आफ्ना कर्मचारीलाई नहटाउनुस् भन्दै मोदीले नागरिकसँग यी सात कुराको आग्रह गरे
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भारतीय नागरिक समक्ष सात कूराकाे आग्रह गरेका छन् । उनले मंगलबार देशवासीका नाममा सम्बाेधन गर्दै सबैलाइ सरकारले भनेकाे कूरा अनुशरण गर्न आग्रह गरेका हुन् । – वृद्दवृद्दाकाे विशेष ख्याल राख्नुहोस्। – पूर्ण दूरी सामाजिक अनुसरण गर्नुहोस्। -तपाईको प्रतिरोध क्षमता बढाउन आयुष मन्त्रालयका निर्देशनहरू पालना गर्नुहोस्। – कोरोना संक्रमण रोकथाम गर्न, आरोग्य सेतु मोबाइल एप डाउनलोड गर्नुहोस् । – सकेसम्म धेरै गरिब परिवारहरूको खानाको आवश्यकता पूरा गर्नुहोस्। -सँग काम गर्ने कर्मचारीलाई नहटाउनुहाेस् । -क्टरहरू, नर्सहरू, सफा गर्नेहरू र पुलिसलाई सम्मान गर्नुहोस्।
‘हरेक दिन धाउँदा धाउँदा खुट्टा दुखिसक्याे, चामल कहिले आउँछ बाबु ?’
काठमाडौं । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो हात फर्कुनुमा बित्छ । गाउँमा पुरानो अन्न सकिएको छ । नयाँ गहुँ बाली पाकेको छैन । मजदुरी गर्न जान लकडाउनले रोकेको छ । खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण सो ठाउँमा चामल प्राप्त हुन सकेको छैन । जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ । यहाँ खेतीयोग्य जमिन काम भएकाले खाद्यान्न उत्पादन समेत कम हुने गरेको छ । ताँगामा चामल ल्याउन ढुवानी भाडा नभएका कारण समस्या भएको कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताए । जुनिचाँदे गाउँपालिका – १० का पदम खड्काले भने, “हाम्रो ठाउँमा सिंचाइ गर्नक पानी भएपनि खोलामै छमछम बगेर जान्छ । खेतमा लगाउन पैसाले पुग्दैन ।” अहिले जिल्लाको बारेकोट गाउँपालिकामा रहेको घाट डिपोमा समेत चामल सकिएको छ । शनिबार झण्डै २ सय भन्दा बढी गाउँलेहरु कम्पनीको कार्यालयमा गएपनि पचास प्रतिशतले चामल नपाएर फर्किएको तोलखानाका डम्बर सिंहले जानकारी दिए । उनका अनुसार चामल नपुगेकै कारण धेरै स्थानीयावासीहरु फर्कनुपरेको थियो । गाउँपालिकालाई तुरुन्तै खाद्यान्नको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारेकोट गाउँकमिटीले आग्रह गरेको छ । बारेकोट गाउँपालिकाका अध्यक्षले महेन्द्रबहादुर शाहले चामल अभावबारे आफूले थप बुझ्ने बताए । बारेकोटमा खाद्यान्न ढुवानी गर्ने ठेकेदारले फागुन १५ सम्म २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेपनि अहिले सम्म ढुवानीको काम पूरा नगरेको कम्पनीका प्रमुख बस्नेतले जानकारी दिए । अहिले कार्यालय आफैले केही चामल खच्चडमा ल्याउने गरेको छ । आवागमन रोक्न पुलमा ताला लकडाउन कार्यान्वयनका लागि डोल्पा सडक खण्डको विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा ताला लगाइ बिरामीबाहेक अन्यलाई आवतजावत ठप्प पारिएको छ । जिल्लाको नलगाड नगरपालिका –७ चामेखेत, वडा ८ को वगरा र वडा ११ को तल्लु लगायतका ठाउँमा रहेका झुलुङ्गे पुलमा ताला लगाएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकासँग जोडिएका यी ठाउँमा भेरी नदी पर्छ । त्यस्तै डोल्पा, जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीमा समेत पुलमा ताला र सडकमा बार लगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । सुरक्षा व्यवस्था कडा भएका कारण खाद्यान्नलगायत सामग्री लिन समेत निकै समस्या भएको नलगाड नगरपालिका –८ का नेत्र बिसीले बताए । नगरपालिका –८ का शिक्षक बीरबहादुर खत्रीले गाउँबाट तरकारी, दूध र दहीसमेत बजार लान नसकिएको जनाएका छन् । रासस
भारतमा लकडाउन थप १९ दिन लम्बाइयाे
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोना महामारी रोकथामका लागि थप १९ दिन लकडाउन गर्ने घाेषणा गरेका छन् । मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले लकडाउन १९दिन थप्दै मे ३ तारिक (बैशाख २१) सम्म थप गर्ने घोषणा गरेका हु्न् । सो क्रममा मोदीले प्रत्येक नागरिकलाई लकडाउनको पालना गर्दै सच्चा सिपाइको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले लकडाउन अत्यावश्यक भएको भन्दै भने, ‘लाकडाउनले देशलाई आर्थिक घाटा गरेको छ । तर, ठूलो फाइदा गरेको छ । आर्थिक भन्दा देशवासीको जीवन ठूलो हो । लकडाउनले धेरै भारतीयको ज्यान जोगाएको छ ।’ भारतले यसअघि गत २४ मार्चका दिन २१ दिन (अप्रिल १४ अर्थात बैशाख २ सम्म)लकडाउनको घोषणा गरेपनि देशमा कोरोना महामारी फैलिँदै गएपछि यो निर्णय लिइएको हो । देशका महाराष्ट्र, केरला, दिल्ली, पञ्जाबलगायतका प्रदेशहरुमा उच्चदरमा संक्रमण फैलिएपछि गत शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेशका मुख्यमन्त्रीहरुसँग अनलाइन बैठक गरेका थिए । सो क्रममा मुख्यमन्त्रीले मोदीलाई लकडाउन बढाउन माग गरेका थिए । छलफलमा लकडाउन तत्काल खुला गर्दा संक्रमण झनै फैलिने कुरा उठेपछि भारत सरकारले थप १९ दिनका लागि समय थपेको हो । उडिसा र पञ्जाब राज्यले भने यसअघि नै मई १ तारिखसम्मका लागि संकटकालको घोषणा गरिसकेका छन् । शनिबार बैठकमा टेष्टको क्षेत्र बढाउने तथा महामारीबाट प्रभावितहरुलाई सहयोग गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । लकडाउन अघि भारतमा जनता कर्फ्यूको घोषणा गरिएको थियो । तर अचानक लकडाउनको घोषणा गरेपछि लाखौं मजदूर अलपत्र परेका थिए । बिना तयारी लकडाउनको घोषणा भएपछि शुरुको साता भने लकडाउनको व्यापक उल्लंघन भएका घटना सार्वजनिक भएका थिए । हजारौं मजदूर सयौं किलोमिटर पैदल नै हिडेर जानु परेको थियो । कोरोनाको संक्रमण भन्दा पनि लकडाउनमा अलपत्र परेर भारतमा तीन दर्जन मजदूरको मृत्यु भइसकेको छ । भारत सरकारले अहिलेसम्म पनि आम महामारीको चरणमा कोरोना संक्रमण नपुगेको दावी गरेको छ । यद्यपी देशका एक तिहाई संक्रमणका बिरामीमा लक्षण नदेखिएपछि यो चिन्ताजनक हुने बताइन्छ । भारतमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । हालसम्म त्यहाँ ३ सय ५८ को मृत्यु भइसकेको छ भने साढे १० हजार संक्रमित भएका छन
सिटी एक्सप्रेस र सेल पेबीच रेमिटान्स कारोबार शुरु, अब मोबाइल वालेट नचाईने
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच रेमिटान्स कारोबार शुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७ हजार ५ सयभन्दा बढि एजेन्टहरु मार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् । यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरु गर्न सकिन्छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि बिश्वभरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
अहिले मन्त्रिपरिषद्को बैठक बस्दै, के लकडाउन बढ्ला ?
काठमाडौं । अहिले ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकमा लकडाउन बढाउने विषयमा पनि निर्णय हुने बताइएको छ । बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ । सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेको अबस्थामा मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ । सरकारले तेस्रो पटक बढाएको ‘लकडाउन’ अवधि बुधबार सकिँदै छ । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत ११ चैतबाट ‘लकडाउन’को घोषणा गरेको थियो ।
सङ्क्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान शुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणक लागि व्यक्तिहरु खोज्न थालिएको छ । लम्की चुहा नगरपालिकाले ४ सय ८४ जना विदेशबाट आएका नागरिक पत्ता लगाएको छ । जानकी गाउँपालिकामा यस्तो सङ्ख्या २ सय ३७ छ । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै र्यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको लम्की चुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दिए । ‘‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरु अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुन्छौं,’’ बिसीले भने, ‘‘लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिकहरु पनि खोज्न थालेका हौं ।’’ धनगढी उपमहानगरपछि ठूलो जनसङ्ख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार एक २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ । परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । साथै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी गराइने छ । तीन दिनभित्र तथ्याङ्क सङ्कलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको संयोजक रावलले बताए । टीकापुरमा विदेशबाट आएकाहरु ३ सय ३० जना रहेको जनाइएको छ । तथ्याङ्क सङ्कलनपछि आरडिटी विधिबाट छिटो परीक्षण गरिनेछ । यहाँ हालसम्म ६० जनाको र्यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ । सङ्क्रमित भेटिएपछि त्रास सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन् । लम्कीमा सङ्क्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिन अघि लम्की पुगे । लम्की चुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु बीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । ती १७ जना मध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको बताइन्छ । क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्यापिड टेष्ट गरिएको लम्की चुहा नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्यापिड टेष्ट नेगेटिभ आएपनि स्वाबको नमूना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पोजेटिभ आएपछि ती महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । हालको उनको अवस्गा सामान्य रहेको अस्पतालका चिकित्सक डा जगदीश जोशीले जानकारी दिए । क्वारेन्टाइनमा बसेकाको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै चैत्र २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी १६ जनालाई समेत पुनः लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । ती महिलासँग सम्पर्क भएकाहरुको खोजी भइरहेकोे लक्मीचुहा नपाको वडा नं १ का वडाअध्यक्ष जनक बमले जानकारी दिए । रासस
कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ
काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयौं बिघाको उत्पादित खरबुजा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताए । पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, “खरबुजा खेती गर्न बैंकबाट चार लाख रुपैयाँ ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको छ ।” लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उनको दुःखेसो छ । उनले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरे । लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरिका राजवंशीले विदेशमा गरिने मेहेनत आफ्नै देशमा त्यत्तिकै मेहेनत गर्दा विदेशको भन्दा राम्रो कमाई हुने आसले आयमूलक मौसमी खेती गरिआए । दुई वर्षदेखि मौसमी खेती गरि आएका उनी लकडाउन अझै थपियो भने बारीका सबै खरबुजा कुहिएर सखाप हुने अवस्था आउने बताए । पाकेर बारीमा लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने उनको गुनासो छ । राजवंशीजस्तै सोही स्थानका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् । निकै राम्रो कमाइ हुने आसले घर छाडेर खेती गर्न उनी मोरङको जहदा गाउँपालिका–७ बाट गत कात्तिकमा नै कन्काई बगरमा आएका हुन् । उनीसँगै जहदाका ३० युवा मिलेर ठूलो परिमाणमा खरबुजा खेती हुँदै आएको छ । खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निरास भएका चौधरीले भने, “खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मेहनत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ ।” प्रतिबिघा १० हजार भाडामा लिएर खेती गर्दै आएका किसान चौधरीले यो पटक खरबुजाबाट नाफा त परै जाओस् उल्टै १० लाख बढी घाटा हुने सम्भावना देखिएको बताए । कन्काई बगरमा ती युवाले रङ्गियाथानबाट हुलाकी सडक दक्षिणसम्म १ सय बिघाभन्दा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन् । सोही आसपासमा नै स्थानीय प्रकाश राजवंशी, जगन्नाथ राजवंशी, मनोज चौधरीलगायतले समेत खरबुजा र तरबुजा लगाए । उद्यमी प्रकाश राजवंशीका अनुसार भारतको बिहारबाट मेघना, माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पुस महिनामा बिरुवा रोपिएको हो । एक केजी बीउको नेपाली मूल्य ४० हजार रुपैयाँ पर्ने र एक केजी बीउबाट ४५ हजार बिरुवा निस्कने गरेको छ । बगरमा मात्र खेती हुने यस फलको बिक्री गर्ने समयमा भने एक्कासि बन्द हुँदा लाखौं नोक्सानी हुने उनको पनि गुनासो छ । गर्मी महिनामा खान उपयुक्त हुने पानीको मात्रा बढी भएको स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट समेत बारीमा नै व्यापारीले खरिद गरी लैजाने गरेका छन् । यहाँका उत्पादित खरबुजा स्थानीय बजारसहित पूर्वका इटहरी, नारायणगढ, गोलबजार, जनकपुर, काठमाडौँसम्म पैठारी गरिआएको उद्यमी राजवंशी बताए । मलपानी राम्रो पुगेमा एउटा खरबुजा २० केजीसम्मको हुने र होलसेलमा प्रतिकेजी २० रुपैयाँ सम्ममा बिक्री हुँदै आएको उनको भनाइ छ । विदेश त्यागेर स्वदेशमा श्रम गरिआएका मेहनती युवाहरुले गरेको यस्ता आयमूलक कृषिकर्मलाई प्रोत्साहन गर्नुपर्ने गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । यहाँको खरबुजा स्थानीयस्तरमा खपतले मात्र नसकिने भएकाले अन्य क्षेत्रमा निर्यात गर्न सहयोग गर्न खाँचो रहेको उनको भनाइ थियो । रासस
कोरोना अपडेट : १८ लाख ६५ हजार भन्दा बढी संक्रमित, एक लाख १४ हजार ९ सय बढीको मृत्यु
काठमाडौं । विश्वका कोरोना महामारी फैलिएसँगै हालसम्म विश्वमा एक लाख १४ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म १८ लाख ६५ हजार १२ जना संक्रमित देखिएका छन् । त्यस्तै चार लाख ४१ हजार ८ सय ७ जनालाई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो दिनमा संयुक्त राज्य अमेरिकामा ५ लाख ६० हजार ५ सय ३२ जना नागरिकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मृत्युदरको स्तरमा पनि तिव्र गतिमा अगाडी बढिरहेको छ, हालसम्म २२ हजार २ सय १० जनाको मृत्यु भइसकेको छ । स्पेनमा एक लाख ६९ हजार ४ सय ९६ जना नागरिक कोरोना संक्रमित छन् भने १७ हजार ४ सय ८९ जनाको मृत्यु भइसकेको छ । इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ५७ हजार ३ सय ९७ जना संक्रमित छन् । फ्रान्समा पछिल्लो दिनमा नयाँ कोरोना संक्रमित देखिएको छैन, हाल एक लाख ३२ हजार ५ सय ९१ जना कोरोना संक्रमित भएको देशमा १४ हजार ३ सय ९३ जना मानिसको मृत्यु भएको छ । जर्मनीमा हालसम्म ३ हजार ४८ जना कोरोनाबाट मृत्यु भएका छन् भने एक लाख २८ हजार ६ सय ७ नागरिक कोरोना संक्रमित छन् । त्यस्तै चीनमा ८४ हजार ३ सय १७ नागरिक कोरोना संक्रमित छन् भने ३ हजार ३ सय ४१ जना चिनीयाँ नागरिकको मृत्यु भएको छ । केहि दिन यता कोरोनाको संक्रमण दक्षिण एसिया बढ्दो क्रममा रहेको छ । छिमेकी राष्ट्र भारत हालसम्म ९ हजार २ सय ५ जनामा कोरोना संक्रमित छन् भने ३ सय ३१ जना भारतिय नागरिकको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा आज मात्र दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म १४ जना कोरोना संक्रमित भेटिएका छन् । यस्ताे छ विभिन्न देशमा काेराेना संक्रमणकाे अवस्था :