कित्ता सेयर पाएका छन् । कूल ३ लाख १३ हजार ६ सय ४८ जनाले ५० देखि १० हजार कित्तासम्मको लागि सेयर माग गरेका थिए । जसमा सबैले ४० कित्ता पाएका छन् भने जसमध्ये ७७ हजार २ सय ४५ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । समग्रमा ५० कित्ता सेयर ७७ हजार २ सय ४५ जनालाई ५० कित्ता सेयर वितरण गरिएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो । हाल ८ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बिक्री तथा वितरणपछि १० अर्ब रुपैयाँ हुने छ । चैत ४ गतेदेखि ७ गतेसम्म निष्काशन भएको उक्त सेयरको बाँडफाँड बुधबार(आज) टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा बिहान साढे ७ बजे भएको हो ।

अब मोबाइल मै प्रभु टिभी, एक महिनासम्म सित्तैमा हेर्न पाइने

काठमाडाैं । हाल जारी रहेकाे लकडाउनकाे परिस्थतिमा नेपालीहरूले अब घरमै बसी बसी माेबाइलमै टिभी हेर्न पाउने भएका छन् । घरमा बस्दा बस्दा दिक्क मानिरहेका नेपालीहरूकाे हालकाे अवस्थालाई मध्यनजर गर्दै प्रभु टिभीले निःशुल्क टिभी हेराउने अफर ल्याएकाे हाे । प्रभु टिभीले हालकाे अवस्थामा नेपालीहरुलाई मनोरञ्जन तथा नयाँ नयाँ सूचनाकाे जानकारी दिने उद्देश्यले एनसेलसँग साँझेदारी गरी उक्त अफर ल्याएकाे हाे । यससँगै, एनसेलका प्रयाेगकर्ताले प्रभु टिभीकाे सम्पुर्ण च्यानलहरू एक महिनासम्म सित्तैमा हेर्न पाउने भएका छन् । जसका लागि एनसेलका प्रयाेगकर्ताले प्रभु टिभीको वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने प्रभु टिभीले जनाएको छ । यससँगै उनीहरूले रमाइला रमाइला कार्यक्रमहरूकाे लाइभ हेरि लकडाउनकाे समय बिना दिक्दारीका साथ बिताउन सक्ने कम्पनीकाे विश्वास रहेकाे छ ।

लोमस फर्मास्युटिक्लले बनायो स्यानिटाईजर, घरघरमा पुर्याउने तयारी

काठमाडौं । लोमस फर्मास्युटिक्ल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन गरि बजारमा पठाउन सुरु गरेको छ । कम्पनीले स्यानिटाईजर उपभोक्ताको घरघरमा पुर्याउन अनलाइन बिक्रेतासगँ छलफल गरिरहेको जानकारी दिएको छ । केही दिन पछि कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाईजर घरघरमा पुर्याउने पनि कम्पनीले जानकारी दिएको छ । विश्वमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि लोमस फर्मास्युटिक्लले डब्लुएचओको मान्यता अनुसार स्यानिटाईजर उत्पादन गरेको बताएको छ । सो फर्मास्युटिक्लले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको हो । कम्पनीले दैनिक १० हजार बोटल उत्पादन गरिरहेको छ । लोमस फर्मास्युटिक्लले उत्पादन गरेको सय एमएलको स्यानिटाईजरको बजार मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमती लिएर कम्पनीले उत्पादन सुरु गरेको हो ।