कठमाडौं । सामान्य समयमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बिहान १० बजे खुलेर बेलुका ५ बजे बन्द हुने गरेको थियो । तर लकडाउन पछि साल्ट ट्रेड्रिङ कर्पोरेशन बिहान ४ बजे देखि राती १० बजेसम्म खाद्यान्यको व्यवास्थापन गर्न लागि परिरहेको छ ।
विभिन्न उद्योगबाट खाद्यान्य लिएर साल्ट ट्रेडिङ कर्पोरेशन आएका गाडीबाट सिधै राहात वितरण गर्ने गाडीमा सामान लोड गर्ने गरेको छ । उपत्यकाका विभिन्न वडाहरुले मागेको जति चामल, तेल, दाल, नुनलगायतका खाद्यान्य उपलब्ध गराउनमा नै साल्ट ट्रेडिङ कर्पोरेशन निरन्तर लागिरहेको छ । कर्पाेरेशनका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले स्थानीय तहको माग अनुसारको खाद्यान्य व्यवस्थापन साल्ट ट्रेडिङ कर्पोरेशन गरिरहेको बताए ।
‘संकटको समयमा साल्ट ट्रेडिङ कर्पोरेशन सर्वसाधारणलाई खाद्यान्य व्यवस्थापनमा बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म काम गरिरहेको छ, माग अनुसारको अतिअवश्यक खाद्यान्य चामल, खाने तेल, नुन, मैदा, दाल, गेडागुडी, ग्यासस्यानिटाइजर, हातधुने साबुनलगातका बस्तु व्यवस्थपन गरिरहेको छ,’ झाले भने ।
लकडाउनका बेला उपभोक्तालाई सहज होस भनेर भ्यानबाट चोक चोकमा सामान लगेर बेच्चे काम पनि साल्ट ट्रेडिङ कर्पाेरेशनका गरिरहेको छ । कर्पोरेशनले ३ वटा मोबाइल भ्यानबाट उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोकमा खाद्यान्न पुर्याउने काम गरिरहेको छ ।

भ्यानमा लकडाउनको अबस्थालाई बुझेर एक व्यक्तिले दाल, चिनी जस्ता बस्तु २ केजीसम्म किन्न मिल्ने व्यवस्था गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने सुरक्षाका उपाय अपनाउँदै खाद्यान्य सामाग्री बिक्री वितरण समेत साल्ट ट्रेडिङले गरिरहेको छ ।
साल्ट ट्रेडिङका अनुसार १ लाख ५८ हजार मेट्रिकटन नुन स्टक छ । स्टक नुनले नेपालमा १० महिनाको माग धान्ने कर्पोरेशनका म्यानेजर झा बताउँछन् । साल्ट ट्रेडिङसँग १० हजार मेट्रिकटन चिनी मौज्दात रहेको र निजी क्षेत्रसँग पनि चिनी मौज्दात भएकोले बजारमा चिनीको अभाव नहुने झा बताउछन् । साल्ट ट्रेडिङसँग भएको चिनीले ५ महिनाको माग धान्ने उनी बताउछन् ।

ग्यास बिक्री भने घटेको झाले बताए । अहिले प्रतिदिन ३०/३५ वटा मात्रै ग्यास बिक्री हुने गरेको छ । ग्यास अभाव हुन्छ भनेर उपभोक्ताले चाहिनेभन्दा धेरै ग्यास किनिसकेको कारण ग्यास बिक्रीमा कमी आएको झाले बताए ।
साल्ट ट्रेडिङमा सामान लिन आउदा सवारीसाधामा पनि स्यानिटाइज्माड गरेरमात्रै गेटबाट गाडी भित्र प्रवेश गराइने गरिएको छ । गाडी चालक र सहचालनक पनि स्यानिटाइजार, मास्क र पान्जा प्रयोगको लागि साल्ट ट्रेडिङले व्यवस्था गरेको छ ।

वडाबाट राहतका लागि खाद्यान्न लिन आएका चालकले सहजै रुपमा खाद्यान्य लोड भएको बताए । सोल्टीमोडबाट खाद्यान्य किन्न आएको अमर श्रेष्ठ भन्छन् अन्य पसलबाट खाद्यान्य किन्दा अलि मंहगो गर्छ यो भनेको सरकारी हो । मूल्य पनि संस्तो र भनेको जति सामान पनि हुन्छ ।