काठमाडौं । अहिले ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकमा लकडाउन बढाउने विषयमा पनि निर्णय हुने बताइएको छ ।
बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ । सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेको अबस्थामा मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ ।
सरकारले तेस्रो पटक बढाएको ‘लकडाउन’ अवधि बुधबार सकिँदै छ । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत ११ चैतबाट ‘लकडाउन’को घोषणा गरेको थियो ।