लकडाउनमा साल्ट ट्रेडिङलाई भ्याइनभ्याइ, कर्मचारी खट्छन् विहान ४ बजेदेखि राति १० बजेसम्म
कठमाडौं । सामान्य समयमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बिहान १० बजे खुलेर बेलुका ५ बजे बन्द हुने गरेको थियो । तर लकडाउन पछि साल्ट ट्रेड्रिङ कर्पोरेशन बिहान ४ बजे देखि राती १० बजेसम्म खाद्यान्यको व्यवास्थापन गर्न लागि परिरहेको छ । विभिन्न उद्योगबाट खाद्यान्य लिएर साल्ट ट्रेडिङ कर्पोरेशन आएका गाडीबाट सिधै राहात वितरण गर्ने गाडीमा सामान लोड गर्ने गरेको छ । उपत्यकाका विभिन्न वडाहरुले मागेको जति चामल, तेल, दाल, नुनलगायतका खाद्यान्य उपलब्ध गराउनमा नै साल्ट ट्रेडिङ कर्पोरेशन निरन्तर लागिरहेको छ । कर्पाेरेशनका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले स्थानीय तहको माग अनुसारको खाद्यान्य व्यवस्थापन साल्ट ट्रेडिङ कर्पोरेशन गरिरहेको बताए । ‘संकटको समयमा साल्ट ट्रेडिङ कर्पोरेशन सर्वसाधारणलाई खाद्यान्य व्यवस्थापनमा बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म काम गरिरहेको छ, माग अनुसारको अतिअवश्यक खाद्यान्य चामल, खाने तेल, नुन, मैदा, दाल, गेडागुडी, ग्यासस्यानिटाइजर, हातधुने साबुनलगातका बस्तु व्यवस्थपन गरिरहेको छ,’ झाले भने । लकडाउनका बेला उपभोक्तालाई सहज होस भनेर भ्यानबाट चोक चोकमा सामान लगेर बेच्चे काम पनि साल्ट ट्रेडिङ कर्पाेरेशनका गरिरहेको छ । कर्पोरेशनले ३ वटा मोबाइल भ्यानबाट उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोकमा खाद्यान्न पुर्याउने काम गरिरहेको छ । भ्यानमा लकडाउनको अबस्थालाई बुझेर एक व्यक्तिले दाल, चिनी जस्ता बस्तु २ केजीसम्म किन्न मिल्ने व्यवस्था गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने सुरक्षाका उपाय अपनाउँदै खाद्यान्य सामाग्री बिक्री वितरण समेत साल्ट ट्रेडिङले गरिरहेको छ । साल्ट ट्रेडिङका अनुसार १ लाख ५८ हजार मेट्रिकटन नुन स्टक छ । स्टक नुनले नेपालमा १० महिनाको माग धान्ने कर्पोरेशनका म्यानेजर झा बताउँछन् । साल्ट ट्रेडिङसँग १० हजार मेट्रिकटन चिनी मौज्दात रहेको र निजी क्षेत्रसँग पनि चिनी मौज्दात भएकोले बजारमा चिनीको अभाव नहुने झा बताउछन् । साल्ट ट्रेडिङसँग भएको चिनीले ५ महिनाको माग धान्ने उनी बताउछन् । ग्यास बिक्री भने घटेको झाले बताए । अहिले प्रतिदिन ३०/३५ वटा मात्रै ग्यास बिक्री हुने गरेको छ । ग्यास अभाव हुन्छ भनेर उपभोक्ताले चाहिनेभन्दा धेरै ग्यास किनिसकेको कारण ग्यास बिक्रीमा कमी आएको झाले बताए । साल्ट ट्रेडिङमा सामान लिन आउदा सवारीसाधामा पनि स्यानिटाइज्माड गरेरमात्रै गेटबाट गाडी भित्र प्रवेश गराइने गरिएको छ । गाडी चालक र सहचालनक पनि स्यानिटाइजार, मास्क र पान्जा प्रयोगको लागि साल्ट ट्रेडिङले व्यवस्था गरेको छ । वडाबाट राहतका लागि खाद्यान्न लिन आएका चालकले सहजै रुपमा खाद्यान्य लोड भएको बताए । सोल्टीमोडबाट खाद्यान्य किन्न आएको अमर श्रेष्ठ भन्छन् अन्य पसलबाट खाद्यान्य किन्दा अलि मंहगो गर्छ यो भनेको सरकारी हो । मूल्य पनि संस्तो र भनेको जति सामान पनि हुन्छ ।
बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, डाक्टर र नर्सहरुलाई दिए धन्यवाद
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचरामा संलग्न डाक्टरहरू र नर्सहरूप्रति आभार प्रकट गरेका छन् । कोरोना भाइरस संक्रमढा भएर अस्पतालमा उपचाररत प्रधानमन्त्री बोरिसले उनीहरुले आफ्नो सफल उपचार गरेको भन्दै धन्यवाद दिएका हुन् । उनलाई कोरोना भाइरस संक्रममण भएको कारण लन्डनको एक अस्पतालमा उपचार भइरहेको छ जहाँ उनलाई केही दिन अघि आईसीयूमा भर्ना गरिएको थियो। उनको अहिले अवस्थामा सुधार आएको अन्तर्राष्ट्रिय स१चार माध्यमले जनाएका छन् । तर, उनले केही समय भने आराम नै गर्नु पर्नेहुन्छ । उनको अनुपस्थितिमा, विदेश मंत्री डोमिनिकले जिम्मेवारी सम्हालिरेहेका छन् । बीबीसी हिन्दी
आर्थिक राशिफल २०७७ः सेयर काराेबारमा धेरैलाई लाभ, घरजग्गा र स्टील काराेबारमा नाेक्सान हुन सक्ने
मेष मेष राशिका व्यक्तिहरूलाई यो वर्ष शुभफलदायी नै रहनेछ । शेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट सफलता मिल्नेछ । खाद्यान्न व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाईनेछ । नयाँ जागिरको अवसर मिल्नेछ र पदोन्नतिको सम्भावना पनि रहेकोछ । प्राविधिक क्षेत्रका पेसाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । वैदेशिक क्षेत्र पनि सबल हुनेछ । तर धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । श्रावण र मङ्सिर महिनामा हानी हुनेछ भने असार र कार्तिक महिनामा अधिक लाभ मिल्नेछ । प्रत्येक मंगलवार विघ्नहर्ता गणेशजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । वृष वृष राशिका व्याक्तिहरूका लागि २०७७ सालमा मिश्रित फल मिल्नेछ । अढैयाशनिको प्रभावले नराम्रा एवं दुखद् समाचार सुन्नमा आउला । व्यापार वा व्यावसायीक दृष्टिले भने राम्रै रहनेछ । नयाँ लगानी र नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । शेयर बजार अन्तर्गत बीमा क्षेत्रले सफलता दिलाउनेछ । तर जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगनीले सफलता नमिल्न सक्छ । नोकरीमा पदोन्नति गर्न सकिनेछ तर व्यवसायमा खासै राम्रो हुने योग छैन । शनि कमजोर भएकाले अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । व्यवसायिक दृष्टिले जेठ, भाद्र महिना फलदायी हुनेछैन । आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक सफलता मिल्नेछ । मिथुन २०७७ साल मिथुन राशि हुनेहरूको लागि सामान्य नै रहनेछ । वर्षको सुरुमा र अन्त्यमा केही कठीन परिस्थितिको सामना गर्नुपरे पनि मध्यभागमा रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । शनि कमजोर भएका व्यक्तिलाई अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । इलेक्ट्रोनिक र घर जग्गाको कारोबारबाट राम्रो आम्दानी गर्न सकिनेछ । सेयर बजारमा भने त्यति राम्रो हुनेछैन । यो वर्षको मध्यमा नयाँ रोजगार वा व्यवसायको प्रारम्भ हुनेछ । विज्ञान र आई. टी.का विद्यार्थीहरूलाई पढाई-लेखईमा बढी सफलता मिल्नेछ । होटल तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ । आर्थिक दृष्टिले साउन, भदौ र पौष महिना हानिकारक हुनसक्छ । कर्कट कर्कट राशी हुनेहरूका लागि यो वर्ष सामान्य नै हुने देखिन्छ । यो वर्षको प्रारम्भमा सप्तम भवमा बृहस्पतिले गोचर गर्नेछ, उक्त समयमा मांगलिक कार्य र शुभाफल प्रदान गर्नेछ, तर शनि कमजोर हुनेहरूलाई भने उतार चडाव हुनेछ, वादविवाद र अन्तिम समयमा काम नबन्न सक्छ । वर्षको पूर्वार्धमा शृंगार, स्टेशनरी तथा सजावटिका व्यवसायीलाई राम्रो फाईदा हुनेछ । शेयर बजार अन्तर्गत बैंकिंग क्षेत्रको कारोबारबाट अधिक फाइदा हुनेछ । घरजग्गाबाट भने त्यति राम्रो हुने छैन र पार्टनरसिपमा गरेको कार्यमापनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । शैक्षिक क्षेत्र भने अधुरै रहन सक्छ । आर्थिक दृष्टिले वैशाख, जेठ, असार र कार्तिक महिना राम्रो हुनेछ । सिंह सिंह राशी हुनेहरू कालागि यो वर्ष इच्छा र आकांक्षाहरू पूरा हुनेछ । समाजमा ईज्जत तथा प्रतिष्ठा बढेर जानेछ । घर परिवारमा मंगल कार्यको अवसर जुर्नेछ । बर्ष आर्थिक हिसावले निकै राम्रो छ । तरल पदार्थ तथा विमा क्षेत्रमा गरिएको लगानि मौलाउनेछ, तर वर्षको उत्तरार्धमा अग्नि र चोरको भय भने रहिरहनेछ । कृषी तथा होटल लाईनको व्यापार फस्टाउनेछ, तर स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाईनेछैन । नयाँ जागीर वा रोजगारको अवसरले पछ्याउनेछ । अनुसंधान र टेक्निकल क्षेत्रका विद्यार्थीहरूले विशेष सफलता मिल्ला । खानपिनमा र यात्रा गर्दा सतर्कता अपनाउन बढी आवस्यक छ । आर्थिक दृष्टिले जेठ, असार माघ र फागुन महिना शुभ रहनेछ । कन्या कन्या राशीका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । शत्रु पक्ष सबल हुनेछन् र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, तर आर्थिक पक्ष र व्यापारीक दृष्टिले यो वर्ष राम्रै रहनेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पहिरन तथा शृंगारको व्यापार फस्टाउनेछ । घर जग्गा र वित्तीय संस्थाको कारोवारबाट लाभ नै हुनेछ । धातु र खाद्यान्नको कारोवारमा मन्दि आउनेछ । अध्यन अध्यापनको क्षेत्र सामान्य नै रहनेछ । सरकारी कर्मचारी र राजनैतिक क्षेत्रमा विविध समस्या आई पर्ला । प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । आर्थिक दृष्टिले असार, साउन, पुष र फागुन महिना लाभदायक रहनेछ । तुला तुला राशिलाई यो वर्ष सामान्य नै हुने देखिन्छ । न्यायीक कार्यमा सफलता मिल्नेछ भने, तर पैतृक सम्पत्तीमा बिवाद भने बढ्नेछ । धेरै मेहनेत गरेर थोरै प्रतिफल पाउन सकिन्छ तर वैदेशिक कार्य भने सफल रहनेछ । व्यवसायीक दृष्टीले लाभ नै हुनेछ, तर आफन्त संग लेनदेनको नगरेकै राम्रो हुनेछ । दलाली र शेयर बजारको लगानी सुझबुझमा भर पर्छ । स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल पाईनेछ । तरल पदार्थको लगानी त्यति फलदाई नहोला । सरकारी जागीर खान खोज्ने हरूको लागि सुनौलो अवसर छ । आर्थिक दृष्टिले श्रावण, भाद्र, माघ र चैत्र माहिना बढी राम्रो रहनेछ । भोका र असहायलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ । वृश्चिक वृश्चिक राशी हुनेहरूका लागि श्रावण २१ गतेदेखि मंसिर १ गते सम्म शनिको अन्त्य साढेसाती रहेको कारण गरेको कार्यमा उल्झन तथा काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ, तर बृहस्पतिग्रह राम्रो हुनेहरू कालगी विद्या र बुद्धि र धनको विकाश हुने र चमत्कारी ढंगले सफलता दिलाउनेछ । जग्गा जमीन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । शैक्षिक र सेवामुलक व्यावसायबाट बढी लाभ मिल्नेछ । कृषि, पर्यटन तथा होटल पेसामा आवद्ध व्यक्तिहरूलाई भने झमेला या समस्या आउन सक्छ । आर्थिक दृष्टिले बैशाख, भदौ, कात्तिक र फागुन महिनामा बढी सफलता मिल्नेछ । धनु धनु राशी भएका व्याक्तिहरूलाई २०७७ साल सामान्य नै रहनेछ । शनिको मध्य र अन्त्य साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्त समयमा कमजोर शनि रहने जातकहरूलाई भने बढी संघर्षमय रहनेछ । जन्म कुण्डलीमा यदि शनिराम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल मिल्नेछ, तर व्यापार / व्यवसायमा त्यति राम्रो देखिदैन । व्यापार व्यावसायको लगानि व्यर्थ हुनसक्छ । फैंसी तथा सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्रबाट राम्रो रहला । आर्किटेक्चर एवं विज्ञान क्षेत्रका शिक्षार्थीहरूलाई राम्रै सफलता मिल्नेछ । तरल पदार्थ र कृषि व्यवसायबाट राम्रो हुनेछ तर, विपक्षी भने बढ्न सकनेछन् । मकर २०७७ साल मकर राशी हुनेहरूकालागि मध्यम नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेसको कमाईले व्यवहार धान्न गारो पर्ला । शनि कमजोर रहने हरूलाई वर्षभरिनै शनिको आद्य र मध्य साढेसातिको प्रभावले गरेको कार्यमा ढिलासुस्ती हुने र चोटपटकको भए रहनेछ । उधारो र पूरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयरको कारोवार भने सूझ बुझमा भर पर्छ । स्वास्थ्य व्यवसाय फस्टाउनेछ तर आफ्नो कार्य क्षेत्रका सहकर्मीसंग मनमुटाव बढ्नसक्छ । विज्ञान विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । सत्य बोलनेलाई शनिदेवको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ । कुम्भ कुम्भ राशी हुनेहरूकालागि मिश्रित फल मिल्नेछ । इच्छा र शौक बढेर जानेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसंग आवद्ध भइनेछ र वैदेशिक यात्रा हुनेछ, तर नजीकका व्यक्ति र वन्धु वान्धवसंगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ । धातु, खोज, संचार, र निर्माण व्यवसायमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । खानेकुरा, तरल पदार्थ र शेयर बजारको कारोवार त्यति राम्रो रहने छैन । आई. टी., प्राविधिक, शिल्प र इंजीनियरिंग क्षेत्रका शिक्षार्थीहरूलाई अधिक राम्रो हुनेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरू ले राज्यबाट मान सम्मान पाउनेछन् । स्वस्थ तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । मीन यो वर्ष मीन राशि भएका व्याक्तिहरूका लागि अधूरा कामहरू पूरा हुने, नयाँ कार्यको योजना बन्नेछ र बिस्तारै सफलतापनि पाईनेछ । धार्मिक र सेवामूलक कार्यमा मन जानेछ । घर परिवारमा शुभकार्य हुनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा वैदेशिक कारोवार र बैंकिंग कारोबारबाट अधिक फाइदा मिल्नेछभने वर्षको उत्तरार्धमा निर्माण र शेयर बजारको लगानी फलदाई हुनेछ । घर जग्गा तथा दलाली व्यवासायीलाई मनग्य फाइदा होला । शैक्षिक क्षेत्र र वाहनमा लगानी गर्नेहरू चैं सचेत रहनुहोला । पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ । प्रत्येक मंगलवार विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपिडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले गरे पदबहाली
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले बैंकको आ.व. २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् । बैंक सञ्चालक समितिले उनलाई चैत २९ गतेदेखि लागू हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गरेको थियो । बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
विशेषज्ञ चिकित्सकसहित १६६स्वास्थ्यकर्मी नियुक्त गर्दै वाग्मती प्रदेश सरकार
हेटाैंडा । वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रलयले नवौँ तहमा काम गर्ने गरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तीन, हाडजोर्नी विशेषज्ञ तीन, कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट पाँच, कन्सल्टेन्ट जनरल फिजिसियन चार, कन्सल्टेन्ट डर्माटोलोजिष्ट एक, कन्सल्टेन्ट पिडीयाट्रिसियन चार, कन्सल्टेन्ट प्याथोलोजिष्ट दुई, कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट एक, कन्सल्टेन्ट रेडियोलोजिष्ट पाँच, कन्सलटेन्ट सर्जन पाँच, कन्सल्टेन्ट साइक्याट्रिक पाँच, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक दुई–दुई र नर्सिङ प्रशासक एक जनाको विज्ञापन प्रकाशन गरेको छ । त्यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक दुई, आयुर्वेद चिकित्सक तीन जनाका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञापनमा सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिष्ट र फार्मेसी अधिकृत दुई–दुई, मेडिकल ल्याब टेक्नोलोजिष्ट छ, कनिष्ठ नर्सिङ अधिकृत तीन, जनस्वास्थ्य अधिकृत १०, वायोमेडिकल इञ्जिनीयर एक जना माग गरिएको छ । त्यस्तै पाँचौँ तहका लागि डेन्टल हाइजेनिष्ट, एनेस्थिेटिक सहायक, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सहायक डाइटीसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियनको माग गरिएको छ भने चौथो तहका लागि अनमी, अहेब र ल्याब सहायकको माग गरिएको छ । रासस
‘आइएमई पे’ ले फेसबुकमार्फत सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम गर्दै
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतबार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । यसपटकको नयाँ वर्ष लामो समयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवर्द्धन गर्ने ग्रुपले जनाएकाे छ । कार्यक्रम माथि उल्लेखित मिति र समयमा http://www.facebook.com/imepay/ र आइएमईको यूट्युव च्यानलमा निःशुल्क उपलब्ध हुनेछ भने कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने कम्पनीले जनाएकाे छ ।
बैंकको किस्ता तिर्ने समय १ वर्ष जति बढाउन पर्नसक्छ
कोरोनाको कारण बैंकिङ क्षेत्रको भविश्य विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारीले सबै क्षेत्रलाई असर पारेको छ । बैंकिङ क्षेत्रमा पनि त्यसबाट टाढा रहन सकेको छैन । यसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । हामी सबैले के बुझ्नु पर्छ भने बैंकिङ क्षेत्र आमनागरिकको निक्षेपबाट चल्छ । यो निक्षेपलाई सुरक्षित बनाउनको लागि सबै क्षेत्रको सहयोग उत्तिकै चाहिँन्छ । अहिले तत्कालिन रुपमा बैंकिङ क्षेत्रको समस्या भनेको धितो र ऋण हो । निक्षेपकर्ताको निक्षेप त सुरक्षित छ नै तर जसले ऋण लिनुभएको छ । उनीहरुको व्यापार व्यवसाय नचलेपछि तिर्न नसक्ने अवस्था आउँछ । त्यस्तो अवस्था आएको खण्डमा र त्यो अवस्था नआओस् भन्नका लागि सरकारले राहतको व्यवस्था मिलाउन पनि आवश्यक छ । सरकारले उनीहरुको लागि केही सावाँ व्याज तिर्ने म्याद पनि थप्ला । अहिले सरकारले चैतको किस्ता असारमसान्त भित्रसम्म तिर्न सकिने भनेको छ । तर, मलाई लाग्छ यो निर्णय हतारमा भयो । लकडाउन कतिसम्म रहन्छ, कसैलाई थाहा छैन । किनकि देशमा कोरोनाले कतिसम्म असर र संक्रमण विस्तार गर्छ भन्नेमा भर पर्छ । सबैको सहयोगबाट बैंकहरु चल्ने हो । यदि भोलि ६ महिनासम्म लकडाउन रह्यो भने पहिलेको जस्तो बैंकहरुले नाफा गर्यो भन्ने अवस्था आउँदैन । यसको असर बैंकिङ क्षेत्रमा पर्छ नै । हामीले आफै केही पनि गर्न सक्दैनौं । यसका लागि राष्ट्र बैंकको निर्देशन आउनु पर्नेहुन्छ । यदि यो लकडाउन लामो समयसम्म रह्यो भने अस्ति गरेको सम्बोधनले मात्र पुग्दैन । त्यहाँ चैतभित्र तिर्नुपर्ने किस्ता असार भित्र पनि तिर्दा हुन्छ भनेको छ । यदि यो लकडाउन लम्बियो भने अहिलेको पनि असारमा तिर्नु पर्यो र असारको पनि तिर्दा त्यो तिर्न सक्ने अवस्था आउँदैन । मलाई लाग्छ यो निर्देशन ५ महिना, एक वर्ष वा कतिसम्म गर्न सकिन्छ, गर्नु पर्छ । हामी कसरी यसको न्युनिकरण गर्छौं भन्ने कसैलाई थाहा छैन । लकडाउन खोलेर जोखिम निम्त्याउनभन्दा लकडाउन कायम नै गर्नु उचित हुन्छ । बैंकको क्वाटर रिपोर्ट र वित्तीय रिपोर्टमा परिवर्तन यो एक दुई महिनाको लकडाउनले बैंकिङ क्षेत्रको वित्तीय विवरण नराम्रो आउँदैन । ग्राकहलाई व्याज त चार्ज भइरहेको नै हुन्छ । लिने र दिने दुवै व्याज चार्ज भइरहेको हुन्छ । त्यो हिसावले त्यति धेरै परिवर्तन तथा घाटा नहोला जस्तो लाग्छ । तर, व्याज इनकम क्यास नआएकोले वितरणयोग्य नाफा घट्छ । क्यास आएपछि नाफा वितरण गर्न पाइन्छ । तर, अन्य नोक्सान खासै पर्दैन । बैंकहरुलाई अहिले प्रत्यक्ष असर पर्ने भनेको इन्ट्रेस्ट इनकम हो । बैंकको नगद इनकम घट्छ । त्यसमा कर्जाको ग्रोथ रहँदैन । रेमिटान्स पेमेन्ट पनि एकदमै घट्छ । विस्तारै सबै क्षेत्रमा कमि आउँछ । खराब कर्जामा कस्तो असर ? यो विषयमा अहिले नै आँकलन गर्न सकिदैन । समयवद्ध रुपमा कर्जाको सावा र व्याज तिर्यो भने खराव कर्जा बढ्दैन । चैतको पैसा चैतमै तिर्यो भने खराब कर्जा बढ्दैन । अन्यमा भने केही चाप चाहिँ पर्छ नै । लकडाउनको समयमा क्लाइन्ट तथा नोट ह्याण्डलिङ हामी नियमित रुपमा अफिसमै बसेर काम गरिरहेका छौं । हामीहरु मसान्त आउन लाग्यो भनेर दुरी कायम गरेर काम गरिरहेका छौं । हामीले सुरक्षित हुने सामग्रीहरुको प्रयोग बढाएका छौं । कर्मचारीहरुले आफ्नो सुरक्षाका लागि पञ्जा, माक्स लगाउने काम गरिरहेका छन् । ग्राहक पनि नजिक नआओस् भने बार लगाएका छौं । स्यानिटाइजर प्रयोग गरेर मात्र भित्र आउन दिन्छौं । भिडभाड गर्न दिएका छैनौं । यसरी नै हामीले सुरक्षित भएर काम गरिरहेका छौं । ग्राहहको चाप पनि एकदमै घटेको छ । सबै काम इन्टरनेटबाटै गरिरहेका छौं । काउन्टरमा बस्नेलाई जोखिम जोखिम सबै क्षेत्रमा छ । अस्पतालका चिकित्सकलाई पनि जोखिम छ । तर, उनीहरुले सेवा दिनेकि नदिने ? त्यो जोखिम हामीलाई पनि छ । जोखिम भएपनि हामी लागिरहेका छौं । अत्यावश्यक सेवामा आइसकेपछि हामीले सेवा दिने हो । अहिले धेरै स्टाफहरु घरबाटै काम गर्छन् । पहिले ४÷५ जना काउन्टरमा बस्थे भने अहिले एक दुई जना मात्र बसिरहेका छन् । त्यस्तो धेरै समस्या छैन । बैंकिङ क्षेत्रमा कर्मचारी कटौती हुने अवस्था अन्य क्षेत्रमा कर्मचारी हायर एण्ड फायर गर्न सकिन्छ । तर, बैकिङ क्षेत्रमा त्यो सम्भव छैन । हाम्रो नीति नियम पनि कडा छ । जतिबेला जेसुकै भएपनि हाम्रो कम्पनी धान्नसम्म कर्मचारीलाई कटौती गर्ने अवस्था हुँदैन । हामी त्यो पक्षमा छैनौं । मलाई लाग्छ, सबै बैंकहरुको हाम्रो जस्तै छ । कर्मचारी नै कटौती गर्ने खालको समस्या हाम्रोमा आउँदैन । हामी कहाँ कर्मचारी आइसकेपछि अन्य ठाउँमा जाने वातावरण पनि छैन । हामीसँग देशभर ८ सयभन्दा बढी कर्मचारी छन् । एक सय दुई शाखाहरु छन् । सबैसँग राय सल्लाह लिएर काम गरिरहेका छौं । डिजिटल बैकिङतर्फको ध्यान मलाई लाग्छ, विकास बैंकहरुमा मोबाइल बैकिङमा नै हामी लिडर हौं । मोबाइल बैकिङलाई हामीले प्राथमिकताका साथ हेरिरेहका छौं । हामीसँग ३५ वटा एटिएम छन् । बैंकमा नआउने वातावरण निर्माण गरेका छौं । मोबाइल बैकिङको एउटा टोली बनाएका छौं । जोखिम नहुने गरी काम गरिरहेका छौं । त्यो हिसावले सीमित रकम कारोबार गर्न हामीले प्रमोट गरिरहेका छौं । हाम्रोमा मोबाइल बैकिङका ४५ हजारभन्दा बढी प्रयोगकर्ता छन् । मोबाइल बैकिङमा कहिले काहिँ नेटवर्क नभएको कारणले समस्या आउन सक्ने हो । तर, अन्य भौतिक तथा क्यास ट्रान्सर्फरमा त्यस्तो कुनै समस्या र जोखिम छैन । हामीले ग्राहक आउने वित्तिकै योे सुविधा पाउनुहुन्छ भन्ने कूरा गरेका छौं । इमेल मेसेज गरेका छौं । हाम्रो डिजिटल बैंकिङ चलाइरहेका छन् । (महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लामिछानेसँग गरिएको कुराकानीमा आधारित)
कैलालीमा लकडाउनको मौका छोपी काठ तस्करी
काठमाडौं । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ । प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सामुदायिक तथा राष्ट्रिय वनबाट अवैधरूपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल परिचालन गरी काठ चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर काठका गोलिया बरामद गरिएको छ । प्रहरीले लकडाउन अवधिभर काठ तस्करीमा संलग्न भजनी, गोदावरी, बर्दगोरिया, लम्की, घोडाघोडीलगायतका स्थानीय तहबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरिएको काठका गोलिया तथा चिरान गरिएका कडी डिभिजन वन कार्याल पहलमानपुर र धनगढीलाई बुझाएको जनाइएको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भइरहेको स्वीकार गर्दै प्रतिकूल परिस्थितिका बाबजुदसमेत वन संरक्षणको टोली वन संरक्षणमा सक्रिय रहेको जानकारी दिए । रासस